चार दशक पछि यो वर्ष सवै भन्दा गर्मि ÷जनजिवन प्रभावित ÷पखालाले पचास प्रतिशत बाबालिका प्रभावित

 मुगु,  
    चार दशक पछि यो वर्ष मुगुमा सवै भन्दा गर्मि भएको स्थानीय बुढापाकाले बताएका छन । चार दशक अघि २०२८  सालमा यो वर्ष जस्तै अत्याधिक गर्मि र खडेरी पर्दा बाली नाली नष्ट हुनुका साथै पानीका मुल समेत सुकेका श्रीनगर गाविसका स्थानीयवासी ६७ वर्षे वृद्धा श्रीचन्द्र रावलले अनुभव सुनाए । त्यति वेला खडेरी र गर्मिका कारण भोकमरी , महामारी फैलिएको रावलले स्मरण गरे ।
४२ वर्ष पछि अत्याधिक गर्मि हुँदा जिल्लाको जनजीवन कष्टकर बनेको छ । दिन प्रतिदिन बढ्दै गएको बन जंगल फडानी र जलवायु परिवर्तनका कारण गर्मिमा अति गर्मि , जाडोमा अति जाडो हुनुका साथै उत्पादनमा समेत कमि आएको छ । हिजो आज सदरमुकाम गमगढीको तापक्रम ३६ डिग्री सेन्टि गे्रट पुगेको श्रीनगर मौसम मापन केन्द्र मुगुले जनाएको छ ।
 पानी नपर्दा चैत्र बैशाखमा नै छरिसक्नु पर्ने कोदो, कागनु , चिनु कृषकले छरेका छैनन भने चैत्रमा राख्नु पर्ने धानको वेर्ना समेत किसानले राख्न पाएका छैनन । त्यस्तै अहिलेसम्म गोडमेल गरिसक्नु पर्ने पाखो धान डढ्ने डरले किसानले गोड्न सकेका छैनन ।यता दिन प्रतिदिन गर्मि बढैसंगै जिल्लामा झाडा पखाला, आउँ , मासी ,रुघा खोकिका विरामी बढ्न थालेका छन ।
जिल्ला अस्पताल मुगुमा आउने पखालाका विरामी मध्य पचास प्रतिशत बालबालिका प्रभावित रहेको जिल्ला अस्पताल मुगुले जनाएको छ । गर्मि बढैसंगै हिजो आज दैनिक एक सय बढि विरामी उपचारका लागि अस्पताल आउने गरेका र ति मध्य पचास प्रतिशत बालबालिका पखालाबाट प्रभावित पाईएको जिल्ला अस्पताल मुगुका डाक्टर अर्जुन भट्टले बताए । उमेर छिपिएका विरामी मध्य ज्वरो, टिवि,दम र रुघा खोकिका आउने गरेकाछन भने कुपोषण भएर आउने बालबालिकाको संख्या पनि बढिरहेको अस्पतालले जनाएको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..