सुमन मल्ल (कालीकोटबाट फर्किए पछि )------------
साउन १४ मुगु--------------------
बर्षाका कारण एक साता यता कर्णाली राजमार्ग अन्र्तगत सुर्खेत जुम्ला सडक खण्डको कालिकोट नाग्म सडक खण्डमा दर्जर्नौ स्थानमा पहिरो गएपछी सडक यातायात अबरुद्ध छ भने पैदल हिड्ने बटुवालाई समेत ठुलो जोखिम छ ।
जुम्ला देखि कालिकोटसम्मको ७२ किलोमिटर सडक खण्डमा दर्जनौं स्थानमा ठुल ठुला पहिरो गएका कारण वटुवाहरुलाई समेत आवत जावतमा समस्या भएको छ भने वर्षाका कारण सडक खण्डको आधा दर्जन स्थानमा पर्ने खोलाहरुमा पानीको सतह बढेपछि झन समस्या थपिएको छ । यति वेला खराब मौसमका कारण हवाई यातायात समेत सहज नभएका कारण मुगु र जुम्ला देखि नेपालगञ्ज सुर्खेत जानेहरुले सडक यातायात रोज्न खोजे पनि सडक अबरुद्ध हुदा पैदल यात्रा गर्न बाध्य छन । वर्षाकाको समयमा माथिबाट पहिरो, ढुंगा खस्ने डरले पैदल यात्रुहरु जोखिम उठाएर हिडिरहेका छन भने वर्षाका कारण पानीको सतह बढेपछि बाटोमा पर्ने खोलाहरु तर्न झन हैरानी हुने गरेको छ । कालिकोट देखि मुगु पुग्न तीन दिन लाग्ने भए पनि खराब बाटो र बर्षाका कारण चार दिन लगाएको मुगुका स्थानीयवासी लालसिंह नेपालीले बताए । धेरै स्थानमा त पहिरो गएको छ भने कतिपय स्थानमा माथिबाट पहिरो आउछकी भन्ने चिन्ताले बाटो हिड्ने मान्छेहरु त्यतिकै आतिन्छन नेपालीले भने । जुम्ला सदरमुकाम खलंगा देखि कालिकोटको मान्मसम्म नेपाल पत्रकार महासंघ कर्णाली अञ्चल क्षेत्रिय समन्वय समितिको बैठकमा सहभागि हुन मोटर साईकल लिएर गए पनि दर्जन बढि स्थानमा गएको पहिरोमा निकै जोखिम यात्रा गर्नु परेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतले बताए । धेरै ठाउँमा त मोटर साईकल बोक्नु पर्ने अवस्था आयो भने खोलामा पनि उस्तै दुख व्यहोर्नु प¥यो ,यो अवस्था हेर्ने हो भने कर्णाली राजमार्ग कालो पत्रे गरे पनि हरेक वर्षामा माथिबाट आउने पहिरोका कारण सडक यातायात दिगो हुने अवस्था छैन महतले भने ।
केहि दिन यता कालिकोट जुम्ला सडक खण्डको विचमा पहिरो गएको र सडक यातायात अबरुद्ध भएपछि मेशीन लगाएर सडक खुलाउने काम भईरहेको तथा धेरै ठाउँमा ठुला पहिरो गएकाले केहि दिन समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिए । दिनमा मेशीनले बाटो पन्छाउछ राती वर्षा हुँदा पुन पहिरो आएर सडक भत्काउछ । यसले पनि सडक सुचारु गर्न समस्या भईरहेको छ चौधरीले भने । सुर्खेत जुम्ला सडक खण्डको सेरी गाड, सिम्ला खोला, खल्ला गाड , छाप्रेको टाकुल्ला खोला लगायतका विभिन्न स्थानमा पुल निर्माण गर्न आर्थिक वर्ष ०६८ । ०६९ असारमा विभिन्न निर्माण कम्पनिसंग सम्झौता गरिएको भए पनि अहिलेसम्म देखिने खालको काम हुन सकेको छैन । ति खोलाहरुमा पुल निर्माणका लागि खम्बा र फलामे छड उभ्याउने काम भए पनि अरु काम भएको छैन । पहिलो पटक गरिएको सम्झौता गएको असोजमा सकिएको र पुन काम सम्पन्न गर्ने गरि गएको चैत्रसम्मका लागि म्याद थप गरिएको कालिकोट – जुम्ला – हुम्ला सडक आयोजना कार्यालय कालिकोटले जनाएको छ । पुल निर्माणको काम अगाढी बढ्न नसकेपछि धेरै ताकेता लगाएर अहिले काम सुरु भईरहेको र अवको पाँच महिना भित्र सबै पुल निर्माण भईसक्ने आयोजना प्रमुख नारायणदत्त भण्डारीले बताए । अहिले पनि पुल निर्माण हुन लागेका स्थानहरुमा घर जग्गा मुआब्जा विवाद रहेको छ यो विवाद समाधान गरि काम सम्पन्न गरि सक्नु पर्ने हुन्छ , आगामी चैत्रबाट आयोजनाको अवधी समेत सकिदैछ त्यसैले पनि ठेकेदारहरुलाई ताकेता गरेका छौ भण्डारीले भने ।
अहिले सुर्खेत जुम्ला सडक अन्र्तगत खिड्की ज्युउला देखि छाप्रे गाविसको टाकुल्लासम्म एउटा खण्ड र टाकुल्ला देखि जुम्लासम्म एउटा खण्ड गरेर सडक चौडा गर्ने कार्य भईरहेको सुर्खेत जुम्ला सडक आयोजनाले जनाएको छ । सुरुमा नेपाली सेनाले सडकको ट्रयाक मात्र खनेको र अहिले चौंडा गर्दा नयाँ खनिएको सडकमा पहिरो जानु स्वभाविक भएको खिड्की जिउला टाकुल्ला सम्मको खण्ड हेरिरहेका आयोजनाका ईन्जिनियर पुश्कर रेग्मीले बताए । सुर्खेत जुम्ला सडक आयोजनाले विभिन्न निर्माण कम्पनि मार्फत सडक चौडा गर्ने काम गरिरहेको भए पनि पहिरो पन्छाउन कसैले चासो देखाएका छैनन । टाकुल्ला देखि जुम्लासम्मको सडक खण्ड चौडा गर्ने अबधी आगामी पौंषको मध्य र टाकुल्ला देखि खिड्की जिउलासम्मको सडक चौडा गर्ने अबधी मंसिर १५ गते सकिदै छ तर यहि अवस्थामा तोकिएको अबधि भित्र सडक चौडा गर्ने कार्य सम्पन्न गर्न मुश्किल देखिएको छ ।
पुष्प शाही -----------
चैत्र ३० डोल्पा-----------
डोल्पा जिल्लाको सहर तारा गाविस वडा नम्बर ८ र ९ सहरतारा गाउँमा फरक राजनीतिक सिदान्त बोकेको भन्दै आठ वटा घरधुरीका स्थानीयवासीलाई गाउँलेहरुले सार्वजनिक स्थान तथा सार्वजनिक सम्पति उपभोगबाट बञ्चित गराएका छन ।
सदरमुकाम दुनैमा सुरक्षा माग गर्न आई पुगेका वडा नम्बर ९ का काजीमान रोकायाले भने , हामीलाई संविधान सभाको निर्वाचनमा वर्तमान सभासद धनबहादुर बुढालाई मत नहालेको , निर्वाचन प्रचारमा नगएको भन्दै ८२ घरधुरीले सार्वजनिक धारा , बाटो घाटो, स्वास्थ्य चौकि लगायतका क्षेत्रमा प्रतिबन्ध लगाउनुको साथै बोलचाल समेत बन्द भएको छ । आठ घरधुरीका बालबालिकालाई विद्यालयमा समेत रोक लगाएका छन , बोलचाल गरे २ लाख जरिवाना र शारिरीक यातना समेत दिने गरेको रोकायाले बताए ।
गाउँलेहरुले सार्वजनिक सम्पतिमा रोक लगाएका र गाउँ भेलाबाट बोलचाल गरे कारवाही गर्ने भनेपछि सुरक्षाको माग गर्दै धेरै पटक जिल्ला प्रशासन कार्यालय डोल्पामा निवेदन दिए पनि कुनै चासो नदिएको पिडीत कमल बुढाले बताए । गाउँका सबै स्थानीयवासीले आठ घर धुरीलाई सार्वजनिक सम्पति प्रयोगमा प्रतिबन्ध लगाएको भन्ने गुनासो आएको र अब दुवै पक्षलाई राखेर मेलमिलाप प्रयास गरिने र त्यो पनि नभए आवश्यक कार्वाही प्रक्रिया थालिने जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सीनाले बताए ।
मुगु न्युज डट कम-----
चैत्र २६ मुगु---------
विहिबार सदरमुकाम गमगढीबाट जुम्लाको गोठी जिउला तर्फ जाँदै गरेको ट्रयाक्टर बोता मालिका गाविसको जिअ भिरमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परि बर्दिया घर भएका २६ वर्षका असल चौधरीको मृत्यु भएको ट्रयाक्टरका मालिक लोगराज दाहालले जानकारी दिएका छन ।
गमगढीबाट गोठी जिउला तर्फ जाँदै गरेको भे १ त ३७२८ नम्बरको ट्रयाक्टर विहिवार साँझ भिरबाट पाँच सय मिटर तल खोलामा खसेको हो । साँझपख टयाक्टर दुर्घटना भए पनि राती भएकाले कसैले नदेखेको र बुधवार विहान जिअ गाउँका स्थानीय महिलाले कामको शिलशिलामा बन तिर जाने क्रममा सडक भन्दा तल एक जनाको शव र खोलामा ट्रयाक्टर देखे पछि प्रहरी चौकि चौथा र गाउँलेलाई जानकारी दिए पछि दुर्घटना भएको पत्ता लागेको स्थानीयवासीले बताए ।
दुर्घटना भएको प्रारम्भिक जानकारी आए पनि यथार्त विवरण आउन नसकेको ईलाका प्रहरी चौकि हाट सिंजाले जनाएको छ । नाग्म गमगढी सडक खण्ड सञ्चालन भए यता गमगढी गोठी जिउला सडक खण्डमा हालसम्म पाँच वटा सडक दुर्घटना भएका छन भने दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । नेपाली सेनाले गमगढी नाग्म सडक खण्डको ९४ किलो मिटर ट्रयाक खन्ने काम सम्पन्न गरेपछि २०६९ साल पौष १ गते तत्कालीन प्रधानमन्त्री डाक्टर बावुराम भट्टराईले एक औपचारिक कार्यक्रमका बिच सडक उद्घाट गरेका थिए भने २०७० जेठमा नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको थियो । जेठमा नै सडक हस्तान्तरण गरिए पनि विभागले सडक स्तरोन्नती नगर्दा दुर्घटनामा वृद्धी भएको मुगु उद्योग बाणिज्य संघले जनाएको छ । भर्खरै मात्र चार नम्बर सडक डिभिजन कार्यालय सुर्खेतले नाग्म गमगढी सडक खण्डको दुई करोड साठी लाखमा स्तरोन्नती सुरु गरेको जनाएको छ ।
मुगु न्युज डट कम-----------
चैत्र २६ मुगु------------
विहिबार सदरमुकाम गमगढीबाट जुम्लाको गोठी जिउला तर्फ जाँदै गरेको ट्रयाक्टर बोता मालिका गाविसको जिअ भिरमा दुर्घटना भएको छ ।
गमगढीबाट गोठी जिउला तर्फ गएको ट्रयाक्टर विहिवार साँझ भिरबाट पाँच सय मिटर तल खोलामा खसेको बताईएको छ । साँझपख टयाक्टर दुर्घटना भए पनि राती भएकाले कसैले नदेखेको र बुधवार विहान जिअ गाउँका स्थानीय महिलाले कामको शिलशिलामा बन तिर जाने क्रममा सडक भन्दा तल एक जनाको शव र खोलामा ट्रयाक्टर देखे पछि प्रहरी चौकि चौथा र गाउँलेलाई जानकारी दिए पछि दुर्घटना भएको पत्ता लागेको स्थानीयवासीले बताएका छन ।
स्थानीयवासीले दुर्घटनामा चालकको मृत्यु भएको बताए पनि मृतकको र दुर्घटनाग्रस्त भएको ट्रयाक्टरको विवरण आउन सकेको छैन । दुर्घटना भएको प्रारम्भिक जानकारी आए पनि यथार्त विवरण आउन नसकेको ईलाका प्रहरी चौकि हाट सिंजाले जनाएको छ । अहिले घटना स्थलमा प्हरी चौकि चौंथाबाट खटिएको प्रहरी र जिअ गाउँका स्थानीयवासी पुगि सकेको बताईएको छ ।

सुमन मल्ल (मुगु )
जनक शाही (हुम्ला)
चैत्र २५ ,पिठ्युमा झोला, झोला माथी मोवाई चार्ज गर्न सोलार बोकेर भेडा खसिलाई चामल बोकाएर हिड्दै गरेका हुम्ला जिल्ला कालिका गाविसका हर्कविर छत्यालले भने, के गर्ने खाद्य संस्थानको श्रीनगर डिपोबाट चामल पाईएन , मार्तडी पुगेर चालीस रुपैयाँ प्रति केजी हालेर आउनु परेको छ । सिमीकोट जाउँ भने चामल पाउने नपाउने ठेगान छैन , श्रीनगरबाट त पाईदै पाईएन । त्यसैले १५ दिन लागे पनि बाजुराबाट चामल ल्याउछौ छत्यालले थपे ।
नेपाल खाद्य संस्थानको हुम्लाको दक्षिण श्रीनगर वितरण केन्द्रले समयमा नै खाद्यन्न वितरण नगरे पछि छत्याल जस्तै हुम्लाका मैला, मदाना, कालिका , जैर लगायत पाँच गाविसका स्थानीयवासीहरुले बाजुरा सदरमुकाम मार्तडीबाट पन्ध्र दिन लगाएर खसि मार्फत खाद्यन्न बोक्न बाध्य भएका छन ।
खाद्य संस्थानको श्रीनगर वितरण केन्द्रबाट खाद्यन्न पाउन छोडेपछि भेडा, खसि लिएर बाजुराको मार्तडीबाट चामल ल्याउनु परेको कालिका गाविस वडा नम्बर ४ करगाई गाउँका कलक मल्लले बताए । उनले भने , खाद्य संस्थानको श्रीनगर वितरण केन्द्रबाट खाद्यन्न नपाए पछि १५ दिन लगाएर मार्तडीबाट चामल भेडा , खसीमा बोकाउनु परेको छ । यो समयमा घरमा अन्न सकिने तथा हिउँदे वाली पाक्ने समय पनि भई नसकेकाले यस क्षेत्रका स्थानीयवासीहरुले खच्चड, भेडा खसी लिएर बाजुराको मार्तडीबाट खाद्यन्न जोहो गर्ने गरिरहेका छन ।
पाँच गाविसलाई हेर्ने गरि स्थापना भएको श्रीनगर डिपोका लागि चालु आर्थिक वर्षको खाद्यन्न ढुवानीको ठेक्का लिएका कर्ण रावलले धनगढीबाट १ सय क्वीन्टल २० केजी ढुवानी गरिसके पछि बाँकि ढुवानी गर्न नसक्ने भने पछि पन्ध्र दिन पहिले जिल्ला खाद्य व्यवस्था समितिको निर्णय अनुसार पुन बोल पत्र आव्हान गरि बाजुराको मार्तडीबाट ढुवानी कार्य सुरु भईसकेको नेपाल खाद्य संस्थान हुम्लाका निमित्त प्रमुख जिबनाथ कडेंलले जानकारी दिए ।
चालु आर्थिक वर्षका लागि श्रीनगर डिपोका लागि बाह्र सय क्वीन्टल मध्य अहिलेसम्म २ सय ६५ क्वीन्टल ढुवानी भई वितरण समेत भईसकेको छ भने डिपोमा ४० क्वीन्टल मौज्दात रहेको छ । सर्केगाड डिपोका लागि एक हजार क्वीण्टल मध्य ८० क्वीण्टलसम्म खाद्यन्न पुगेको अनौपचारिक खबर मात्र आएको संस्थानले जनाएको छ । त्यस्तै सिमिकोटका लागि चालु आर्थिक वर्षमा आउनु पर्ने १० हजार क्वीण्टल मध्य ७ सय ३४ क्वीण्टल आउन बाँकि रहेको कार्यालयले जनाएको छ ।
मान दत्त रावल,मुगु न्युज डटमक.......
.
जुम्ला १२ चैत्र,संविधान सभाको निर्वाचन मार्फत जनप्रतिनिधि चुनेर संविधान सभामा पठाई सके पनि आम नागरिकले अझै पनि संविधान बन्छ कि बन्दैन भन्ने कुरामा एक कार्यक्रमका विच आशंका व्यक्त गरेका छन् ।
संविधान सुचना केन्द्र जुम्लाको आयोजनामा चैत्र ११ गते संविधान निर्माणका सवाल, नागरिक चेतना र संम्वाद कार्यक्रममा यस्तो आशंका व्यक्त गरेका हुन् ।
विगठित संविधान सभाले सहमति भएका र सहमति हुन नसकेका संविधानका विषय वस्तुहरुमा छलफल गरिएको थियो ।
महिला स्वयम सेविका दुर्गा नेपालीका अनुसार राज्यले घरेलु हिंसा,छाउपडि प्रथा,जातिय विभेद जस्ता मुद्दाहरुलाई कानुनी कागजमा मात्र सिमित राखेको छ यसलाई नयाँ वन्ने संविधानमा पुणरुपमा कार्यान्वयनमा आउने गरि संविधानमा लेखिनु पर्ने वताईन्
गणतान्त्रीक महिला संजालकी अध्यक्ष लक्ष्मी कन्या वुढाले भनिन् हाम्रा नेता तथा सभासदहरुले एक वर्षमै संविधान निर्माण हुन्छ भन्दै आएपनि स्थानिय निर्वाचन कुरा अल्झिने र कार्य प्रगतिलाई आधार मान्ने हो भने जनमानसले आशंका गरेका छन् ।
पुनरावेदन सरकारी वकिल न्यायधिवक्ता लक्ष्मण घिमिरेले भने विगठित संविधान सभा संघियताका विषयमा जातियता र राष्ट्रियताको विषयमा बुझ्न नसकेकोले उक्त वुदाँ टुङगोमा पुग्न नसकेको धारण व्यक्त गरे । उनले भने संघियताका विषयमा आम नागरिकहरुलाई जानकारी नभएकोले यस विषयमा प्रष्ट पार्नु पर्ने र सहकारीता मुलक संघियता हुनु पर्नेमा जोड दिए ।

पुष्पराज शाही------
डोल्पा,
१४ वटा मात्र माध्यामिक विद्यालय रहेको डोल्पा जिल्लामा एसएलसी परिक्षा शान्तिपुर्ण रुपमा परिक्षा सञ्चालन भएको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ ।
दुईवटा मात्र परिक्षा केन्द्र रहेको डोल्पामा सरस्वती उमावि दुनैमा परिक्षा फारम भरेका नियमित तर्फका २ सय ६२ परिक्षार्थी मध्य २ सय ५८ जना परिक्षार्थी सहभागि भएका छन भने चार जना अनुपस्थित रहेका छन । एक्जाम्टेड तर्फ ४७ जना परिक्षार्थी मध्य ४७ जना नै परिक्षामा सहभागि भएका छन ।
जन प्रभा उमावि लिपु परिक्षा केन्द्रमा नियमित तर्फ परिक्षा आवेदन भरेका२ सय ५४ जना परिक्षार्थी मध्य २ सय ४० जना परिक्षार्थी सहभागि रहेका छन भने १४ जना अनुपस्थित भएका छन । त्यस्तै एक्जाम्टेड तर्फ ४३ जना परिक्षार्थी मध्य ३६ जना मात्र उपस्थित भएका छन ।
मुगु न्युज डट कम
जुम्ला फागुन २२,
जुम्लाका एक एनजीओ कर्मीद्धारा पत्रकारलाई धम्की दिईएको छ । नागरिक कर्मी डिवि वुढालाई किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक मेघराज न्यौपानेले एक हप्ता अघि प्रकासित समाचारलाई लिएर जिप्रका जुम्ला अगाडी धम्की दिएका हुन । गैर सरकारी संस्थाहरु जिविसलाई टेर्दैनन भन्ने शिर्षकमा छापिएको समाचारले अन्य एनजीओको ध्यानाकर्षण गराए पनि उनले आफ्नो गल्तीलाई सोच्दै नसोची भौतिक आक्रमण गर्ने समेत धम्की दिए ।
उनले धेरै नवोल्नुस तपाई त हात छा्ड्न लायक मान्छे हो, भनेर भनेका थिए । शुसासनका क्षेत्रमा लामो समय देखि आवाज उठाईरहेको संस्था किर्डाकको संयोजक भएर पनि जिम्मेवार हुन नसकेको क्रियाशील पत्रकारहरुले जनाएका छन । किर्डाक जुम्लाका शिक्षा अधिकृत रेशम शाहीसंग पारी वजारतिर जान लागेका संयोजक न्यौपानले विच वाटोमै रोकेर धम्की दिएका हुन ।
समाचार प्रति टिका टिप्पणी गर्न प्रेश विज्ञाप्ती निकालेर वा छलफलका आधारमा टुग्याउन सकिने अवस्था रहेपनि उनले एक्कासी अभद्र र गैर जिम्मेवार अभिव्यक्ति दिएका हुन । संयोजक न्यौपानेले धम्की दिदै गर्दा नागरिक कर्मीका पत्नी र छोरा संगै थिए । उनीहरुले समेत पत्रकार सुरक्षाको लागि प्रहरी प्रशासनलाई आग्रह गरेका छन ।
सो समाचार प्रति यहाँका अन्य गैरसरकारी कार्यालयहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन । समाचारमा गैरसरकारी संस्था महासंघका अध्यक्ष दुर्गाप्रसाद पाण्डे र नेमकिपाका अध्यक्ष शिवलाल डाँगीको भनाईलाई उदृध गरिएको छ । उनीहरुले गैरसरकारी संस्था, लाईन एजेन्सीका प्रतिनिधीहरु विषयगत समिती जस्तो महत्वपुर्ण वैठकमा नआउनु दुखद भएको वताएका छन । अधिकांस गैरसरकारी संस्था नआउदा विषयगत समितीको वैठक समेत एक दिन स्थगित भएको थियो । विभिन्न ठाउँवाट समाचारको फोन आएको भन्दै उनीहरुलाई स्पष्ट गर्न नसकी नागरिक कर्मीलाई धम्की दिएका हुन ।
जिविसका कार्यक्रम अधिकृत क्षेत्रवहादुर वुढ्थापाले गैरसरकारी संस्थाहरुले आफ्नो कार्यक्रम पेश नगरेको र योजना समेत पेश नगरेकोले विषयगत समितीको वैठक एक दिन स्थागित भएको एकिकृत योजना तर्जुमा वैठकका क्रममा वताएका थिए । क्षेत्रवहादुर वुढ्थापा सर्वे सर्वा होईनन उनले भने जिविसको कुरा नउठाउनुस । गैरसरकारी कार्यालयहरुलाई यहाँका राजनैतिक दल नागरिक समाज र विषयगत कार्यलयहरुले जिम्मेवार वनाउनु पर्नेमा जोड दिएका छन । अधिकांस एनजीओले ईलाका परिषद र गाउँ परिषदमा समेत कार्यक्रम पेश गरेका छैनन ।

पुष्प शाही ,
मुगु न्युज डट कम,
माघ २० डोल्पा--
डोल्पा जिल्लाको माथिल्लो डोल्पामा पर्ने साल्दाङ गाविस वडा नम्बर १ निवासी ४३ वर्षीय टासी छेबाङ गुरुङको वेपता भएको छ महिना पछि अस्थिपञ्जर भेटिएको छ ।
गएको भदौ ११ गते चौरी किन्न सोही गाविसको रापा निजाल गाउँमा जाने क्रममा बिच बाटोबाट नै वेपत्ता भएको र छ महिना पछि आईतवार गुरुङको अस्थिपञ्जर फेला परेको उनका परिवारजनले जानकारी दिएका छन । सदरमुकाम दुनैबाट पैदल पाँच दिन टाढा पर्ने निजाल गाउँबाट गुरुङको अस्थिपञ्जर हेलिकप्टरबाट सोमवार पोष्ट मार्टमका लागि सदरमुकाम दुनै स्थित जिल्ला अस्पतालमा ल्याईएको छ ।
गुरुङलाई वेपता बनाउने घटनामा संम्लग्न रहेको आरोपमा सोही गाउँका तिन जनालाई भदौ २४ गते नै पक्राउ गरि थप अनुसन्धानका लागि कारगारमा राखिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । गुरुङ हराए देखि खोजी कार्य नभए पनि छ महिना पछि घाँस दाउरा ल्याउन जंगल गएका स्थानीयवासीले अस्थिपञ्जर देखे पछि परिवारले गुरुङको पहिचान गरेको बताईएको छ ।
मनिराज पाण्डे----------
कालीकोट, ९ माघ ,
वर्षासँगै आएको बाढीले जलविद्युत केन्द्रको नहर बगाएपछि आठ महिना देखि यहाँका स्थानीयबासिन्दाले बत्तीबाल्न पाएका छैनन् । जलबिद्युत अवरुद्ध भएको आठ महिना पुगिसक्दा पनि सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
विद्युत सञ्चालन नभएपछि विद्युतीय माध्यमबाट सञ्चालन हुने सम्पूर्ण काम बन्द हुँदा समस्या आएको हो । गत असार २ गते राति वर्षासँगै आएको बाढीका कारण मुम्रा गाविसको पोतमारास्थित विद्युतगृहको नहर (पानी ल्याउने कुलो) र पोललगायतका सामान बगाएर लगेपछि विद्युत सेवा बन्द भएको हो ।
५ सय किलोवाट क्षमता भएको सो जलविद्युतबाट २ सय ५० किलोवाट मात्र प्रयोगमा आएको भए पनि बाढीले उपकरण नै बगाएर लगेपछि स्थानीयवासी उज्यालोबाट वञ्चित हुनु परेको हो । जलविद्युत् सञ्चालनका लागि पटकपटक स्थानीयवासीको माग मात्र भएको होइन दुई महिनाअघि सम्पन्न संविधानसभाको निर्वाचनमा राजनीतिक दलको भोट माग्ने माध्यम नै बनेको थियो । तर अहिले कसैले पनि विद्युत्का बारेमा बोल्न चाहेका छैनन् ।
विद्युत नहुँदा कालीकोटमा वैकल्पिक ऊर्जा तथा जेनेरेटरमा लाखौँ रकम बाहिरिएको छ । पछिल्लो छ महिनामा जिल्ला सदरमुकाम मान्ममा विद्युत नभएका कारण २५ वटा जेनेरेटर र ५० भन्दा बढी ठूला क्षमताका सोलार सौर्य प्रणाली सञ्चालनमा आएका छन् । जसबाट स्थानीय सेवाग्राहीहरु फोटोकपी, फोटो निकाल्ने लगायतका काम गर्न चर्को मूल्य तिर्नु पर्ने बाध्यतामा छन् । त्यति मात्र होइन सूचना पाउने जनताको अधिकारसमेत वञ्चित भएको छ । विद्युत नभएका कारण महँगो पेट्रोल तथा डिजेलबाट एफएम तथा पत्रपत्रिकाहरु सञ्चालन गर्दा उनीहरुले निर्धारित समयभन्दा आधा समय छोट्याउनु परेको छ ।
सरकार उदासीन भएका कारण स्थानीय जनता सूचनाको हकबाटसमेत वञ्चित हुनु परेको रेडियो नयाँ कर्णाली एफएमका स्टेशन म्यानेजर कृष्णराज धमालाले बताए ।
जिल्ला विद्युत कार्यालयका प्रमुख रमेश भण्डारी विद्युत अवरुद्ध भएको समयदेखि कालीकोटमा छैनन् । शान्तिघाटका बाढीका कारण १८ जनाको ज्यान जाँदासम्म सरकारको ध्यान त्यस तर्फ नपुगेकोमा जिल्लावासी आक्रोशित छन् । विद्युत नभएपछि एसएलसी परीक्षाका लागि ट्युसन पढ्न सदरमुकाम आएका विद्यार्थीसमेत मारमा परेका छन् ।
मनिराज पाण्डे ,
३० पौष ,कालिकोट ----------------------
परिवार नियोजन सेवा लिनेमा पुरुस भन्दा महिला अगाडी देखिएका छन् । यस बर्षको कार्तिक मसान्त सम्म प्रतिदिन ५ सय ४३ जना महिलाले पिल्स सेवा लिएका छन् ।
१ हजार ८ सय ४७ जनाले डिपो सेवा लिएका छन् । २ सय ३६ जनाले कपर्टी सेवा र ६ सय ९१ जनाले इन्पलान्ट लिएका छन् । ३ जना महिलाले भने मिनिल्याप सेवा लिइरहेकोे जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मोहमत औजर आलमले बताए । जिल्लामा कुल प्रजनन उमेर समूहको जनसंख्यामध्ये २६ प्रतिशतले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जनचेतना र सहज उपलब्धताका कारण प्रजनन् उमेर समूहका व्यक्तिले विभिन्न किसिमका परिवार नियोजन सम्बन्धी साधनहरु प्रयोग गर्ने गरेको डा.सूर्यप्राद भुसालले बताए । आम–संचारमाध्यम, विभिन्न स्वास्थ्यसंग सम्बन्धित संघ–संस्था, र विद्यालयहरुमा पढाइहुने पाठ्यक्रका कारण गाउँ–गाउँमा चेतना फैलिएपछि परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गर्नेको संख्यामा बृद्धि हो ।
पुरुषका लागि जिल्लाभर ३० हजार ७ सय ५० गोटा कण्डम वितरण छ । ६९ जना ले भ्यासोक्टोमी सेवा लिएका छन् । जिल्लामा परिवार नियोजन गर्नेभन्दा अस्थायी साधन प्रयोग गर्नको संख्या अत्याधिक बढेको सुचना अधिकारी आलमको भनाइ छ । १ लाख ३६ हजार ९ सय ४८ जनसंख्या रहेको यस जिल्लामा ३१ हजार ८ सय ७७ प्रजनन उमेर समूहको जनसंख्या रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । धेरै जसो प्रजनन उमेरका युवाहरु रोजगारीका लागि विदेशमा रहेकाले परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या कम देखिन गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पुष्प शाही ------------------------
मुगु न्युज डट कम,
पौष २४ डोल्पा,
डोल्पा जिल्लाको माझपाल गाविस वडा नम्बर २ लाहर गाउँ स्थित रोल गाढ लघु जल विद्युत आयोजनाको नहर निर्माण गर्ने क्रममा रुख ढल्दा चार जना स्थानीयवासी घाईते भएका छन ।
विद्युतको कुलो खनिरहेको अवस्थामा कुलोमा परेका रुख ढल्दा स्थानीयवासी मनबुझा रोकाया, सिता बुढा,गोपी रोकाया र सोभा बुढा मंगलबार बेलुकि घाईते भएका हुन । घटना स्थलबाट तिन घण्टाको पैदल पछि मंगलबार अबेर राती जुफाल पुगे पछि घाईतेको स्थानीय मेडिकलमा उपचार भईरहेको छ भने घाईतेको अवस्था गम्भीर भए पनि हवाई सेवा अवरुद्ध भएका कारण थप उपचार गराउन नेपालगञ्ज लिन समस्या भईरहेको घाईतेका आफन्तले बताएका छन ।
लघु जल विद्युत आयोजना लाहर गाउँका स्थानीयवासीको श्रमदानमा निर्माण गर्न लागिएको थियो ।
मुगु न्युज डट कम,
पौष २३ मुगु ------------------
स्थापना भएको एक वर्षमा नै आफ्नो सेवा विस्तार गर्न लागेको छ । प्रतिष्ठानले १ सय शैयासम्मको सेवा गर्ने लक्ष्य लिए अनुसार अहिले ५० शैयासम्मको सेवा प्रदान गरिरहेको प्रतिष्ठानका निर्देशक डाक्टर विकल्प पोखरेलले जानकारी दिए ।
भर्खरै मात्र पाँच जना ब्याचुलर अफ नर्सिङ , पन्ध्र जना स्टाफ नर्श, ६ जना अहेव, ६ जना अनमि , एक एक जना प्रसासकिय अधिकृत र लेखा अधिकृत गरि ४४ स्थायी पदपुर्ति भएको प्रतिष्ठानका प्रसासकिय अधिकृत द्धन्द्धबशादुर शाहीले बताए ।
हड्डि , प्रसुति, एपेण्डिक्स र हर्नियाँको शल्यक्रिया सेवा प्रदान गरिरहेको प्रतिष्ठानमा छ जना विभिन्न रोग विषेशज्ञ र ८ जना मेडिकल अधिकृत कार्यारत रहेका छन भने प्रतिष्ठानलाई भौतिक पुर्वाधारको अभाव रहेको प्रतिष्ठानले जनाएको छ । गत वर्ष प्रतिष्ठानले ८ र यो वर्ष २ जनालाई डाक्टर पढाईरहेको छ । कर्णाली अञ्चल अस्पताललाई प्रतिष्ठानले प्रयोग गर्दा पुर्वाधारको समस्या रहे पनि विरामीलाई तत्काल रिफर गर्नु नपरेको ,छिट्टै आई सि यु सेवा सञ्चालन हुने तथा प्रतिष्ठानका लागि आवश्यक पर्ने उपकरण आईरहेको निर्देशक पोखरेले बताए । जाडो बढ्नु भन्दा अगाडी दैनिक एक सय बढि विरामी आउने गरेकोमा अहिले रुघा खोकिका मात्र ५० जना विरामी दैनिक प्रतिष्ठानमा आउने गरेका र त्यसमा वृद्धवृद्धा र बालबालिका बढि रहेको डाक्टर पोखरेलले बताए । कर्णाली अञ्चलमा प्रतिष्ठान सञ्चालनमा आए पछि न्युरो बाहेक अरु सवै सेवा प्रदान गरिदै आएको छ भने प्रतिष्ठानका लागि विद्युतको समस्या भएको छ । अब केहि दिन भित्रै व्याकअप पनि व्यवस्था हुन्छ पोखरेलले भने ।
सुमन मल्ल-------------
मुगु न्युज डट कम,
पौष १९ मुगु------
नेपाली काँग्रेस केन्द्रीय समितिले संविधान सभा निर्वाचन २०७० मा कर्णालीलाई उपेक्षा गरेको कर्णालीका काँग्रेस नेताहरुले बताएका छन ।
संविधान सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारका टिकट वितरण देखि समानुपातिकका सभासद चयनसम्म कर्णालीलाई वेवास्ता गरिएको उनिहरुको दावी छ । प्रत्यक्ष निर्वाचन तर्फ टिकट वितरणमा केन्द्रीय तहबाट विना मुल्यांकन , जनताको भावना नबुझेर टिकट दिदा हुम्ला र जुम्ला बाहेक मुगु, कालिकोट र डोल्पामा लजास्पद पराजय भोग्नु परेको नेपाली काँग्रेस मुगुले जनाएको छ । समानुपातिक तर्फ सभासद छान्दा दुर्गम ,पिछडीएको क्षेत्र , महिला , जनजाति , दलित र प्रत्यक्ष निर्वाचनमा हारेका जिल्लाबाट लिने केन्द्रीय समितिले निर्णय गरे पनि अन्तत् कर्णाली अञ्चलबाट एक जना त्यहि पनि प्रत्यक्ष निर्वानमा जितेको हुम्लाबाट समानुपातिकमा लिए पछि अन्य चार जिल्लाका काँग्रेस नेता कार्यकर्ता अचम्ममा परेका हुन ।
प्रत्यक्ष निर्वाचनमा हारेका जिल्लालाई समानुपातिकबाट प्रतिनीधित्व गराउने भने पनि पाटी केन्द्रीय समितिले समग्रमा कर्णालीलाई उपेक्षा गरेको काँग्रेस मुगुका सभापति ऐन बहादुर शाहीले बताए । कर्णाली अञ्चलका काँग्रेसलाई काँग्रेस नै हाईनन जस्तो गरेर केन्द्रले अपमान गरेको नेपाली काँग्रेस मुगुका सह सचिव खगेन्द्र बहादुर मल्लले बताए ।हुम्लाबाट मंगलबहादुर शाही , मुगुबाट छिरिङ्ग क्याप्ने लामा , जुम्ला दिनबन्धु श्रेष्ठ, कालीकोटमा नरबहादुर टमटाको नाम सिफारिस गरिएकोमा हुम्लामा प्रत्यक्षबाट जितेको भए पनि रिता शाहीलाई समानुपातिकमा छनौट गरिएको छ ।
प्रत्यक्षका लागि कालिकोटमा भुपेन्द्रजंग शाही, जुम्ला ललितजंग शाही, डोल्पामा सुरेशबहादुर शाही, मुगुमा ऐनबहादुर शाही र हुम्लामा जीबनबहादुर शाहीलाई टिकट दिए पनि हुम्ला र जुम्ला बाहेक अन्य तिन जिल्लामा पराजय व्यहोरेको थियो काँग्रेसले । केन्द्रय समितिले दुर्गम तथा पिछडीएको क्षेत्र भनेर समानुपातिकमा तिन कोटा निर्धारण गरेकोमा कर्णालीको हुम्ला र सुदुर पश्चिमको बझाङ्ग तथा बाजुराबाट समानुपातिकमा सभासद छनौट गरेको हुम्लाबाट समानुपातिकमा सभासद छनौट भएकि रिता शाहीले बताईन ।
कर्णाली अञ्चलबाट हारेका जिल्लाबाट संविधान सभामा समानुपातिकबाट सभासद पर्नेमा कर्णालीका काँग्रेस नेता कार्यकर्ता आशावादी देखिए पनि अन्तत आशा आशामा नै सिमित हुन पुग्यो ।
मुगु न्युज डट कम,
१५ पुस, काठमाडौं -----------
नेपाली कांग्रेसले समानुपातिक सभासदको टुङ्गो लगाएको छ । संसदीय समितिले तयार पारेको सभासदको सूचीलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ । प्रत्यक्ष तर्फको निर्वाचनमा हार व्यहोरेका जिल्लालाई समानुपातिकमा समेट्ने भने पनि अन्तत काँग्रेसले पैसा र पहुँचका आधारमा समानुपातिकका सभासद छानेको छ । जसले गर्दा पाटीमा महत्वपुर्ण योगदान दिने , पाटी नै जिन्दगी बनाएका ईमान्दार नेता कार्यकर्ताहरुको योगदानलाई अपमान गरिएको छ । समावेशी सिदान्तका आधारमा पिछडीएको क्षेत्र,वर्ग, समुदाय हेरेर सभासद छान्ने भने पनि आखिर काँगे्रसले कर्णालीलाई उपेक्षा गरेको छ । पाँच जिल्ला मध्य हुम्लाबाट रिता शाहीलाई मात्र समानुपातिकमा छनौठमा परेको हल्ला चले पनि अहिलेसम्म सार्वजनिक गरिएको सुचिमा शाहीको नाम देखिएको छैन । । प्रत्यक्ष निर्वाचनका लागि टिकट वितरण गर्दा जनभावना र लोकप्रियताको मुल्याकंन नगरेर पैसा र पहुँचको आधारमा टिकट दिदा हार व्यहोर्नु परेको पहिलो गल्ति थियो । पाटीको नाममा ब्रह्मलुट गर्नेहरुलाई , काला काँग्रेसहरुलाई समानुपातिकमा छानेर फेरि अर्को गल्ति गरेको छ ।

- चित्रलेखा यादव
- गोपालमान श्रेष्ठ
- कुलबहादुर गुरुङ
- लीला कोइराला
- दीलबहादुर घर्ती
- नरेन्द्रबिक्रम नेम्वाङ
- प्रदीप गिरी
- ज्ञानेन्द्रबहादुर कार्की
- मिनेन्द्रप्रसाद रिजाल
- प्रकाशशरण महत
- मानबहादुर विश्वकर्मा
- सुजाता कोइराला
- मनमोहन भट्टराई
- महालक्ष्मी उपाध्याय 'डिना'
- आनन्दप्रसाद ढुंगाना
- सूर्यमान गुरुङ
- कमला पन्त
- अम्बिका बस्नेत
- धनराज गुरुङ
- महेन्द्र यादव
- रत्ना शेरचन
- मीनबहादुर विश्वकर्मा
- बद्रीप्रसाद पाण्डे
- जीवन परियार
- ईश्वरी न्यौपाने
- सीता गुरुङ
- कविताकुमारी सरदार
- मिनाक्षी झा
- सुजाता परियार
- कुमारी लक्ष्मी राई
- चिनकाजी श्रेष्ठ
- रामचन्द्र पोखरेल
- अशोक कोइराला
- नारायणप्रसाद कोइराला
- अनिता देवकोटा
- मिठु मल्ल
- चन्द्रादेवी जोशी
- आरजु राणा देउवा
- दीपशिखा शर्मा
- शिला शर्मा (खड्का)
- मुक्ताकुमारी यादव
- संगीता मण्डल (धानुक)
- कौशर शाह
- मालतीदेवी श्रीवास्तव
- सरवत आरा खातुन हलुवाईनी
- राज्यलक्ष्मी श्रेष्ठ
- सरस्वती वजिमय
- पुष्पलता लामा
- विन्दादेवी आले (राना)
- महेन्द्रकुमारी लिम्बू
- ओमदेवी मल्ल जोशी
- कल्पना सोप
- आशा वि. क.
- विष्णुमाया परियार
- सावित्रीदेवी चौधरी
- भोटनीदेवी खवास
- लक्ष्मीदेवी भण्डारी
- मोहनकुमार राई
- रन्जीत कर्ण
- लालवावु सिंह भुईहार
- बादशाह कुर्मी
- अब्दुल हमिद सिईकी
- अमृतलाल राजवंशी
- शान्तिदेवी चौधरी
- वुद्धिसागर चौधरी
- भरतबहादुर खड्का
- ध्रुब वाग्ले
- बलदेव बोहरा
- सरिता प्रसाई
- मधु शाही ठकुरी
- प्रमिलादेवी दास
- उषा गुरुङ
- राज्यलक्ष्मी श्रेष्ठ
- सरस्वती वजिमय
- पुष्पलता लामा
- विन्दादेवी आले (राना)
- अन्जना ताम्ली
- सुवर्ण ज्वारचन
- अन्जनी श्रेष्ठ
- दिलमान पाख्रीन
- अमरसिंह पुन
- झुलबहादुर आले
- मनोहरनारायण श्रेष्ठ
- लालबहादुर घले
- खड्गबहादुर बस्याल
- अमियकुमार यादव
- मुख्तार अहमद
- डिल्लीबहादुर चौधरी
- प्यारेलाल राना
- मैकुलाल वाल्मिकी
- नरभान कामी
मुगु न्युज डट कम,
मंसिर ८ मुगु-------------
हुम्लामा नेपाली काँग्रेसका जीवन बहादुर शाही संविधान सभा निर्वाचन २०७०को मतगणनाको अन्तिम नतिजा अनुसार विजयी बनेका छन । हुम्लामा खसेको कुल मत १८ हजार ९ सय २१ मध्य ८ हजार ३ सय ३२ मत ल्याएर विजयी बनेका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका दल बहादुर रावलले ४ हजार ९ सय ३९ मत ल्याएका छन भने एमाओवादीका छक्क बहादुर लामाले ४ हजार ७ सय ६९ मत ल्याएका छन ।
उता जुम्लामा भने सिंजा भेकको मतगणना सकिएर सदरमुकामका गाविसहरुको मत गणना सुरु भएको छ । अहिलेसम्म एमालेका पदम रोकायाले ६ हजार ३ सय ८४ मत ल्याएर अग्र पंक्तिमा रहेका छन भने नेपाली काँग्रेसका ललितजंग शाहीले ५ हजार ७ सय ५१ मत ल्याएका छन । त्यस्तै एमाओवादीले ४ हजार ३ सय ११ मत प्राप्त गरि तेस्रो स्थानमा रहेको छ ।
उता डोल्पामा प्रत्यक्ष तर्फको मत परिणाम दुई दिन अगाडी नै घोषणा भई सकेको छ भने समानुपातिकको मत गणना पनि सकिएको छ । जसमा नेकपा एमालेले ५ हजार ३ सय १९ , एमाओवादीले ३ हजार १ सय ८९ र काँग्रेसले २ हजार २ सय ६६ मत ल्याएका छन ।
मुगु न्युज डट कम
जुम्ला मंसिर १,---------------
जिल्लाको पाण्डबगुफा गाविस वडा नं ७ र ८ मा नेपाली कांग्रेस र एमाओवादीका स्थानिय कार्यकर्ता विच झडप हुदाँ कार्तिक २९ गते पाच जना घाईते भएका छन् ।
घाईते हुनेहरुमा नेपाली कांग्रेसका तिन जना र एमाओवादीका दुई जना रहेका छन् । एनेकपा माओवादीका स्थानिय कार्यकर्ता पाण्डबगुफा ७ सञ्ज्यालवाडाका गणेश सञ्ज्याल र पुनिमल वोगटी रहेको एमाओवादीका क्षेत्र नं ८ का इन्चार्ज राजजंग हमालले वताए ।
यता नेपाली कांग्रेसका पाण्डबगुफा ८ का स्थानिय कार्यकर्ता बलसिह भण्डारी,पदम भण्डारी र कप्तान भण्डारी घाईते भएका हुन् । दुवै पक्षका घाईतेलाई एउटै एम्वुलेन्समा जिल्ला सदरमुकाम ल्याउन लागिएको स्थानिय कार्यकर्ताले वताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालयले भने घटना सामान्य भएको भन्दै सुरक्षा कर्मी खटाएर अवस्था सामान्य वनाईएको जानकारी दिएको छ । तेरो पाटी र मेरो पाटी भन्ने सामान्य भनाभनलाई लिएर झडपको स्थिति सृजना भएको हो ।
डिवि वुढा
जुम्ला, मंसिर १ ------------------
एमाले र नेकपा माओवादीको कुटाईवाट एनेकपा माओवादीका कार्यकर्ता घाईते भएका छन् । गज्र्यांकोट गाविस वडा नं १ र २ गज्यांकोटगाउँमा एमाले र नेकपा माओवादीका कार्यकर्ता मिलेर एमाओवादीका स्थानिय कार्यकर्ता २४ वर्षीय विष्णवहादुर वुढा घाईते भएका हुन् ।
घाईतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । घाईते वुढाको अनुहारमा चोटपटक लागेको छ । कार्तिक २९ गते राति करिव १० वजे तिर प्रचार प्रसारको क्रममा कुटपिट गरेका थिए ।
एनेकपा माओवादीले कुटपिट गरेको आरोप लगाउदै एमाले कार्यकर्ता धर्मराज रावल, टंक गिरि, लोक वुढा र मुकुन्द वुढाको नामा मंसिर १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिईएको प्रहरीले जनाएको छ ।
पुष्प शाही ,
कार्तिक २८ डोल्पा-----------------
आगामी मंसिर चार गते हुने संविधान सभा निर्वाचनका लागि माथिल्लो डोल्पाका ६ वटा गाविसका १५ वटा मतदान केन्द्रमा खटिएका कर्मचारी , सुरक्षाकर्मिहरुलाई हेलिकप्टरबाट पु¥याउन थालिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
माथिल्लो डोल्पामा रहेका सालदाङ , भिजेर , छार्का, मुकोट, तिन्जे, र धो गाविसका लागि कायम गरिएका १५ वटा मतदान केन्द्र मध्य बुधवार र विहिबार गरेर श्री एयरको हेलिकप्टरबाट दश वटा मतदान केन्द्रमा निर्वाचका लागि कर्मचारी र सुरक्षाकर्मि पठाईएको मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद पौडेलले जानकारी दिए । हिमपातका कारण चिसो बढेसंगै कर्मचारीलाई मतदान केन्द्रमा पुग्न समस्या भए पछि हेलिकप्टर प्रयोग गर्नु परेको बताईएको छ ।
यसै विच जिल्लाको माझपाल गाविसको वडा नम्बर ६ र७ दुरगाउँमा बुधवार राती एमाओवादीको वाइृसियलका कार्यकर्ताले एमालेनिकट कार्यकर्तालाई नियन्त्रणमा लिई कुटपिट गरेको एमालेका संगठित सदस्य धर्मलाल बुढाले बताए । एमाले उम्मेदवार धन बहादुर बुढाले मतदातालाई रुपैयाँ बाँडेको भन्दै कार्यकर्तालाई कुटपिट गरेको बताईएको छ । डोल्पामा एमाओवादीले रुकुम र जाजरकोटबाट ठुलो संख्यामा वाईसियल ल्याएको बताईएको छ ।