कसरी तपाईको इनटरनेटको Hacking
Bandwidth
द्धारा
गति बढाउने
पहिला , Start
Menu
मा क्लिक गर्ने
"gpedit.msc"
टाइप
गर्ने र इन्टर थिच्ने
अब एउटा
बक्स खुल्छ , अनि
त्यहाँ बिभिन्न अप्सनहरु आउछन ।
"Administrative
Template" मा क्लिक गर्ने
"Network"
मा क्लिक गर्ने
"Qos
Packet Scheduler" मा क्लिक गर्ने
अब "Limit
Reservable Bandwidth" मा क्लिक गर्ने
नयाँ
बक्स खुल्छ , Enable मा
क्लिक गर्ने र Bandwidth value लाई{
20% लाई 0% मा
बदल्ने ।
हुनत Windows
XP र
Windows
7 मा Bandwidth value 20% WIndows 8 मा 80%
automatic हुन्छ , 0 को मतलब 100% भन्दा बढी
हुन्छ
.
धन किशन बढुवालख द्वारा (Arjun Computer Institute, Gmagadhi, Mugu)
९ चैत, तनहुँ । द्वन्द्वको समयमा दुई छोरा, छोरी र एक बुहारीसहित ४ जना गुमाएकी रिस्ती १, सोतीबेसीको ६५ बर्षकी गोमादेवी अधिकारीलाई गणतन्त्र स्थापना पछि नेताहरुले सहिदको सपना साकार पार्छन भन्ने विश्वास थियो । तर कुर्सीमोहमा लिप्त नेताहरुले सहतको सपना विर्सिएकाले अव चुनावमा घरदैलो आउने नेताहरुलाई बहिष्कार गर्ने अडान लिएकी छन् ।
‘कुर्सीको खेलमा सहिदको बलिदान बिर्सनेलाई बहिष्कार गर्ने भएकी छु,’ उनले भनिन् ‘मुलुकलाई सिंगापुर बनाउँछु भन्ने भाषण गर्नेले सहिद तथा बेपत्ता परिवार र मुलुककै छवि धमिलो बनाउने काम गरे ।’ स्थानीय शान्ति समितिले बिहीबार दमौलीमा गरेको सहिद र वेपत्ता परिवारलाई सम्मान गर्ने कार्यक्रममा उनले नेताहरुलको व्यवहारले सहिदको अपमान भएको बताएकी कान्तिपुर दैनिकमा खबर छ ।
द्वन्द्वको समयमा माइलो छोरा भरतचन्द्र र बुहारी कलावती, साइलो छोरा गजेन्द्र र छोरी इन्दुलाई राज्य पक्षले माओवादी भन्दै मारेको थियो । उनले द्वन्द्वकालमा प्रहरीले छोराछोरी माओवादी बनाएको र माओवादी लुकाएको भन्दै पटक पटक प्रहरी यातनाबाट आफ्नो समेत हातखुट्टा राम्रोसँग नचल्ने बताइन् ।
३ चैत, म्याग्दी । म्याग्दी जिल्लामा करिब ५० हजार जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, म्याग्दीका अनुसार फागुन मसान्तसम्म ४९ हजार ७ सय ४४ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका हुन् । २७ हजार ४ सय ५१ महिला, २२ हजार २ सय ९१ पुरुष र दुई जना तेस्रो लिङ्गीले नामावली दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार २०६४ सालमा ८८ हजार १ सय ४७ जना १८ वर्ष उमेर पुगेका मतदाता थिए । फोटो र औँठा छापसहित नामावली सङ्कलन गर्दा शुद्धीकरण भएको तथा विदेशमा गएकाहरु छुटेकाले मतदाता सङ्ख्या घटेको निर्वाचन अधिकारी पौडेलले बताउनुभयो ।
निर्वाचन शिक्षाको अभाव, वैदेशिक रोजगारलगायतका कारणले छुट्न गएका नागरिकको नामावली दर्ता तथा अद्यावधिक गर्न शुक्रबारदेखि म्याग्दीका ५ स्थानबाट तेस्रो चरणको अभियान सुरु गरेको जानकारी उहाँले दिनुभयो ।
पिप्ले, राम्चे, लुलाङ, रत्नेचौर र मुदी गाविसबाट एक महिने अभियान सुरु भएको हो । प्राविधिकसहितको टोलीले प्रत्येक गाविसमा तीन दिन नामावली सङ्कलन गर्नेछ । जिल्ला प्रशासन कार्यालयमा पनि केन्द्र स्थापना गरेर नामावली दर्ता गर्ने काम भइरहेको छ । रासस
३ चैत, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पेट्रोलको मूल्यमा गिरावट आएको छ । विश्व बजारमा भाऊ घटेपछि भारतले पनि पेट्रोलको मूल्य घटाएको छ । तेलको भाऊ बढाउनमात्रै जानेको नेपाल सरकारले भने भाऊ घटाउनु त परै जाओस्, सहजरुपमा तेल आपूर्ति गराउन समेत सकेको छैन । रेग्मी नेतृत्वको सरकारले पेट्रोलको भाऊ घटाउनुको साटो सहज आफूर्ति गराउने भन्दै सरकारी कोषबाट निगमलाई १ अर्ब रुपैयाँ निकासा गरेको छ ।
दिल्लीका प्रतिलिटर ७० रुपैयाँ ३४ पैसा पर्ने पेट्रोलको मूल्य अब प्रतिलिटर ६८ रुपैयाँ ३४ पैसा कायम भएको छ । चेन्नेईमा ७१ र मुम्बई तथा कोलकातामा ७५ पेट्रोलको मूल्य ७५ रुपैयाँ ८४ पैसा कायम भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गत महिना मात्रै भारतमा दुईपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो । फेब्रुअरीमा एकपटक एक रुपैयाँ ५० पैसा र दोस्रोपटक १ रुपैयाँ ४० पैसा मूल्वृद्धि गरिएको थियो ।
स्रोतका अनुसार अन्तरराष्ट्रिय बजारमा पेट्रोलको मूल्यमा प्रति ब्यारेल ३ डलर गिरावट आएको छ ।
धनकुटा, चैत्र ३ - धनकुटा बेलाहारा गाविस वडा नं ८ मुलघाटमा शुक्रबार राति भीषण आगलागी हँदा ६ वटा घरहरु जलेर नष्ट भएका छन् । आगलागीबाट पौने २ करोड बराबरको सम्पत्ति क्षति भएको छ ।
बलबहादुर श्रेष्ठको दुईवटा घर, थामबहादुर थापा, रेखा थापा, रितु थापा र तिलक खत्रिको घरमा आगलागी भएको हो ।
शसस्त्र प्रहरी वल धनकुटाका प्रहरी नावय उपरीक्षक कृष्ण ढकालका अनुसार राति करीव साढे १० बजे तिर बलबहादुर श्रेष्ठको घरबाट सुरु भएको थियो ।
आगो निभाउन धरान र दमकबाट दमकल ल्याएर मध्य राति मात्र नियन्त्रणमा ल्याइएको ग्यास सिलिन्डरहरुले आगो निभाउन ज्यादै कठिन परेको प्रहरी प्रमुख एस्पी सुर्यप्रसाद उपाध्यायले बताए ।
आगलागीबाट कुनै मानवयि क्षती नभए पनि आगलागी भएको घरहरुको लत्ता कपडा, गरगहना अन्न पात, भाँडाकुँडा सबै जलेर नस्ट भएका छन् । सेकुवाको आगोबाट आगलागी हुन सक्ने आशंका गरिएको छ ।
२ चैत, काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान खिलराज रेग्मीको सरकार चार दलको घेराबाहिर बस्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
इलामबाट काठमाडौँ जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै थापाले विगतमा राप्रपा-नेपालले उठाएको कार्यसुची अनुसार स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि स्वतन्त्र व्यक्तिको अध्यक्षतामा सरकार गठन हुने पर्ने मागअनुसार नै अहिलेको सरकार गठन भएको दाबी गर्नुभयो । उहाँले मुलुकमा वर्तमान अराजक अवस्था चार दलको कारणले आएको धारणा राख्दै वर्तमान सरकारले सम्पूर्ण दलको सहयोग एवम् सुझावअनुसार कार्य गरेमा मात्र स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन सक्ने बताउनुभयो ।
एक प्रश्नको जवाफमा अध्यक्ष थापाले चार दलले सहमति गरेको लडाकु दर्जा, नागरिकता र सत्य निरुपण आयोगको सम्झौताको भत्र्सना गर्दै सबै दलबीचको सहमतिमा मात्र त्यो सम्झौता लागु हुनुपर्ने नत्र त्यो कागजको खोष्टा मात्र हुने उल्लेख गर्नुभयो । उहाँले आफ्नो पार्टी विगत सात वर्षमा राष्ट्र र जनताले भोग्नु परेको समस्याहरुको मुद्दालाई लिई जनतासमक्ष जाने अठोट पनि व्यक्त गर्नु भयो ।
आयोजनाले सामाजिक तथा वातावरणीय प्रभाव न्यूनीकरणका लागि आर्थिक वर्ष ०६३ /६४ देखि लगानी गर्न सुरु गरेको हो । सडक निर्माणका क्रममा भएको वातावरणीय क्षती न्यूनीकरण, वृक्षारोपण, वनको क्षतीपूति, बालीनाली र घर टहराको क्षतिपूर्तिसहित शिक्षा, स्वास्थ्यमा समेत आयोजनाले खर्च गरेको छ । आयोजनास्थल भएको गाविस लामाबगरमै सबैभन्दा बढी रकम खर्च गरेको आयोजनाले जनाएको छ । लामाबगरमा २८ कार्यक्रमका लागि ९० लाख २६ हजार रुपियाँ खर्च भएको छ । त्यस्तै क्षमता अभिवृद्धि, सचेतना र जिल्लाभर सामाजिक विकास कार्यक्रमका लागि ७२ लाख २७ हजार २ सय खर्च भएको आयोजनाका वातावरण विभाग प्रमुख डा. गणेश न्यौपानेले बताए । गत असार मसान्तसम्ममा आयोजनाले गौरीशंकर गाविसमा १५ योजनाका लागि ३८ लाख २२ हजार, भीमेश्वर नगरपालिकामा ५ योजनाका लागि ३३ लाख ७१ हजार खर्च गरेको छ ।
आयोजनाले भौतिक पूर्वाधार र्निमाणका क्रममा बालीनाली र घरटहराहरूको क्षतिपूर्तिका लागि २६ लाख २९ हजार ७ सय खर्च गरेको छ । आयोजनाले क्षतिपूर्तिको अधिकांश रकम प्रवेश मार्ग निर्माणका क्रममा खर्च गरेको हो । वनको क्षतिपूर्ति, नर्सरी व्यवस्थापन र वृक्षारोपण अन्तर्गतका विकास कार्यक्रमहरूका लागि २२ लाख ५ हजार ८ सय खर्च भएको जनाएको छ । आयोजनाले विद्यालय भवन निर्माण तथा मर्मत स्वास्थ्यचौकी, खानेपानी, सिँचाइ, लघुजलविद्युत आयोजनामा पनि प्रभावित क्षेत्रमा खर्च गरेको छ । गत असार मसान्तसम्म गरेको खर्च विवरणअनुसार सबैभन्दा बढी लामाबगर गाविस र सबैभन्दा कम झ्याकु र लापिलाङ गाविसमा खर्च गरेको छ । ती गाविसमा एक–एक योजनाका लागि ५० हजारका दरले खर्च गरेको छ । आयोजना प्रभावित १५ गाविस र भीमेश्वर नगरपालिकामा १ सय १२ योजनाका लागि रकम खर्च गरेको हो ।
आयोजनाले सामाजिक तथा वातावरणीय प्रभाव न्यूनीकरण कायक्रमका लागि कूल ४२ करोड विनियोजन गरेको छ । प्रभावित क्षेत्रमा विद्युुतीकरण, शिक्षा, स्वास्थ्य, वन वातावरण, खानेपानीलगायतका क्षेत्रमा खर्च गर्ने योजना छ । आयोजनाका वातावरण विभाग प्रमुख न्यौपानेले आयोजनाले खर्च गर्ने रकमको उपलब्धि हुने गरी सबै पक्षसग समन्वय गरेर काम गर्ने बताए ।
लाइन काट्दै बक्यौता उठाउदै
दोलखा : नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रले लामो समयसम्म बक्यौदा बाँकी रहेपछि ग्राहकका लाइन काट्दै रकम असुली गर्न थालेको छ । ग्राहकलाई लामो समयसम्म बाँकी रहेको बक्यौता भुक्तानीका लागि पटकपटक ताकेता गर्दासमेत बेवास्ता गरेपछि प्राधिकरणले लाइन काटेरै बक्यौदा सुरु गरेको हो । प्राधिकरणले बक्यौता असुलीका लागि लाइनै काट्नेसम्मको निर्देशन दिएपछि दोलखामा पनि यो अभियान सुरु भएको हो । प्राधिकरण दोलखाका प्रमुख गोपालचन्द्र खतिवडाले हालसम्म २७ लाख बक्यौता असुल भइसकेको जानकारी दिए । ‘दोलखाको धेरै जसो बक्यौता उठिसकेको छ’ उनले भने,‘केही ठाउको बक्यौता असुलीका लागि कर्मचारी खटाएका छौँ ।’ प्राधिकरणको लामो समयसम्म बक्यौता राख्ने प्रतिष्ठित व्यक्ति, निजी विद्यालय, सरकारी कार्यालय र सञ्चार गृहसमेत रहेका छन् । तिनीहरूको बक्यौदा असुलीका लागि प्राधिकरणले विद्युत् लाइन नै काट्नु परेको थियो ।
बाँकी बक्यौदा पनि चाँडै असुल हुने उनले विश्वास लिए । बाँकी बक्यौदा ग्रामीण क्षेत्रको रहेको उनले बताए । विद्युत् प्राधिकरण दोलखा शाखा अन्तर्गत दोलखा र रामेछापका ५ गाविसका १८ हजार बढी ग्राहक रहेका छन् । ती गाविसमा मकैबारी, जिरी र किर्ने सव स्टेशनमार्फत विद्युत् वितरण गरेको छ । ग्राहकको सेवाका लागि प्राधिकरणले चरिकोट, खरिढुंगा, मैनापोखरी, जिरी, जफे र किर्नेमा ग्राहक सेवा केन्द्रसमेत राखेको छ । तामाकोसी विद्युत् सहकारी सस्था लिमिटेडले
प्रधिकरणसँग सम्झौता गरी दोलखाको जफे मेलुङ र मालु गाविसका विभिन्न वडाहरूमा वितरण गरिएको विद्युत् लाइन काटेको छ । तामाकोसी विद्युत् सहकारी सस्था लिमिटेडले टिआरइसिले विद्युत् लाइन जोडको सुरुदेखिनै महसुल भुक्तानी नगेरेको र पटकपटक महसुल भुक्तानीको लागि जानकारी गराउँदा पनि बेवास्ता गरेपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण दोलखा साखाले जनाएको छ ।
श्रोतका अनुसार टिआरइसीले प्राधिकरणलाई १९ लाखभन्दा बढी महसुल भुक्तानी गर्नुपर्नेछ । स्थानीयवासीबाट प्रतियुनिट ८ रुपियाँ लिने टिआरइसीले विद्युत् प्राधिकरणलाई भने प्रतियुनिट ३ रुपैयाँ ५० पैसादेखि ५ रुपैयाँसम्म भुक्तानी गर्ने व्यवस्था छ ।

काठमाडौं, २ चैत । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा मुख्यसचिव लीलामणि पौडेल र खुल्ला प्रतिष्पर्धाबाट कार्यकारी निर्देशकमा रामेश्वर यादव आएपछि भएका ३७ सुुुधारका काम सार्वजनिक गरिएको छ ।
२८ हजार ८ सय ८५ जना विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटिएको, छोटो अवधिमा १७ हजार २ सय ७४ ग्राहकबाट सबैभन्दा बढी ३२ करोड १८ लाख ५९ हजार रकम असुली गरिएको, ५८ ग्राहकबाट छुट विल वापतको ४ करोड ६१ लख रुपियाँ असुल गरिएको, उच्च खपतमा रहेका १ सय वटा टिओडी मिटरको विशेष अनुगमन गरिएको उनले सार्वजनिक गरे ।
लोडसेडिङ न्यूनीकरण कार्यक्रमअन्तर्गत गत वर्षभन्दा कुलेखानीको पानीको सतह ५ मिटर सञ्चित गरिएको, २८ करोड ७७ लाख युनिट विद्युत् आयात गरिएको, डिजेल प्लान्ट र मल्टिफ्यूलमार्फत १ करोड २४ लाख ८९ युनिट विद्युत् उत्पादन गरिएको, विद्युत् चुहावट नियन्त्रण कार्यक्रमअन्तर्गत २६ हजार ८ सय ५ जनालाई कारबाही गरी करिब ५ मेगावाट चोरी विद्युत् बचत गरेको, बढी चुहावट हुने क्षेत्रमा थप लोडसेडिङ तथा मध्य मस्र्याङ्दी र कालीगण्डकी १ आयोजनाको मर्मत गरिएको सार्वजनिक सुधार कार्यक्रममा उल्लेख छ । त्यसैगरी व्यवस्थापकीय सुधारअन्तर्गत उपत्यकाबाहिर कार्यक्षेत्र रहेका आयोजनाहरूको काठमाडौंस्थित क्षेत्रीय कार्यालयहरू बन्द गरिएको र सबै कर्मचारीलाई फिल्डमा पठाइएको, ग्राहक सेवासम्बन्धी गुनासोको लागि टोल फ्रि नम्बर, एसएमएस लगायतको व्यवस्था गरिएको, क्षेत्रीय प्रमुख तथा वितरण केन्द्र प्रमुखको छनोट तथा पदस्थापना आन्तरिक प्रतिष्पर्धाबाट गर्ने कार्य सुरु गरिएको लगायतका कार्यहरू भएको सुधारसम्बन्धी कार्यहरूमा उल्लेख छन् ।
‘तीन महिनाको छोटो अवधिमा हामीले चुहावट नियन्त्रण, भत्ता प्रशासनिक संयन्त्रलाई चुुस्त बनााउने कार्यका साथै जलविद्युत् आयोजनालाई समयमै बनाउनका लागि अग्रसर भएको र प्रसारण लाइनलाई पहिलो प्राथमिकतामा राखिएको छ ।’– मुख्य सचिव पौडेलले भने । उनले सुपर सिक्स आयोजनालाई डलरमा पिपिए गर्नको लागि थप विशेषज्ञ टोली बनाउनुपर्ने, पहिलाको डिजेल किन्ने प्रस्ताव महँगो देखिएकोले त्यसलाई रद्ध गरिएको बताउँदै ३/३ महिना परीक्षण गर्नुपर्ने टिओडी मिटर १० बर्षसम्म परीक्षण नगरिइएको पाइएको बताए ।
काठमाडौं, २ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विस्तारका क्रममा भत्काएको बाटो मिचेर नयाँबानेश्वरस्थित एभरेस्ट होटलले पर्खाल ठड्याउन सुरु गरेको छ । होटलले सडकको करिब दुई सय वर्गमिटर जग्गा मिचेर पर्खाल बनाउन थालेको हो ।
सडक विस्तारका क्रममा ट्राफिक प्रहरीले सडकको केन्द्रबाट दायाँ–बायाँ २५–२५ मिटर दूरीभित्रका सबै
भौतिक संरचना भत्काएको थियो । यही क्रममा एभरेस्ट होटलले सडक अतिक्रमण गरी बनाएको स्विमिङ पुल, बगैँचालगायत भौतिक संरचना भत्काइएको थियो ।
होटलले आºनो जग्गाको साविक साँधभन्दा दुई मिटरवरै पर्खाल लगाउन सुरु गरेपछि तत्काल स्थगन गर्न उपत्यका विकास प्राधिकरण, काठमाडौंले महानगरपालिका र उपत्यका सडक विस्तार आयोजनामा पत्र काटिसकेको छ । प्राधिकरण काठमाडौंका आयुक्त डा. भाइकाजी तिवारीले होटलबाट सडकको जग्गा बलजफती मिचिएको देखिएपछि तत्काल रोक्न पत्र काटिएको बताए । उनले भने, ‘सडक विस्तारका क्रममा हामीले सडकको दायाँ–बायाँ २५–२५ मिटरको दूरीभित्र बनेका भौतिक संरचना भत्काए थियौँ । यही क्रममा एभरेस्ट होटलले मिचेको जग्गा क्लियर गर्यौँ । तर, अहिले होटलले साविक साँधभन्दा पुन: दुई मिटर पर जग खनी पर्खाल लगाएको छ, यो गलत हो ।’
होटलभित्र प्रवेश गर्ने मूलगेटदेखि बाहिरिने गेटसम्मको लम्बाइ करिब सय मिटर छ । साविक साँधभन्दा दुई मिटर पर सारी पर्खाल लगाउँदा सडकको करिब दुई सय वर्गमिटर जग्गा मिचिएको प्रस्ट देखिन्छ । यस आधारमा होटलले जानाजान सडकको झन्डै ६ आना जग्गा मिच्न लागेको छ । बानेश्वर क्षेत्र सडक क्षेत्रमा प्रतिआना जग्गाको मूल्य एक करोडभन्दा धेरै छ । यस आधारमा एभरेस्ट होटलले कम्तीमा ६ करोड रुपियाँ मूल्यबराबरको जग्गा मिचेको पुष्टि हुन्छ ।
प्राधिकरणका आयुक्त तिवारीले होटलले सडक हाताभित्रको जग्गा मिचिएको देखिएपछि तत्काल सरोकारवाला निकायमा पत्र पठाए पनि अहिलेसम्म कदम नचालिएको बताए । उनले भने, ‘होटलले बद्मासी गरेको देखियो । महानगरपालिकामा पत्र पठाएका छौं । तर, त्यसको कार्यान्वयन भएजस्तो देखिएको छैन ।’
होटलले यसअघि मिचेको जग्गा खाली गराउन पनि निकै कसरत गर्नुपरेको थियो । ट्राफिक प्रहरी महाशाखाका तत्कालीन प्रमुख डिआइजी गणेश राईले होटलबाट अतिक्रमित जग्गा ‘क्लियर’ गर्न बल नै प्रयोग गर्नुपरेको बताए । उनले भने, ‘सडक विस्तारका क्रममा मिचिएको जग्गा खाली गर्न खोज्दा होटलले हस्तक्षेत गर्यो । बल प्रयोग गर्दा ठूलै शक्तिको चलखेल भयो । तैपनि, हामीले भत्काइछाड्यौँ । तर, अहिले त्यही जग्गा मिचेर पर्खाल लगाएको मैले पनि देखेँ, यसले मलाई निकै दु:खी बनाएको छ ।’
डिआइजी राईले सडकको जग्गा मिची होटलले सार्वजनिक अपराध गरेको बताए । उनले भने, ‘दायाँ–बायाँ २५–२५ मिटरको दूरीभित्र पर्ने अरूको पनि भौतिक संरचना भत्काइएको छ । अरूले त्यसलाई स्वीकार गर्ने तर होटलले उल्टै मिच्ने काम गर्नु कानुनी राज्यको खिल्ली उडाउनु हो । यस्ता कार्य गर्नेलाई कारबाही गरिनुपर्छ ।’
डिआइजी राईले होटलले जग्गा मिची भौतिक संरचना बनाएको विषयमा पहिले पनि उजुरी परेको बताए । मिचिएको जग्गा केही वर्षअघि नै खाली गर्न खोज्दा ठूलै शक्तिको चलखेल भएको डिआइजी राईको भनाइ छ । उनले भने, ‘होटलले अवैध रूपमा सार्वजनिक जग्गा मिचेको उजुुरी त पहिले पनि परेको रहेछ । भत्काउने प्रयास पनि पटक–पटक भएको रहेछ । तर, ठूलै शक्तिको चलखेल भएपछि स्थगन भएको पाइयो ।’