कान्तिपुर बर्ष व्यक्तिमा पर्न अभिनेत्री रेखा थापाले फ्ल्यास ब्याकको
रहस्य खोलेकी छिन् । राजेश हमालले पहिलो फिल्म ‘हिरो’ मा निकाल्न खोजेको
रहस्य रेखाले बताएकी छिन् ।
कान्तिपुरसँगको विशेष कुराकानीमा रेखाले
भनेकी छिन्, ‘निर्देशक नरेश पौड्याल र निर्माता छवि ओझाले मलाई मन पराए तर
बाधक बने राजेश हमाल ।’ रेखाले भनेकी छिन्, ‘सानी भएँ भनेर राजेश दाईले त
मलाई फिल्मबाटै पो निकाल्न खोज्नुभयो ।’ यसको जवाफमा आफुले ‘अकाल’ फिल्ममा
बुढो हिरोसँग फिल्म खेल्दिन’ भनिदिएको रेखाको जवाफ छ ।
पहिलो फिल्म ‘हिरो’ सफल भएपछि राजेश र
रेखाले दर्जन बढी फिल्म सँगै अभिनय गरेपनि ‘अकाल’ पछि भने उनीहरुको जोडी
दोहोरिएको छैन । सम्पूर्ण काम सकिएपनि राजेश र रेखाको जोडी जमेको फिल्म
'अकाल' रिलिज हुन सकेको छैन । निर्देशक नीर शाहले वितरकलाई सम्पूर्ण
जिम्मा दिएकाले रिलिजको बारेमा खासै ज्ञान नभएको बताए । यो फिल्मलाई मनोज
राठी र उज्जवल पौडेलको समूहले रिलिज गर्नेछ ।
निर्देशक श्याम भट्टराईको निर्देशनमा
यही फागुन १५ गतेदेखि फिल्म ‘हिम्मतवाली’को छायाँकन प्रारम्भ गर्न लागेकी
अभिनेत्री रेखा थापालाई बधाई ! कान्तिपुर राष्ट्रिय दैनिकले आफ्नो २१
बर्षिकोत्सवको अवसरमा प्रकाशित गरेको वर्षका दशमा फिल्म क्षेत्रबाट
अभिनेत्री रेखा थापा पर्न सफल भएकी छिन् ।
अभिनेत्री रेखासँगै राजनीतिबाट गगन
थापा, उद्द्योग/ व्यावसायी चन्द्र ढकाल, पेशाकर्मी डा.गोविन्द केसी,
प्रशासन/ सुरक्षा/ न्याय/ कुटनीति/ संवैधानिक अंगबाट लोकमानसिंह कार्की,
लेखक झमक घिमिरे, कलातर्फ हरिवंश आचार्य, फुटबल खेलाडी पारस खड्का, समाज
सेवातर्फ डा. गोविन्द केसी र विज्ञान, सुचना तथा प्रविधिमा महाविर पुन
कान्तिपुरको वर्ष दश भित्र पर्न सफल भएका छन् ।
फिल्मीखबर, साभार गरिएको
यस देशका फाका यानी सेन्ट्रल अफ्रीकन आम्र्ड फोर्सेस नामक पुलिसका
सेनाले मुस्लिम आतंकवादी भनिनेको लाशसंग जनावरको जस्तो व्यवहार गरिरहेका
छन् । सेनाले यस्ता आतंकवादीहरु भनिनेलाई खुलेआम रुपमा पशुको जस्तो
व्यवहार गरी मार्ने गर्दछन् ।
सेनाले ती आतंकवादीहरुलाई ढुङ्गाले हान्ने, हातखुट्टा काटिदिने जस्ता
गैरकानुनी क्रियाकलापबाट मार्ने गर्दछन् । यि सेनाहरुको यस्तो व्यवहार
देशको अन्तरिम राष्ट्रपति कैथरीन सान्बा–पान्जाको सम्बोधनपछि सुरु भएको हो
। उनले जैगुईका सैनिकलाई सम्बोधन गरेका थिए ।
(Visited 1,019 times, 7 visits today)
६ फागुन, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
परीक्षामा ४१ हजार ५ सय १६ अर्थात ७९.१४ प्रतिशत उत्तिर्ण भएका छन् । माघ २५ गते भएको मौका परीक्षामा ५२ हजार ४ सय ६२ परीक्षार्थी सहभागी थिए ।
परीक्षामा ४१ हजार ५ सय १६ अर्थात ७९.१४ प्रतिशत उत्तिर्ण भएका छन् । माघ २५ गते भएको मौका परीक्षामा ५२ हजार ४ सय ६२ परीक्षार्थी सहभागी थिए ।
अब
फेसबुकको दिन सकिँदैछ । यो दावी हामीले होइन, पि्रन्स्टन यूनिभर्सिटीको
मेकानिकल एण्ड एरोस्पेस इन्जिनियरिङ डिपार्टमेन्टले गरेको हो ।
फेसबुक
आफ्नो चरम लोकपि्रयतामा पुगेको छ । अध्ययनका अनुसार फेसबुकको पुरा ग्राफ
माईस्पेसको जस्तै देखिएको छ, जुन एक पटक लोकप्रियताको चरम सीमामा पुगेपछि
र्झन सुरु हुन्छ । ४ फेब्रुअरीमा फेसबुक सुरु भएको १० वर्ष पुरा हुँदैछ ।
किन समाप्त हुँदैछ फेसबुक ?
अध्ययनका
अनुसार फेसबुकको लोकपि्रयता घट्नुमा यसको फिचर्सको ठूलो हात छ । पछिल्लो
वर्षमा फेसबुकले लगातार आफ्नो लोकप्रियता गुमाइरहेको अध्ययनको दावी छ ।
२०१३ मा टिनएजर्सको अकाउन्टको मामिलामा फेसबुक पनि पछि थियो । फेसबुकको तुलनामा यूट्यूब उनीहरुको मनपर्ने साइट बन्दै गएको छ ।
एक-अर्कालाई समय दिऊँ ः यदि कसैले बिरुवा रोपेको छ भने त्यसमा मलजल गर्नु पनि आवश्यक हुन्छ। होइन भने त्यो बिरुवा सुकेर जान्छ। कसैले कसैको भावना बुझ्न केही समय माग्नु कदापि अनुचित हुन सक्दैन। यसले आफूलाई पनि राम्रो महसुस हुन्छ। साथीले आफ्नो भावना साट्न सकेमात्र एक-अर्काको मन जित्न सकिन्छ।
स्पेस दिऊँ ः प्रेमी वा प्रेमिकाको एक अर्कासँग टाँसिइरहने स्वभावको नकारात्मक असर पनि हुनसक्छ। प्रत्येक व्यक्तिको निजी जीवन हुन्छ। त्यसैले उनीहरूको इच्छा जसलाई उनीहरूले आफै पूरा गर्न चाहन्छन्, पूरा गर्न दिनुपर्छ। यदि कसैले साँचो अर्थमा आफूलाई प्रेमी मान्छ भने उसले आफ्नो साथीलाई पूर्ण स्वतन्त्रता प्रदान गर्नुपर्छ।
उपहार दिऊँ ः साँचो प्रेमले जीवनमा सानोतिनो खुसी ल्याइरहन्छ। त्यसलाई यादगार बनाउन एक-अर्कालाई उपहार दिनुपर्छ। उपहार प्रेमी-पे्रेमिकाले बिताएको खुसीको प्रत्यक्षदर्शी हुन्छ। उपहारले सम्बन्धलाई प्रगाढ बनाउँछ अनि मनको मैलो हटाउँछ।
प्रशंसा गरौं ः प्रशंसा गर्नु मानिसको सकारात्मक व्यक्तित्वको पहिचान पनि हो। एकजना साथीले गरेको प्रशंसाले अर्को साथीलाई आकषिर्त गर्छ।
मन जितौं ः याद राखौं प्रेमी पनि एउटा मानिस नै हो। उसबाट गल्ती हुनु स्वाभाविक हो। उसका सानातिना गल्तीलाई नजरअन्दाज गर्दै उसको मन जित्नुपर्छ।
४ चैत, काठमाडौं । नेपालमा सोलार तथा वैकल्पिक उर्जाको प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यका साथ ‘नेपाल चाइना सोलार प्रोमोसन काउन्सिल’ गठन भएको छ । काउन्सिलले नेपालमा वैकल्पिक उर्जाको प्रबर्द्धन गर्न चिनिया प्रविधि भित्र्याउन सहयोग गर्नेछ ।
नेपाल चीन उद्योग वाणिज्य संघ (एनसीसीसीआई) का अध्यक्ष राजेशकाजी श्रेष्ठको अध्यक्षतामा काउन्सिल गठन गरिएको हो । काउन्सिलको संयोजकमा किरण प्रकाश साखः रहनुभएको छ । त्यस्तै, अवैतनिक सल्लाहकारमा नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान प्रतिष्ठान -नाष्ट) का प्रा.डा. सुरेन्द्रराज काफ्ले र नेपाल वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. गोविन्द पोखरेल हुनुहुन्छ ।
काउन्सिलले सोलार तथा वैकल्पिक उर्जाको प्रवर्द्धनमा चिनिया लगानीकर्ताहरुलाई आकषिर्त गर्ने बताएको छ । चीनको जिनान प्रान्तमा यही मार्च ३१ देखि एपि्रल २ सम्म आयोजना हुने ‘चाइना (जिनान) अफ सोलार इनर्जी युटिलाइजेशन कन्फररेन्स एन्ड एक्जिविसन’मा समेत सहभागिता जनाउने भएको छ । सोही अवसरमा काउन्सिलले चिनिया पक्षसँग व्यापार प्रवर्द्धनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरेको जनाएको छ । समझदारीबाट द्वीपक्षीय लगानीका लागि वातावरण तयार हुने, प्रविधिको आदान-प्रदान हुने साथै सोलार तथा वैकल्पिक उर्जामा प्राविधिक ज्ञानको आदान-प्रदान हुने विश्वास लिएको काउन्सिलका सदस्यहरुले बताएका छन् ।
चैत३ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुले असारको पहिलो साताभित्र संविधानसभाको निर्वाचन गर्न सम्भव रहेको बताएका छन् । दलहरुले बास्तवमै निर्वाचन चाहेको हो भने निर्वाचन गराउन कुनै अप्ठ्यारो नरहेको उनीहरुको भनाई छ ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा निवर्तमान निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले यसअघि सरकारले घोषणा गरेको मंसिर र बैशाखको निर्वाचनको लागि निर्वाचन आयोगले तयारी गरिरहेकोले असार पहिलो साता भित्र निर्वाचन सम्भव रहेको बताउनु भयो । उहाँले भन्नुभयो-’निर्वाचन आयोग तयार नै छ । हामिले मंसिरमै निर्वाचन हुन्छ भनेर तयारी गरेका थियौं । त्यो मितिमा हुन सकेन । त्यसपछि सरकारले बैशाखमा भन्यो, त्यसको लागि पनि हामिले तयारी जारी राखेका थियौ । त्यसैले पनि असारमा पहिलो साता गर्न सकिन्छ ।’
यदपी उहाँले १० देखि ५ बजे सम्मको काम नभनी युद्ध स्तरमा दिनरात काम गर्नु पर्ने र दलहरुको सहयोगको आवश्यक पर्ने बताउनु भयो । छुटेका मतदाताहरुलाई सूचीमा समावेश गर्न सकिने भन्दै उहाँले निर्वाचनको लागि मतदान केन्द्र बढाउनु पर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षक समितिका संयोजक समेत रहेका पूर्व निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले दलहरुकै सहमतिमा सरकार गठन भएकोले असारमा निर्वाचन गर्न सम्भव रहेको बताउनु भयो । यद्यपी उहाँले विरोधमा भएका दलहरुलाई साथ लिनु पर्ने, तत्कालै निर्वाचन आयोगमा पदाधिकारी नियुक्त गर्नु पर्ने बताउनु भयो ।
पूर्व निर्वाचन आयक्त प्रोफेसर विरेन्द्र मिश्रले दलहरुले चाहे घोषित मितिमै निर्वाचन गर्न सम्भव रहेको बताउनु भयो । आफूहरुले माओवादी द्वन्द्वकालको कठिन अवस्थामा समेत निर्वाचन गराएको स्मरण गर्दै अहिले मुलुकमा द्वन्द्व नभएको र दलहरु निर्वाचनको पक्षमा रहेको बेला निर्वाचन नहुने कुनै कारण नहुने तर्क गर्नुभयो ।
ट्वीटरमा हृयाशट्याग (#) को बढ्दो लोकपि्रयतापछि अब फेसबुकमा पनि यो हृयाशट्याग ल्याउनेबारे छलफल भइरहेको छ ।
अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलले फेसबुकले छिट्टै हृयाशट्याग ल्याउने बताएको छ । तर, फेसबुकले भने अहिलेसम्म मुख खोलेको छैन । फुसबुकले केही समयअघि सर्चका लागि ग्राफ सर्च नामको नयाँ फिचरको घोषणा गरेको थियो ।
३ चैत, काठमाण्डौं । कोरियाबाट रोजगारी गरेर फर्केका कामदारलाई नेपालमा रहेका कोरियाली कम्पनीहरुमा काम दिलाउन पहल गरिने भएको छ । नेपालस्थित रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया शाखाले यसको पहल थालेको हो । सुरुमा उसले नेपालमा के कति कोरियाली कम्पनी कार्यरत छन् र फर्केका कामदारहरु को कहाँ छन् लागत संकलन गर्नेछ ।
ईपीएस केन्द्र नेपालका निर्देशक ली दोङ सर्कले फर्केर आएका कामदारहरुबीच एउटा सञ्जाल (नेटवर्किङ) बनाइसकेको उल्लेख गर्दै कम्पनीहरुसँग पनि भेटघाट राख्न लागेको बताए । ‘नेपालमा काम गर्ने कोरियाली कम्पनी अत्यन्त कम छन्, जे जति छन् आउँदो हप्ता भेटघाट राखेका छौं,’ उनले । कोरियाको रोजगार प्रणाली विविध पक्षबारे जानकारी दिन शुक्रबार साँझ राजधानीमा आयोजित पत्रकार भेटघाटमा लीले फर्केर आएका कमदारलाई यसले राम्रो अवसर दिने बताएको खबर कान्तिपुर दैनिकमा खबर छ ।
भाषा परीक्षा परिवर्तन
कोरियाको रोजगारीका लागि उत्तीर्ण गर्नुपर्ने भाषा परीक्षा ‘ईपीएस टपिट’ को स्वरुप यस वर्षदेखि परिवर्तन भएको छ । ईपीएस शाखाका अनुसार अब ‘कोरिया भाषको स्तरीय पाठ्य सामग्री’ बाट प्रश्नहरु समावेश हुने छन् । यस अघि ‘खुल्ला प्रश्न संगालो’बाट १० देखि ५० प्रतिशतसम्म सोध्ने भनिए पनि सबै त्यहीबाट आउने गरेका थिए । पहिलाजस्तो अब घोकेर र अन्दाजका भरमा चिन्ह लगाएर उत्तीर्ण हुने सम्भावना नभएको ईपीएस शाखाका अधिकारीको भनाई छ । नयाँ पाठ्य सामग्री ईपीएस कार्यालय नेपालको वेबसाइटसहित कोरियाली ४ वटा वेबसाइटमा निःशुल्क डाउनलोड गर्न सकिने पनि शाखाले जनाएको छ ।