मनिराज पाण्डे------------
पौष २८ कालिकोट--------------
खुलालु–हिल्सा सडक खण्डलाई राजमार्ग संग जोड्न कर्णाली नदीमा पक्कीपुल निर्माणका लागि सोमबार सिलान्यास भएको छ ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधिले पक्कीपुल निर्माणका लागि शिलान्यास गर्नु भएको हो ।
भर्ताको कालेखोला देखि लालुको खुलालु जोड्ने उक्त पुलको शिलान्यास कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोख्रेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, कर्णाली अञ्चलबाट निर्वाचित संविधान सभा सदस्य सहित २१ जनाको टोली नेपाली सेनाको हेलिकप्टरमा कालिकोटको खुलालु आएको हो ।
पुलको निर्माण कार्य एक बर्ष भित्र सम्पन्न हुने मन्त्री निधिले बताए । १२ करोड २८ लाख ८४ हजार २ सय ८५ रुपैयाको लागतमा निर्माण हुन लागेको पुल ७४ दशमलव ८८ मिटर लामो हुने छ ।
पुल निर्माणको जिम्मा कन्काई नेपाल प्रगतिजेवि काठ्माण्डौले लिएको छ । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्रि निधिले कर्नालीको मुल द्धारको रुपमा रहेको खुलालु–हिल्सा सडक खण्डमा उक्त पुलको सिलान्यास गर्ने अवसर मिलेकोमा खुसी ब्यक्त गरे ।
कर्णालीको समग्र विकासको लागि आफु र आफ्नो मन्त्रलयबाट हुन सक्ने सहयोग निरन्तर गरिरहने मन्त्री निधिले बताए ।
कर्णालीका सम्पदाको प्रयोग गर्न सके कर्णाली नेपालकै समृद्ध क्षेत्र बन्न सक्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्द्र पोख्रेलले बताए । तिला र कर्नालीको हाइडोपावर निकाल्न सकेमात्र कालिकोटमा आर्थिक श्रोत बृद्धिहुने पोख्रेलले भनाई छ ।
पुल निर्माण पछि कालिकोटका १७ वटा गाविस र बाजुरा, हुम्ला, मुगुका अधिकांस ठाउँहरुमा एकै साथ सडक विस्तार हुने यहाँका सबिधान सभा सदस्य सभासद महेन्द्र शाही (प्रजोलले) बताए ।
खुलालु हिल्सा खण्ड निर्माण कार्य समयमै सम्पन्न गर्न नेपाली सेनालाई जिम्मा दिईएको छ ।
बाजुरा----------
पौष १६------------------------
जिल्लाको वाई गाविसका स्थानीय वासिन्दाले गाविसमा कृर्षी तथा पशु सेवा केन्द्र स्थापना हुनुपर्ने माग गरेका छन् । केन्द्र टाढाहुदा सेवा लिन असहज भएको भन्दै स्थानियले यस्तो माग राखेका हुन । पत्रकार महाँसंघ द्धारा आयोजित स्थानीय निकाय सेवा प्रदायकहरु र बहु सरोकारवाला संगको सम्बाद कार्यक्रममा सहभागीहरुले यस्तो माग गरेका बताइएको छ ।
कार्यक्रममा वाई र बाँधु गाविसमा काम गर्ने विभिन्न गैर सरकारी संघ संस्थाले प्रदान गर्ने सेवा र त्यसका प्रभावकारीताका विषयमा छलफल भएको बताईएको छ । नेपाल पत्रकार महाँसंघ बाजुराका सभापती मदन राज जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख वक्ताका रुपमा गाविस सचिव कुवेर शाही रहुनु भएको थियो ।
संवाद कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी लगाएत सेवा ग्राहीको सहभागीता रहेको थियो । कार्यक्रमको उद्देश्यका बारेमा नेपाल प्रेश युनियनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महाँसंघ बाजुरा शाखाका संस्थापक सभापती दयाराम पण्डितले प्रस्ट पार्नुभएको थियो । करिब १०० जनाको सहभागीता रहेको उक्त संवाद कार्यक्रमको संचालन पत्रकार महाँ संघका सचिव कृष्ण ओलीले गर्नुभएको थियो ।
लिङ्क परियोजना स्विस हेल्विटासको सहयोगमा संचालन भएको कार्यक्रममा बाधुको धिम स्वास्थ्य चौकीमा आवश्यक औषधी नभएको गाविसले जन्मदार्त गराउदा पनि शुल्क लिने गरेको तथा गाविस सचिवहरु प्राय जसो गाविसमा नबस्ने गरेको पाईएको महाँसंघका अध्यक्ष मदन राज जोशीले जानकारी दिनुभएको छ ।
बाँधु गाविसमा गरिएको आजको अन्र्तसम्बाद कार्यक्रममा गविसका कुनैपनि कर्मचारीको सहभागीता नरहेको बताईएको छ । कार्यक्रममा सेवा ग्राहीहरुले आर्थिक वर्ष ०६९÷०७० मा लुटेको सामाजिक सुरक्षा भत्ताको रकमको खोजि अझै सम्म पनि नभएको र कहि कतै बाट पहल सम्म पनि नभएको भन्दै गुनासो समेत गरेका छन् ।
जीबन सेजुवाल-------------
मुुगु १३ असोज--------------
सडक यातायातले नछोएका कर्णाली अञ्चलका दुई जिल्ला हुम्ला र डोल्पामा यो दशैमा खाद्यन्न अभाब भएपछि यहाँका सर्बसाधरण अक्षेता लाउने सेतो चामल नपाउने भएका छन ।
हवाई यातायात मार्फत सुर्खेत नेपालगंजबाट चामल ढुवानी गर्दै सर्बसाधरणलाई मासिक १० देखि १५ किलोग्राम चामल बितरण गर्दै आएको नेपाल खाध्य संस्थानले समयमै चामल ढुवानी गर्न नसके पछि यि दुई जिल्लामा खाद्यन्न अभाब हुने देखिएको छ । डोल्पा खाध्य संस्थानका दुई गोदाम दुनैमा ८ सय क्विन्टल, जुफालमा १ सय क्विन्टल चामल मात्र मौजदाद भएपछि यो जिल्लाका २३ गाबिसका सर्ब साधरणलाई यो खाध्यन्नले नपुग्ने र दुनैमा रहेको ८ सय क्विन्टल चामल सदरमुकाम दुनै आसपासका पाँच गाविसलाई मात्र दशैमा बितरण गर्न पुग्ने छ । अन्य १८ गाबिसलाई चामल बितरण गर्न नसक्ने अबस्था रहेकाले एक केजि चामल समेत बितरण नगरेको खाद्य संस्थान डोल्पाका रामबहादुर बिष्टले बताएका छन ।
यता हुम्ला जिल्लाको खाध्य संस्थानको गोदाममा ५ सय क्विन्टल चामल र ५ सय क्विन्टल गहँु मात्र मौजदाद रहेको छ । जिल्लाका २७ गाबिस मध्ये खाध्य संस्थान सिमिकोट शाँखा बाट १३, श्रीनगर डिपोबाट ४ र सर्केगाड डिपो बाट ९ गाबिसका सर्बसाधरणलाई मासिक १० केजिका दरले चामल बितरण गर्दै आएको खाध्य संस्थान हुम्ला शाँखाले यो दशैमा सदरमुकाम सिमिकोट नजिकका १३ गाबिसलाई मात्र १०।१० केजी चामल बितरण गर्ने भएको छ भने बाँकि १४ गाबिसका सर्बसाधरणले आफनो गाँउ नजिकका डिपोमा खाध्यन्न सुन्य रहेपछि उनिहरुले दशैमा भात खाने चामलको सट्टा अक्षेता लागाउने चामल समेत नपाउने भएका छन । हुम्ला खाध्य संस्थानका प्रमुख भिम थापाले दिएको जानकारी अनुसार समयमै खाध्यन्न ढुवानि हुन नसक्दा जिल्लामा खाद्यन्न अभाब भएको र तत्काल जिल्ला र अन्य डिपोमा चामल ढुवानी गर्नका लागी नेपाल खाध्य संस्थान केन्द्रिय कार्यालयमा आफुले लिखित मौखिक कुरा गरि रहेको जानकारी दिएका छन ।
,अघिल्लो दशैका लागी बाजुराको कोल्टिबाट एक हप्ता लगाई भेडा बाख्रामा ढुवानि गरि ४० किलो चामल ल्याई दशैमा सेतो भात खाईएको थियो , यो बर्ष डिपोमै चामल आउछ भनेर कोल्टि गईएन, डिपो रित्तै छ खेत गह्रामा लगाएको धान पाकेको छैन अब चिनो कागनोको भातले दशै मनाउने अबस्था रहेको हुम्ला श्रीनगर गाबिस ८ का मान बहादुर महताराले बताए ।
कर्णाली अञ्चलका पाँच वटै जिल्लाले बर्षेनी चरम खाध्य संकट झेल्दै आएको भएपनि बिगत एक दुई बर्ष यता जुम्ला कालिकोट र मुगुमा सडक यातायातले केहि सहजता भएको छ । अहिले यि तिन जिल्लामा खाध्य अभाब नभए पनि डोल्पा र हुम्ला जिल्लामा भने दशैको मुखमा खाध्यन्न अभाब हुदा सर्बसाधरणको दशै खल्लो हुने भएको छ । दुवै जिल्लाका बजारमा एक किलो चामलको एक सय देखी १ सय ५० भन्दा बढी मुल्यमा विक्रि वितरण भईरहेको छ ।
मुगु न्युज डट कम------------
साउन १८ मुगु------------
जिल्ला अस्पताल मुगुमा विशेषज्ञ चिकित्सक नहुँदा हाड जोर्नी, टाउकोमा चोट लागेका तथा पित्त थैलीमा पत्थरी (गल्र्स स्टोन )रोगका विरामीको उपचार गर्न समस्या भईरहेको जिल्ला अस्पतालले जनाएको छ ।
हात खुट्टा भाँचिएपछि सुरुमा स्थानीयवासीले घरमा नै परम्परागत रुपमा हड्डि जोड्न काप्रो लगाउने गरेका र त्यसपछि मात्र जिल्ला अस्पतालमा ल्याउने गरिरहेको जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर रणबहादुर बोगटीले जानकारी दिए । यसरी जिल्ला अस्पताल आउने अधिकाँश विरामीहरुले यातायात र खर्च अभावका कारण सुविधा सम्पन्न ठाउँ जान नसक्ने भन्दै जसरी भए पनि जिल्लामा नै उपचार गरिदिन आग्रह गर्ने गरिहेको डाक्टर बोगटीको भनाई छ । सामान्यतया हात खुट्टा भाँचिएका विरामीको उपचार गर्छौ तर जटिल खालका विरामीका लागि विशेषज्ञ चाहिन्छ तर हामीकहाँ विशेषज्ञ नभएपछि सुविधा सम्पन्न ठाउँमा नै पठाउनु पर्छ बोगटीले भने ।
जिल्ला अस्पतालका लागि दुई जना डाक्टर र एक जना मेडिकल सुपरिटेण्डेन्टको दरबन्दि रहे पनि अहिलेसम्म मेडिकल सुपरिटेण्डेन्टको पद रिक्त छ । जिल्ला अस्पतालका लागि मेडिकल सुपरिटेण्डेन्ट लगायत जिल्ला भरिका लागि अहेव, हेल्थ अशिस्टेण्टको दरबन्दि बढाउन मन्त्रालयमा छलफल भईरहेको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जन स्वास्थ्य अधिकृत रोशनलाल चौधरीले बताए । धेरै पटक मेडिकल सुपरिटेण्डेन्टको पदपुर्तिका लागि लोक सेवा आयोगमा लेखि पठाए पनि पदपुर्ती हुन सकेको छैन भने दरबन्दिमा खटाएका मेडिकल सुपरिटेण्डेन्ट दुर्गम भन्दै आउन नमान्दा अहिलेसम्म उक्त पद रिक्त रहेको चौधरीको भनाई छ ।
जिल्ला अस्पतालमा हात खुट्टा भाँचिएका , हड्डि छाला बाहिर नआएका , हड्डि टुक्रा नभएको अवस्थामा एक्सरे गरि प्लाष्टर गर्न सकिन्छ तर घरेलु उपचार गर्दा विग्रिसकेका , हड्डि छाला छेडेर बाहिर निस्किेका तथा धेरै टुक्रा भएको अवस्थामा शल्यक्रिया गर्नु पर्छ त्यस्ता विरामीलाई रेफर गर्छौ डाक्टर बोगटीले भने । यसको साथै टाउकोमा गम्भीर चोट लागेका तथा पित्त थैलीमा पत्थरी भएका विरामीलाई समेत उपचारका लागि सुविधा सम्पन्न स्थानमा लैजान जिल्ला अस्पतालले रेफर गर्ने गरिरहेको छ । यसरी अन्यत्र उपचारका लागि पठाईका हात खुट्टा भाँचिएका विरामीलाई यातायात अवरुद्ध भएको अवस्थामा निकै गाह्रो हुने गरेको छ । वर्षाका कारण हवाई तथा सडक यातायात बन्द भए पछि विरामीलाई वोकेर जुम्ला पु¥याउन निकै कठिन हुने गरेको छ । वर्षा सुरु भए यता मात्र जिल्ला अस्पतालबाट हड्डिका ३ , टाउको सम्बन्धि १ र पित्त थैलीमा पत्थरी भएका १ गरि पाँच जना विरामीलाई उपचारका लागि अन्यत्र पठाईएको छ ।
मुगु न्युज डट कम-----------
साउन १८ मुगु-------------
जिल्लामा दिर्घकालिन कृषि विकास योजना निर्माणका लागि आईतवार देखि आवश्यक पर्ने स्रोत संकलन कार्य सुरु गरिएको छ ।
आईतवार जिल्ला कृषि विकास योजना निर्माण गर्नका लागि कार्ययोजना निर्माण गर्न गठित कार्यदलले तयार पारेको जिल्ला कृषि विकास योजना निर्माण कार्ययोजनाको विस्तृत छलफल पछि सरकारी तथा गैर सरकारी निकाय विचमा स्रोत संकलन गर्ने निर्णय गरिएको छ । जिल्ला विकास समितिको आगामी सातौ जिल्ला परिषदबाट पारित गराउने गरि जिल्ला कृषि विकास योजना निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयको संयोजकत्वमा पाँच सदस्यीय दिर्घकालिन कृषि विकास रणनिती लेखन समिति समेत गठन गरिएको छ । यो रणनिती तयार गर्न १५ लाख ७६ हजार ५ सय रुपैयाँ खर्च लाग्ने कार्य योजनामा उल्लेख गरिएको छ । जिल्लामा कृषि क्षेत्रको दिर्घकालीन विकास र व्यवसायिकरणका लागि कृषि विकास कार्यालय , पशु , वन कार्यालयले जिल्लाको कृषि विकास योजना निर्माणका लागि मुख्य भुमिका निर्वाह गरेका छन भने कृषिसंग सम्बन्धित कार्यक्रम सञ्चालन गरिरहेका गैर सरकारी निकायले पनि साझेदारको रुपमा काम गर्ने जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख लाबहादुर खत्रिले बताए । योजना निर्माणका लागि जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालय ,राजनीतिक दल , नागरिक समाज तथा अगुवा कृषकहरुसंग छलफल अन्र्तरक्रिया गरिने छ भने २४ वटै गाविसका सवै वडाका कृषक समेटिने गरि ईलाका स्तरिय कार्यशाला, अन्तरक्रिया , छलफल गरि सुझाव समेत संकलन गरिने भएको छ ।
सबैसंगको छलफल र अन्तरक्रियाबाट संकलन भएका सुझावका आधारमा जिल्ला कृषि विकास योजनाको मस्र्यौदा तयार गरि जिल्ला कृषि विकास समितिको बैठकमा पेश गरि थप सुझाव र परिमार्जन सहित अनुमोदन भएपछि मात्र २०७१ को फागुन महिनामा हुने जिल्ला विकास समितिको सातौ जिल्ला परिषदबाट पास गराउने लक्ष्य रहेको निमित्त प्रमुख खत्रिले बताए ।
मुगु न्युज डट कम-----------
साउन १६ मुगु--------------
चिनको स्वशासित क्षेत्र तिब्बतको सिमासंग जोडिएको मुगु गाविसमा नेपालको राष्ट्रिय झण्डा राखिने भएको छ ।
तिब्बतसंग सीमा जोडिएको नेपालका १३ वटा हिमाली जिल्लाहरुका सिमामा रहेका सरकारी कार्यालयहरुमा सरकारले नेपालको झण्डा गाड्ने भनेपछि मुगु गाविसको गाविसको कार्यालयमा झण्डा गाड्न लागेको गाविस सचिव मकरबहादुर रावलले जानकारी दिए । तिब्बतबाट मुगु आउदा सुरुमा भेटिने सरकारी कार्यालयमा राष्ट्रिय झण्डा गाड्ने भन्ने गृह मन्त्रालयको परि पत्र अनुसार मुगु गाविसको कार्यालयमा नेपालको राष्ट्रिय झण्डा गाड्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले जानकारी दिए । मुगु गाविस पर्यटकिय क्षेत्रसंगै तिब्बतसम्मको प्रमुख व्यापारिक नाका भएकाले पनि राष्टियताको हिसावले पनि नेपालको झण्डा मुगु गाविसमा राखिएको पराजुलीले बताए । मुगुमा पुग्ने विदेशी तथा स्वदेशीहरुले नेपालको भुमीका विषयमा पनि जानकारी लिन पनि झण्डाले महत्व राख्न सक्छ । यदि झण्डा नराख्ने हो भने पर्यटकले त्यो भुमी कहाँको भन्ने बुझ्न सक्दैनन उनले भने ।
मुगु न्युज डट कम-------------
साउन १६ मुगु---------------
जिल्लाको पश्चिम खत्याड भेगमा २०६४ सालबाट स्थापना भएको महादेव मष्टा चर्तुदेव शिक्षा क्याम्पस रातापानीको भवन निर्माणका लागि भारतीय सरकारले काठमाण्डौ स्थित भारतीय राजदुतावास मार्फत पाँच करोड अनुदान सहयोग गरेको छ ।
क्याम्पससंग पर्याप्त भवन नहुँदा विद्यार्थीलाई पठन पाठन कार्यमा समस्या भईरहेको अवस्थामा दुतावासले व्यवस्थित कक्षा कोठा र प्रशासनिक भवनका लागि पाँच करोड अनुदान सहयोगका लागि सम्झौता भएको क्याम्पस प्रमुख धनबहादुर रावतले जानकारी दिए । ८ कोठे दुईवटा भवनसंगै दुईवटा शौचालय समेत निर्माण हुने छन । क्याम्पसको भवन निर्माण गर्न शुक्रवार जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसाल र दुतावास विच भएको सम्झौता अनुसार भवन १५ महिना भित्र निर्माण गरिसक्नु पर्ने क्याम्पस प्रमुख रावतले बताए । २०६४ सालमा स्थापना भएको क्याम्पसमा हाल ४ सय ८६ जना विद्यार्थी अध्ययनरत छन । त्रिभुवन विश्व विद्यालयबाट सम्र्बधन प्राप्त भए पनि सदरमुकाममा रहेको रारा शिक्षा क्याम्पस र रातापानी शिक्षा क्याम्पस आंगिक हुन सकेका छैनन भने भौतिक पुर्वाधारको समस्या पनि उस्तै रहेको छ ।