८ चैत, काठमाडौं । हास्यव्यंग्य कलाकार, अभिनेता एवं गायकको रुपमा परिचित हरिवंश आचार्य अब अर्को रुपबाट पनि चिनिदै हुनुहुन्छ । आफ्नो जीवन भोगाइका कथाव्यथा समेटेर उहाँले पुस्तक निकाल्न लाग्नुभएको हो । पुस्तकको रुपरेखा तयार भैसकेकाले छिटै बजारमा ल्याउने तयारी छ ।
फाइनप्रिन्टको प्रकाशनमा आचार्यको ‘चिना हराएको मान्छे’ नामक आत्मकथा यही महिनाको अन्त्यसम्म बजारमा ल्याउने तयारी छ । फाइनपि्रन्टले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी चैत महिनाको अन्त्यसम्म पुस्तक बजारमा आउने जानकारी दिएको हो । ‘२०६९ सालको अन्त्यमा निक्लने यो पुस्तक बिगेस्ट बुक अफ द इयर हुनेछ भन्ने हाम्रो विश्वास छ’ फाइनपि्रन्टका अजित बरालले बताउनुभयो ।
फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले आचार्यजस्तो ठूलो व्यक्तित्वको पुस्तक छाप्न पाउनु गर्वको कुरा रहेको र आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो । आचार्यको आत्मकथाको पाण्डुलिपी पढेका र पुस्तक सम्पादनमा सहयोग गरेका रविन्द्र समीरले पुस्तक नेपाली प्रकाशन उद्योगको सबैभन्दा महत्वपूर्ण उपलव्धी भएको बताउनुभयो ।
सुख-दुःखका कथा
आचार्यले पुस्तकमा आफूले जीवनमा भोगेका सुख-दुःख र सफलतलाई समेट्दै हुनुहुन्छ । बाल्यकालमा गरेका उटपट्याङ, जीवन संघर्ष, कला क्षेत्रमा आउँदा भोगेका उतारचढाब लगायत घटनाको अभिलेख पुस्तकमा रहने उहाँले जानकारी दिनुभयो । ‘जीवनमा मैले भोगेका सुखसँगै दुःखका कहानी, मदनकृष्ण दाइसँगको सहकार्य, बेदना र खुशीका पोका, अहिलेसम्मको महत्वपूर्ण क्षण सबै अटाउने प्रयास गरेको छु’ आचार्यले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
आचार्यले मिरा आचार्यसँगको दाम्पत्य जीवन, मिराको दुखद निधन, त्यसपछिको पीडा, दोस्री पत्नी रमिलासँगको भेट र त्यसपछिको जीवनसँगै कलाकारिता र राजनीतिक घटनाक्रमलाई पनि पुस्तकमा समावेश गर्ने कोशिस गर्नुभएको छ । ‘गणेशमान, सिंह, मनमोहन अधिकारी, मदन भण्डारी लगायतका नेताहरुसँगको भेट र उहाँहरुको प्रेरणालाई पनि किताबमा समेट्ने प्रयास गरेको छु’ आचार्यले भन्नुभयो ।
जीवनका महत्वपूर्ण घटना टिपोट गर्ने बानीले पुस्तक लेख्ने प्रेरणा मिलेको आचार्यले बताउनुभयो । ‘दुई वर्षअघि जीवनसाथी मिराको दुखद निधनले मलाई साहै्र पीडा भयो, पीडामा केही लेखें, लेख्दै जाँदा पुस्तक नै निकाल्ने प्रेरणा मिल्यो’ आचार्यले भन्नुभयो-’पछिल्लो घटनाक्रमबाट लेख्न शुरु गरें, पहिलेका कुरा पनि समेटेर पुरै आत्मकथा नै तयार पार्न लागेको हो ।’ पुस्तक पहिलो भएपनि उहाँको कथा लेखन भने पहिलो होइन । ‘हामीले हास्यव्यंग्य कार्यक्रम गर्दा पहिले कथा नै लेख्छौं’ आचार्यले भन्नुभयो-’कथा लेखन पहिलो नभएपनि पुस्तक नै निकाल्न लागेको चाहिँ पहिलोपटक हो ।’
पुस्तकको रकम सामाजिक काममा
पुस्तक चैत महिनाको अन्त्यमा बजारमा आएपनि यसको औपचारिक बिमोचन भने बैशाख ७ गते हुनेछ । ‘मेरी श्रीमती मिराको दोस्रो पुण्यतिथि बैशाख ७ गते भएकाले त्यसदिन बिमोचन गर्न लागिएको हो’ आचार्यले भन्नुभयो । पुस्तक बिक्रीबाट संकलन भएको रकम सामाजिक काममा खर्च गरिने पनि उहाँले जानकारी दिनुभयो ।
यसरी जुर्यो शीर्षक
पुस्तकको नामको बारेमा आचार्यले रोचक कहानी सुनाउनुभयो । ‘बल्लबल्ल जन्मेको छोरो भनेर बाआमाले एकतोला सुनको प्रतिमामा मेरो चिना राखिदिनुभएको रहेछ । तर चोरले सुनको प्रतिमा चोरेर लग्यो । चोर्ने क्रममा उसले मेरो चिना चाहिँ फालिदिएछ’ आचार्यले भन्नुभयो-’अहिले मेरो कुनै चिना छैन ।’ चिना नभएकै कारण भोलि के हुन्छ भन्ने कुरा आफुले थाहा नपाएको र चिताउँदै नचिताएको घटना व्यहोर्नुपरेको आचार्यले बताउनुभयो ।
‘हुन त चिना भएका मान्छेको पनि भोलि के हुन्छ थाहा हुँदैन, मेरो त झन् चिना नै नभएको’ आचार्यले भन्नुभयो । आफू कात्तिकमा जन्मेकोले धेरैले कात्तिके कुकुर भनेर जिस्क्याउने गरेको स्मरण गर्दै आचार्यले भन्नुभयो-’हो म कुकुर जस्तै हो । कुकुर कहिले गल्लीमा भौंतारिँदै हिँड्छ, कहिले चिल्लो गाडीमा सररर हुँइकिन पनि पाउँछ । मैले कुकुरले जस्तै सुख र दुःख दुवैको अनुभव गर्न पाएको छु ।’
nepal awaj, MAR 21 -
Actor Sanjay Dutt has been convicted by the Supreme Court today in the Arms Act case that he was booked under in connection with the 1993 Mumbai serial blasts. He has been given a 5-year jail sentence. He has served 18 months in jail already.
The actor was arrested in April 1993, a month after the serial blasts that ripped Mumbai apart and left 257 people dead and over 700 injured. Police said the AK-56 found in his house was from the consignment of arms smuggled into the country before the blasts. He was arrested and booked under the Terrorist and Disruptive Activities Act (TADA) and sent to Mumbai's Arthur Road Jail, where he did time for around 16 months before being granted bail.
Mr Dutt received partial relief in November 2006 when a TADA court absolved him of terrorism charges and booked him under the Arms Act for illegal possession of arms. In July 2007, the court sentenced him to six years in jail. He was arrested on August 2 and sent to Pune's Yerwada Jail. He was granted bail by the Supreme Court on August 20.
In his confession upon his arrest in 1993, which he later retracted, the actor had said that mafia don Abu Salem visited his home in January 1993 with Samir Hingora and Hanif Kadawala, proprietors of Magnum Video and alleged close associates of underworld don Dawood Ibrahim.
Mr Dutt said they had brought three AK-56 rifles with ammunition, and he kept one to protect his family. He said that he had asked his close friend Yusuf Nulwalla to destroy the rifle after he heard about the serial blasts.
Murmurs that that Mr Dutt got away because of political pressure allegedly exerted by his family, including his late father, actor Sunil Dutt, have persisted throughout the case. Defence lawyers have questioned why the CBI did not question his acquittal.
The verdict will no doubt bring gloom to the Bollywood fraternity. Three films, Policegiri, Zanjeer and P.K., are under production and nearly Rs. 70 crore is riding on Sanjay Dutt.
४ चैत, क्वालालम्पुर । मलेसियाको मुआरमा करिव एक सय नेपाली श्रमिक पक्राउ परेका छन् । साप्ताहिक आइतबारे बिदाको दिन कम्पनीबाट बाहिर निस्किएर साथीहरुसँग भेटघाट गरिरहेका बेला स्थानीय प्रहरीले उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।
मलेसियाको दैनिक पत्रिका द स्टारको अनलाइन संस्करणका अनुसार न्यूनतम तलव नपाएको बिरोधमा प्रर्दशन गर्ने तयारी गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।
मुआरका सहायक प्रहरी कमाण्डर मोहम्मद नासिर राम्लीले भने- ‘कामदारहरु रोजगारदाताविरुद्ध प्रर्दशनको तयारी गर्न बिभिन्न स्थानमा भेला भएका थिए, उनीहरु एकै ठाउँमा जम्मा हुनुअघि नै सूचनाका आधारमा हामीले समातेका हौं ।’ मुआरमा रहेका करिव ५ हजार नेपाली कामदारले जुलुस निकाल्न थालेको भन्दै उनले मलेसियामा सार्वजनिक स्थानमा जुलुस निकाल्नु गैरकानुनी रहेकाले पक्राउ गरिएको दाबी गरे । मुआर क्षेत्रमा करिव ३० हजार नेपाली श्रमिक कार्यरत रहेको बताइएको छ ।
तर, मुआरमा रहेका नेपालीहरु भने प्रर्दशनको कुनै तयारी नभएको बताउँछन् । एक नेपालीले अनलाइनखबरसँग टेलिफोनमा भने- ‘साप्ताहिक बिदाको दिन नेपाली रेष्टुरेण्टमा गएर साथीहरुसँग भेटघाट गर्ने क्रममा पुलिसले पक्रिएको हो, बाहिर गएर प्रर्दशन गर्ने कुनै योजना थिएन ।’ बिभिन्न कम्पनीमा कार्यरत उनीहरुमध्ये केहीलाई साँझ छाडिएको छ भने केही अझै प्रहरी नियन्त्रणमै छन् । अघिल्लो साता पनि मलेसियन प्रहरीले एउटा फर्निचर कम्पनीबाट ३२ जना नेपाली कामदारलाई पक्राउ गरेको थियो ।
मलेसिया सरकारले जनवरी १ देखि नै लागू हुने गरी मासिक ९ सय रिंगेट न्यूनतम तलव दिनुपर्ने नयाँ नियम ल्याएपछि त्यहाँ कामदार र रोजगारदातावीच विवाद बढ्न थालेको छ । । नीतिगतरुपमै बिभिन्न छिद्रहरु खडा गरिदिएर रोजगारदातालाई न्यूनतम तलव कार्यान्वयन नगर्न मलेसियन सरकारले कम्पनीहरुलाई बाटो खोलिदिएपछि त्यहाँ कार्यरत बिदेशी श्रमिक आक्रोशित भएका छन् । सरकारको दोधारे नीतिका कारण तलव बढ्नुको साटो खाइपाई आएको भन्दा घट्न थालेपछि बिभिन्न कम्पनीमा कार्यरत कामदार आन्दोलित भएका हुन् ।
मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराईले घोषित न्यूनतम तलव नपाउँदा निकै समस्या बढेको बताउनुभयो । तर, आन्दोलन नगर्न र वार्ताबाटै समस्या समाधानको पहल गर्न नेपाली श्रमिकहरुलाई दूताबासले आग्रह गरिरहेको भट्टराईले अनलाइनखबरलाई बताउनुभयो ।
क्वालालम्पुर । मलेसियामा उपचारकै क्रममा ज्यान गुमाएका पाचँथर आगन – ६ का १९ वर्षीय सुक वहादुर सम्वाहाम्फेको शब नेपाल पठाइएको छ । जोहोरको गेलनपत्ताको फलासटोनिक कम्पनिमा कार्यरत सँबाहाम्फेको गत मार्च ३ तारिखमा अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । उनी गत फेव्रुवरी ६ मा कम्पनीमा काम गर्दा गर्दै ढलेपछि अस्पताल पुर्याइएको थियो । सुक वहादुर जोहोरवारुको गेलनपत्तामा रहेको फलासटोनिक कम्पनीमा रोजगारको लागि सात महिना अगाडि मात्रै मलेसिया आएका थिए ।
पीडित परिवारलाई ३ लाख सहयोग
यसैवीच मृतक सम्बाहाम्फेका आठ महिनाको छोरालाई मलेसियावाट तीन लाख रुपैयाँ सहयोग पठाइने भएको छ । जोहोरको गेलनपत्ताको फलासटोनिक कम्पनिमा कार्यरत साथीहरु, स्थानिय व्यक्तिहरुसहित फलासटोनिक तथा सेनाईमा रहेको फलासटोनिक कम्पनीका साथीहरुले मृतकको आठ महिनाको छोराको भविश्यलाई सफल वनाउन सहयोग रकमहरु जम्मा गरिरहेका छन् । यसैक्रममा विजय शर्मा,नरेश सापकोटा,लोक वहादुर सुर्यवंशि, विक्रम गौतम,टेक वहादुर क्षेत्री, ओमकान्त धमला,मोहन वस्नेत,मिलन राना,एकनाथ रिमाल,सुर्य किरण साङपाङ,राजेन्द्र थापा र मनिराईको सकि्रयतामा ११ हजार ५ सय ९० रिगेटे संकलन भएको छ ।
यसैगरी सेनाई फलासटोनिकमा कार्यरत ध्यान वहादुर राईको सकि्रयतामा आरएम ६सय १४ गरी जम्मा १२ हजार २सय ४ रिगेट अर्थात नेपालको साढे ३ लाख रुपैयाँ जम्मा भएको हो । संकलित रकम मध्ये मृतकको अंकलको नाममा ५० हजार रुपैयाँ र शव लिएर नेपाल जाने साथी रमेश भण्डारीलाई ५ सय रिगेट दिईएको छ भने अन्य वाँकी रकम करीव ३ लाख रुपैयाँ मृतकका नावालक छोराको नाममा खाता खोली पठाइने भएको छ । साथीभाईले निजको परिवारलाई अरु पनि सहयोग गर्ने वताएका छन् । यस्तै सम्बाहाम्फे कार्यरत कम्पनीले पनि मृतकको विमा रकम करीव १० हजार रिगेटको लागि पहल गरिरहेको सुन्दर श्रेष्ठले जनाएका छन् ।
तीन वर्षयता दुबईमा २२५ नेपालीले ज्यान गुमाए
४ चैत, अबुधाबी । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका नेपालीहरुसमुद्रमा हाम्फालेर आत्महत्या गर्ने क्रम बढेको छ । तीन वर्षयता दुबईमा आत्महत्या र दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरुको संख्या २ सय २५ पुगेको छ । यो अवधिमा २९ नेपालीले आत्महत्या गरेका छन् । राम्रो कमाइ गर्ने र परिवारमा सुख सम्वृद्धि ल्याउने उद्देश्यले दुबई आएका नेपालीहरुले सोचेअनुरुप कमाउन नसकेपछि निराश भई आत्महत्या गर्ने क्रम कहालीलाग्दो बनेको दुतावासका कर्मचारीहरु बताउँछन् ।गएको ३ बर्षमा यता २९ नेपालीले आत्महत्या गरेको तथ्य बाहिर आएको छ । यहाँस्थित नेपाली दुतावासले सन् २०१० यता २ सय २५ जनाले ज्यान गुमाएको बताएको छ । यसमध्ये झण्डै दुर्यदर्जनले विरक्तिएर समुद्रमा हामफालेर आत्महत्या गरेका छन् भने केहीले झुण्डिएर त केहीले आफैलाइ छुरा प्रहार गरेर आत्महत्या गरेको जनाइएको छ ।
आत्महत्या गर्नेमध्ये सबैजसोले परदेश आएपछि समस्या समाधान हुनुको सट्टा झन बढ्दै गएपछि आत्महत्या गर्ने गरेको दुतावासका प्रथम सचिव लोकबहादुर क्षेत्री बताउनुहुन्छ ।मृत्यु भएकाहरुको शव नेपाल पठाउने कार्यमा विगत ४ बर्षदेखि खटिरहनुभएका क्षेत्रीका अनुसार आत्महत्याको कारण आर्थिक विाष्यसँगै बढी जोडिने गरेको छ । नेपालमा मेनपावरले भनेबमोजिम विदेशमा तलब नपाएको, सोचेअनुरुप काम नभएको र नेपालमा रहेका आफन्त एवं श्रीमतीले धोका दिएकै कारण अधिकांशले आत्महत्या गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
दुतावासको तथ्याड्क अनुसार सन् २०१० मा मात्रै १२ जनाले आत्महत्या गरेका छन् । सन् २०१० मा दुबईमा ८८ जना नेपालीले ज्यान गुमाएका थिए । यसैगरी सन् २०११ मा ११ जना र २०१२ मा ५ जना नेपालीले आत्महत्या गरेका छन् ।हजारौ खर्च गरेर र साहुसँग ऋण गरेर विदेश आएकाहरुले कमाइको सट्टा ऋणको ब्याज नै तिर्न मुस्किल परेपछि आत्महत्या गर्ने गरेको राजदुत धनञ्जय झाले बताउनृभयो । राजदूत झाकाअनुसार दुबईमा आत्महत्या गर्ने विदेशीहरु मध्ये नेपाली तेस्रोमा पर्छन् । दुबईमा भारतीय, फिलीपीनी, पाकिस्तानी र बंगलादेशी कामदार धेरै भए पनि र एउटै प्रकृतिको काम गरिरहेको भए पनि नेपालीहरु नै आत्महत्या गर्न बढी उक्सिने गरेको उहाँ बताउनुहुन्छ ।
दुर्घटना अर्को ठुलो समस्या
सडक सवारी नियमको जानकारी कम भएको र जानकारी भए पनि नियम उलंघन गरेकै कारण दुबईमा ३ बर्षमा ७५ जना नेपालीले अनाहकमा ज्यान गुमाएका छन् । दुबइमा सवारी साधन कम्तिमा १ सय देखि १ सय ४० किलो मिटर प्रतिप्रति घण्टा गुढ्ने गर्छ । तर, साँगुरो सडकमा सवार हुनेगरेका तथा विद्युतीय प्रणालीअनुरुप पैदल यात्रा गर्ने र सवारी साधन गुडाउन बानी नपरेका कारण वर्षेनी ठूलो संख्यामा नेपालीहरुले ज्यान गुमाउनु परेको उपनियोग प्रमृख दीपक अधिकारीको भनाइ छ ।
दुतावासका अनुसार सन् २०१० देखि २०१३ सम्म दुबईमा विभिन्न कारणले मृत्यु हुने २ सय २० मध्ये ७५ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । २०१० मा मृत्युभएका कुल ८८ नेपालीमध्ये ३१ जना सडक दुर्घटनामा परेका छन् भने सन् २०११ मा मृत्युभएका ६३ मध्ये २४ जना र सन् २०१२ मा मृत्युभएका कुल ३६ मध्ये १६ नेपाली सवारी दुर्घटनामा परेका छन् । २०१३ को मार्च सम्ममा ४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । दुबईमा झण्डै २ लाख नेपाली कामदार वैधरुपमा कार्यरत् छन् । यी कामदारसँग प्रत्यक्षरुपमा आश्रति झण्डै १० लाख नेपाली छन् ।सन् २००४ देखि २०१३ को मार्च पहिलो सातासम्म दुबईमा ५ सय ३६ जना नेपालीले ज्यान गुमाएका छन् । यी मध्ये ११ जना मात्र महिला छन् । यो तथ्यांक दुबईमा नेपाली दुतावास स्थापना भएदेखिको हो । सन् २०१३ को मार्चसम्म १३ जनाले ज्यान गुमाएका छन्, जसमध्य १ जनाले आत्महत्या, ४ जना दुर्घटना र ८ जनाको प्राकृतिक मृत्यु भएको छ ।
शव सहजै नेपाल पुर्याइने
विभिन्न खाडी मुलुकहरु भन्दा दुबईबाट नेपाल शव सहजरुपमा पुर्याइरहेको दतावासको दाबी छ । राजदुत झाका अनुसार परिवारले चाहेकै बखत शव नेपाल पुर्याउन सकिने बताउँदै कम्पनीमा बहाल रहेका र काननी प्रक्रिया पूरा गरेर आउनेको हकमा कुनै अप्ठ्यारो नपर्ने तर भगौडा एवं कम्पनीबाट छुट्टी लिएर घुमिरहेका हरु दुर्घटनामा परे भने र नेपाल पठाउन गाह्रो हुने झाले बताउनुभयो । तर पीडित परिवारले लास लान चाहेर पनि अरबी विशेष पर्वहरुमा भने शव पठाउन ढीलो हुने गरेको झाको स्वीकारोक्ति छ ।दूतावास कर्मचारीले शव चाँडै नेपाल पुग्ने दाबी गरे पनि सर्लाहीका एक नेपालीको शव परिवारले पाउन डेढ वर्ष लागेको छ । सर्लाहीका ती व्यक्तिको शव ९ महिनापछि मात्रै फेला परेको थियो ।अहिले दुबईमा २ जना नेपालीको शव उठेको छैन । बाराका कुलबहादुर मगरको शब २ महिनादेखि नेपालका रहेका परिवारले पाउन सकेका छैनन् । धेरै नेपालीलाई शव नेपाल पठाउने कार्य दुतावासको नभएको कर्मचारीहरु बताउँछन् । दुतावासले सहकार्यमात्र गर्ने बताउदै प्रथम सचिव क्षेत्रीले भन्नुभयो- ‘बैदेशिक रोजगार प्रवर्द्धन बोर्डले यसमा पहल गर्नुपर्छ ।’
यौन पेशा अँगालेका यहाँका यौनकर्मी महिलाहरु आफ्ना ग्राहकलाई कण्डम लगाउन अनुरोध गर्छन्, सिकाउँछन् र नमाने सम्झाउँछन् । उनीहरुलाई ग्राहकलाई सुरक्षित सम्पर्कका लागि राजी बनाउने बिषयमा तालिम दिइएको छ । मकवानपुरमा हाल रहेका भनिएका ५ सय १४ यौनकर्मी महिलालाई महिला यौनकर्मीको क्षेत्रमा कार्यरत् जनरल वेलफेयर प्रतिष्ठान (जीडब्लुपी) ले यस्तो सचेतना दिएको हो । उनीहरुलाई विभिन्न चरणमा कार्यालयमै ल्याएर वा सहजकर्तामार्फत् उनीहरुकै स्थानमा सुरक्षित सम्पर्कका लागि सचेतना दिइएको संस्थाका फिल्ड संयोजक रामशरण सापकोटा बताउँछन् ।मजा आउँदैन भन्दै कण्डम लगाउन नमान्ने ग्राहकबाट यौनकर्मी महिला पीडित छन् । एक त यौनकर्मी महिलामा कुनै यौनजन्य संक्रमण भए ग्राहकमा सर्ने सम्भावना हुन्छ भने सम्पर्कमा आएका ग्राहकमा पनि कुनै सम्पर्क भए यौनकर्मी महिलामा सर्ने सम्भावना त्यत्तिकै छ । असुरक्षित सम्पर्कको जोखिम यौनकर्मी महिलालाई जानकारी दिएपछि उनीहरु आफैं कण्डम लगाउनतर्फ अग्रसर भएको सापकोटाको भनाइ छ । आफ्नो सम्पर्कमा आएका ग्राहक कहाँ जाँदा उनीहरु आफैं कण्डम बोकेर जान्छन् । कण्डमबिना सम्पर्कमा राजी हुँदैनन् । ग्राहकले नाइनास्ती गरे सम्झाउँछन् ।
कण्डम लगाएर सम्पर्क गदा मजा आउँदैन भनी गुनासो गर्नेहरुलाई बरु अन्य तरिकाले आनन्द दिन सजिलो मान्छन् यौनकर्मी महिला । यस्तो सचेतनाले यौनकर्मी महिलालाई मात्रै होइन, उनीहरुका ग्राहकलाई समेत यौनजन्य संक्रमणबाट बच्न सजिलो बनाएको छ । जतिसुकै बढी पैसा दिन्छु भनेपनि कण्डम बिना सम्पर्क नगर्न प्रतिबद्ध यौनकर्मीका कारण यौनजन्य संक्रमणबारे उनीहरुका ग्राहकसमेत सचेत बन्दैछन् ।
सेक्सलाई अश्लिल भनेर यस विषयमा कुरै गर्न चाहदैनो हामी । भन्छौ– यो त छाडा कुरा हो । यद्यपी प्राकृतिक विषय हो यो । यसमा लाजमान्नु पर्ने के छ ? सेक्स सम्वन्धीका विषयमा चासो राख्नु र जानकारी लिनु पो राम्रो हो त । अतः यहा पहिलो सेक्स अघि ध्यान दिनुपर्ने केहि कुराहरु सुझाइएको छ । कन्डोम प्रयोग गरौ–नवविवाहित युगल अक्सर फस्टाइम सेक्सका लागि यति एक्साइटेड हुन्छन् कि, उनीहरुलाई केहि कुराको ख्याल नै हुदैन । उनीहरु जोशमा होस गुमाउछन् र कन्डोम विना नै सेक्स गर्छन् । यसको परिणम–अनिच्छित गर्भपतन । पीडा वन्न सक्छ– प्राय युगल जोडि यो सम्झन्छन्, कि संभोगको अनुभव केहि अनौठो हुन्छ । यो अनौठो त हुन्छ नै । तर, कुनैवेला एकको मज्जा अर्काका लागि पीडा वन्न सक्छ । नक्कलवाट वचौं–अहिलेको इन्टरनेटको जमानामा पोर्न सामग्री सर्वसुलभ भएको छ । अक्सर नौजवान युवायुवती स्कूल कलेज टाइममै पोर्न सामग्री हेरिकसेका हुन्छन् । उनीहरुले अनेकौ किसिमका अप्राकृतिक सेक्स क्रिया पनि देखेका हुन्छन् । अतः पहिलो सेक्सको क्रममा आफुले पोर्न भिडियोमा देखेको जस्तो नक्कल गर्नु खोज्यो भने त्यो संंभव नहुन सक्छ । यसैको कारण पहिलो सेक्स अनुभव खल्लो हुन पनि सक्छ । ध्यान दिनुहोस्, सेक्स एउटा कला हो । हतार नगारौं–पहिलो पटकको सेक्सको मौका मिल्नसाथ युवायुवतीहरु हतार गर्न थाल्छन् ।
अतः संभोग सुरु हुनसाथ स्खलित हुन सक्छ । यसवाट उनीहरुमा ग्लानी अनुभव हुन्छ । साथै महिला पार्टनर पनि असन्तुष्टि रहन्छ । विशेषज्ञका अनुसार महिलाहरु ढिला उत्तेजित हुन्छन् । यसैले पुरुष पार्टनरले संभोग अघिद्ध केहि समय फोरप्लेमा लगाउनुपर्छ । यस क्रममा महिला साथीले केश सम्हालोस्, उनको चुम्वन लिन सकिन्छ, शरीर स्पर्श गर्न सकिन्छन् । यसरी विस्तरै विस्तारै उनी उत्तेजिते हुन्छिन् । त्यसपछि संभोग क्रिया सुरु गर्नुपर्छ ।
नायीका सोनिया केसी आफू सेक्सको मौका पर्खेको बताएकी छिन् । अहिलेसम्म सेक्सको आनन्द लिन नसकेकोमा अब चाडै प्रवन्ध मिलाएर भरपूर आनन्द लिने तयारीमा जुटेको स्रोतले जनाएको छ । उनेले भनिन् –“ब्वाईफ्रेण्ड बनाएको छु यदी उसले प्रस्ताव राख्यो भने नाई भन्दीन ।” कक्षा १० पढ्दा ब्लु (निलो) चलचित्र हेरी पनि खासै असर नपुगेको तर प्ुल टु पढ्दा खेरी भने भित्रैबाट भिजेर आएको बताउन समेत उनी पछि परिनन् । केटीहरु झ्यापमा भएको बेला सेक्सका कुरा अझै बढी हुने उनी बताउँछीन् ।उनि देखौछिन यो यो पोजिसनमा गर्न मन छ हेरी हाल्नुहोस !
३ चैत, काठमाण्डौं । प्रमुख राजनीतिक दलहरुबीच ३० फागुनको मध्यरात सबै विषयमा सहमति भयो, असार पहिलो साताभित्र चुनाव गर्ने पनि सहमति भयो, तर अनौठो कारणले चुनावको दिने तोकिएन् ।
सहमति हुने दिन दलका नेताहरु झन्डै १४ घन्टा बैठकमै बसेका थिए । बैठकमा चुनावको मितिबारे सबैका आ आफ्ना तालिका आएका थिए । स्रोतका अनुसार सबै विषयमा सहमति भएपछि चुनावको मिति ४ असारलाई तोक्न सहमति नजिक पुगेका थिए । तर, त्यसका काँग्रेस उपसभापति रामचन्द्र पौडेलले चित्त बुझाएनन् । पौडेलले कुनै षडयन्त्र रचेर होइन, ज्योतिषीको विश्वासमा परेर ४ असारलाई अशुभ मानेका छन् ।
त्यस दिनको बैठकमा सहभागी एक नेताका अनुसार नेता पौडेलले चुनावको मिति आफुले दिने र त्यसैअनुसार तोक्न आग्रह गरेका थिए । उनको आग्रहमा अन्य अरु नेताले मानेर दिन सिफारिस गर्ने जिम्मा पौडेललाई नै दिए, त्यसैले त्यो दिन मिति घोषणा भएन् ।
‘पौडेलले बैठकमा खुलस्त नभनेपनि ज्योतिषीको विश्वासमा उनले ४ असार अशुभ मानेका हुन्,’ एक नेताले भने ‘कुन दिन चुनाव भए आफू प्रधानमन्त्री हुन सकिन्छ भन्नेमा पौडेलको ध्यान छ,’ नयाँ पत्रिका खबर छ । पौडेलले अहिले मात्र हैन यस अघि पनि ज्यातिषको परामर्श लिँदै आएका थिए ।
ल हेर्नुस त कतार मा नेपाली केटि हरुको डान्स

