मुगु न्युज डट कम-----
साउन ३ मुगु--------
सभासद सहितको टोली संविधानको मस्र्याैदा माथी छलफल र सुझाव संकलन गर्न जिल्ला पुगे पछि प्राय गरि कर्णालीको संघीयताका विषयमा धेरै प्रश्न र सुझाव प्राप्त भएको छ । आईतवार देखि बुधवारसम्म जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालय पुर्ण रुपमा बन्द गरि जिल्ला विकास समितीको हलमा संविधानको मस्यौदा माथी छलफल र सुझाव संकलन कार्य सुरु भएको छ ।
सुझाव संकलनका क्रममा सोमबार दलित महिलाहरुसंग छलफल गरिएको छ । सुझाव संकलनका क्रममा देश संघीय संरचनामा लैजादा कर्णालीलाई आत्म निर्णय सहितको संघीय राज्य बनाउनु पर्ने अधिकाँश सहभागिको भनाई थियो । नागरिकता वितरण गर्दा आमाको नामबाट भन्दा वंशजको आधारमा नागरिकता पाउने व्यवस्थालाई बावुको अनिवार्यतालाई हटाउनु पर्ने सहभागिको तर्क थियो । कर्णालीमा महिलाहरुको समग्र विकासका लागि अवको नयाँ बन्ने संविधानमा कर्णाली महिला आयोगको गठन व्यवस्था गरिनु पर्ने नेकपा एमालेबाट २०६४ सालको संविधान सभामा समानुपातिकका तर्फबाट प्रतिनीधित्व गरेकी संविधान सभाकी पुर्व सदस्या सोनाम छेजुम लामाले बताईन ।
कर्णालीलाईको समग्र विकास, संघीयता लगायतका कुनै पनि विषयमा अहिलेको संविधानको मस्यौदा कहि उल्लेख नगरिएकाले संविधानका कर्णालीको नाम समेट्नु पर्ने नेकपा एमालेका कार्य वाहक अध्यक्ष धर्मबहादुर शाहीले बताए । उनले कर्णालीलाई आत्म निर्णय सहितको संघीय राज्य बनाउने कुरा संविधानमा नै उल्लेख गर्नु पर्ने उनले सुझाव दिए । सुझाव संकलन कार्यक्रममा सहभागि अधिकाँशले कर्णालीमा आर्थिक, सामाजिक, शैक्षिक राजनीतिक तथा दक्ष जनशक्तिको उत्पादन र विकास नहुँदा सम्म संघीय राज्य बनाउन नहुने तर्क गरेका थिए । यदि कर्णालीलाई संघीय राज्य बनाउने हो भने क्षतिपुर्ती सहितका संघीय राज्य बनाउनु पर्ने अधिकाँशको सुझाव थियो । मस्यौदा माथि छलफल र सुझाव संकलनका लागि मुगुका सभासद मोहन बाँनिया र बर्दियाका सभासद हरि ज्ञवालीको टोली अहिले सदरमुकाम गमगढी रहेको छ ।
२४ वटै गाविसबाट सुझाव संकलन गरिने भनिए पनि सुझाव संकलन टोली सदरमुकाममा नै केन्द्रीत भएको छ । गाविस स्तरमा गाउँ विकास समितिका सचिवहरुलाई सुझाव संकलनको जिम्मा दिईएको भने पनि सबै गाविसमा सचिव नहुँदा थप कार्य गर्न समस्या देखिएको छ ।
मुगु न्युज डट कम----------------
बैशाख १७ मुगु---------------
बैशाख १२ गते दिउसो गएको भुकुम्पका कारण राजधानी लगायत देशका विभिन्न क्षेत्रमा भएको ठुलो धनजनको क्षेती पश्चात पिडीतका लागि मुगु सदरमुकाम गमगढीमा पनि राहत संकलन सुरु भएको छ ।
जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु , नागरिक समाज, सञ्चार कर्मी र सर्व साधरणले एकिकृत रुपमा सदरमुकाम गमगढीमा विहिवार देखि राहत संकलन सुरु गरेका हुन । बिहिबार मात्र गमगढी बजारमा ४७ हजार बढि राहत संकलन भएको राहत संकलनको नेतृत्व गरिरहेका पुर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लले जानकारी दिए । बजारमा तिन दिनसम्म राहत संकलन गरि जम्मा भएको रकम प्रधान मन्त्री राहत कोषमा पठाईने उनले बताए । भुकुम्प पिडीतका लागि जिल्लामा कार्यरत सरकारी कर्मचारीहरुबाट प्रथम श्रेणीका कर्मचारीबाट १५ दिन, दोस्रो श्रेणीका कर्मचारीबाट दश दिन र अन्यबाट पाँच दिन बराबरको पारिश्रमिक राहत कोषमा पठाउने परिपत्र गृह मन्त्रालयबाट प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।
१२ गतेको भुकुम्पमा परि मुगुका दुई जनाको ज्यान गएको अनौपचारिक जानकारी मात्र आएको तर औपचारिक रुपमा कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रोजगारीका लागि विदेश जान तयारी गर्न काठमाण्डौ गएका कार्कीवाडा गाविस वडा नम्बर ६ का ३० वर्षका राम नारायण भामको बालाजुको एक होटेल भत्किदा ज्यान गएको आफन्तले बताएका छन । बुधबार काठमाण्डौमा नेपाल रेडक्रस सोसाईटी मुगुका उप सभापति जंगबहादुर शाही र मुगुका सभासद मोहन बाँनिया लगायत काठमाण्डौमा उपलब्ध मुगुका स्थानीयले मृतकको शव बुझि दाहसंस्कार गरेको बताईएको छ ।
मुगु न्युज डट कम------------
बैशाख १७ मुगु---------
जिल्लाका २४ वटा गाविसका नौ हजार छ सय घरधुरी मध्य हालसम्म नौ सय पचास घर धुरीहरुमा चर्पी बन्न नसक्दा जिल्लालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न समस्या परेको छ ।
नेपाल सरकारले सन २०१७ सम्म नेपाललाई नै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुसार जिल्लामा पनि विभिन्न गाउँ बस्ती र गाविसलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने काम थालीए पनि प्रभावकारी हुन सकेको छैन । अहिलेसम्म जिल्लाका रारा,खमाले, रोवा,माँग्री,पुलु,किम्री,कार्कीवाडा गरि सात गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा गरिए पनि अहिले ति गाविस खुला दिसा मुक्त घोषणा गर्नु पहिले जस्तै अवस्थामा पुगेका छन ।
विहिबार किर्डाक नेपाल मुगुको आयोजनामा राजनीतिक दल ,सञ्चार कर्मी र गाविस सचिबबीच भएको अन्र्तक्रियामा सहभागि अधिकाँशले शौचालय निर्माण भन्दा खानेपानीको पर्याप्तता , समुदायमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने र खुला दिसा मुक्त क्षेत्र घोषणा गरि सके पछि पुर्ण सरसफाई कार्यक्रम निरन्तर सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताए । अहिले पिना, कालै,रुगा,ह्याँग्लु,सुकाढिक,गम्था,धैनकोट,नार्थपु, सेरी गाविसमा शत प्रतिशत घरमा चर्पी बनि सकेका र त्यसको जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिबाट अनुगमन गरि आएको प्रतिवेदन अनुसार खुला दिसा मुक्त क्षेत्र घोषणाको एकिन हुने किर्डाक नेपालका संयोजक पदमबहादुर मल्लले जानकारी दिए ।
मुगु न्युज डट कम------
चैत्र ३० मुगु-------------------
जिल्ला अदालत नियावली २३ ग मा ब्यबस्था गरिएका ९ वटा मुद्धालाई फाष्ट ट्रयाक ( शीघ्र सुनुवाई )सेवा दिने ब्यबस्था गरिएको भए पनि प्रहरी प्रशासनको असहयोगका कारण यो सेवा अन्यौलमा रहेको छ ।
जिल्ला अदालत मुगुले आईतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला अदालतबाट हुने सबै सेवा समयमै सेवाग्राहीले पाएको भनिए पनि फाष्ट ट्रयाक सेवा अन्र्तगतका मुद्धाका सजाए पाएकाहरुलाई प्रहरी प्रशासनले समात्न नसकेका कारण यो सेवा अन्यौलमा परेको बताईएको हो ।
जिल्ला अदालत नियावली २३ ग मा ब्यबस्था गरिएका अपहरण, शरिर बन्धक, आगलागी, घरेलु हिंसा ,चोरी, जबरजस्ति करण, ज्यान मार्ने बेच्ने ,ठगि, मानब बेचबिखन र लागु औषध गरि यि ९ वटा मुद्धालाई फाष्ट ट्रयाक सेवा दिने भनिए पनि अदालते दोषि ठहराएकाहरुलाई कैद सजाय तोकि समात्न आदेश दिएको भए पनि प्रहरीले दोषि ठहराएका लाई समात्न नसक्दा यो सेवा अन्यौलमा रहेको जिल्ला अदालतका निमित्त श्रेष्तेदार गोकर्ण शर्माले बताए ।
अहिले जिल्ला अदालतमा यि ९ बटा मुद्धाका किसिम मध्य एक जबर जस्तिकरणीमा संलग्न भनिएका ३ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने जिल्ला न्यायधिश हरि प्रसाद शर्मा पंगेनि उपाध्यको ईजलासले आदेश दिएको भए पनि प्रहरीको कम सक्रियताकै कारण समात्न सकेकाृे छैन भने एक चोरी मुद्धाको दोषिलाई समेत समात्न नसकेको जिल्ला अदालतले जनाएको छ ।
फाष्ट ट्रयाकलाई अन्यौल हुनु जिल्ला अदालतमा कार्यरत भएका न्यायधिशलाई अर्कै जिल्लामा काज राख्नु ,अदालतले कारर्बाहीका लागी दोषि ठहराएका ब्यक्तिलाई प्रहरी नसात्नु र अदालते हजिर हुने आदेश दिएका ब्यतिm समेत अदालतमा उपस्थित नहुनाले यो सेवा अन्यौलमा भएको श्रेष्तादार शर्मालको भनाई छ ।
पत्रकार भेटघाटमा यो बर्ष जिल्ला अदालतले ९३ मुद्धाको फछैयोट गर्ने लक्ष्य राखेको थियो । १६ वटा ब्यक्ति बादी, २२ ब्यक्ति बादी फौजदारी र ५ वटा सरकार बादी फौजदारी मुद्धा फैसला गरेको ५८ बर्ष ७ महिना २ दिन कैद असुल गर्न बाँकि रहेको र ९ लाख २० हजार ९ सय ६९ रुपैया जरिवाना असुल गर्न बाँकि रहेको आफनो प्रतिबेदनमा जनाएको छ ।
मुगु न्युज डट कम----
फागुन १६ (रोवा) मुगु -----
जिल्लामा बढ्दो बाल विवाहको क्रमलाई रोक्न विद्यालय स्तरबाट नै सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको विषयलाई जोड दिन थालिएको छ ।
रेष्टलेस डेभ्लपमेण्टको आर्थिक सहयोग, किर्डाक नेपाल मुगुको सहजिकरण र जिल्ला शिक्षा कार्यालयको समन्वयमा जिल्लाका पिना,श्रीनगर र रोवा गाविसका १३ वटा विद्यालयमा किशोरी सशक्तिकरण परियोजना परिक्षणका रुपमा सञ्चालन गर्दा प्रभावकारी देखिएको किर्डाक नेपालले जनाएको छ । १३ वटा विद्यालयमा गरिएको अनुगमन पछि किशोरीहरु प्रजनन स्वास्थ्य, बाल विवाह तथा बाल अधिकारका विषयमा खुलेर बोल्न सक्ने भएको देखिएको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक ललितजंग मल्लले बताए । विद्यालयमा गठन गरिएका बाल क्लबहरुमा किशोरको भन्दा किशोरीको सहभागिता र क्रियाशीलता बढि देखिएको मल्लले बताए ।
गैर सरकारी संस्थाले कसैको आर्थिक सहयोग पाए मात्र छ महिना वर्ष दिन कार्यक्रम गर्छन , आर्थिक सहयोग नपाए गर्दैनन , सरकारी निकायले त्यस्ता कार्यक्रमलाई निरन्तर दिदा अझै प्रभावकारी हुने मल्लको बुझाई छ । अघिल्लो वर्ष प्रभात उच्च माध्यामिक ैविद्यालय रोवामा कक्षा दशमा दश जना,नौ कक्षामा पाँच र आठमा एक गरि सोह्र जना किशोरीले विवाह गरेका र बाल क्लब गठन गरि तालीम ,अन्तरक्रिया सञ्चालन निरन्तर चल्दा यो वर्ष कक्षा दशमा २ जना र नौ कक्षामा एक जना किशोरीले विवाह गरेको विद्यालयका प्रधानाध्यापक मैनादल बुढाले बताए ।
विद्यालयमा उमेर नपुग्दै विवाह गर्ने किशोर किशोरीको संख्या घटेको देखिए पनि गाउँमा र समुदायमा बाल विवाह घटन नसकेको देखिएको छ । बाल क्लबका साथीहरु गाउँमा जान्छौ , विद्यालयमा सिकेका कुराहरु विद्यालय नजाने साथीलाई , अभिभावकलाई सम्झाउन खोज्छौ तर मान्दैनन अलि समस्या छ , मावि रोबाका कक्षा ९ मा पढ्ने सुजिता बुढाले भनिन । हामी त विद्यालयमा बाल विवाह र त्यसले हामी माथी पर्ने प्रजनन स्वास्थ्यका विषयमा शिक्षक , विद्यार्थी साथीहरुसंग खुलेर कुरा गर्छौ तर गाउँमा त्यस्ता कुरा गर्न खोज्दा लाज मान्छन उनले भनिन । पहिला पहिला त साथीहरु महिनावारी हुँदा विद्यालय आउदैन थिए । विद्यालय आए केटा साथीहरुले जिस्काउने , आफै पनि कसैले महिनावारी भएको थाहा पाउछन कि भन्ने हुनथ्यो अहिले त्यस्तो समस्या नै छैन अर्कि छात्रा तारा सावतले भनिन । एकाध गाउँघर र समुदायमा , सदरमुकाम आसपासमा बाल विवाह, महिनाबारी हुँदाका समस्या कमै भए पनि सदरमुकाम बाहिरा समस्या जटिल रहेको बेला बेला सदरमुकाममा छलफल हुन्छ तर समाधान गर्न कोही नलाग्ने नागरिक समाजका अध्यक्ष ज्ञानेन्द्र शाहीले बताए ।
मुगु न्युज डटकम----------
काठमाण्डौं २४ --------------------
गएको कार्तिक ८ गते परेको असिनाले पिडीत बनेका मुगुका दुई हजार छ सय असिना पिडीत परिवारका लागि नेपाल सरकारले दिएको एक करोड २५ लाख रुपैयाँ नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयमा रोकिएको छ ।
असिना पिडीतका लागि नेपाल सरकारले राहत स्वरुप दिएको एक करोड २५ लाख रकमको खाद्यन्न तत्काल मुगु पु¥याउन भन्दै नेपाल खाद्य संस्थानलाई रकम पठाएको थियो । तर नेपाल खाद्य संस्थानले सुर्खेत देखि मुगु सदरमुकाम गमगढी र खत्याड भेगको श्रीकोट वितरण केन्द्रमा खाद्यन्न ढुवानी गर्न ढिलाई गरेको पाईएको छ । यो पिडीतका लागि राहत भएकाले तत्काल खाद्यन्न ढुवानी गर्न धेरै पटक खाद्य संस्थानको केन्द्रीय कार्यालयमा गएको र महा प्रबन्धकले वेवास्ता गरिरहेको राष्ट्रिय प्रजातन्त्र पाटी मुगुका अध्यक्ष राजबहादुर मल्लले बताए । उनिसंगै मुगुका अन्य राजनितिक दलका नेताहरुले दिन दिनै राहत छिटो पठाउन भन्दै खाद्य संस्थानको केन्द्रीय कार्यालय धाईरहेका छन ।
सरकारले खाद्यन्न ढुवानीका लागि संस्थानलाई रकम पठाए पनि सुर्खेत देखि मुगु सदरमुकाम गमगढीसम्मको ढुवानी दर महंगो भएको भन्दै संस्थानले पुन नेपाल खाद्य संस्थान नेपालगञ्ज र सुर्खेतबाट ढुवानी दर माग्ने सोच बनाई रहेको छ । संस्थानले ढुवानी दर पठाउन संस्थानको मुगु शाखा कार्यालयलाई पत्र पठाएपछि माघ १५ गते बसेको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले चालु आर्थिक वर्षमा खाद्य संस्थानले ढुवानी गरिरहेको दर रेट भन्दा पाँच रुपैयाँ कम गरेर पठाएको छ तर त्यहि पनि केन्द्रीय कार्यालयले मंहगो दर भनिरहेको छ हामी अचम्ममा परेका छौ , मल्लले भने ।
अहिले सुर्खेत देखि मुगु सदरमुकामसम्म नेपाल खाद्य संस्थानको चामल प्रति केजी ३० रुपैयाँका दरले ढुवानी भईरहेको छ । चलन चल्ती ढुवानी दर भन्दा पाँच रुपैयाँ कम गरेर पठाउदा पनि संस्थानका महा निर्देशक शिवहरि श्रेष्ठले महंगो भयो , १९ रुपैयाँ प्रति केजी ढुवानी दर गर्दा राम्रो हुने भनिरहेका र राहत छिटो पठाउनु प¥यो भन्ने हाम्रो अनुरोधलाई वेवास्ता गरेर श्रेष्ठ राजधानी बाहिर घुम्न गएका छन विहिबार खाद्य संस्थानको केन्द्रीय कार्यालयमा भेटिएका राजबहादुर मल्लले भने ।
आपुर्ति तथा बाणिज्य मन्त्रालय हुँदै अर्थ मन्त्रालयबाट संस्थानमा आएको एक करोड पच्चिस लाख रकमले असिना पिडीतका लागि तीन हजार क्वीन्टल खाद्यन्न मुगु पुग्छ । चालु आर्थिक वर्षमा सुर्खेत देखि गमगढीसम्म प्रति केजी ३० रुपैयाँमा ढुवानी भईरहेको अवस्थामा असिना पिडीतका लागि पठाउन लागेको राहतमा जिल्लाले प्रति केजी २५ रुपैयाँ ढुवानी दर पठाएको छ । एउटै आर्थिक वर्षमा दुई दुईवटा ढुवानी दर रेट कायम हुन सक्दैनन ,त्यसैले अब संस्थानको सुर्खेत कार्यालय र नेपालगञ्ज कार्यालयबाट ढुवानी दर रेट माग्छौ नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयका निमित्त नायब महा प्रबन्धक पवनकुमार कार्कीले भने ।
सुर्खेत वा नेपालगञ्जबाट असिना पिडीतका लागि राहत खाद्यन्न जान्छ , सुर्खेतबाट ढुवानी दर रेट आउनु पर्ने हो त्यो आएको छैन त्यसैले वैकल्पिक व्यवस्था कसरी गर्ने भन्ने कुरा सोचिरहेका छौ । टेण्डर गरौं भने तीस दिन लाग्छ, जिएम सर आउनु भए पछि हामी निर्णय गर्छौ कार्कीले भने । तीस रुपैयाँ प्रति केजी खाद्यन्न ढुवानी भईरहेको अवस्थामा जिल्लाले २५ रुपैयाँ ढुवानी दर कायम गरेर पठाएको प्रसंगमा कार्कीले केही बोलेनन तर उनले महा निर्देशक शिवहरि श्रेष्ठ काठमाण्डौ बाहिर रहेकाले राहत कसरी पठाउने भन्ने विषयमा निर्णय गर्न निकै गाह्रो परिरहेको बताए । अब उहाँ आईतबार आउनु हुन्छ ,यो विषयमा के गर्ने भन्ने विषयमा निष्कर्ष आउछ कार्कीको जवाफ थियो ।
कृषि तथा सहकारी मन्त्रालयले दिने भनेको दुई करोड रकमको समेत निकासा भएको छैन । प्रधानमन्त्री राहत कोषबाट गएको २५ लाख जिल्ला स्तरमा संकलन भएको दुई लाख पचास हजार रुपैया मात्र असिना पिडीतले तिन महिना पछि पाएका छन । तर यति राहतले पिडीतलाई एक छाक पनि पुग्दैन , माथीबाट आउने राहतको आश गरेका थियौं , अहिलेसम्म आएन , अलिकति भए पनि हामीसंग जम्मा भएको २७ लाख पचास हजार राहत वितरण गरिसकेका छौं ,जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद भट्टराईले बताए ।
गएको कार्तिक ८ गते परेको असिनाले श्रीनगर, कार्कीवाडा, सेरी, श्रीकोट, गम्था, कोटडाँडा लगायतका गाविसमा पाकेको धान, कोदा, सिमी फापर बाली नष्ट गरेको थियो । जिल्ला कृषि विकास कार्यालयले दुई हजार ६ सय घर परिवारको १३ करोड बढिको अन्नबाली क्षति भएको बताएको थियो ।
मुगु न्युज डटकम------------
माघ ५ मुगु-------------------
हामीले एक वर्ष अघि सिचाई कुलो निर्माण गरि कुलोमा पानी बग्ने बनाई सक्यौ तर अहिलेसम्म काम गरेको ६० लाख रुपैयाँ ज्याला पाउन सकेका छैनौ , अब ठेकेदारलाई मुद्दा हाल्ने तयारीमा छौं , छिमेकी हुम्ला जिल्ला जैर गाविसका मजदुर दशरथ मल्लले भने ।
मल्ल मात्र होईनन गुल्म सिचाई आयोजना निर्माण कार्यमा संमलग्न दर्जनौ मजदुरले आयोजना सम्पन्न भएको एक वर्षसम्म पनि लाखौ रकम पाउन सकेका छैनन । आयोजना घर नजिकै भएकाले काम गर्न गईयो आएको रकमले बालबच्चाको पढाई खर्च गरौला , विहान बेलुका परिवारको पेटमा हाल्ने खानाको व्यवस्था गरौला भन्ने आशाले वर्षौ कुलो बनाउने काममा लाग्यौ , तर आयोजना सकिएको एक वर्षसम्म पनि ज्याला पाईएन परिवार पाल्न नै धौं धौं भयो यहाँ काम गर्नु भन्दा हाट (भारत ) गएको भए बढि कमाई हुन्थ्यो नाथर्पु गाविसका स्थानीयवासी मकुन्द दमाईले बताए । आयोजना सम्पन्न भएको एक वर्ष पुग्न लाग्दा समेत रकम भुक्तानी नदिए पछि गुल्म सिचाई आयोजनामा दैनिक ज्याला मजदुर गरेका मजदुर मर्कामा परेका छन ।
४२ वर्ष पहिले सुरु भएको सोरु भेकको नाथर्पु गाविसमा पर्ने गुल्म सिचाई आयोजना गएको फागुनमा मात्र सम्पन्न भएर कुलोमा पानी चलेको थियो । उपभोक्ता मार्फत ३६ लाख र ठेकेदार मार्फत २ करोड २८ लाखको लागतमा आयोजना २०७० फागुनमा सम्पन्न भएको थियो । सबै भन्दा खर्चिलो र लामो अबधी लागेको यो आयोजनाको निर्माण कार्यको जिम्मा लिएको द कञ्चनजंघा नेपाल पब्लिक जेभी प्रालीका ठेकेदारहरुले साहुबाट तीन प्रतिशत व्याजमा ऋण लिएर केही भुक्तानी गरे पनि काममा खटिएका मजदुरलाई ज्याला दिन नसकेको बताएका छन । आयोजनामा काम गर्ने मजदुर रकम माग्न आउछन साहुबाट व्याजमा लिएको ऋण तिर्न हैरान भएको छ सिचाई सव डिभिजन कार्यालय जुम्लाले भुक्तानी दिएको छैन ठुलो समस्यामा छौ आयोजना निर्माण कम्पनिका ठेकेदार लक्ष्मण कुमार शाहीले बताए ।
आयोजनाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परे पछि आयोजना सम्पन्न भएको ११ महिना पछि पनि भुक्तानी हुन नसकेको ठेकेदार कम्पनिले जनाएको छ । विषयमा जिल्ला प्रशासन कार्यालय मुगु र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्य पश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेतको टोली समेत आयोजना स्थलको अध्ययन गरेर प्रतिवेदन समेत बुझाई सके पनि के कारणले भुक्तानी रोकियो भन्ने कुराको जवाफ कसैले नदिएको कम्पनिले जनाएको छ । ३५ हेक्टर जमिनमा सिचाई गर्ने लक्ष्यले दुई दशक पहिले सुरु गरिएको आयोजना सम्पन्न भए पनि आयोजना निर्माणमा खटिएका मजदुरले ६० लाख ज्याला पाउन सकेका छैनन । सिचाई पुगे पछि अहिले गहुँ बाली र धानबाली समेत उत्पादन भईसकेको छ । बर्षेनी कर्णाली नदिमा आउने बाढीले सिचाई नहरको मुहान बगाउने र भु वनोट समेत कमजोर रहेकाले आयोजनाको निर्माण कार्य सम्पन्न गर्न ढिलाई भएको बताईएको छ । साढे पाँच किलो मिटर लम्बाई रहेको आयोजनाले भिई, फोतु र नार्थपु गाविसका स्थानीयवासीको जमिनलाई सिचाई प्रदान गरेको छ ।
मुगु न्युज डट कम--------------------
माघ ४ मुगु-------------------
जिल्लाको समग्र विकासका लागि निर्माण हुने आवधिक योजनाका लागि प्रारम्भिक चरणमा संकलन गरिएको सुचना र तथ्याकं प्रस्तुती गरि सुझाव संकलन कार्य सुरु गरिएको छ ।
आईतवार जिल्ला विकास समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला विकास रणनिती अनुसार बन्न लागेको आवधिक योजनाका प्रारम्भिक तथ्याकंहरु अधुरा र अस्पष्ट भएकाले यर्थात तथ्याकं संकलन गरिनु पर्ने सहभागिले सुझाव दिएका छन । जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय , रारा राष्ट्रिय निकुञ्ज कार्यालयबाट तथ्याकं आउन नसक्दा समस्या परेको आवधिक योजना निर्माणका लागि सहजीकरण गरिरहेका गाविस महासंघ केन्द्रीय समितिका सहजकर्ता सुरेन्द्र वाग्लेले बताए । जिल्ला स्वास्थ्य कार्यालयबाट जिल्लाको पोषणको अवस्था प्रसुति चेक जाँच र दक्ष स्वास्थ्यकर्मिबाट स्वास्थ्य संस्थामा प्रसुति गराउने गर्भवति महिलाको तथ्याकं समेत नआए पछि कार्यक्रमका सहभाागिहरुले विषयगत कार्यालयहरुले नै आ आफनो कार्यालयको तथ्याकं प्रस्तुती गर्नु पर्ने बताएका छन ।
सरकारी कार्यालयले कार्यालयमा राख्ने र आवधिक योजनाका लागि प्रारम्भीक चरणमा दिएको तथ्याकं गैर जिम्मेवार पुर्ण तरिकाले दिएका र यसले आवधिक योजना राम्रो नबने हुँदा तत्काल सवै तथ्याकं यर्थात उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सम्बन्धित कार्यालयलाई निर्देशन दिए । विगतमा हतार हतार योजना निर्माण गरि कार्यान्वयन गर्न खोज्दा जिल्लाको विकास हुन नसकेको अवस्थामा अहिले पनि आवधिक योजना निर्माण गर्न सुरुमा नै गलत तथ्याकं ल्याउदा प्रभावकारी हुन नसक्ने नेपाली काँग्रेसका सभापति ऐनबहादुर शाहीले बताए । जिल्लामा विकास गर्ने भन्दा विकास खाने प्रवृत्ती हावी भएकाले अव बन्ने जिल्ला विकास आवधिक योजनाका लागि विषयगत र क्षेत्रगत रुपमा गम्भीर छलफलहरु हुनु पर्ने शाहीले बताए । आवधिक योजनाका लागि संकलन गरिएका तथ्याकं र त्यसको प्रस्तुती विकल्प सहित हुनु पर्ने नेकपा एमालेका सचिव जितबहादुर मल्लले बताए । आवधिक योजनालाई आधार मानेर नै बार्षिक जिल्ला विकास योजना निर्माण हुने भएकाले यस कार्यलाई सबै क्षेत्र र तहबाट सहयोग हुनु पर्ने स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालको भनाई थियो । आईतवार गरिएको तथ्याकं प्रस्तुतीमा सबै भन्दा बढि शिक्षा र स्वास्थ्यसंग सम्बन्धित तथ्याकंमा दोहोरो पन र त्रुटि देखिएको छ ।
यो योजनाको प्रारम्भिक चरणमा केही त्रुटी भए पनि यस पछिका कार्यक्रमहरुमा त्रुटी सच्याउदै छुट भएका विषयवस्तु समेट्दै जान् र नियमित रुपमा सरोकारवाला निकायबीच निरन्तर अन्तरक्रिया सञ्चालन गरिने जिल्ला विकास समितिका सामाजिक सुरक्षा अधिकृत हिरा भामले जानकारी दिए ।
मुगु न्युज डट कम--------------
पौष २९ मुगु---------------------
गएको शुक्रवार विहान एक्कासी चलेको हावा हुरीले विद्यालयको छाना उडाई दिएपछि अहिले ति विद्यालयका विद्यार्थी चौरमा बसेर पढ्न बाध्य भएका छन ।
शुक्रबार विहान दश बजे तिर चलेको हावा हुरिले रोवा गाविस वडा नम्बर ९ कम्फा गाउँमा रहेको जन जागृती प्राथामिक विद्यालयको पाँच कोठे भवनको छानो उडाई दिएको थियो । छानो उडाए पछि विद्यार्थीलाई चौरमा र छानो उडाएको कक्षा कोठा भित्र राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कर्णसिंह बोहराले जानकारी दिए । अर्को दुई कोठे भवनको छानालाई गाउँलेहरु आएर ठाउँ ठाउँमा डोरी बाँधेर ठुलठुला ढुंगामा बाँधे तर अर्को पाँच कोठे भवन जोगाउन सकिएन अब पानी पर्दा विद्यालय बन्द गर्नु पर्ने अवस्था आईसक्यो बोहराले भने । अहिले यो विद्यालयको कोठाका भित्ता समेत चर्किएका छन । त्यस्तै रुगा गाविसको तिर्प गाउँमा रहेको सरस्वती प्राथामिक विद्यालयको नव निर्मित दुई कोठे भवनको समेत छानो उडाई दिएको छ ।
यो विद्यालय जिल्ला शिक्षा कार्यालयको आठ लाखको लागतमा निर्माण गरिएको थियो तर हस्तान्तरण भने भईसकेको थिएन । भर्खरै निर्माण कार्य सम्पन्न भएको र जिल्ला शिक्षा कार्यालयलाई नबुझाउदै भवनको छाना हावाले उडाई दिए पछि स्थानीयवासी थप समस्यामा परेका छन । भवनको रंगरोगन गर्न मात्र बाँकि रहेको भवनको छाना उडेको र हस्तान्तरण नहुँदै छाना गए पछि यो विषयमा के गर्ने भन्ने विषयमा केही भन्न नसकिने जिल्ला शिक्षा कार्यालयका सब ईन्जिनियर नेताप्रसाद चौलागाईले बताए । मैले छाना उडाएका सबै विद्यालय पुगेर त्यहाँको अवस्थाबारे कार्यालयलाई प्रतिवेदन पेश गरेको छु तर यो वर्षमा के हुन्छ थाहा छैन कार्यालयमा अहिले एक जना सहायक लेखापाल बाहेक अरु कोही छैनन चौलागाईले भने ।
यस्तै हावा हुरीले ईलाका स्वास्थ्य चौकि ढुंगेधाराको पुरै छानो उडाए पछि अहिले त्यहाँ पुग्ने विरामीका लागि संगै रहेको प्रसुति गृहमा बसेर उपचार गर्नु परेको स्वास्थ्य चौकि ईन्चार्ज शिवहरि रोकायाले बताए । स्वास्थ्य चौकि भवनका पाँचवटा कोठाको छाना उडाए पछि विरामीको चाप थेग्न मुश्किल भएको रोकायाले जानकारी दिए । स्वास्थ्य चौकि संगै रहेको एक निजी विद्यालय र पशु सेवा केन्द्रको छाना समेत उडाई दिएको छ । विद्यालय , स्वास्थ्य चौकिको छाना उडाएको दुई दिन पछि मातहतका कार्यालयबाट अनुगमनका लागि सरकारी तथा सरोकारवालाहरुको एक टोलीले अनुगमन गरेर गएको छ छिट्टै सहयोग हुन्छ भन्ने अपेक्षा गरेका छौ उनले भने ।
मुगु न्युज डटकम-----------------
पौष २८ मुगु-------------------
भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधीले माघ ८ गते संविधान जारी नभए पनि केहि समय लम्ब्याएर भए पनिन नेपालको नयाँ संविधान जारी हुने बताएका छन ।
कर्णाली करिडोरको अनुगमन गर्न नेपाली सेनाको एम आई १७ वन भि हेलिकप्टरमा २३ जनाको जम्बो टोली सहित अपरान्ह गमगढी स्थित महाकाली उच्च माविको चौरमा ओर्लेका निधीले माघ ८ गते निर्धारित गरिएको नयाँ संविधान जारी गर्ने सहमति कायम हुन नसके समयमा संंविधान जारी हुने संभावना समेत न्युन रहेकाले त्यसको समय सिमा लम्बिन सक्ने बताए । अहिले संविधान जारी गर्ने कुरा भन्दा कर्णाली करिडोरको अनुगमन र करिडोरको कालिकोट खण्डमा पर्ने खुलालुमा निर्माण हुन लागेको पुलको शिलान्याश गर्नु पहिलो लक्ष्य भएको समेत बताए । अनुगमन टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गोविन्द्र पोखरेल, सडक विभागका महा निर्देशक , भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौला, कर्णाली अञ्चलका पाँच वटै जिल्लाका सभासद लगायत २३ जनाको सहभागिता रहेको थियो । सोमबार विहान काठमाण्डौ देखि नेपाल गञ्ज, नेपालगञ्ज देखि कालिकोट हुँदै हुम्ला सदरमुका पुगेर रारामा खाना खाएको मन्त्रिको टोली गमगढी पुगेर पौने पाँच बजे सुर्खेत उडेको थियो ।
काँग्रेस कार्यकर्ताले घेरिए पछि मन्त्री निधीले भिडमा के बोले के भने भन्ने कुरा कसैलाई थाहा भएन । दिउसो एक बजे गमगढी पुग्ने मन्त्रीको कार्य तालीका अनुसार सबै सरकारी कार्यालयको अनुगमन गरिने भन्दै जिल्ला विकास समितिको सभा हल सजाईएको थियो भने काँग्रेसले जिल्ला प्राविधिक कार्यालयको मैदानमा मञ्च तयारी गरे पनि हुम्ला सदरमुकाम देखि दुई बजे मात्र रारा पुगेका थिए । रारामा एक घण्टा बिताएर सवा चार बजे गमगढी पुगेका मन्त्री निधीले सुर्खेत कालिकोट मुगु हुँदै हुम्ला सिमीकोट र हिल्सासम्मको कर्णाली करिडोर निर्माण कार्य तिब्र गतिमा अघि बढ्ने र त्यसको जिम्मा नेपाली सेनालाई दिईएको बताए । उनले कर्णाली अञ्चलका सबै जिल्ला सदरमुकामबीच सडक सञ्जाल जोड्ने , कर्णाली राजमार्गको स्तरोन्नती तत्काल गरिने र मुगु सदरमुकाम देखि तिब्बत जोड्ने नाक्चे लाग्नासम्मको ८२ किलो मिटर सडकको निर्माण कार्यलाई पहिलो प्राथामिकता दिने बताए । निधीले कर्णाली करिडोर अन्र्तगत पर्ने कालीकोटको खुलालुमा निर्माण हुन लागेको ७५ मिटर लम्बाई रहेको पुलको शिलान्यास समेत गरेका छन । २०७२ असार मसान्त सम्म निर्माण कार्य पुरा हुने यो पुलको लागत १२ करोड २८ लाख रहेको छ भने निर्माण कार्यको जिम्मा नेपाली सेनाले लिएको छ ।
मुगु न्युज डट कम----------------
पौष २२ मुगु-------------------------------
नेपाल विद्युत प्र्राधिकरण गमगाढ जल विद्युत वितरण केन्द्रले वितरण गरेको विद्युत सेवा अनियमित हुन थाले पछि एसएलसी परिक्षाको तयारी गरिरहेका विद्यार्थीलाई समस्या परेको छ ।
चैत्र पहिलो हप्ताबाट सुरु हुने एसएलसीका लागि तयारी गर्न सदरमुकाम गमगढी स्थित महाकाली उच्च माध्यामिक विद्यालयका मात्रै डेढ सय विद्यार्थीले विहान पाँच बजे देखि विज्ञान, गणित र अँग्रेजी विषयका अतिरिक्त कक्षामा पढिरहेका छन । विद्यालयका विषयगत शिक्षकलाई विद्यार्थीले आफ्नै खर्च व्यहोर्ने गरि अतिरिक्त कक्षा सञ्चालन गर्न भने पछि पौषको पहिलो साताबाट सुरु गरिएका अतिरिक्त कक्षा गमगाढ विद्युत वितरण केन्द्रको विद्युत उत्पादन गृहमा समस्या उत्पन्न भए पछि १८ गते सम्म पुर्ण रुपमा विद्युत अबरोध भएको थियो । अहिले विद्युत सेवा सुचारु भए पनि वितरण केन्द्रले विहान सात बजे देखि राती दश बजेसम्म मात्र विद्युत सेवा प्रवाह गर्न थालेपछि विहान पख सञ्चालन हुने एसएलसी परिक्षाका अतिरिक्त कक्षा प्रभावित हुने गरेका छन ।
विहान पाँच बजे देखि सञ्चालन हुने गणित, अँग्रेजी र विज्ञान विषयका अतिरिक्त कक्षा विद्युत अभावका कारण प्रभावित भईरहेका महाकाली उच्च माध्यामिक विद्यालयले जनाएको छ । एसएलसी परिक्षाको तयारी गर्नका लागि विद्यार्थीले गाह्रो विषयमा ट्यूशन पढ्न खोजे पनि विद्युत अनियमितताका कारण पाठ्यक्रम सोचे जस्तै अगाडी बढाउन नसकिएको विद्यालयका गणित शिक्षक श्रीराम लामिछानेले बताए । विद्युत उत्पादन गृहमा रहेका उपकरणमा खराबी आए पछि अबरुद्ध रहेको विद्युत सुचारु गराउन नेपाल विद्युत प्राधिकरणले प्राधिकरणका र्ईन्जिनियर डम्बर केसीलाई जिल्ला पठाएको छ ।
केसीले तत्कालका लागि विद्युत सुचारु गरे पनि चिसोका कारण विद्युत धेरै खपत हुने भएकाले मेशिनले लोड धान्न नसक्दा राती दश बजेबाट विद्युत सेवा बन्द गर्नु परिरहेको नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रले जनाएको छ । चार सय किलोवाट उत्पादन क्षमता रहेको विद्युत गृहमा रहेका दुईवटा टर्वाईन पहिले नै विग्रिएको र अर्को टर्वाईनले पनि दुई सय किलो वाट विद्युत उत्पादन गर्नु पर्नेमा एक सय ५० किलोवाट मुश्किलले उत्पादन गरिरहेको वितरण केन्द्रले जनाएको छ । विग्रिएको टर्बाईनका लागि नेपालगञ्ज देखि सामान आउन बाँकि रहेको तथा चलेको टर्बाईनको बनाउने क्रम जारी रहेकाले सामान नआई पुग्दासम्म विद्युत नियमित हुन नसक्ने वितरण केन्द्रका कर्मचारी पुरनसिंह भामले जानकारी दिएका छन ।
मुगु न्युज डट कम---------------------
मुगु ,२१ पौष--
जिल्ला खेलकुद विकास समितीले गत र्आिर्थक बर्ष २०७०÷७१ र चालु आंब २०७१÷०७२ मा जिल्लामा खेदकुद सम्वन्धि गतिविधी सञ्चालन गर्न विभिन्न शिर्षकमा आएको बजेट विना काम सिध्याएको खुलासा भएको छ ।
जिल्ला खेलकुद विकास समितीसंग सम्वद्घ सो्रतका अनुसार गत बर्ष आएको खेल मैदान निर्माण शिर्षकको १ लाख ५० हजार,खेल गतीविधीमा १ लाख,सुचना केन्द्रमा ५० हजार राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्न भनी आएको २ लाख ६५ हजार गरि ५ लाख ६५ हजार र यो बर्षको प्रथम चौमासिकमा आएको नौविस खेल मैदान निमार्ण गर्न १ लाख ५० हजार , श्रीनगर गमगढीमा खेल मैदान निमार्ण गर्न १ लाख ५० हजार, सुचना केन्द्रका लागि १३ हजार गरि ३ लाख १३ हजार समितीका अध्यक्ष लाल बहादुर रावत र कोषाध्यक्ष हस्त बहादुर शाहीले अनियमिता गरेको पाईएको छ ।
गत बर्ष जिल्लामा राष्ट्रपति रनिङ्ग शिल्ड नभएपछि खर्च नभएको उक्त शिर्षकको रकम खेदकुद परिषदले फिर्ता पठाउन परिपत्र गरे पनि फिर्ता नपठाएर सिध्याईयो स्रोतले भन्यो । त्यस्तै खेल मैदान पनि बनाईएको छैन भने खेल गतीविधी गत बर्ष जिल्लामा शुन्य नै रहे । सुचना केन्द्रको नाममा समितीमा एउटा पुस्तक र पत्रिकासम्म छैन । सामान्य रुपमा हुनु पर्ने कार्यालय सम्पर्कको टेलिफोनसम्म छैन । सो्रतले बताए अनुसार आर्थीक अनियमिता र कारवाहीका लागी जिल्ला खेलकुद विकास समितीले मिती २०७१ पौष ८ गते जिल्ला प्रशासन कार्यालय मुगुमा र राष्ट्रिय खेलकुद विकास परिषद काठमाडौलाई मिती २०७१ पौष ९ गते पत्र पठाएको छ ।
जिल्ला सदरमुकाम गमगढीमा अहिलेसम्म खेल गतीविधि संचालन गर्न सार्वजनिक खेल मैदानसम्म छैन । खेलकुद समिती समितीमा मात्र सिमित छ उसको आयोजनामा कहिल्यै खेलकुदको आयोजना हुदैन । निजी स्तरबाट क्लव विध्द्यालय र कुनै दिवसमा संचालन हुने खेलकुद प्रतियोगीताहरु सदरमुकाममा रहेको महाकाली उच्च माविको चौरमा पठन पाठन बन्द गरेर संचालन हुदै आएका छन । अर्को तर्फ केन्द्रबाट खेलको विकास र त्यससंग सम्वन्धित पुर्वाधार निमार्णको लागी बजेट विनियोजित हुने तर जिल्लामा कामै नगरी कागज मात्र मिलाएर बजेट सिध्याउने गरिएको छ । हरेक चौमासिकमा राष्ट्रिय खेलकुद विकास परिषदबाट राष्टपति रनिङ्ग शिल्डमा खेलाईने खेल बाहेकका खेलकुद गतिविधी सञ्चालनका लागि डेढ लाखसम्म बजेट आउने गरे पनि खेलकुद विकास समितिका पदाधिकारीहरुको मिलेमतोमा रकम हिनामिना हुने गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार अहिले यहि विषयमा कुरा चल्दा समितिका कार्यालय प्रमुख, प्रशिक्षक र समिति पदाधिकारीबीच द्धन्द्ध चर्किएको छ भने जिल्लामा गाविस , बाल क्लब, युवा क्लबले आयोजना गर्ने खेल गतिविधी बाहेक अन्य कुनै गतिविधी सञ्चालन हुन सकेका छैन । जिल्ला सदरमुकाममा अहिलेसम्म नत खुल्ला मञ्च छ नत खेल मैदान नै बन्न सकेको छ ।
बाजुरा----------
पौष १६------------------------
जिल्लाको वाई गाविसका स्थानीय वासिन्दाले गाविसमा कृर्षी तथा पशु सेवा केन्द्र स्थापना हुनुपर्ने माग गरेका छन् । केन्द्र टाढाहुदा सेवा लिन असहज भएको भन्दै स्थानियले यस्तो माग राखेका हुन । पत्रकार महाँसंघ द्धारा आयोजित स्थानीय निकाय सेवा प्रदायकहरु र बहु सरोकारवाला संगको सम्बाद कार्यक्रममा सहभागीहरुले यस्तो माग गरेका बताइएको छ ।
कार्यक्रममा वाई र बाँधु गाविसमा काम गर्ने विभिन्न गैर सरकारी संघ संस्थाले प्रदान गर्ने सेवा र त्यसका प्रभावकारीताका विषयमा छलफल भएको बताईएको छ । नेपाल पत्रकार महाँसंघ बाजुराका सभापती मदन राज जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख वक्ताका रुपमा गाविस सचिव कुवेर शाही रहुनु भएको थियो ।
संवाद कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी लगाएत सेवा ग्राहीको सहभागीता रहेको थियो । कार्यक्रमको उद्देश्यका बारेमा नेपाल प्रेश युनियनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महाँसंघ बाजुरा शाखाका संस्थापक सभापती दयाराम पण्डितले प्रस्ट पार्नुभएको थियो । करिब १०० जनाको सहभागीता रहेको उक्त संवाद कार्यक्रमको संचालन पत्रकार महाँ संघका सचिव कृष्ण ओलीले गर्नुभएको थियो ।
लिङ्क परियोजना स्विस हेल्विटासको सहयोगमा संचालन भएको कार्यक्रममा बाधुको धिम स्वास्थ्य चौकीमा आवश्यक औषधी नभएको गाविसले जन्मदार्त गराउदा पनि शुल्क लिने गरेको तथा गाविस सचिवहरु प्राय जसो गाविसमा नबस्ने गरेको पाईएको महाँसंघका अध्यक्ष मदन राज जोशीले जानकारी दिनुभएको छ ।
बाँधु गाविसमा गरिएको आजको अन्र्तसम्बाद कार्यक्रममा गविसका कुनैपनि कर्मचारीको सहभागीता नरहेको बताईएको छ । कार्यक्रममा सेवा ग्राहीहरुले आर्थिक वर्ष ०६९÷०७० मा लुटेको सामाजिक सुरक्षा भत्ताको रकमको खोजि अझै सम्म पनि नभएको र कहि कतै बाट पहल सम्म पनि नभएको भन्दै गुनासो समेत गरेका छन् ।
मुगु न्युज डट कम
पौष १३ मुगु
‘गर्भवतीको चेक जाँच त के हामीले अघिल्लो वर्ष देखि पोशाक भत्ता, भिटामिन ए, जुकाको औषधी र पोलीयो थोपा खुवाएको रकम पनि पाएका छैनौ’ भिई गाविस वडा नम्बर ६ कि महिला स्वास्थ्य स्वयम सेविका आशा कार्कीले भनिन ।
कार्की मात्र होईनन उप स्वास्थ्य चौंकि भिईमा भेटिएका सबै महिलाहरुले स्वास्थ्य चौकिमा स्वास्थ्यकर्मि नबसेको चार पटक गर्भ जाँच गराउन नपाएको गुनासो गरे । उनिहरुले सामान्य अवस्थामा चार पटकसम्म गर्भ चेक गराउनु पर्ने भए पनि गाविसका कोही पनि गर्भवतीले यो सुविधा नपाएको बताए । हामीले अहिलेसम्म अनमी मासिका भेटेका छैनौ , आईरन चक्की समेत पाएनौ , यहाँका सबै महिला गोठमा नै सुत्केरी हुन्छौ, सोही गाविस वडा नम्बर ३ की बाल्कीसरा बुमीले बताईन । स्वास्थ्य चौकिका करार सेवामा कार्यरत अहेव कुँबरसिंह लावड कार्तिक पहिलो हप्ता मात्र भिई पुगेका थिए । हामीलाई करार सेवा दिएकाले कहिले सेवा अबधी थप हुन्छ कहिले हुँदैन त्यसैले पनि हामी नियमित छैनौ लावडले भने । अनमी भएको वेला कहिले काँही गर्भवतीको चेक जाँच हुन्छ तर प्रसुती गृह नभएकाले सुत्केरी हुन छिमेकी गाविस नार्थपुमा रहेको प्रसुती गृहमा जानु पर्छ उनले भने ।
भिईबाट नार्थपु जानमात्र तीन चार घण्टा लाग्छ ,त्यहाँ पुगिहाले पनि प्रसुती गृह र स्वास्थ्य चौकि बन्द हुन्छ त्यसैले पनि गर्भवति महिलाले गोठमा नै सुत्केरी हुनु पर्ने बाध्यता छ स्थानीयवासी मञ्जन कार्कीले बताए । महिला स्वास्थ्य स्वयम सेविकाको पोशाक भत्ता, प्रसुती पछि महिलाले पाउने रकम तथा नवजात शिशुलाई दिईने न्यानो झोलाको विषयमा अहेव लावडले अनभिज्ञता प्रकट गरे । धैनकोट गाविसमा रहेको ईलाका स्वास्थ्य चौकिका कार्यालय सहयोगि अंगतबहादुर मल्ल असोज देखि अनुपस्थित रहेका छन भने अहेव लक्ष्मी मल्ल पनि स्वास्थ्य चौकि नगएको लामो समय भईसकेको छ । अर्का हेल्थ अशिस्टेण्ट युवराज शाही कार्यालय कामको शिलशिलामा सदरमुकाम गएको स्थानीयवासीले बताए । सधै स्वास्थ्य चौकि बन्द हुन थाले पछि स्थानीयवासीको आग्रहमा धैनकोट गाविसले गाविसका कर्मचारी जया जैसीलाई मासिक तीन हजार दिने गरेर स्वास्थ्य चौकि खोल्ने व्यवस्था मिलाएको छ । पौष नौ गते स्वास्थ्य चौकिमा पुग्दा स्वास्थ्य चौकि बन्द थियो भने चौरमा राखिएका कुर्चीमा बालबालिका बसिरहेका थिए । त्यति वेला गाविसको कामले नजिकै रहेको गाविस भवनमा भेटिएका जैसीले स्वास्थ्यकर्मी उपस्थित हुन छोडेपछि गाविसले आफुलाई स्वास्थ्य चौकि खोल्ने जिम्मा दिएको र त्यहाँ पुग्ने बिरामीलाई भएको औषधी दिने गरेको बताए । स्वास्थ्य चौकिमा स्वास्थ्यकर्मी नबस्दा गर्भवती महिलाले विना परामर्श र चेक जाँच विना नै जोखिमपुर्ण तरिकाले गोठमा नै सुत्केरी हुने गरेको धैनकोट गाविस वडानम्बर १ का कर्णजीत परियारले बताए ।
सोरु भेगका सात गाविस ,पुर्वी करान भेगका चार गाविस र पश्चिम खत्याड भेगका सात गाविसका रहेका स्वास्थ्य चौकि र प्रसुती गृह नाम मात्रका रहेका छन । स्वास्थ्य संस्थामा नत औषधी पाईन्छ नत स्वास्थ्यकर्मी नै बस्छन । गर्भवती महिलाले प्रोत्साहन रकम नपाएको ,महिला स्वास्थ्य स्वयम सेवीकाले पाउने सेवा सुविधा नपाएको तथा स्वास्थ्यकर्मी गाउँ नगएको भन्ने गुनासा धेरै आउन थाले पछि सम्बन्धित कार्य क्षेत्रका स्वास्थ्यकर्मिलाई स्पष्टिकरण सहित गाउँमा जान कडा परिपत्र गरिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख डाक्टर भक्तदेव श्रेष्ठले बताए । गर्भवती, स्वास्थ्य स्वयम सेविकाले पाउने रकम नपाएको विषयलाई गम्भीरताका साथ लिएर रकम हिना मिना गर्नेलाई कानुनी दायरामा ल्याईने उनले बताए । अर्को तर्फ यसरी स्वास्थ्य संस्थामा नबस्ने , सेवा सुविधा लिएर पनि गर्भवती र महिला स्वास्थ्य स्वयम सेविकाको रकम हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याउन खोज्दा प्रत्यक्ष अप्रत्यक्ष रुपमा धम्की आउने गरेको पनि श्रेष्ठको भनाई छ ।
नेपाल सरकारले गर्भवती आमा र नव जात शिशुको सुरक्षाका लागि करोडऔं रकम लगानी गरेर मातृ शिशु सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको भए पनि मुगुमा भने सदरमुकाम आसपासका गाविसहरु बाहेक सदरमुकाम बाहिरका गर्भवती महिलाहरुले भने यो सेवा पाउन सकेका छैनन ।
गर्भवती भए पछि स्वास्थ्य संस्था वा प्रसुती गृहमा चार पटक चेक जाँच गराउदा चार सय र स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भए बापत १५ सय गरेर १९ सय रुपैयाँ सरकारले दिदै आएको भए पनि ग्रामीण क्षेत्रका गर्भवती महिला यो सेवा बाट बञ्चित भईरहेका छन । जिल्ला भरि रहेका २४ वटा स्वास्थ्य चौकि मध्यमा ९ वटा स्थानमा प्रसुती गृह छन तर त्यहाँ खटाईएका मातृ शिशु कार्यकर्ता ( अनमी,मासिका ) र अन्य स्वास्थ्यकर्मि समेत नवस्था ग्रामिण क्षेत्रका गर्भवती महिलाहरु गोठमा नै सुत्केरी हुने गरेका छन । गर्भवती भईसके पछि नियमित रुपमा उनिहरुले आईरन चक्की खानु पर्ने हुन्छ तर गाउँमा स्वास्थ्यकर्मि नै नबस्ने भएपछि गर्भवती महिलाहरुले सामान्य आईरन चक्की समेत पाउन सकेका छैनन ।
घरमा नेै परम्परागत रुपमा सुत्केरी भएका गर्भवती महिलाहरुको तथ्याकंलाई सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मिले स्वास्थ्य संस्थामा सुत्केरी भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयबाट रकम बुझेर लिएको देखिए पनि गाउँमा भने रकम नपाएको गुनासो गरिरहेका छन । सरकारले नवजात शिशु र गर्भवती आमाको सुरक्षाका लागि वर्षेनी करोड औं रकम खर्च गरिरहे पनि मुगुमा भने मातृ शिशु सुरक्षा कार्यक्रमका लागि आएको रकम लक्ष्यीत वर्गमा नपुगि बिचमा नै हराईरहेको छ । जिल्ला स्वास्थ्यको तथ्याकं अनुसार चालु आर्थिक वर्ष भन्दा अघिल्ला दुई आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेर मृत्यु हुने गर्भवती महिलाको संख्या तीन तीन जना देखाएको छ तर २०७१ सालको जेठ यता मात्र ६ जना गर्भवती महिलाको मृत्यु भई सकेको छ तर स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मी बेखबर जस्तै बनेका छन ।
मुगु न्युज डट कम-------------
पौष १२ मुगु-------------
विहिबार वेलुकीबाट नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रको विद्युत उत्पादन गृहमा रहेका उपकरणमा खरावी उत्पन्न भए पछि सदरमुकाम र त्यस आसपासका बस्तिहरु अन्धकार बनेका छन ।
गमगाढ वितरण केन्द्रको विद्युत उत्पादन गृहमा रहेको उपकरणमा विहिबार वेलुकी ६ बजे एक्कासी खराबी आउदा अवरुद्ध भएको विद्युत सेवा सुचारु गर्न अझै चार पाँच दिन लाग्न सक्ने वितरण केन्द्रले जनाएको छ । विद्युत उत्पादन गृहमा रहेको मुख्य उपकरणको ब्रेकर बिग्रिदा रिलेले समेत काम गर्न नसके पछि विद्युत सेवामा अवरोध उत्पन्न भएको वितरण केन्द्रका कर्मचारी कालीबहादुर महतले जानकारी दिए । सामान्य रुपमा अबरोध आउदा आफुहरुले बनाउन सक्ने भए पनि अहिले उपकरणमा आएको खराबी के हो भनेर भन्न नसकिने उनले जनाए । नेपाल विद्युत प्राधीकरण मध्य पश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्जले ईन्जिनियर नआउदासम्म उपकरण नचलाउन समेत भनेको महतको भनाई छ । प्राधीकरणका ईन्जिनियर डम्बर केसी अहिले डोल्पामा गएका र उनि मुगु आउन तीन चार दिन समेत लाग्ने भएको छ । केसी आए पछि मात्र विद्युत सेवा सुचारु हुने नहुने भन्ने कुरा एकिन भन्न सकिने वितरण केन्द्रको भनाई रहेको छ ।
विद्युत सेवा अवरुद्ध बने पछि सदरमुकाम गमगढी सहित त्यस आसपासका श्रीनगर, कार्कीवाडा, पिना ,रुगा गाविसका वस्तीहरु र ताल्च विमान स्थलमा समेत अन्धकारमा छन । विद्युत सेवा अवरुद्ध भएका कारण जिल्ला सदरमुकाममा रहेका सरकारी तथा गैर सरकारी कार्यालयका दैनिक कामहरु अबरुद्ध भएका छन भने विद्युत मार्फत चल्ने कम्प्युटर , फोटोकपि, फ्याक्स, ईमेल ईन्टरनेट सेवा समेत चल्न नसक्दा सेवा ग्राही मर्कामा परेका छन । सदरमुकाम र विद्युत सेवा पुगेका स्थानमा निजी क्षेत्रबाट सञ्चालन गरिएका लघु उद्योग समेत ठप्प रहेका छन । विद्युत अवरोधका कारण ईमेल ईन्टरनेट चल्न नसक्ने भए पछि जिल्लाबाट विभिन्न सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्न पाएका छैनन भने जिल्लामा रहेका स्थानीय सञ्चार माध्यम पनि बन्द रहेका छन ।
मुगु न्युज डट कम-------------
पौष १२ मुगु-----------------
जिल्लामा व्याप्त रहेको जातीय विभेद अन्त गर्नका लागि सदरमुकाम गमगढी देखि २१ कोष टाढा रहेको भिई गाविसमा यसै हप्ता सहभोज कार्यक्रमको आयोजना गरिएको छ ।
जातीय विभेद अन्त्य तथा दलित अधिकार समन्वय संयन्त्र , भिई गाविसको समन्वय तथा दलित सामुदायिक विकास केन्द्र मुगु र छुवाछुत विरुद्धको संघ्रर्ष समितीको आयोजनामा जिल्ला विकास समिति , जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय लगायतका सरकारी तथा गैर सरकारी निकायका अधिकारीहरु सहभागी गराएर पौष ८ गते सहभोज कार्यक्रम आयोजना गरिएको भिई गाविसका सचिव तिर्थराज शाहीले जानकारी दिए । कर्णाली जन जीविका कार्यक्रम केड मुगुको सहयोगमा दलित सामुदायिक विकास केन्द्रले लगातार यो गाविसमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरे पछि अबको एक वर्ष भित्र गाविसलाई जातीय छुवाछुत मुक्त गाविस घोषणा गर्ने गरि सहभोज कार्यक्रम आयोजना गरिएको गाविसले जनाएको छ ।
गाविसका नौ वटा वडाका ८ वटा वस्तिमा अहिले २० प्रतिशत मात्र छुवाछुत रहेको स्थानीयवासी मञ्जन कार्कीले बताए । जातीय छुवा छुत गर्ने पहिलो पुस्ताका वृद्ध वृद्धा र धामी झाँक्री मात्र रहेको कार्कीले बताए । सहभोज कार्यक्रममा सहभागि संविधान सभाका पुर्व सभासद नवराज धामीले सहभोज कार्यक्रमले अबको एक वर्ष भित्र गाविसलाई नै जातीय छुवाछुत मुक्त गाविस घोषणा गर्ने ठुलो चुनौती र अवसर जुटाएको बताए ।
कार्यक्रमका अधिकाँश सहभागिहरुले समाजमा अहिले शैक्षिक ,आर्थिक र सामाजिक विकास गर्ने भन्दा पनि विकास खाने प्रवृत्ती बढ्दै गएकाले धनि र गरिव विचको खाडल झन गहिरिदै गएको बताए । धनि र गरिको खाडल नपुरिए सम्म समाजमा जातीय विभेद अन्त्य गर्न नसकिने भएकाले मानसिकता नै बदल्नु पर्ने उनिहरुको तर्क थियो ।
मुगु न्युज डट कम--------------
मुगु २८ मंसिर-------------
लामो समय देखि गाविस सचिव तथा अन्य सरकारी कार्यालयका सेवा केन्द्रका कर्मचारी गाउँमा नभेटिएको भन्दै सोरु भेकमा पर्ने जिमा , नार्थपु र फोतु गाविसका १५ जना स्थानीयवासी सदरमुकाम गमगढी आई पुगेका छन ।
आईतवार मालिका सामुदायिक सेवा केन्द्र नामक गैर सरकारी संस्थाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रम भेटिएका ति सर्व साधारणले त्यस क्षेत्रमा रहेका स्वास्थ्य, कृषि, बन ,पशु सेवा केन्द्र लामो समय देखि बन्द रहेकाले आफुहरुले कुनै सेवा पाउन नसकेकाले अव देखि गाउँमा कर्मचारी पठाई दिन आग्रह गरे । उनिहरुले गाविसका सचिबहरु समेत सदरमुकाममा नै बस्ने गरेकाले गाविसबाट पाउनु पर्ने सुविधा समेत पाउन नसकेको बताए । केही दिन अगाढी सोरु भेक कै धैनकोट गाविसका स्थानीयवासीहरु यस्तै पिडा ल्याएर सदरमुकाम गमगढी आएका थिए । त्यति वेला स्थानीय प्रशासनले सम्बन्धित कार्यालयलाई तकाल कर्मचारी खटाउन निर्देशन दिएको थियो । यो निर्देशन दिएको एक महिना नपुग्दै फेरी पनि ग्रामीण क्षेत्रका बासिन्दा सदरमुकाम आईपुगेका छन ।
हाम्रो गाउँमा स्वास्थ्य चौकी छ तर स्वास्थ्यकर्मी कहिले भेटिदैनन । जिल्लाबाट औषधी पुगेको दिन कार्यालय सहयोगिले एकै दिनमा कसलाई के औषधी चाहिन्छ केही नसोधेर बाँडेर सक्छ । किन यस्तो गरेको भन्दा मलाई किन भन्ने यहाँ नआएरसदरमुकाममा बसेर तलब खाने स्वास्थ्यकर्मीलाई भन्न जाउँ भन्छ फोतु गाविस वडानम्बर ३ का भानुभक्त मल्लले बताए । हामी सदरमुकाम पुगेर कृषि कार्यालयमा विउ विजन, पशुमा गएर औषधी र खाद्य संस्थानमा गएर चामल माग्छौ तर सोरुका लागि उतै वितरण गर्ने भने पठाई सकेका छौ यताबाट दिन मिल्दैन भन्छन तर गाउँमा केही पुग्दैन नार्थर्पु गाविस ४ का पानसिंह नेपालीले दुखेसो गरे । अन्तरक्रियामा सहभागि भएका कृषि विकास कार्यालयका प्राविधिक सहायक धर्मबहादुर शाहीले त्यहाँको सेवा केन्द्रमा दरबन्दिमा रहेका कर्मचारी एक जना सरुवा भएर गएका र एक जना तालीम रहेकाले कार्यालयले बेला बेला कार्यालयबाट कर्मचारी जाने गरेको बताए । सोरुकोटमा रहेको ईलाका बन कार्यालयमा कर्मचारीको दरबन्दी रहेको भए पनि कार्य क्षेत्रमा कर्मचारी नभेटिएको भन्ने कुरा कार्यालय प्रमुखलाई खबर पु¥याई दिने बताए ।
मुगु न्युज डट कम-------------
मंसिर २८ मुगु-----------
घरमा जेठी श्रीमती हुँदा हुँदै अर्को गाउँमा कार्यरत एक शिक्षकले आफु कार्यरत विद्यालयकै गाउँकी एक युवतीसंग अबैध सम्बन्ध जोडेर जन्मिएको सन्तान अस्वीकार गर्दै गाउँमा नै एक लाख युवतीको हातमा थमाएर सम्बन्ध विच्छेद गरेका छन ।
रारा गाबिसको वडा नम्बर ४ रुम गाँउमा रहेको जन ज्योति निम्न माध्यमिक बिद्यालयमा कार्यरत ति शिक्षकले एक बर्ष अगाढी सोहि गाँउकै एक २४ बर्षिया युबतिलाई बिबाह गर्छु भन्दै अबैध रुपमा छोरी जन्माएका थिए तर एक बर्षसम्म आफनै घरमा राखेर अहिले आफुबाट जन्मेको छोरी आफनो नभएको भन्दै १ लाख नगद दिएर गाँउमै सम्बन्ध बिच्छेद गरेको पाईएको छ ।
रुम गाँउमा रहेको जन ज्योति निम्न माध्यमिक बिद्यालयका शिक्षक कार्किबाडा गाबिस वडा नम्बर ७ निबासि ३६ बर्षिय राज बहादुर बिटालुले रारा गाबिस ४ रुम गाँउकि २४ बर्षिया नाम परबर्तित ( सम्झना रावल ) मुगुलाई एक बर्ष अगाढी यौन सम्र्पक गरी छोरीको जन्म भएपछि गाँउले हरुको दवाबमा एक बर्षसम्म आफनै घरमा राखे पनि अहिले पिडित युवतिबाट जन्मेको छोरी आफनो नभएको भन्दै १ लाख दिएर गाँउमै सम्बन्ध बिच्छेद गरेका छन ।
एक बर्षसम्म पिडित युवतिलाई घरमा राखेको भए पनि पिडक राज बहादुरकी जेठी पत्निले आफुहरुलाई कुनै वास्ता नगरेकाले र आफु छुटै बस्नका लागी छोरीको जन्मदर्ता गर्न भने पछि छोरी आफनो नभएको भन्दै उम्कन खोज्न लागेकै कारण गाउँलेहरुको दवाबमा एक दिन लगायर रुम गाउँका अगुवाको कचहरीले सम्बन्ध बिच्छेद गराएको रारा गाबिस १ का बिर बहादुर बमले बताए । विटालुले आफ्नो छोरी नभएको भन्दै श्रीमती स्वीकार नगरे पछि युवतीका माईती पेद क्षले गाउँका अगुवालाई बोलाएर कचहरी मार्फत एक लाखमा सम्बन्ध विच्छेद गर्न सहमति जनाएका हुन । माईती तर्फबाट नै यस्तो निर्णय आएपछि पिडीत युवतीले न्याय पाउने ठाउसम्म आउन नसकेको बमको भनाई छ ।
मुगु न्युज डट कम
मंसिर २८ मुगु
बिश्व मानबअधिकार दिवस १० डिसेम्बरको अबसर पारेर मानब अधिकार रक्षकसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष समाधीक्षकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नका लागी प्रधान मन्त्रि सुशील कोईरलालाई मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत मंसिर २८ गते ज्ञापन पत्र बुझाईएको छ ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकले आयोजना गरेको कार्यक्रममा जिल्ला स्थित मानबअधिकार कर्मि ,पत्रकार र कानुन ब्यबसायि लगाएतको सहभागीतामा अधिकार रक्षकसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष समाधीक्षकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नका लागी प्रधान मन्त्रि सुशील कोईरलालाई आग्रह गर्न प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मि मार्फत ज्ञापन पत्र बुझाईएको हो ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी रेग्मिले जिल्ला स्थित सम्पुर्ण अधिकारकर्मि लगायत संचारकर्मिले आफु मार्पmत प्रधान मन्त्रिलाई बुझाईने ज्ञापन पत्र समबन्धित निकायमा बुझाई दिने प्रतिबद्धता जनाएका छन ।
मुगु न्यज डट कम--------------
मंसिर २८ मुगु-------------
नेपाल पत्रकार महासंघ कर्णाली अञ्चल क्षेत्रीय समन्वय समितिको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको संयोजनमा सम्पन्न भएको रारा सञ्चार सम्मेलन २०७१ को शनिवार समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
मंसिर २५ र २६ गते रारामा १३ बुँदे घोषणा जारी गर्दै सम्पन्न भएको सम्मेलनमा भए गरेका गतिविधीको समिक्षा गरिएको थियो । महासंघ मुगु शाखाका अध्यक्ष सुमन मल्लको अध्यक्षतामा बसेको समिक्षा बैठकमा उपस्थित समनन्वय समितिका संयोजक एवं बैठकका प्रमुख अतिथी नवराज महताराले सम्मेलन सोचे भन्दा अझै राम्रो भएको र त्यसका लागि मुगु जिल्लाका पत्रकार ,महासंघको शाखाले गरेको कुशल व्यवस्थापनलाई धन्यवाद समेत दिए । बैठकले सम्मेलनमा सहयोग गर्ने जिल्लाका सरकारी तथा गैर सरकारी निकाय, राजनीतिक दल , होटेल व्यवसायी , उद्योगी ,व्यापारी ,सुरक्षाकर्मी , सञ्चार मन्त्रालय,सुचना विभाग, पे्रस काउन्सील ,महासंघको केन्द्रीय समिति , जिल्लाका सम्पुर्ण पत्रकारहरु र कर्णालीका पाँच वटै शाखालाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।
