मिस नेपाल भएपनि धेरै युवतीहरुको चर्चा त्यसै सेलाएको हुन्छ । तर मिस
नेपाल २०१२ की विजेता श्रृष्टि श्रेष्ठको चर्चा भने कुनै चर्चित नायिकाको
भन्दा कम छैन । यसैले पनि उनी सिने नगरीमा प्रवेश गरे हुन्थ्यो भन्ने
सोचाई धेरैको छ ।यतिबेला नेपाली सिने नगरी सुस्ताएको छ । निरन्तर सिनेमा
बनाउने चर्चित निर्माताहरु लगानी गर्ने सोचमा छैनन् । निर्माता रोज राणाले
चलचित्र ‘हिरोइन’ बनाउने भनेको पनि धेरै समय भैसकेको छ । ‘हिरोइन’ छोडेर
उनले कम बजेटको अर्को एक चलचित्र बनाउने तयारी पनि गरेका थिए । तर अहिले
रोज चुप छन् । बानेश्वरमा एक रेष्टुरेण्टको मालिक बनेका रोज तत्काल सिनेमा
बनाउने कुनै सोचमा नरहेको बनाउछन् । ‘पैसा डुब्छ भन्ने जान्दा जान्दै
कसैले सिनेमामा लगानी गर्छ’, रोज यसै भन्छन् ।
तर निर्माता रोज राणा पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठले अभिनय गरेको खण्डमा चलचित्र बनाइहाल्ने बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा रोजले भने, ‘श्रृष्टिले सिनेमा खेल्न राजी भएको खण्डमा म अहिले लगानी गर्न इच्छुक छु, नत्र गर्दिन’ । आखिर श्रृष्टि माथी रोजको आँखा किन लागेको होला त ? ‘उनको फिगर, आकर्षक व्यक्तित्व र चर्चाले लोभ्याएको छ’, रोजले भने । अब हेर्न यत्ति मात्र बाँकी छ कि श्रृष्टिलाई लिएर सिनेमा बनाउने रोजको इच्छा कहिले पुरा हुने हो ?
तर निर्माता रोज राणा पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठले अभिनय गरेको खण्डमा चलचित्र बनाइहाल्ने बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा रोजले भने, ‘श्रृष्टिले सिनेमा खेल्न राजी भएको खण्डमा म अहिले लगानी गर्न इच्छुक छु, नत्र गर्दिन’ । आखिर श्रृष्टि माथी रोजको आँखा किन लागेको होला त ? ‘उनको फिगर, आकर्षक व्यक्तित्व र चर्चाले लोभ्याएको छ’, रोजले भने । अब हेर्न यत्ति मात्र बाँकी छ कि श्रृष्टिलाई लिएर सिनेमा बनाउने रोजको इच्छा कहिले पुरा हुने हो ?
चैत्र ९ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘मञ्जरी’ का गीतसंगीतले बजारमा राम्रो चर्चा पाइरहेका छन् । कालिप्रसाद बास्कोटाको संगीतमा तयार भएका गीतसंगीले सिनेमाको व्यापारमा फरक पार्ने धेरैको विश्वास छ ।महेश चालिसे र नरेश पाण्डेको निर्माणमा तयार भएको यो सिनेमालाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा सुजाता कोइराला र गौरब पहाडीको रोमाञ्चक प्रेम कहानी हेर्न सकिनेछ । यतिबेला सिंगो सिने नगरीको आखा ‘मञ्जरी’ माथी गएको छ । सिनेमाको प्रोमो, गीतसंगीतले ‘मञ्जरी’ माथी धेरैको आखा लागेको छ ।
यसैबिच निर्माणपक्षले चलचित्रमा समावेश ‘मायाले वाध्यो यसरी’ बोलको गीत सार्वजनिक गरेको छ । प्रशान्त सुबेदी र प्रविशा अधिकारीले आवाज भरेको यो गीत र भिडियोलाई दर्शकले मन पराउने विश्वास गरिएको छ । भिडियो हेर्न तल क्लिक गर्नुस्..
चलचित्र ‘होस्टेल’ को छायांकन सकिएको दिन निर्माता सुनिल रावलले प्रदर्शन मिति पनि घोषणा गरे । चलचित्र ‘सायद’ बनाएर हौसिएका सुनिल बढि नै आत्मविश्वासी देखिन थालेका छन् । सायदले सफलता पाएपछि रावल होस्टेलले पनि चर्चा पाउनेमा ढुक्क छन् । यसैले पनि उनलाई आफूले बनाएको सिनेमाले राम्रो व्यापार गर्ने सोचाई पलाएको देखिन्छ ।हेमराज बीसीलाई निर्देशनम डेब्यु गराएर तयार पारिएको ‘होस्टेल’ मा अधिकांश कलाकार नयाँ छन् । चलचित्रमा अनमोल केसी, गौरब पहाडी, सलोन बस्नेत, रिस्ता बस्नेत, संचारकर्मी शिशिर भण्डारी लगायका कलाकारको अभिनय छ । चलचित्रको छायांकन २५ दिनमा सकिएको हो ।

चलचित्रमा नायक भूवन केसी, टिका पहाडी, शोभित बस्नेत लगायतका कलाकारले पनि अभिनय गरेका छन् । होस्टेलको कथा भित्र तयार पारिएको यो सिनेमा जेठ २४ गते प्रदर्शनमा आउने बताइएको छ ।निर्माता रावलले छायांकनस्थलबाटै सिनेमा प्रदर्शनको मिति घोषणा गरेर आफूमा आत्मविश्वास रहेको प्रष्टाउन खोजेका छन् । तर नेपालमा सिनेमा भनेकै दिनमा प्रदर्शनमा आउन निक्कै गाह्रो रहेको उदाहरण यसअघि प्रदर्शनमा आएका थुप्रै सिनेमाले प्रस्तुत गरिसकेका छन् ।
