साथीहरु==== मुगु न्युज डटकममा प्रकाशित भएका समाचारहरु कतिपय पत्रिका, अनलाईन र विद्युतीय सञ्चार माध्यमले साभार गरे पनि अधिकाँश समाचारमा स्रोत नखुलाएको पाईएको छ । समाचार यस्तै सभार गर्ने तर स्रोत उल्लेख नगर्नु कानुन विपरित कार्य हो । समाचार साभार गर्ने सञ्चार माध्यमले स्रोत उल्लेख गर्न अनुरोध गर्दछौ । यदि पुनं त्यस्तो गरिए प्रतिलिपी उत्तार ऐन तथा अधिकार २०५५ अनुसार भईजाने जानकारी समेत गराउद छौ ।
मुगु न्युज डट कम
मुगु न्युज डट कम
जर्मनीको एउटा युनिभर्सिटीले गरेको अध्ययनमा महिलाहरु महिनावारी भएको पाँचौदेखि सातौं दिनसम्म सर्वाधिक सेक्स चाहना राख्ने र पुरुषसँगको यौनसम्पर्क रुचाउने देखाएको छ ।युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । अनुसन्धानकर्ताह रुकाअनुसार यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । अध्ययनमा सामेल महिलाहरुलाई कुन समय यौनसम्बन्ध राख्दा बढी आनन्द महसुस हुन्छ ? भन्ने प्रश्न सोधिएका थियो । अनुसन्धानकर्ताह रुले महिनावारी पूरा ५ देखि ७ दिनसम्म यौनसम्पर्कमा लागि महिलाहरु सबैभन्दा धेरै सक्रिय हुने बताएका छन् । जसको कारण उनीहरुले महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुने गरेको बताएका छन् ।
यो समयमा उनीहरुमा गर्भाधारणको सम्भावना बढी हुने भएकाले यस अवधिमा सम्पर्कको तीव्र इच्छा हुने देखिएको छ ।त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आनन्ददायक हुन्छ । अध्ययनमा महिनामा तीन दिन सेक्स गरे सम्बन्ध बढी समुधुर हुने गरेको पनि पाइएको छ
भारतसँगको अन्तर्राष्ट्रिय सीमाविन्दुबाट दुवैतिरको दसगजा क्षेत्रमा लामो समयदेखि घर र सार्वजनिक महत्त्वका संरचना निर्माण गरेर अतिक्रमण हुँदै आएको छ । यसले सीमा क्षेत्र अव्यवस्थित मात्रै बनेको छैन सुरक्षामा समेत असर परेको छ । भारतीय पक्षले नेपाल–भारतको सदियौँदेखिको सुमधुर सम्बन्ध चिसिने गरी दसगजा क्षेत्रमा अतिक्रमणको प्रयास गरेको छ । भिडियो हेर्न तल क्लिक गर्नुस्.. महाशिबरात्रीको अवसर पारेर फिल्म ‘प्रमिश’ को गीत सार्वजनिक गरिएको छ । सिङ्गापुरमा सुटिङ गरिएको उक्त गीतमा नायिका केकी अधिकारी र नयाँ प्रस्तुतीको रूपमा रमेशचन्द्र राई र नर कुमार लिम्बुले अभिनय गरेका छन् । संगीतकार महेश खड्काको कम्पनी टिएनआरजी प्रोडक्सनले निर्माण गरेको प्रमिशमा केकी, नर र रमेशको साथमा अनुराग मान सिहं कुवँर, विल्सन बिक्रम राई, आकाश खवास, मार्टिन खानको पनि अभिनय रहेको छ । सुरज सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्मको प्रस्तुत सार्वजनिक गीतमा महेश खड्काको संगीत तथा दीपक लिम्बुको स्वर रहेको छ । फिल्मलाई संजय लामाले खिचेका हुन् भने करियोग्राफी गोबिन्द राईले गरेका हुन् । सिङगापुर र नेपालमा सुटिङ गरिएको फिल्मलाई पहिला सिङ्गापुरमा प्रिमियर गरिने भएको छ । निर्देशक सुब्बाले दिएको जानकारी अनुसार अबको दुई महिना भित्रमा यो फिल्मलाई दर्शकले हेर्न पाउनेछन् ।
आज मिति २०६९ साल फाल्गुण महिनाको २७ गते आइतबार चतुर्शी तिथि आज महाशिवरात्रि तदनुसार १० मार्च २०१३ तपाइको आजको दिन कस्तो रहन्छ त?र राशिफल हेर्न तल क्लिक गर्नुस्....
मृगौला मानव शरीरको जटिल र अनौठो अंग हो । हाम्रो शरीरमा सिमी आकारका मुठ्ठीजत्रा दुइटा मृगौला हुन्छन् जुन मेरुदण्डको दायाँबायाँ पेटमा रहेका हुन्छन् । यिनीहरूले शरीरलाई स्वस्थ राख्न आवश्यक विभिन्न कार्य गर्ने गर्छन् । जस्तैः विषाक्त पदार्थ र अनावश्यक पानीलाई बाहिर फ्याँक्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, रातो रक्तकोषिका बन्न मद्दत गर्ने तथा हड्डीहरूलाई स्वस्थ राख्ने । शरीरमा रहेको लवण र खनिज तत्त्वहरू सन्तुलनमा राख्ने तथा अम्ल र क्षारको मात्रा मिलाउनसमेत मृगौलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ !
विश्वभरि मृगौला रोगीहरूको संख्या नाटकीय रूपमा अकासिँदै गएको पाइन्छ । यसले गर्दा स्वास्थ्य क्षेत्रमा ठूलो आर्थिक भार थपिँदै गएको छ । विश्वभरि ८-१० प्रतिशत मानिस कुनै न कुनै किसिमको मृगौला रोगबाट पीडित भएको पाइन्छ । बर्सेनि लाखौं व्यक्ति दीर्घकालीन मृगौला रोगका कारण अकाल मृत्युको सिकार हुने गर्छन् । नेपालमा ३० लाख व्यक्ति कुनै न कुनै मृगौला रोगबाट पीडित छन् भने बर्सेनि करिब ३००० जनाको मृगौला ‘फेल’ हुने गरेको अनुमान छ । यसबाट प्रत्येक वर्ष करिब ६ अर्ब रुपैयाँ बिदेसिने गरेको विश्वास छ । उच्च रक्तचाप, मधुमेह र मुटुको रोग मृगौला रोग लाग्नाका प्रमुख कारण हुन् । सुरुमै मृगौला रोग लागेको थाहा नपाउँदा मृगौलाका कार्यहरू बिस्तारै कम हुँदै गई अन्तमा मृगौला ‘फेल’ हुन्छ र बाँच्नका लागि डायलाइसिस वा प्रत्यारोपणमा भर पर्नुपर्ने हुन्छ ।
डायलाइसिसको तुलनामा प्रत्यारोपण ज्यादै उपयोगी र किफायती मात्र नभई प्रत्यारोपणबाट पुनःजीवन नै प्राप्त हुन्छ तर पनि यी दुवै सेवा हाम्रोजस्तो निम्न आय भएको देशका जनताका लागि अत्यन्त महँगो पर्छ । प्रत्यारोपणपश्चात महिनैपिच्छे सेवन गर्नुपर्ने औषधिका लागि करिब २० हजार रुपैयाँको खर्च लाग्छ । निदान मृगौला रोग लागेको सुरुकै अवस्थामा थाहा पाउन सम्भव हुन सक्छ । यसका लागि रगतमा क्रिटिनिन र पिसाबमा प्रोटिनको जाँच गर्नुपर्ने हुन्छ । धेरैजसो मृगौलाका रोगीहरूमा सुरुमा केही लक्षण नहुन पनि सक्छ । सुरुमै मृगौला रोग लागेको पत्ता लागेमा मृगौला ‘फेल’ हुनबाट बचाउन महत्त्वपूर्ण उपचारको थालनी गर्न सकिन्छ । मृगौला बचाउन के गर्नुपर्छ ? मृगौला रोग अघोषित मृत्युको कारण हो र यसले जीवनस्तरलाई नराम्ररी प्रभावित गर्छ । यसका लागि ८ नियमहरूको पालना गर्नुपर्ने हुन्छ-
१. आफूलाई ‘फिट’ र सक्रिय राखौं । यसबाट उच्च रक्तचाप नियन्त्रणमा आउनुका साथै दीर्घकालीन मृगौला रोगको सम्भावनालाई कम गर्छ ।
२. मघुमेहलाई नियन्त्रणमा राखौं । आधाभन्दा बढी मधुमेहीहरूलाई मृगौलाको रोग लाग्ने हुन्छ । तसर्थ्ा उहाँहरूले नियमित मृगौलाको परीक्षण गर्नु आवश्यक छ ।
३. उच्च रक्तचापको नियमित परीक्षण गरौं । उच्च रक्तचापले हृदयाघात र मस्तिष्कघात गराउँछ भन्नेबारे धेरैलाई जानकारी भए पनि यो नै मृगौला खराब गर्ने सबैभन्दा महत्त्वपूर्ण कारण हो भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ ।
४. स्वस्थ खाना खाऔं र शरीरको तौल नियन्त्रणमा राखौं । यसबाट मघुमेह, मुटुरोग र मृगौला रोगलगायत अरू रोगबाट बच्न मद्दत पुग्छ ।
५. प्रशस्त मात्रामा पानी पिऔं । यति मात्रामै पानी पिउनुपर्छ भन्ने निश्चित नियम नभए पनि करिब १.५ लिटरदेखि २ लिटरसम्म्ा पानी पिउने बानी बसाल्नु उत्तम हुन्छ ।
६. धूमपान नगरौं । धूमपानले मृगौलाको रक्तसञ्चारमा बाधा पुर्याई यसको कार्यक्षमतामा कमी ल्याउँछ । धूमपानले मृगौलाको क्यान्सर हुने सम्भावना ५० प्रतिशतले बढाउँछ ।
७. औषधिको जथाभावी सेवन नगरौं । जस्तैः बु्रफेन जातिको नदुख्ने औषधिहरू मृगौलाका लागि हानिकारक छन् ।
८. यदि तपाईं उच्च जोखिमयुक्त समूह जस्तैः उच्च रक्तचाप र मधुमेहका बिरामीहरू, धूमपान गर्नेहरू वा मोटोपना भएकाहरू, उमेर ५० नाघेका तथा उच्च रक्तचाप, मधुमेह वा मृगौला रोग लागेका व्यक्तिहरूको परिवारका सदस्यमा पर्नुहुन्छ भने आफ्नो मृगौलाको नियमित जाँच गरौं ।
लेखक मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक हुन् ।
कुमारी केटि संग यौन सम्पर्क राख्नु अघि ध्यान दिनु पर्ने कुरा हरु सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नु पर्छ। यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ। तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन। यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ। यौन सुख लिने क्रममा तालमेल मिल्दैन ।

यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ।प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ। आपसी समझदारी वढाउन मद्दत मिल्छ। यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ। यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ। उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, चाक, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन्। यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न। यौन सुखका लागि शारीरिक मात्र होइन मानसिक तयारी पनि आबश्यक पर्छ।
चरम सुख कसरी थाहा पाउने ?
मानव यौन प्रतिक्रिया चक्रका चारवटा चरण हुन्छन् । एक्साइटमेन्ट फेज, प्लाटो फेज, अर्गाजम फेज र रिजोलुसन फेज। एक्साइटमेन्ट फेज – यस उत्तेजनाको चरणलाई निरन्तरता दिए मानिस प्लाटो फेजमा पुग्छ। यो चरणमा यौन उत्तेजनाको मात्रा अझ वढ्छ। महिलाहरुमा यौनिद्धार अझै खुल्ने तथा यस वरिपरिको भाग फुल्ने हुन्छ। योनी वरिपरिको भाग यसरी वढ्ने भएका ले भंगकुर अलि भित्र दवेको जस्तो देखिन्छ। स्तनपान नगराएका महिलाहरुमा स्तनको आकार वढेको देख्न सकिन्छ। आधा भन्दा वढीजसो महिलाहरुमा अनुहार र शरीरको छाला रातो देखिन्छ। पुरुषले जस्ते यस चरणमा महिलाले पनि अनन्तरिक न्यानोपन तथा दवावको मह्सुस गर्छ। माशंपेशीहरुमा तनाव पैदा हुन्छ तथा रक्तचाप वढ्छ। प्लेटो फेजमा भएको यौन स्टिमुलेसन निरन्तररुपमा भएमा चरम सुखको चरण (अर्गाजम फेज) मा पुगिन्छ ।
यो चरणमा वढ्दै गएको यौनतनावको उन्मोचन हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्व छ। यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउछ र खुम्चिने तथा खुल्ने हुन्छ। महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशीरु खुम्चने तथा फुक्ने हुन्छन्। पूर्णचरम सुख पाउदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ। यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं। यसपछि पुनः सबै कुरा सामान्य अवर्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज भन्छौं ।
किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् ।यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ ।
अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ । हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं । यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्याउनुभएकै होला ।
के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला ?
मानिसले विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् वा श्रीमतीसँग यौनसम्पर्क नै नगरेको स्थितिमा भने फरक पर्छ । दुवैजना आपसी हस्तमैथुन -जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ ।
के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ?
यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी परिभाषित गर्ने भन्ने बहस पनि नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव हुनसक्छ ।
आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ । यौनसम्पर्कको समय कति हुनुपर्छ ? यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नु भयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई लिएर सन्तुष्ट हुनुपर्छ ।।
स्याउका फाइदा स्याउलाई निकै हितकारी फल मानिन्छ । यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । यसले केवल रोगसँग लड्न मद्दत मात्र गर्दैन सरीर स्वस्थ राख्न वा रोगको रोकथामकै लागि सहयोग गर्छ । वैज्ञानिक अध्ययनले पनि के पुष्टि गरेको छ भने स्याउले मुटुरोग, क्यान्सर तथा मधुमेह सँगै विभिन्न खालका मस्तिष्क रोग जस्तै अल्जाइमर तथा पार्किन्सन्स जस्ता रोगबाट समेत बचाउन ठूलो सहयोग गर्छ । स्याउ रेशायुक्त फल हो ।
यसमा प्रसस्त फाइबर पाइन्छ । स्याउको नियमित सेवनले पाचन क्रियालाई समेत सन्तुलित र नियमित गर्न मद्धत गर्छ । साथै स्याउमा एन्टी अक्सिडेन्ट तत्व प्रचूर मात्रामा पाइन्छ जसले विभिन्न खालका रोगसँग प्रतिरोधी क्षमता बढाउने मात्र होइन छिटो बुढ्यौली लाग्ने रोग अर्थात् समस्यालाई समेत कम गर्ने बताइएको छ । स्याउका अन्य केही फाइदा यसप्रकार छन् :-
-स्याउमा प्रसस्त मात्रामा आइरन तत्व पाइन्छ । स्याउको नियमित सेवनले रक्तअल्पता हुनबाट बचाउँछ ।
-स्याउले क्यान्सरको खतरा कम गर्छ । स्याउमा हुने एक विशेष तत्व क्वरसिटिनले सरीरका कोषिकाहरुलाई नष्ट हुनबाट जोगाउँछ ।
स्याउमा पाइने पेक्टिन तत्वले सरीरमा ग्लाक्ट्रोनिक एसिडको अभाव पूर्र्ति गर्छ । यसबाट इन्सुलिनको मात्रा सन्तुलित हुन्छ र मधुमेहको जोखिम कम हुन्छ ।
- स्याउले पाचन प्रक्रियामा हुने गडबडीलाई पनि हटाउँछ । बोक्रैसित स्याउ खाएमा कब्जियत जस्ता समस्या हल हुन्छन् ।
- स्याउमा घुलनशील फाइबार पाइन्छ जसले रगतको कोलेस्टेरोललाई कम गर्छ ।
-स्याउ नियमित खानाले मोटोपन पनि कम हुन्छ ।
-स्याउमा पाइने एन्टिअक्सिडेन्टका कारण सरीरमा रोग प्रतिरोधी क्षमता मजबुत हुन्छ ।
- स्याउले सरीरका विषाक्त पदार्थहरु निस्कासन गर्न तथा कलेजो लगायतका अंगलाई स्वस्थ राख्न मद्धत गर्छ ।
- स्याउमा इन्टीभाइरल प्रोपेर्टियस तत्व पाइन्छ, यसले ब्याक्टेरिया तथा भाइरस नियन्त्रण गर्न मद्धत गर्छ । यसमा मुखमा थुकको मात्रा पनि बढाउँछ । साथै दाँतलाई पनि स्वस्थ बनाउन मद्धत गर्छ ।
-स्याउले मुगौला तथा मुत्रथैलीको पत्थरी बाट बचाउन पनि सहयोग गर्छ ।
- हड्डीलाई बलियो तथा मजबुत बनाउन पनि स्याउको नियमित सेवन सहयोगी हुने बताइएको छ ।



.jpg)
