मुगु न्युज डट कम----------------
बैशाख १७ मुगु---------------
बैशाख १२ गते दिउसो गएको भुकुम्पका कारण राजधानी लगायत देशका विभिन्न क्षेत्रमा भएको ठुलो धनजनको क्षेती पश्चात पिडीतका लागि मुगु सदरमुकाम गमगढीमा पनि राहत संकलन सुरु भएको छ ।
जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु , नागरिक समाज, सञ्चार कर्मी र सर्व साधरणले एकिकृत रुपमा सदरमुकाम गमगढीमा विहिवार देखि राहत संकलन सुरु गरेका हुन । बिहिबार मात्र गमगढी बजारमा ४७ हजार बढि राहत संकलन भएको राहत संकलनको नेतृत्व गरिरहेका पुर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लले जानकारी दिए । बजारमा तिन दिनसम्म राहत संकलन गरि जम्मा भएको रकम प्रधान मन्त्री राहत कोषमा पठाईने उनले बताए । भुकुम्प पिडीतका लागि जिल्लामा कार्यरत सरकारी कर्मचारीहरुबाट प्रथम श्रेणीका कर्मचारीबाट १५ दिन, दोस्रो श्रेणीका कर्मचारीबाट दश दिन र अन्यबाट पाँच दिन बराबरको पारिश्रमिक राहत कोषमा पठाउने परिपत्र गृह मन्त्रालयबाट प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।
१२ गतेको भुकुम्पमा परि मुगुका दुई जनाको ज्यान गएको अनौपचारिक जानकारी मात्र आएको तर औपचारिक रुपमा कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रोजगारीका लागि विदेश जान तयारी गर्न काठमाण्डौ गएका कार्कीवाडा गाविस वडा नम्बर ६ का ३० वर्षका राम नारायण भामको बालाजुको एक होटेल भत्किदा ज्यान गएको आफन्तले बताएका छन । बुधबार काठमाण्डौमा नेपाल रेडक्रस सोसाईटी मुगुका उप सभापति जंगबहादुर शाही र मुगुका सभासद मोहन बाँनिया लगायत काठमाण्डौमा उपलब्ध मुगुका स्थानीयले मृतकको शव बुझि दाहसंस्कार गरेको बताईएको छ ।
मुगु न्युज डट कम------------
बैशाख १७ मुगु---------
जिल्लाका २४ वटा गाविसका नौ हजार छ सय घरधुरी मध्य हालसम्म नौ सय पचास घर धुरीहरुमा चर्पी बन्न नसक्दा जिल्लालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न समस्या परेको छ ।
नेपाल सरकारले सन २०१७ सम्म नेपाललाई नै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुसार जिल्लामा पनि विभिन्न गाउँ बस्ती र गाविसलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने काम थालीए पनि प्रभावकारी हुन सकेको छैन । अहिलेसम्म जिल्लाका रारा,खमाले, रोवा,माँग्री,पुलु,किम्री,कार्कीवाडा गरि सात गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा गरिए पनि अहिले ति गाविस खुला दिसा मुक्त घोषणा गर्नु पहिले जस्तै अवस्थामा पुगेका छन ।
विहिबार किर्डाक नेपाल मुगुको आयोजनामा राजनीतिक दल ,सञ्चार कर्मी र गाविस सचिबबीच भएको अन्र्तक्रियामा सहभागि अधिकाँशले शौचालय निर्माण भन्दा खानेपानीको पर्याप्तता , समुदायमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने र खुला दिसा मुक्त क्षेत्र घोषणा गरि सके पछि पुर्ण सरसफाई कार्यक्रम निरन्तर सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताए । अहिले पिना, कालै,रुगा,ह्याँग्लु,सुकाढिक,गम्था,धैनकोट,नार्थपु, सेरी गाविसमा शत प्रतिशत घरमा चर्पी बनि सकेका र त्यसको जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समितिबाट अनुगमन गरि आएको प्रतिवेदन अनुसार खुला दिसा मुक्त क्षेत्र घोषणाको एकिन हुने किर्डाक नेपालका संयोजक पदमबहादुर मल्लले जानकारी दिए ।
मुगु न्युज डटकम---------
बैशाख १३ मुगु--------------------------
शनिवार दिउसो गएको भुकुम्पले राजधानी लगाएत देशका विभिन्न जिल्लामा ठुलो धनजनको क्षती गरे पछि अहिले जिल्ला भरमा त्रास छाएको छ ।
आईतवार अपरान्ह तिर भुकुम्पको सामान्य झट्का आएको थियो । भुकुम्पको झट्का आउदा सदरमुकाम गमगढी बजारका होटल ,पसल, कार्यालय भित्र रहेका सबै मान्छे दौडेर सडकमा निस्किएका थिए । शनिवार दिउसो आएको भुकुम्पले ठुलो धनजनको क्षति भएको भन्ने समाचार आएपछि सदरमुकाम गमगढीमा दिनभर त्रास रह्यो भने राती कुनै पनि वेला भुकुम्प आउन सक्ने सुचना आएपछि धेरैजसो मान्छेहरु खाली चौर, विद्यालयका खेल मैदानमा जम्मा भएका थिए ।
आउन सक्ने सम्भावित विपदबाट जोगिनका लागि सजग रहन जिल्ला प्रशासन कार्यालयले सर्वसाधरण सबैलाई अनुरोध गरेको छ । आईतवार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितीले कुनै पनि बेला आउन सक्ने भुकुम्प र हुन सक्ने धनजनको क्षतिलाई कम गर्न तथा उद्धारका लागि तयार रहन सबैलाई अनुरोध गरेको छ । समितिको बैठकले जिल्लाभर रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी नरहेको गुनासो आईरहेकाले तत्काल ति स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई कार्य क्षेत्र पठाउन निर्देशन दिएको र जिल्ला स्थित सरकारी कार्यालयका कुनै पनि कर्मचारीलाई जिल्ला नछोड्न समेत निर्देशन दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । जिल्लाका कुनै पनि क्षेत्रमा भुकुम्प जान सक्ने र हुन सक्ने क्षति तथा उद्धारका लागि नेपाल रेडक्रस, नेपाल प्रहरी, नेपाली सेना तथा दैवी प्रकोप सम्बन्धि काम गर्ने सरकारी तथा गैर सरकारी कार्यालयलाई तयारी रहन भनिएको छ । जिल्लाका २४ गाविस मध्य एक दर्जन बढि गाविस भुकुम्पको उच्च जोखिममा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।
आईतवार दिउसो देखि सदरमुकाम गमगढी बजारमा भुकुम्पबाट जोगिन सुरक्षित स्थानमा बस्न माईकबाट अनुरोध गरिरहेको छ भने जिल्लामा रहेका स्थानीय रेडियोहरुले पनि शनिबार बेलुकी देखि नै भुकुम्प आउन सक्ने भन्दै सर्व साधरणलाई सचेत रहन सन्देश प्रशारण गरिरहेका छन ।
मुगु न्युज डट कम----
फागुन १६ मुगु--------
शनिवार देखि जिल्ला विकास समितिको आठौं जिल्ला परिषद सम्पन्न गर्नका लागि कार्यक्रम तथा योजना तर्जुमा गर्न चहल पहल सुरु भएको छ ।
शुक्रवार सर्व पक्षिय अन्र्तक्रिया भए पछि शनिवारबाट पाँचवटा विभिन्न विषयगत समिति गठन गरि गाविस, ईलाका स्तरबाट माग भई आएका आयोजना र जिल्ला विकास समितिबाट आर्थिक वर्ष २०७२ । ०७३ मा सञ्चालन गरिने आयोजना तथा कार्यक्रमका लागि छलफल सुरु भएको छ । आयोजनामा दोहोरोपना हुन नदिन सरकारी तथा गैर सरकारी निकायका प्रस्तावित कार्यक्रमहरु माथि दुई दिनसम्म छलफल गरि प्राथामिकताका आधारमा आयोजना छनौट गरेर जिल्ला विकास समितिको एकिकृत योजना तर्जुमा गोष्ठीबाट अनुमोदन गरे पछि मात्र फागुन २७ हुने जिल्ला विकास समितिको आठौ जिल्ला परिषदमा लगिने जिल्ला विकास समितिले जनाएको छ ।
जिल्ला परिषदले गमगढी नाक्चे लाग्ना सडक, गमगढी ,चंखेली सिमिकोट सडक तथा सडक जोडिने नदिमा पक्की पुल निर्माणलाई पहिलो प्राथामिकता दिने जिविसले जनाएको छ । विगतका वर्षहरुमा जिल्लाले योजना प्रस्ताव गरि राष्ट्रिय योजना आयोगमा पठाए पछि कति योजना स्वीकृत भए र कति बजेट पारित हुन्छ भन्ने कुरा आयोगको दोस्रो रातो किताव प्रकाशन भएपछि मात्र जानकारी हुने गरेको थियो । तर यो वर्ष देखि आयोगले पहिले नै बजेटको अंक उल्लेख गरि पठाएको र जिल्लामा नै योजना र बजेट तोकेर पठाए पछि योजना आयोगले स्वीकृत गर्ने जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी नारायण प्रसाद रिसालले बताए । उनका अनुसार अब देखि आयोगको दोस्रो रातो किताब प्रकाशन नहुने र समुदाय, गाविस र जिविसमा नै आवश्यकता र प्राथामिकता निर्धारण गरि आयोगले पठाएको बजेट उल्लेख गर्दै योजना प्रस्ताव हुने छन । आर्थिक वर्ष २०७२। ०७३ का लागि राष्ट्रिय योजना आयोगले मुगु जिल्लाका लागि ९३ करोड बढि बजेट अंक तोकि पठाएको जिविसले जनाएको छ ।
मुगु न्युज डट कम---------------
माघ २४ मुगु--------------
गत सोमबार र मंगलबार भएको हिमपातका कारण जुम्लाको डाँफे लेक र माई थाप्ला भन्ने स्थानमा रहेको नेपाल टेलिकमको नमस्ते तथा स्काई मोबाईल टावर हिउँले छोपिए पछि मुगु जिल्लामा मोवाईल तथा ईन्टरनेट सेवा अबरुद्ध भएको छ ।
भारि हिमपातले दुवै ठाउँ राखिएका मोवाईलको रेडियो लिकंमा रहेका ओडियो र आईडियो उपकरणमा खराबी आउदा मंगलबार देखि जिल्लामा नेपाल टेलिकमले वितरण गरेको एडिएसएल ईन्टरनेट सेवा र मोबाईल सेवा अबरुद्ध भए पछि सेवा ग्राही मर्कामा परेका छन । माईथाप्ला र डाँफे लेकमा राखिएको रेडियो लिकंबीचको मोवाईल तरंगमा बिच्छेद भएको र विग्रीएका दुवै उपकरण नेपालगञ्ज देखि जुम्ला पु¥याईए पनि लेकमा हिउँ धेरै रहेकाले प्राविधक जान नसकिने बताएको नेपाल टेलिकम मुगु शाखाले जनाएको छ । हिउँ धेरै भएकाले अब आईतवारसम्म मात्र प्राविधक रेडियो लिकं राखिएको डाँफे लेकमा पुग्ने बताईएको छ । जिल्लामा एडिएसएल सेवा अवरुद्ध भएपछि सरकारी तथा गैर सरकारी कार्यालयका दैनिक कार्य सम्पादनमा समेत बाधा पुगेको छ । मंगलबार देखि नै जिल्लामा कार्यरत सञ्चारकर्मीले समाचार सामाग्री आफ्ना सञ्चार माध्यममा पठाउन पाएका छैनन ।
मुगु न्युज डट कम--------------------
माघ ४ मुगु-------------------
जिल्लाको समग्र विकासका लागि निर्माण हुने आवधिक योजनाका लागि प्रारम्भिक चरणमा संकलन गरिएको सुचना र तथ्याकं प्रस्तुती गरि सुझाव संकलन कार्य सुरु गरिएको छ ।
आईतवार जिल्ला विकास समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला विकास रणनिती अनुसार बन्न लागेको आवधिक योजनाका प्रारम्भिक तथ्याकंहरु अधुरा र अस्पष्ट भएकाले यर्थात तथ्याकं संकलन गरिनु पर्ने सहभागिले सुझाव दिएका छन । जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय , रारा राष्ट्रिय निकुञ्ज कार्यालयबाट तथ्याकं आउन नसक्दा समस्या परेको आवधिक योजना निर्माणका लागि सहजीकरण गरिरहेका गाविस महासंघ केन्द्रीय समितिका सहजकर्ता सुरेन्द्र वाग्लेले बताए । जिल्ला स्वास्थ्य कार्यालयबाट जिल्लाको पोषणको अवस्था प्रसुति चेक जाँच र दक्ष स्वास्थ्यकर्मिबाट स्वास्थ्य संस्थामा प्रसुति गराउने गर्भवति महिलाको तथ्याकं समेत नआए पछि कार्यक्रमका सहभाागिहरुले विषयगत कार्यालयहरुले नै आ आफनो कार्यालयको तथ्याकं प्रस्तुती गर्नु पर्ने बताएका छन ।
सरकारी कार्यालयले कार्यालयमा राख्ने र आवधिक योजनाका लागि प्रारम्भीक चरणमा दिएको तथ्याकं गैर जिम्मेवार पुर्ण तरिकाले दिएका र यसले आवधिक योजना राम्रो नबने हुँदा तत्काल सवै तथ्याकं यर्थात उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सम्बन्धित कार्यालयलाई निर्देशन दिए । विगतमा हतार हतार योजना निर्माण गरि कार्यान्वयन गर्न खोज्दा जिल्लाको विकास हुन नसकेको अवस्थामा अहिले पनि आवधिक योजना निर्माण गर्न सुरुमा नै गलत तथ्याकं ल्याउदा प्रभावकारी हुन नसक्ने नेपाली काँग्रेसका सभापति ऐनबहादुर शाहीले बताए । जिल्लामा विकास गर्ने भन्दा विकास खाने प्रवृत्ती हावी भएकाले अव बन्ने जिल्ला विकास आवधिक योजनाका लागि विषयगत र क्षेत्रगत रुपमा गम्भीर छलफलहरु हुनु पर्ने शाहीले बताए । आवधिक योजनाका लागि संकलन गरिएका तथ्याकं र त्यसको प्रस्तुती विकल्प सहित हुनु पर्ने नेकपा एमालेका सचिव जितबहादुर मल्लले बताए । आवधिक योजनालाई आधार मानेर नै बार्षिक जिल्ला विकास योजना निर्माण हुने भएकाले यस कार्यलाई सबै क्षेत्र र तहबाट सहयोग हुनु पर्ने स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालको भनाई थियो । आईतवार गरिएको तथ्याकं प्रस्तुतीमा सबै भन्दा बढि शिक्षा र स्वास्थ्यसंग सम्बन्धित तथ्याकंमा दोहोरो पन र त्रुटि देखिएको छ ।
यो योजनाको प्रारम्भिक चरणमा केही त्रुटी भए पनि यस पछिका कार्यक्रमहरुमा त्रुटी सच्याउदै छुट भएका विषयवस्तु समेट्दै जान् र नियमित रुपमा सरोकारवाला निकायबीच निरन्तर अन्तरक्रिया सञ्चालन गरिने जिल्ला विकास समितिका सामाजिक सुरक्षा अधिकृत हिरा भामले जानकारी दिए ।
मुगु न्युज डट कम----------------------------
पौष २९ मुगु --------------------
नेपाल शिक्षक युनियनले राट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गोविन्द पोखरेललाई विभिन्न पाँच बुदे माग प्रस्तुत गरेको छ ।
सोमबार भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधी सहितको टोलीमा कर्णाली करिडोर अनुगमनका क्रममा जिल्ला सदरमुकाम गमगढीमा पुगेका उपाध्यक्षलाई प्रस्तुत गरिएको माग पत्रमा कर्णाली अञ्चलका विभिन्न जिल्लामा बाहिरबाट आएर शिक्षक पेशामा सेवारत शिक्षकहरुको लगत संकलन गरिनु पर्ने , ति शिक्षकहरुको घर पायक रहेका विद्यालय विशेष दरबन्दि सृजना गरि सरुवा पदस्थापना गर्नु पर्ने र खाली हुन आएका कर्णालीका शिक्षक दरबन्दिमा कर्णाली अञ्चलका वेरोजगारहरुलाई प्राथामिकता दिने व्यवस्था मिलाउन विषेश पहल गरि दिन माग गरिएको छ ।
युनियनका अध्यक्ष लोकेन्द्रबहादुर मल्लद्धारा हस्ताक्षरित माग पत्रमा सुगम जिल्लाहरुमा विशेष दरबन्दि सृजना गरि सरुवा पदस्थापना गर्दा त्यहाँका विद्यालयलाई कुनै मर्का नपर्ने र यस प्रक्रिया अपनाउदा सुगमका विद्यालयहरुमा आर्थिक चलखेल र अन्य अनियमितता अन्त्य हुन सक्ने उल्लेख छ । विशेष दरबन्दिमा सरुवा भई जाने शिक्षक शिक्षिकाहरुको उमेरको हदबन्दिले स्वत दरबन्दि समाप्त हुने व्यवस्था मिलाउन पनि माग पत्रमा उल्लेख छ । माग पत्र बुझिसके पछि उपाध्यक्ष पोखरेलले प्रस्तुत गरिएका मागलाई अब बन्ने शिक्षा नितीमा समावेश गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएको नेपाल शिक्षक युनियन मुगुले जनाएको छ ।
मनिराज पाण्डे------------
पौष २८ कालिकोट--------------
खुलालु–हिल्सा सडक खण्डलाई राजमार्ग संग जोड्न कर्णाली नदीमा पक्कीपुल निर्माणका लागि सोमबार सिलान्यास भएको छ ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधिले पक्कीपुल निर्माणका लागि शिलान्यास गर्नु भएको हो ।
भर्ताको कालेखोला देखि लालुको खुलालु जोड्ने उक्त पुलको शिलान्यास कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोख्रेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, कर्णाली अञ्चलबाट निर्वाचित संविधान सभा सदस्य सहित २१ जनाको टोली नेपाली सेनाको हेलिकप्टरमा कालिकोटको खुलालु आएको हो ।
पुलको निर्माण कार्य एक बर्ष भित्र सम्पन्न हुने मन्त्री निधिले बताए । १२ करोड २८ लाख ८४ हजार २ सय ८५ रुपैयाको लागतमा निर्माण हुन लागेको पुल ७४ दशमलव ८८ मिटर लामो हुने छ ।
पुल निर्माणको जिम्मा कन्काई नेपाल प्रगतिजेवि काठ्माण्डौले लिएको छ । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्रि निधिले कर्नालीको मुल द्धारको रुपमा रहेको खुलालु–हिल्सा सडक खण्डमा उक्त पुलको सिलान्यास गर्ने अवसर मिलेकोमा खुसी ब्यक्त गरे ।
कर्णालीको समग्र विकासको लागि आफु र आफ्नो मन्त्रलयबाट हुन सक्ने सहयोग निरन्तर गरिरहने मन्त्री निधिले बताए ।
कर्णालीका सम्पदाको प्रयोग गर्न सके कर्णाली नेपालकै समृद्ध क्षेत्र बन्न सक्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्द्र पोख्रेलले बताए । तिला र कर्नालीको हाइडोपावर निकाल्न सकेमात्र कालिकोटमा आर्थिक श्रोत बृद्धिहुने पोख्रेलले भनाई छ ।
पुल निर्माण पछि कालिकोटका १७ वटा गाविस र बाजुरा, हुम्ला, मुगुका अधिकांस ठाउँहरुमा एकै साथ सडक विस्तार हुने यहाँका सबिधान सभा सदस्य सभासद महेन्द्र शाही (प्रजोलले) बताए ।
खुलालु हिल्सा खण्ड निर्माण कार्य समयमै सम्पन्न गर्न नेपाली सेनालाई जिम्मा दिईएको छ ।
मुगु न्युज डटकम-----------------
पौष २८ मुगु-------------------
भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधीले माघ ८ गते संविधान जारी नभए पनि केहि समय लम्ब्याएर भए पनिन नेपालको नयाँ संविधान जारी हुने बताएका छन ।
कर्णाली करिडोरको अनुगमन गर्न नेपाली सेनाको एम आई १७ वन भि हेलिकप्टरमा २३ जनाको जम्बो टोली सहित अपरान्ह गमगढी स्थित महाकाली उच्च माविको चौरमा ओर्लेका निधीले माघ ८ गते निर्धारित गरिएको नयाँ संविधान जारी गर्ने सहमति कायम हुन नसके समयमा संंविधान जारी हुने संभावना समेत न्युन रहेकाले त्यसको समय सिमा लम्बिन सक्ने बताए । अहिले संविधान जारी गर्ने कुरा भन्दा कर्णाली करिडोरको अनुगमन र करिडोरको कालिकोट खण्डमा पर्ने खुलालुमा निर्माण हुन लागेको पुलको शिलान्याश गर्नु पहिलो लक्ष्य भएको समेत बताए । अनुगमन टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गोविन्द्र पोखरेल, सडक विभागका महा निर्देशक , भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौला, कर्णाली अञ्चलका पाँच वटै जिल्लाका सभासद लगायत २३ जनाको सहभागिता रहेको थियो । सोमबार विहान काठमाण्डौ देखि नेपाल गञ्ज, नेपालगञ्ज देखि कालिकोट हुँदै हुम्ला सदरमुका पुगेर रारामा खाना खाएको मन्त्रिको टोली गमगढी पुगेर पौने पाँच बजे सुर्खेत उडेको थियो ।
काँग्रेस कार्यकर्ताले घेरिए पछि मन्त्री निधीले भिडमा के बोले के भने भन्ने कुरा कसैलाई थाहा भएन । दिउसो एक बजे गमगढी पुग्ने मन्त्रीको कार्य तालीका अनुसार सबै सरकारी कार्यालयको अनुगमन गरिने भन्दै जिल्ला विकास समितिको सभा हल सजाईएको थियो भने काँग्रेसले जिल्ला प्राविधिक कार्यालयको मैदानमा मञ्च तयारी गरे पनि हुम्ला सदरमुकाम देखि दुई बजे मात्र रारा पुगेका थिए । रारामा एक घण्टा बिताएर सवा चार बजे गमगढी पुगेका मन्त्री निधीले सुर्खेत कालिकोट मुगु हुँदै हुम्ला सिमीकोट र हिल्सासम्मको कर्णाली करिडोर निर्माण कार्य तिब्र गतिमा अघि बढ्ने र त्यसको जिम्मा नेपाली सेनालाई दिईएको बताए । उनले कर्णाली अञ्चलका सबै जिल्ला सदरमुकामबीच सडक सञ्जाल जोड्ने , कर्णाली राजमार्गको स्तरोन्नती तत्काल गरिने र मुगु सदरमुकाम देखि तिब्बत जोड्ने नाक्चे लाग्नासम्मको ८२ किलो मिटर सडकको निर्माण कार्यलाई पहिलो प्राथामिकता दिने बताए । निधीले कर्णाली करिडोर अन्र्तगत पर्ने कालीकोटको खुलालुमा निर्माण हुन लागेको ७५ मिटर लम्बाई रहेको पुलको शिलान्यास समेत गरेका छन । २०७२ असार मसान्त सम्म निर्माण कार्य पुरा हुने यो पुलको लागत १२ करोड २८ लाख रहेको छ भने निर्माण कार्यको जिम्मा नेपाली सेनाले लिएको छ ।
मुगु न्युज डट कम---------
पौष २२ मुगु-----------------
नेपाल सरकारले आमा र नवजात शिशुका लागि मातृ शिशु स्याहार कार्यक्रम सञ्चालन गरिरहेको भए पनि मुगुमा भने स्वास्थ्य संस्थामा पुगेर प्रसुति सेवा लिने गर्भवती महिलाको संख्या २५ प्रतिशत मात्र रहेको पाईएको छ ।
गएको हप्ता जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा सदरमुकाम गमगढी देखि ढेढ घण्टा टाढा रहेको पिना गाविसको स्वास्थ्य चौकि र प्रसुति सेवा तथा पोषणका विषयमा गरिएको संयुक्त अनुगमनले त्यस्तो देखाएको हो । जिल्ला भरिकै नमुना स्वास्थ्य चौकि र प्रसुति गृहका रुपमा गनिएको पिना स्वास्थ्य चौकि र प्रसुति गृहको तथ्याकंले जिल्ला भरिकै अवस्था देखाएको अनुगमनमा सहभागिले बताए । स्वास्थ्य चौकिमा पुगेका २० जना आमाहरु मध्य १४ जनाले आफ्नै घरमा सुत्केरी भएको बताए । गाविसमा प्रसुती गृह भए पनि दुर्गमताका कारण प्रसुति गृहमा पुग्न नसकेको वडा नम्बर १ घुईर गाउँकी धनलक्ष्मी रावलले बताईन । कहिलेकाँही राती व्यथा लाग्छ प्रसुती गृह टाढा हुन्छ त्यस कारण पनि हामीले घरमा नै सुत्केरी हुनु पर्छ रावलको भनाई छ । स्वास्थ्य चौकि रहेकै गाउँ पिनाका महिलाहरु प्नि घरमा नै सुत्केरी हुने गरेका छन । गाउँमा प्रसुति गृह भए पनि व्यथा लाग्दा स्वास्थ्य संस्था जाउ भन्ने मान्छे भएनन म आफै जान सकिन घरमा नै सुत्केरी भएँ पिना गाउँकी छिता शाहीले बताईन ।
सरकारले सुरक्षित सुत्केरी गराउन हरेक गाविसमा स्वास्थ्य चौकि र पायक पर्ने स्थानमा जिल्ला भरिमा ९ वटा प्रसुति गृह स्थापना गरि दिए पनि गर्भवती महिलाको पहुँच पुग्न नसकेको देखिएकाले अविलम्ब सरकारी सेवा प्रदान गर्न गर्भवती महिला र तिनका परिवार लक्ष्यीत गरि जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिककारी शम्भुप्रसाद रेग्मीले बताए । सदरमुकाममा नै ७५ प्रतिशत गर्भवती महिला घरमा सुत्केरी हुने गरेको स्वीकार गर्दै जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव पशुराम नेपालीले सवैको पहुँच प्रसुति गृहसम्म विस्तार गर्न जनचेतना मुलक कार्यक्रमलाई पहिलो प्राथामिकता दिईनु पर्ने बताए ।
मुगु न्युज डट कम---------------------
पौष १६ मुगु --------------------
बैद्यले नेतृत्व गरेको नेकपा माओवादीबाट अलगिएर नेत्र विक्रम चन्द विप्लवले नेकपा माओवादी गठन गरे पछि मुगुमा भने १६ जना विप्लव पक्षमा गएका छन ।
मदनबहादुर रोकायाको संयोजकत्वमा विप्लव समुहको नेकपा माओवादीको १६ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ । सेक्रेटरीमा रंगविर परियार र सह सेक्रेटरीमा सिदान्त सावत रहेका छन । एकिकृत माओवादीबाट वैद्य अलग हुँदा जिल्लाको शक्तिशाली धार नेकपा माओवादीमा प्रवेश गरेको थियो । अहिले विप्लब अलगिदा ६५ सदस्यीय जिल्ला कमिटीबाट १६ जनामात्र गएका छन । नेकपा माओवादीका केन्द्रीय सदस्य मंगलबहादुर शाही , जिल्ला सेक्रेटरी विर्खबहादुर थापा, संविधान सभाका सभासद समेत बनेका नवराज धामी लगायतका नेताहरु भने वैद्य पक्षमा नै बसेका छन । अहिले जिल्ला स्तरका केही नेताहरु खुलेर विप्लव पक्षमा नगए पनि उनिहरुले मौन सर्मथन जनाएका र भुमिगत हुनु पर्ने अवस्था आए सहभागि हुने तयारी गरिरहेको स्रोतले बताएको छ ।
भुमिगत भएर सशस्त्र आन्दोलनमा जान सकिने विप्लव पक्षको भनाई आएपछि एकिकृत नेकपा माओवादीका धेरै जिल्ला स्तरिय नेता कार्यकर्ताहरु पनि विप्लव पक्षमा आउने तयारी गरिरहेका स्रोतको भनाई छ । विप्लव पक्षिय माओवादीले कार्य समितिको नाम सार्वजनिक नगरे पनि स्रोतका अनुसार सदस्यहरुमा लालु धामी, अदानसिंह कार्की, मदन परियार, दानसिंह परियार, अडिक बुढा, नौला सिंह विक, झिमबहादुर भण्डारी, केवल मल्ल,दानबहादुर शाही, शेरबहादुर शाही र हिमाल विक रहेका छन । एकिकृत माओवादी र अहिले बैद्य पक्षमा रहेका जिल्ला स्तरिय नेताले विप्लव पक्षिय माओवादीमा आउने आश्वासन दिएका कारण जिल्ला कमिटीको नाम सार्वजनिक गर्न ढिलाई भईरहेको र अबको केही दिनमा नै सार्वजनिक गरिने स्रोतको भनाई छ । अहिले विप्लव पक्षसंग गएका केवल मल्ल, हिमाल विक,झिमबहादुर भण्डारी, नौलासिंह विक,अडिक बुढा,कालिबहादुर रावल केन्द्रीय सदस्य मंगलबहादुर शाहीका अति निकट र विश्वास पात्रका रुपमा चिनिएका थिए ।
मुगु न्युज डटकम-----------------------
मुगु पौष १५ -----------------------
बैक तथा वित्तिय संस्था भनेका नागरिको नगद बचत गर्ने सुरक्षित क्षेत्र मानिन्छ तर राष्ट्रिय बाणिज्य बैंक मुगु शाखाबाट नागरिकको बैक खाताबाट बैंक कर्मचारीको मिलेमतोमा रकम चोरी भएको खुलासा भएको छ ।
राष्ट्रिय बाणिज्य बैक मुगु शाखाका लेखापाल शिवलक्ष्मी थापाको मिलेमतोमा नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक बिक्रम बहादुर शाहीले आफ्नै विद्यालयका शिक्षक र अन्य सर्वसाधारणको बैकमा रहेको खाताबाट बेला बेला लाखौ रकम झिकेको पाईएको छ । शाहीले आफ्नै विद्यालयका शिक्षक हंशजंग शाहको राष्ट्रिय बाणिज्य बैकमा रहेको खाता नम्बर ७६१२ बाट०७१ असोज २४ गते १८ हजार रकम झिकेका थिए । सोही विद्यालयका अर्का शिक्षक खडक बहादुर बुढाको खाता नम्बर ४०६०००९२०११० बाट असोज १३ गते शाहीले २५ हजार ५ सय रकम झिकेको बैक अभिलेखमा उल्लेख छ । यि दुवै जनाले विद्यालयको अर्ध वार्षिक परिक्षा सकेर सदरमुकाममा आई आफ्नो बैक खाताबाट रकम झिक्न खोज्दा रकम चोरी भएको थाहा पाएको शाह र बुढाले बताए ।
प्रधानाध्यापक शाहीले आफ्नै विद्यालयमा कार्यरत शिक्षकसंगै गमगढी बजारमा आर्ट व्यवसाय सञ्चालन गर्दै आईरहेका भिई गाविसका प्रदिप बुढाको बैक खाता नम्बर ६९०३। १० बाट कार्तिक ४ गते २० हजार रकम झिकेका थिए । आफ्ना बुवा विरामी भए पछि उपचार गर्न रकम झिक्न जाँदा आफुले काटेको चेकमा उल्लेख भएको रकम बैकले छैन भन्दा पौष ४ गते बैंक स्टेटमेन्ट मागेर हेर्दा विक्रम शाहीले २० हजार रकम झिकेको थाहा पाएको प्रदिपले बताए । शाहीले यसरी आफ्नो खाताबाट बैक कर्मचारीको मिलेमतोमा किर्ते गरि रकम चोरी गरेको थाहा पाए पछि पिडीत तीनै जनाले राष्ट्रिय बाणिज्य ब्रकमा आवश्यक कार्वाही र रकम अशुली गरिदिन निवेदन दिएका छन । शाहीले अघिल्लो वर्ष आफना विद्यालयका शिक्षकहरुको एक एक महिनाको तलब समेत खाई दिएको शिक्षकहरुले बताएका छन । शाहीले विद्यालय नगई सदरमुकाम स्थित आफ्नै घरमा विद्यालय प्रशासन सम्पर्क कार्यालय खोलेका र विद्यालयमा धेरै अनियमितता गर्दा वेला वेला शिक्षा कार्यालयमा मुर्मा गाउँका सर्व साधरण डेलिगेशनमा आउदा शाहीले केटा लगाएर गाउँलेलाई कुटाउन खोजेको पनि शिक्षकको भनाई छ । त्यस्तै गुरु मावि भिईका शिक्षक उमेर बुमीले विद्यालयको बैक खाताबाट दुई लाख ५८ हजार बैंक कर्मचारी शिवलक्ष्मी थापाकै मिले मतोमा रकम झिकेका थिए । त्यस्तै ०७१ वैशाख पाँच गते गरिवी निवारण कोष अन्र्तगत जन कल्याण ग्रामीण विकास तथा अनुसन्धान विकास केन्द्र मार्फत फोतु गाविसको लिब्रु लघु जल विद्युत आयोजना निर्माण समितिको पैसा पनि चोरी भएको पाईएको छ । निर्माण समितिको बैंक खाता नम्बर २९२८ बाट १४ लाख ५० हजार रकम गायब भएको र समयमा काम नभए पछि गरिवी निवारण कोषले बैक खाता रोक्क गरिएको थियो । समुहका मान्छेहरुले विद्युत सामाग्री ढुवानी गर्न भन्दै पैसा झिक्न बैंक पुग्दा रकम गायब भएको थाहा पाएका स्थानीय प्रेम बहादुर शाहीले बताए । तर रकम कसले झिकेको पत्ता लगाउन नसकेको र अहिले खोजी भईरहेको शाहीले बताए । अर्काको बैक खाता नम्बर पत्ता लगाएर बैक कर्मचारीको मिलेमतोमा विक्रम शाहीले अर्जेन्ट एक प्रति चेक मागेर किर्ते हस्ताक्षर गरि रकम झिकेको बताईएको छ । बैक खाताबाट नागरिकको व्यक्तिगत खातामा रहेको रकम चोरी भएको जानकारी आएपछि बाणिज्य बैकलाई नियम अनुसार दोषीलाई कारवाही गर्न बाणिज्य बैंक र जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिई सकेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
हाम्रै कर्मचारीले आर्थिक प्रलोभनमा परि अरुको बैक खाताको रकम किर्ते गरि झिक्न सहयोग गरेका रहेछन अहिले हामीले रकम चोरीमा संलग्न बैक कर्मचारी शिवलक्ष्मी थापालाई निलम्बन गरिसकेका छौ । रकम किर्ते गरि झिक्नेलाई कार्वाहीको प्रक्रिया समेत अगाढी बढाई सकेका छौ , राष्ट्रिय बाणिज्य बैक लिमिटेड मुगुका प्रबन्धक गान्धीराज विसीले बताए ।
सरकारी स्वामित्वमा रहेको बाणिज्य बैकबाट आफनो खाताबाट रकम चोरी भए पछि बैंक प्रतिको विश्वास हराएको र आफुले रकम सहकारीमा जम्मा गर्ने तयारी गरिरहेको पिडीत प्रदिप बुढाले बताए ।
मुगु न्युज डट कम------------
पौष १२ मुगु----------------
जिल्लाको सरकारी विद्यालयको शैक्षिक स्तर दिन प्रति दिन खस्किएको भन्ने बहस सदरमुकाममा बेला वेला बहस हुने गरे पनि बहसले कुनै सुधार ल्याउन सकेको छैन ।
कहिले अभिभावक , कहिले व्यवस्थापन समिति, कहिले शिक्षक त कहिले विद्यार्थीको कमजोरी भन्दै हरेक चोटी जिल्लाको शैक्षिक अवस्था सुधार गर्नु पर्नेमा आवाज उठ्छ तर कार्यान्वयनको तहमा पुगेको पाईदैन । सरकारको ढुकुटीबाट तलव भत्ता लगायतका सुविधा उपभोग गरेर शिक्षक हौ भन्दै हिड्ने समाजका दोस्रो गुरु मानिएका शिक्षकले हदैसम्मको कार्य गर्दा पनि सरोकारवाला निकाय वोल्न सकिरहेका छैनन । यसको उदाहरण हो सदरमुकाम गमगढी देखि २१ कोष टाढा रहेको धैनकोट गाविसको वडा नम्बर २ दई गाउँमा रहेको हिमालय प्रावि दई । पौष ९ गते विद्यालयमा न त प्रधाना ध्यापक धनमानसिंह मल्ल थिए नत अर्का शिक्षक विष्णु कुमार तिवारी । त्यहाँ शिक्षिका रत्नमाया तिवारी र बाल विकास केन्द्रकी सहयोगी कार्यकर्ता सत्यदेवी जैसी थिए । विद्यार्थीहरु चौरमा खेलिरहेका थिए । पचास जना विद्यार्थी रहेको यो विद्यालयका प्रधानाध्यापक मल्ल तालीमका लागि सदरमुकाममा गएका रहेछन । एउटा गैर सरकारी संस्थाले पौष २ गते देखि पाँच दिनका लागि तालीम आयोजना गरे पछि मल्लले हाजिरी किताबमा कुनै विवरण उल्लेख नगरि मंसिर अन्तिम साता नै विद्यालयबाट हिडे पनि हालसम्म उनि फर्केका छैनन ।
अर्का शिक्षक विष्णुकुमार तिवारी सोही दिन छिमेकी गाउँ धैनमा घरको छतमा स्थानीयवासीहरु सित तासमा व्यस्त रहेका थिए भने उनले त्यस दिनको हाजिरी समेत गरेका थिएनन । उता विद्यालयमा भने विद्यार्थीहरु खेल मैदानमा खेलिरहेका थिए । उनले यसरी विद्यालयमा नपढाई अन्यत्रै समय व्यतित गर्न थालेपछि यस अघि उनलाई प्रअबाट हटाएर अस्थायी दरबन्दिका रुपमा कार्यरत धनमानसिंह मल्ललाई प्रअ बनाईएको स्थानीयवासीले जानकारी दिए । अहिले पनि तिवारी विद्यालय भन्दा अन्य काम र गाउँमा नै व्यस्त हुने गरेका रहेछन । विद्यालयमा कार्यरत तिवारीकी श्रीमती रत्नमायाले धैनमा बाल क्लबहरुको बैंठक भएकाले दुईजना विद्यार्थी लिएर धैन गएको बताईन । तर धैनमा कुनै तालीम थिएन भने उनि तास खेलिरहेका स्थानीयवासीसंग व्यस्त देखिन्थे ।
अहिले त्यस क्षेत्र हेर्ने जिम्मा पाएका स्रोत केन्द्र कालैका स्रोत व्यक्ति बद्रिनाथ ढुंगाना त्यस तर्फ गई सकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यालयमा शिक्षकलाई नियमित गराउने , नियमित नभए कार्वाहीको प्रक्रिया चलाउने, हाजिरी प्रमाणित गर्ने नगर्ने सबै अधिकार विद्यालय व्यवस्थापन समितिको भए पनि समितिले केहि बोल्न नसक्दा यस्तो अवस्था आएको जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी ललितजंग मल्लले बताए । व्यवस्थापन समितिले शिक्षक विद्यालय नबसे पनि हाजिर प्रमाणित गरेर पठाई दिन्छ हामीले केही गर्न नै सक्दैनौ मल्लले भने ।
मुगु न्युज डट कम----------------------------
मंसिर १० मुगु-----------------------
नेपाल विद्युत प्राधिकरण गमगाढ साना जल विद्युत वितरण केन्द्रका एक कर्मचारीले विरामी पर्दा विरामी विदा समेत नपाएर ज्यान गुमाएको रहस्य खुलेको छ ।
वितरण केन्द्रका कार्यालय सहयोगि परेकलाल बुढाले दशै तिहारमा आफ्नो घर जुम्ला गएका र लामो समय घरमा नै बसेको भन्दै वितरण केन्द्रका प्रमुख अमित गौतमले विदा स्वीकृत गर्न नमाने पछि दम रुगा खोकि र निमोनियाँले थला परेका बुढाको उपचारका लागि जिल्ला अस्पताल मुगुमा लिएको पछिल्लो दिन मंसिर २ गते मृत्यु भएको वितरण केन्द्र स्रोतले नाम नछाप्ने सर्तमा नागरिकलाई जानकारी दिएको छ । कार्यालय प्रमुख गौतमले दशै तिहारमा वितरण केन्द्रमा नबसेको भन्दै मृतक बुढाले पटक पटक विरामी भएकाले तलब र विरामी विदा दिन अनुरोध गर्दा पनि विदा स्वीकृत नगरेको स्रोतले बतायो । अन्य कर्मचारीहरुलाई समेत गौतमले आफु नेपालगञ्जको डन हुँ मलाई कसले के गर्न सक्छ , कसैले केहि गरे नेपालगञ्ज झर्दा देखाई दिन्छुसम्म भन्ने गरेको कर्मचारीको भनाई छ । मृतक बुढाले विद्युत उत्पादन गृहमा रेख देख गर्दै आईरहेका र चिसो अध्याधिक हुँदा निमोनियाँले धेरै च्यापेपछि मात्र कार्यालय प्रमुख गौतमले जिल्ला अस्पताल लैजान अरु कर्मचारीलाई आदेश दिएको स्रोतको भनाई छ ।
दशैमा कार्यालय बस्ने बुढाको पालो भए पनि कार्यालयमा नबसेर चालिस दिनसम्म उपस्थित नभएको तथा एक हप्ताको विदा मात्र आफुले स्वीकृत गर्न मिल्ने हुँदा बुढालाई विद्युत प्राधिकरण क्षेत्रिय कार्यालयबाट कार्यालय प्रमुखको सिफारिसमा विरामी विदा स्वीकृत गराउन भने पनि बुढाले नगरेको कार्यालय प्रमुख गौतमले बताए । कर्मचारीलाई समस्या पर्दा वा विरामी पर्दा नेपाल विद्युत प्राधिकरणले सापटी समेत दिने गरेको छ । उनलाई सापटी रकम दिने पत्र जिल्ला पुगे पनि ड्राफ्ट आउन नसकेकाले रकम दिन नसकिएको गौतमले बताए । मलाई पनि नेपाल विद्युत प्राधिकरण काठमाण्डौबाट समेत बुढाले विदा नपाएर ज्यान गएको भन्ने कुरा आएको थियो ,मैले सबै झुटो हो भने तपाईले पनि त्यहि सोध्नु भयो बेकारको हल्ला मात्र हो हल्ला पछि नलाग्नुस पत्रकार ज्यु टेलिफोनमा उनले भने । अहिले वितरण केन्द्रका कर्मचारीहरु र बजारमा कार्यालय प्रमुखका कारण आफ्नै कर्मचारीको ज्यान गएको भन्ने चर्चा चलिरहेको छ । सुरुमा नै विरामी विदा माग्दा कार्यालय प्रमुखले विदा स्वीकृत गरि दिएको भए बुढाको ज्यान जाँदैन थियो । एक कर्मचारीले भने । हामीले विदा स्वीकृत गरिदिनु प¥यो पनि भन्यौं तर हाकिम साब उल्टै हामीसंग रिसाउनु भयो उनको भनाई थियो ।
मुगु न्युज डट कम
म्fसिर ६ मुगु
सुर्खेत देखि मुगु सदरमुकाम गमगढीसम्म व्यापारिक सामान पु¥याएर फर्किने क्रममा गमगढी नजिकै रहेको नेपाली सेनाको सुरक्षा पोष्ट नजिक सडकमा शनिवार वेलुकी मालपाहक गाडी पल्टिदा चार जना घाईते भएका छन ।
घाईते हुनेमा किम्री गाविस वडा नम्बर ४ का ६० वर्षिय छापालुंगे लामा, पिना गाविस वडा नम्बर ४ झ्यारी गाउँकी बेल्की भाम, सोही गाउँका २० वर्षीय मक्क भाम र पिना गाविस वडा नम्बर ९ का नबेन्द्र शाही रहेका छन । घाईते चार जना मध्य लामा र बेल्की भाम गम्भीर छन भने अन्य दुई जना सामान्य रहेको बताईएको छ । घाईतेको जिल्ला अस्पताल मुगुमा उपचार भईरहेको बताईएको छ । लामा बाहेक अन्य तीन जना किनमेलका लागि सदरमुकाम आएका र घर फर्कने क्रममा मालवाहक गाडी चढेर जान लागेका थिए । हिडेर दुई घण्टा लाग्ने र गाडीमा आधा घण्टा लाग्ने भएकाले उनिहरुले गाढी चढेर घर फर्किन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ग १ ख ४३५६नम्बरको मालबाहक गाडी सडकमा पल्टिए लगत्तै चालक र सह चालक फरार रहेको प्रहरीले जनाएको छ ।
मुगु न्युज डट कम...............
मंसिर ६ मुगु-----------------------
जिल्लाका २४ वटा गाविस मध्य जिल्लाको पश्चिम खत्याड भेक स्थित खमाले गाविसलाई वाल विवाह मुक्त गाविस घोषणा गर्न लागिएको छ ।
सेभ द चिल्डेनको आर्थिक सहयोग तथा किर्डाक नेपाल मुगुको प्राविधिक सहयोगमा तीन वर्ष देखि सञ्चालन भएको सुरक्षित समुदाय कार्यक्रम पछि गााविसलाई बाल विवाह मुक्त गाविस घोषणा गर्न लागिएको किर्डाक नेपाल मुगुले जनाएको छ । जोखिममा परेका बालबालिका तथा अन्य सवै बबालबालिकाहरुका लागि गाविससंगको समन्वयमा बबबाल संरक्षण कार्यक्रम सञ्चालन गरिएको बाल संरक्षण कार्यक्रमका संयोजक डबल रोकायाले जानकारी दिए । तिन वर्षसम्म गाविसमा वाल विवाह विरुद्ध विभिन्न खालका जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको थियो । गाविस भरिका नौ वटै वडाहरुमा बाल क्लबहरु गठन गरेर उनिहरुका माध्यमले नै सचेतना कार्यक्रम सञ्चालन गरिएको रोकायाले जानकारी दिए । बाल बालिकाहरुलाई जनचेतना प्रदान गर्नुका साथै अभिभावकहरुलाई समेत बेला बेला सचेतना मुलक कार्यक्रम प्रदान गरे पछि तीन बर्ष पछि बाल विवाह म’क्त गाविस घोषणा गर्न लागिएको किर्डाक नेपालले जनाएको छ । गाविसका नौ वटै वडाका सबै घर धुरीकको अनुगमन गरे पछि जिल्ला स्थित जिल्ला बाल कल्याण समिति ,सरकारी र गैर सरकारी निकाय, सरोकारवाला निकायसंग छलफल गरे पछि मंसिर दश गते बाल विवाह मुक्त गाविस घोषणा गर्ने निर्णय गरिएको बताईएको छ ।
जिल्लामा व्याप्त रहेको वाल विवाहलाई न्युनिकरण गर्न सरकारी तथा गैर सरकारी निकायबाट लाखौ खर्च गरेर विभिन्न कार्यक्रम सञ्चालन गरे पनि दिन प्रतिदिन वाल विवाह घट्नुको साटो झन बढ्दै गएका छन । जिल्लाका आठ गाविसलाई खुला दिसा मुक्त गाविस घोषणा गरे पछि अहिले ति गाविसको अवस्था पहिले जस्तै बनेको छ । खुला दिसामुक्त गाविस घोषणा गरेका गाविसमा अहिले चर्पी नै नभेटिए जस्तै बाल विवाह मुक्त गाविस घोषणा गरे पछि अवस्था उस्तै हुने होकि भन्ने चर्चा हुन थालेको छ ।
मुगु न्युज डट कम------------
कार्तिक १६ मुगु-----------
रारा ताल वरीपोरी रहेको बाटो ताल किनार नजिक रहेकाले प्रदुषण बढ्न सक्ने हुँदा किनार देखि दुई सय मिटर टाढा बाटो बनाउनु पर्ने वातावरण विदको सुझाव आईरहँदा हिजो आज रारा ताल किनारमा नै मोटर साईकल गुड्न थालेका छन ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई पशु वस्तु, दाउरा घाँस गर्दा शुल्क लिएर निश्चित अबधीका लागि अनुमति दिने गरे पनि कार्यालय अगाढी ताल किनारमा नै मोटर साईकल गुड्दा समेत केही बोलेको छैन । जलवायु परिवर्तनका कारण नेपालका हिमाली तथा पर्वतीय क्षेत्रमा नराम्रो प्रभाव पर्दै गएको भन्दै कार्तिक १३ र १४ गते रारामा राष्ट्रिय जलवायु सम्मेलन सम्पन्न भएको थियो ।
सम्मेलन चलिरहेका वेला देशका विभिन्न स्थानबाट आधा दर्जन मोटर साईकल सम्मेलन स्थल पुगेका थिए । निकुञ्ज भित्रको बाटो भएर हिड्दा हो हल्ला गर्न , सिटी बजाउन पाउने नियम छैन तर सम्मेलन सुरु हुनु भन्दा पहिले १२ गते साँझ हर्न बजाउदै ६ वटा मोटर साईकल निकुञ्ज कार्यालय अगाढी पुगेका थिए । ६ वटा मध्य तिनवटा शैनिक अधिकारिका थिए भने तीन वटा क्याम्पस पढ्ने रुपन्देहीका विद्यार्थीका थिए । बाटो पनि असजिलो रहेछ , मोटर साईकल ल्याउन नपाईने थाहा पाएको भए हामी ताल्च विमान स्थलमा नै मोटर साईकल राखेर आउथ्यौं एक विद्यार्थीले भने ।
निकुञ्जमा मोटर साईकल ल्याउन पाईदैन । हामी यता छौ मोटर साईकल चढेर मान्छे आईहाल्छन के गर्ने रोक्न नै सकिदैन रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कार्यालय प्रमुख भोगेन्द्र रायमाझिले भने । कार्यालयले निकुञ्ज भित्र हो हल्ला गर्न नपाउने, गाडी मोटर साईकल ल्याउन नपाउने , पशु वस्तु चरि चराउ गर्न समेत अनुमति लिनु पर्ने सार्वजनिक सुचना गरेको भए पनि कतिपयले नमानेको रायमाझिले बताए । यसो त गमगढी देखि रारा आउन जान घोडा चढेर जाने मान्छेले पनि निकुञ्ज कार्यालयको अनुमति लिनु पर्ने व्यवस्था छ । सम्मेलनमा सहभागि हुन गएका मुगु जिल्लाका श्रीनगर कार्कीवाडा गाविसका सर्व साधारणले रारा जान घोडा लिएका थिए । रारा पुग्दा निकुञ्ज कार्यालयले अनुमतिका कुनै कुरा उठाएन तर राराबाट फकिर्दा सदरमुकाम गमगढी देखि एक घण्टा टाढा रहेको निकुञ्ज सुरक्षार्थ खटिएको लामाचौर पोष्टको सेनाले घोडा रोकेको थियो भने घोडा चढेर आएका सर्व साधरणलाई निकुञ्जको अनुमति पत्र ल्याउन पुन रारा स्थित निकुञ्ज कार्यालय तर्फ फर्काएको कार्कीबाडा गाविस माथीतुम गाउँका दामोदर रोकायले बताए । उनले भने, ठुला वडाले घोडा चढेर आउदा केही नबोल्ने ,रारा ताल किनारमा मोटर साईकल आएको सेना र निकुञ्ज कार्यालयले देख्दैन तर सर्व साधारणले घोडा चढेर आवत जावत गर्दा अनुमति खोज्छ ।
१३ कात्तिक, मुगु । सरकारले कर्णाली अञ्चलमा जलवायु परिवर्तनबाट जोगिने उपायको अध्ययन गर्न ‘जलवायु परिवर्तन अनुकुलन अध्ययन केन्द्र’ स्थापना गर्ने भएको छ ।
मुगुको रारा तालको किनारामा बुधवारदेखि शुरु भएको जलवायु सम्मेलनका अवसरमा पोखरेलले यस्तो घोषणा गरेका हुन् ।
जलवायु परिवर्तनका कारण हिमाली जनजीवन खतरामा परेको र कर्णालीका जनताले थप संकट व्यहोर्ने अवस्था आएको भन्दै जलवायु अध्ययन केन्द्र स्थापना गर्न पहल थाल्ने उनले बताए ।
उपाध्यक्ष पोखरेलले भने- ‘कर्णालीको जनजीवनलाई मात्र होइन, हिमाली जीवन जोगाउन अब जलवायु परिवर्तनसँग अनुकुल हुने खालका खेतीपाती नगर्ने हो भने कणर्ालीको गरिबी अझै बढ्छ, हामीले कणर्ालीको विकासका नाममा जति खर्च गरे पनि केही हुँदैन ।’
कणर्ालीको विकासका लागि वैकल्पिक उर्जा, पर्यटन र अग्र्यार्निक कृषिबाहेक अरु कुराले जलवायु परिवर्तनका असरसँग लड्न नसकिने पोखरेलले बताए ।
कार्यक्रममा वातावरण तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले कर्णालीमा जलवायु अध्ययन केन्द्र स्थापना गरेर नेपालको सम्पूर्ण हिमाली जनजीवन जोगाउन सरकारले सघाउने बताए ।
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक र वातावरण मन्त्रालयको संयुक्त आयोजनामा ‘स्वर्गकी अप्सरा’ भनेर चिनिने सुन्दर रारा तालको किनारामा २ दिनसम्म चल्ने जलवायु सम्मेलनको उद्घाटन राराको माटो छोएर गरिएको थियो ।
सम्मेलनमा प्राध्यापक डा.पिताम्बर शर्माले कार्यपत्र प्रस्तुत गर्दै नखाएको विष लाग्दैन भन्ने नेपाली उखानलाई जलवायु परिवर्तनले उल्ट्याएको बताए ।
शर्माले भने ‘कार्वन उत्सर्जन गरेर जलवायु परिवर्तन गर्ने ठूला र विकसित राष्ट्रले गरेको अपराधको सजायँ हामीले भोग्नुपरेको छ । हामीले नखाएको विष लागेको छ ।’
डा. शर्माले इतिहासमा गौरवशाली मानव सभ्यताको थलो कर्णाली र हिमाली क्षेत्र वर्तमानमा उपेक्षित र जलवायु परिवर्तनका कारण संकटमा परेको बताए । उनले जलवायु परिवर्तनबाट जोगिन हिमाली क्षेत्रमा वैकल्पिक उर्जा एवं जलवायु परिवर्तन अनुकुलका कृषि खेती थाल्नुपर्ने बताए ।
सम्मेलनमा हिमाली क्षेत्रबाट निर्वाचित करीव आधा दर्जन सभासदसहित विज्ञ र सञ्चारकर्मीहरुको सहभागिता छ ।
मुगु न्युज डट कम-----------
कार्तिक ४ मुगु-----------
जिल्लाका सोरुकोट, पुलु, श्रीकोट र हुम्लाको सर्केगाढ खाद्य डिपो मध्य मुगुको श्रीकोट बाहेक अन्य तिनवटा डिपोको २ हजार २ सय २१ दशमलब ८० क्वीन्टल खाद्यन्न ठेकेदारले ढुवानी गर्न नसकेपछि त्यहाँ स्थानीयवासीहरुले दशै तिहारमा समेत चामल पाउन सकेका छैनन ।
गएको आर्थिक वर्षमा सदरमुकाम स्थित खाद्य संस्थानको वितरण केन्द्रका लागि १२ हजार क्वीन्टल, पुर्वी करानको पुलु डिपोका लागि एक हजार नौ सय क्वीन्टल , सोरुकोट डिपोका लागि १९ सय क्वीन्टल र हुम्लाको सर्केगाड डिपोका लागि एक हजार क्वीन्टल खाद्यन्न कोटा निर्धारण गरिएको थियो । जिल्लाको पश्चिम खत्याड भेक स्थित श्रीकोट डिपोका लागि भने नेपाल खाद्य संस्थान सुर्खेतबाट खाद्यन्न ढुवानी हुने गरेको छ । गएको असार मसान्तसम्म पुलु डिपोको १९ सय क्वीन्टल मध्य १२ सय ३३ दशमलव ६० क्वीन्टल खाद्यन्न ढुवानी भएको थियो भने बाँकि खाद्यन्न ढुवानी हुन सकेन । त्यस्तै सोरुकोट डिपोकोे १९ सय क्वीन्टल मध्य ७ सय ८० दशमलव ३० क्वीन्टल र हुम्लाको सर्केगाड डिपोका लागि १ हजार क्वीन्टल मध्य ५ सय ६७ दशमलव ६० क्वीन्टल मात्र ढुवानी गरेको नेपाल खाद्य संस्थान शाखा कार्यालय मुगुले जनाएको छ ।
यता गाउमा जनताले आफुले पाउने खाद्यन्नको रकम नउठाए पछि आफुहरुले आर्थिक व्यय भार व्यहोरेर खाद्यन्न लिन नसकेको जनाएका छन । हामीले सबै खाद्यन्नको रकम आफै हालेर गाउँमा खाद्यन्न लिदा रकम उठन सक्दैन त्यसैले पहिले गाउलेहरुले जति रकम उठाउछन त्यतिको मात्र खाद्यन्न ढुवानी गरि दिन्छौ पुलु डिपोको खाद्यन्न ढुवानीको जिम्मा लिएका पालजोर लामाको भनाई रहेको छ ।
यता समयमा नै ठेकेदारले खाद्यन्न ढुवानी हुन नसक्दा ग्रामीण क्षेत्रमा जानु पर्ने खाद्यन्न नगए पछि ति क्षेत्रका स्थानीयवासीलाई दशै र तिहारमा चामलको अभाव भएको छ । खेतवारीमा लगाएको पाखो धान र रोपेको धान अहिले पनि पाकिसकेको अवस्था छैन । नेपाल खाद्य संस्थानको चामल यो वर्ष मात्र होईन हरेक वर्ष यस्तै हुन्छ, त्यता ढुवानी गरिएको भन्ने खाद्य संस्थानको तथ्यांक सहि भए पनि चामल बुझि सकेपछि ठेकेदारले गमगढीमा बेच्ने गर्छन फोतु गाविसका स्थानीयवासी मेल बहादुर शाहीको भनाई छ ।
मुगु न्युज डट कम----------------------
असोज १४ मुगु------------------
बडा दशैंको उपलक्ष्यमा सदरमुकाम गमगढीमा मंगलवार देखि महिला तथा पुरुष फुटवल प्रतियोगिता सुरु भएको छ ।
ए वान स्पोर्ट क्लब श्रीनगरको आयोजनामा मंगलबार देखि सुरु भएको प्रतियोगितामा १४ वटा पुरुष फुटबल समुहले् भाग लिएका छन भने चार वटा महिला समुह प्रतियोगितामा सहभागि भएका छन । प्रतियोगिताको उदघाटन खेलको पहिलो प्रर्तिस्पर्धामा एवान स्पोर्ट क्लब ए समुह र सि समुह बीचमा भएको खेलमा एवान स्पोर्ट क्लब ए ले सि समुहले छ दुई गोलले विजयी सुरुवात गरेको छ । दशैको शुभकामना आदान प्रदानसंगै सुरु भएको प्रतियोगिता अहिलेसम्मकै ठुलो पुरस्कार राशी रहेको आयोजक क्लबका अध्यक्ष जयप्रकाश मल्लले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद पन्ध्र हजार सहित खसि पाउने छ भने दोस्रो, तेस्रो हुनेले क्रमश नगद १३ हजार र १० हजार पाउने छन । प्रतियोगिता २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता नक आउट प्रक्रियाबाट खेलाईने छ ।

