मुगुन्युज डट कम , लम्की (कैलाली) असार 28, पश्चिम तराईका चार जिल्लामा यौनकर्मी महिलाको संख्या दिनानुदिन बढ्दै गएको छ । पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया र बाँकेमा झन्डै तीन हजार यौनकर्मी महिला खुलेरै देहव्यापारमा लागेका छन् ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका संयोजक अशोक पाण्डेका अनुसार लम्कीमा १८ जना महिला देहव्यापार गर्दै छन् । कैलाली सदरमुकाम धनगढी र आसपासका क्षेत्रमा ३६८, अत्तरियामा ४३०, टीकापुरमा ६६, चौमालामा १०४, पहलमानपुरमा १५९, महिला देहव्यापार गर्दै आएका छन् ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका संयोजक पाण्डेका अनुसार लम्की क्षेत्रमा यो संख्या अझै बढ्ने भएको छ । यी महिलाहरूले दैनिक देहव्यापार गर्दै आएको स्विकार गरेका छन् । संयोजक पाण्डेले यौन पेसामा लागेका महिलाहरू १६ देखि ४५ वर्षसम्मका रहेको बताउनुभयो ।
यता इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख हेम शाहीले भने यसबारेमा आफूलाई सूचना आए छापा मार्ने बताउनुभयो । आफूलाई कुनै पनि सूचना नआएको भन्दैं शाहीले सूचना दिन सबैलाई आग्रह गर्नुभयो ।
यौनकर्मी महिलाको संख्या दिनानुदिन बढ्दै गए पनि सम्बन्धित निकाय मौन बसेको स्थानीय बासिन्दाको आरोप छ ।
४ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय बजारमूल्य अनुसार मूल्य समायोजन नगर्दासम्म सरकारले उपलब्ध गराएको एक अर्ब ऋणले मात्रै पेट्रोलियम पदार्थको दीर्घकालीन सहज आपूर्ती गर्न नसक्ने नेपाल आयल निगमले बताएको छ । तेलको सहज आपूर्तिका लागि मूल्यवृद्धि गरिनुपर्ने उसको माग छ ।
पेट्रोलियम पदार्थको सहज आपूर्तीका लागि सरकारले बिहीबार निगमलाई १ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेलगत्तै निगमका अधिकारीहरुको यस्तो प्रतिक्रिया आएको हो । सरकारले उपलब्ध गराएको ऋणले केही महिनामात्र थेग्न सकिने भन्दै निगमले भाऊ बढाउन माग गरेको हो ।
नेपाल आयल निगमले मंगलबारसम्म पेट्रोलियम पदार्थको सहज आयात र वितरण हुने बताए पनि पेट्रोल पम्प व्यावसायीहरु तेलको अभाव भयो भन्दै आइतबार निगम कार्यालयमा डेलिगेसन गएका छन् । निगमले पेट्रोल पम्पहरुलाई प्रयाप्त तेल उपलब्ध गराएको बताए पनि पेट्रोल पम्प व्यावसायीहरुले भने प्रयाप्त तेल उपलब्ध गराउन नसकेको आरोप लगाउँदै आएका छन् ।
सरकारले पेट्रोल पम्पहरुलाई प्रयाप्त तेल उपलब्ध गराउन नसकेकै कारण पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको नेपाल पेट्रोलियम डिलर्स एशोसियसनका महासचिव विश्व अर्याल बताउनुहुन्छ ।
सरकारको अनुदान थाहा छैन : निगम
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा गठन भएको नयाँ सरकारले निगमलाई एक अर्ब ऋण उपलब्ध गराउने भने पनि अहिलेसम्म निगमलाई औपचारिक जानकारी आइनसकेको निगमका अधिकारीहरुको गुनासो छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले सरकारको जमानतमा कर्मचारी सञ्चय कोषबाट निगमलाई १ अर्ब ऋण दिने निर्णय गरेको छ । निगमलाई औपचारिक जानकारी नआउँदासम्म आपूर्ति प्रकृया अगाडि बढाउन नसकिने निगमको भनाइ छ ।
पेट्रोलियम पदार्थबाट निगमले ठूलो घाटा बेहोर्दै आएको जानकारी गराउँदै निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले भन्नुभयो- ‘स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार समायोजन गर्नुपर्छ ।’ सरकारले मूल्य बृद्धि गर्न असहयोग गरेर निगमको टाउकोमा ऋणमात्र थुपार्ने काम गरेको निगमको आरोप छ ।सरकारले उपलब्ध गराउन लागेको एक अर्ब ऋणले मुस्किलले २ महिनासम्म मात्र पेट्रोलियम पदार्थको आपूर्ति गर्न सकिने उहाँको भनाई छ । केही गरी अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्न गएमा २ महिनासम्म पनि धान्न नसकिने उहाँले बताउनुभयो । सरकारले दिएको एक अर्ब ऋण र सरकारबाट पाउनुपर्ने भ्याट रिफण्ड बापतको ८० करोड रुपैयाँ गरी निगमलाई १ अर्ब ८० करोड रुपैयाँ प्राप्त हुनेछ । अन्तर्राष्ट्रिय बजारमा मूल्य नघटे र स्थानिय बजारमा मूल्य नबढे भोलिका दिनमा पेट्रोलियम पदार्थको झनै हाहाकार हुन सक्ने निगमको दाबी छ ।
पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार अनुसार समायोजन गर्न विद्यार्थी तथा सर्वसाधरणले अवरोध पुर्याउँदै आएको निगमका अधिकारीहरुको गुनासो छ । सरकारले भाउ बढाउने निर्णय गरेमा विद्यार्थीले सडकमा टायर बालेर निर्णय फिर्ता गर्न बाध्य बनाउने गरेका छन् । विद्यार्थी तथा सर्वसाधरणले मूल्यवृद्धिको विरोधमा सडक तताउने डरले सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउन नसकेको पेट्रोलपम्प व्यावसायीहरु बताउँछन् ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्यो
आयल निगमले अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भने पनि यसैसाता अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा प्रति ब्यारेल ३ डलरले गिरावट आएको छ । विश्वबजारमा भाउ घटेपछि भारतले पेट्रोलमा प्रतिलिटर दुईरुपैयाँ मूल्य घटाएको छ ।
३ चैत, काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंकले पोखराको लेकसाईडमा आफ्नो शाखा बिस्तार गरेको छ । योसँगै बैंकका ४२ वटा शाखा पुगेका छन् ।
देशभर आफ्नो वित्तिय पहुँच पुर्याउने उद्देश्यअनुरुप उक्त शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ । शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र सञ्चालक भुवनेश्वरप्रशाद शाहले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । बैंकको एउटा एक्सटेन्सन काउन्टरसहित ४८ वटा एटिएम काउन्टरहरु सञ्चालनमा छन् ।
३ चैत, काठमाडौं । स्मार्टफोनको नम्बर एक ब्राण्ड बन्न सफल सामसुङले ग्यालेक्सी ग्राण्ड डूअस मोडलको नयाँ स्मार्ट फोन नेपाली बजारमा बिक्रि सुरु गरेको छ ।
सामसुङको नेपालका लागि आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालि (आईएमएस) ले शनिबार राजधानीमा विशेष समारोहका बीच उक्त मोबाइलको सार्वजनिक गर्दै विक्री सुरु गरेको हो ।
मोबाइलको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, आईएमएसका कार्यकारी प्रमुख दीपक मलहोत्रा, निर्देशक दिकेश मलहोत्रा र कार्यकारी अधिकृत विशाल आचार्यले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो ।
के छन सुबिधा ?
पाँच इञ्चको टच स्क्रीन भएको उक्त मोबाइलमा दुईवटा सीम लाग्छन । थ्री जी सुबिधा रहेको यो मोडलमा अगाडि २ मेगा पिक्सल र पछाडि ८ मेगा पिक्सलको क्यामेरा जोडिएको छ जसबाट एचडी भिडियोसमेत रेकर्ड गर्न सकिन्छ । मल्टी विण्डो भएका कारण मोबाइलको स्क्रीन नै नबदली एकै पटक दुईवटा काम गर्न सकिन्छ ।
नेपाली बजारमा ३७ हजार ५ सय रुपैयाँमा यो मोबाइल पाइने आईएमएसले जवनाएको छ । सामसुङ कम्पनीले ट्याबलेट र स्मार्ट फोनको फ्युजनको रुपमा ग्रान्ड डु एस बजारमा ल्याएको आईएमएसका निर्देशक दिकेश मलहोत्राले बताउनुभयो । एकमुष्ट पैसा तिरेर किन्न नसक्ने ग्राहकहरुलाई कम्पनीले विभिन्न बैंकहरुमार्फत शुन्य व्याजदरमा १२ महिने किस्ताबन्दी सेवा पनि उपलब्ध गराएको छ ।
ग्यालेक्सी एस थ्री र नोट टुमा उपलब्ध गराएको बीमाको सुविधा यो मोडलमा पनि उपलब्ध छ । त्यसका अतिरिक्त एक वर्षको बिमा कम्पनीकै तर्फबाट निःशुल्क गरिदिने छ । यो मोबाइलको किन्दा ग्राहकले प्रति महिना एन सेलको ५०० एमबी डाटा ३ महिनासम्म प्रयोग गर्न पाउनेछन् ।
अमेरिका । साहित्यकार शेखर ढुंगेलको आत्मवृतान्त ‘अ ब्युटिफुल जर्नी अफ स्ट्रगल’ अमेरिकामा प्रकाशित भएको छ । एक दशकभन्दा बढी अमेरिकामा संघर्षशील जीवन बिताई रहेका ढुंगेलको यो पछिल्लो कृति अंग्रेजीमा छ ।
अमेरिकी प्रकाशन गृह ‘झुलोनप्रेस डट कम’ ले बजारमा ल्याएको यो किताब स्थानीय पुस्तक पसल वा अमेजन डट कम, बार्न एन्ड नोबल, गुगल बुक्समार्फत किन्न सकिन्छ । पुस्तकको मूल्य १४.९९ डलर र किन्डलको मूल्य ७.९९ डलर छ ।
सन् १९६२ मा भक्तपुरको कटुन्जेमा जन्मेका अमेरिकाको न्यु ह्याम्सरमा बस्छन् । उनी पत्र-पत्रिका एवम् वेबसाइटमा लेख-रचना लेख्दै आएका छन् । यसअघिका उनका कृतिहरू ‘शेखरका सय कविता’, ‘आंकाक्षा’ (सन् २००६, गीति एलबम), ‘सम्झना’ (सन् २००७, गीति एल्बम), ‘कहाँ छ मेरो देश ?’ (यात्रा स्मरण), ‘क्षितिज पारिका सपनाहरू’ (कथा सङ्ग्रह), ‘कुनै दिन … ‘ (२०१३, गीति एलबम, म्युजिक नेपाल) हुन् । उनले अमेरिकामा बनेको नेपाली चलचित्र ‘भुल्ने पो हो की ?’ का लागि दुई गीत लेखेका छन् ।