मुगु न्युज डटकम-----------------
पौष २८ मुगु-------------------
भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधीले माघ ८ गते संविधान जारी नभए पनि केहि समय लम्ब्याएर भए पनिन नेपालको नयाँ संविधान जारी हुने बताएका छन ।
कर्णाली करिडोरको अनुगमन गर्न नेपाली सेनाको एम आई १७ वन भि हेलिकप्टरमा २३ जनाको जम्बो टोली सहित अपरान्ह गमगढी स्थित महाकाली उच्च माविको चौरमा ओर्लेका निधीले माघ ८ गते निर्धारित गरिएको नयाँ संविधान जारी गर्ने सहमति कायम हुन नसके समयमा संंविधान जारी हुने संभावना समेत न्युन रहेकाले त्यसको समय सिमा लम्बिन सक्ने बताए । अहिले संविधान जारी गर्ने कुरा भन्दा कर्णाली करिडोरको अनुगमन र करिडोरको कालिकोट खण्डमा पर्ने खुलालुमा निर्माण हुन लागेको पुलको शिलान्याश गर्नु पहिलो लक्ष्य भएको समेत बताए । अनुगमन टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गोविन्द्र पोखरेल, सडक विभागका महा निर्देशक , भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौला, कर्णाली अञ्चलका पाँच वटै जिल्लाका सभासद लगायत २३ जनाको सहभागिता रहेको थियो । सोमबार विहान काठमाण्डौ देखि नेपाल गञ्ज, नेपालगञ्ज देखि कालिकोट हुँदै हुम्ला सदरमुका पुगेर रारामा खाना खाएको मन्त्रिको टोली गमगढी पुगेर पौने पाँच बजे सुर्खेत उडेको थियो ।
काँग्रेस कार्यकर्ताले घेरिए पछि मन्त्री निधीले भिडमा के बोले के भने भन्ने कुरा कसैलाई थाहा भएन । दिउसो एक बजे गमगढी पुग्ने मन्त्रीको कार्य तालीका अनुसार सबै सरकारी कार्यालयको अनुगमन गरिने भन्दै जिल्ला विकास समितिको सभा हल सजाईएको थियो भने काँग्रेसले जिल्ला प्राविधिक कार्यालयको मैदानमा मञ्च तयारी गरे पनि हुम्ला सदरमुकाम देखि दुई बजे मात्र रारा पुगेका थिए । रारामा एक घण्टा बिताएर सवा चार बजे गमगढी पुगेका मन्त्री निधीले सुर्खेत कालिकोट मुगु हुँदै हुम्ला सिमीकोट र हिल्सासम्मको कर्णाली करिडोर निर्माण कार्य तिब्र गतिमा अघि बढ्ने र त्यसको जिम्मा नेपाली सेनालाई दिईएको बताए । उनले कर्णाली अञ्चलका सबै जिल्ला सदरमुकामबीच सडक सञ्जाल जोड्ने , कर्णाली राजमार्गको स्तरोन्नती तत्काल गरिने र मुगु सदरमुकाम देखि तिब्बत जोड्ने नाक्चे लाग्नासम्मको ८२ किलो मिटर सडकको निर्माण कार्यलाई पहिलो प्राथामिकता दिने बताए । निधीले कर्णाली करिडोर अन्र्तगत पर्ने कालीकोटको खुलालुमा निर्माण हुन लागेको ७५ मिटर लम्बाई रहेको पुलको शिलान्यास समेत गरेका छन । २०७२ असार मसान्त सम्म निर्माण कार्य पुरा हुने यो पुलको लागत १२ करोड २८ लाख रहेको छ भने निर्माण कार्यको जिम्मा नेपाली सेनाले लिएको छ ।
मुगु न्युज डटम......
१३ बुँदे घोषणा पत्र जारी गर्दै कर्णालीको मुगु अबस्थित रारामा बुधबार देखि संचालन भएको रारा संचार सम्मेलन शुक्रवार १३ बुधे घोषण पत्र सहित सकिएको छ ।
नेपाल प्रेस काउन्सील , सुचना विभाग , सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ कर्णाली अञ्चल क्षेत्रीय समन्वय समितिको आयोजनामा मंसिर २४ गते देखि मुगुको पर्यटकिय स्थल रारा तालमा भएको सम्मेलनमा कर्णालीको सञ्चार अवस्था , राज्यको नीती तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाका विषयमा छलफल गरी १३ बुदे घोषणा पत्र जारी गर्दै सम्मेलन सकिएको हो ।
कर्णाली अञ्चलका पाँच वटै जिल्लाका सुचना तथा सञ्चार मन्त्री डाक्टर मिनेन्द्र रिजाल नेपाल प्रेस काउन्सीलका अध्यक्ष बोर्ण बहादुर कार्की लगाएतका सदस्य किसोर श्रेष्ठ मन रिशी धिताल न्युनतम पारिश्रमीक निर्धारण समितिका अध्यक्ष खेम भण्डारीको उपस्थितीम, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष महेन्द्र विष्टको उपस्थितमा कर्णालीका पत्रकार हरुले १३ बुदे घोषण पत्र जारीका छन ।
सम्मेलनले घोषण गरेको घोषण पत्रमा हवाई दुर्घटनामा ज्यान गुमाएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गौरी कठायतको नाममा गौरी कठायत राष्ट्रिय पत्रकारिता पुरस्कारको अक्ष्यय कोष स्थापना गरिएको छ । कर्णालीका पत्रकारहरुका लागि लक्ष्यीत गरिएको अक्ष्यय कोषका लागि महासंघका पाँच वटै जिल्ला शाखा मृतक कठायतका परिवार जन र महासंघको केन्द्रीय समितिको पहलमा २ लाख बराबरको अक्ष्यय कोषको स्थापना गरिएको छ ।
सम्मेलनमा कर्णाली अञ्चलको पत्रकारिता ईतिहास, सम्भावना र चुनौतीका विषयमा समेत कार्य पत्र प्रस्तुत गरिएको थियो । कार्य पत्र माथी छलफल गर्ने क्रममा सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले दुर्गम तथा पिछडिएका क्षेत्रको पत्रकारिताको संरक्षण तथा संम्र्बद्धनका लागि सञ्चार गृह भन्दा सञ्चारकर्मिको क्षमता अभिवृद्धिका क्षेत्रमा सहयोग गर्नु पर्ने बताए ।
न्युनतम पारिश्रमकि निर्धारण समितिका अध्यक्ष खेम भण्डारीले कर्णालीको पत्रकारिता क्षेत्रको विकासका लागि राज्यले नयाँ रणनिती अपनाउन पहल गनुपर्ने बताए भने प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्किले कर्णालीको संचार क्षेत्रको मुद्धा लाई राज्यले समेटनु पर्ने बताए ।
सम्मेलनले जारी गरेको घोषणा पत्रमा प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गिकरणको मापदण्डमा कर्णालीबाट प्रकासित हुने पत्रपत्रिका, रेडियो तथा अनलाइनको वर्गिकरणलाई विषेश सहुलियतको व्यवस्थाका लागि प्रेस काउन्सिल लगायतका निकायलाई आग्रह गरिएको छ ।
कर्णालीको पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याउनु हुने स्वर्गीय पत्रकार गौरी कठायतको संझना स्वरुप कर्णालीबाट पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गर्ने ध्येयले नेपाल पत्रकार महासंघ कर्णाली अञ्चल क्षेत्रिय समन्वय समितिले तयार पारेको कार्यविधि अनुसार सञ्चालन गर्ने गरी रु २,००,०००। (दुई लाख) को अक्षय कोष स्थापनाको घोषणा गरिएको छ ।
राज्यका सबै सरकारी सञ्चार संयन्त्रमा कर्णालीको अनिबार्र्य प्रतिनिधित्व हुने गरी सरकारी सञ्चार माध्यमबाट शुरु गर्दै कर्णाली क्षेत्रको विट रिर्पोटिङको व्यवस्थाका लागि यो सम्मेलन नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय लगायतका निकायलाई आग्रह गर्ने घोषणा पत्रमा उल्लेख छ ।
कर्णालीका पत्रकारहरुको सबै प्रकारका क्षेमता विकासका लागी बिशेष कार्यक्रमको ब्यबस्था सहित स्रोत सम्पन्न कर्णाली सञ्चार प्रशिक्षण प्रतिष्ठानको गठनको लागी यो भेला जोडदार माग गर्ने र
स्थानिय आमसञ्चार माध्यमहरुको उत्थान, विकास तथ संरक्षणका साथै त्यसको व्यवसायीक करणका लागी राज्यका निकाय मार्फत प्रदान गरिने विज्ञापन तथा सूचना सन्देशलाई नेपाल पत्रकार हासंघको समन्वयमा समानुपातिक तथा सन्तुलित रुपमा बितरण गरिने व्यवस्था सहित कर्णालीका सबै प्रकारका सञ्चार माध्यमका लागी स्थापित मिडिया विकास कोषले प्रदान गर्ने सेवा सुविधामा बढोत्तरी गर्दै विद्यमान १० प्रतिशत ब्याजको सहुलियतलाई ५० प्रतिशत सम्म बृद्धि गर्न आग्रह गरिन्छ ।साथ कर्णाली पेपरकाको हकमा सुचना बिभागले उपलब्ध गराउने लोक कल्याणकारी बिज्ञापनको रुकममा ५० प्रतिशत बृद्धि गर्न माग गर्नुका साथैकर्णालीबाट सरकारी तथा निजी स्तरमा रहेका सञ्चार गृहका लागि काम गर्ने सञ्चारकर्मीले पाउने गरेकोे पारिश्रमिक अन्त्यन्तै कम हुनुका साथै कर्णालीका लागि औपचारिकताले समावेश गर्ने स्ट्रिन्जरमा मात्रै सिमित हुनु परेको अवस्थालाई मध्यजनर गर्दै स्ट्रिन्जरको सट्टा पूर्णकालिन सञ्चारकर्मीका रुपमा नियुत्त गरी उनीहरुले प्राप्त गर्ने पारिश्रमीक वृद्धिका लागि पहल गर्न जोडदार माग गरिएको छ ।
कर्णालीलाई कार्यक्षेत्र बनाई काम गर्ने सञ्चारकर्मीको व्यवसायीक पहुँच वृद्धी गर्नका लागि आवश्यक पर्ने सञ्चार सुविधा इमेल इन्टरनेट, फोन, प्mयाक्स, यातायात सुविधा (हवाई र यातायात( मा २५ देखि ५० प्रतिशतको सहुलियत प्रदान गरिनुका साथै स्वास्थ्य उपचारका लागि निजी तथा सरकारी अस्पतालमा उपचार गर्दा ५० प्रतिशतले सहुलियतको उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्दछौं ।
कर्णालीमा स्थापित भएका सञ्चार माध्यममा प्रयोग हुने सञ्चार सामग्री (प्रेस, ट्रान्स मिटर, मिक्स्चर जस्ता सामाग्री) पेपर को खरिदमा शतप्रतिशत भंसार छुट तथा खरिदमा समेत विषेश सहुलियतको व्यवस्था नीतिगत रुपमा गर्न आग्रह गर्दछ । आउँदो आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न हुने गरि कर्णालीका पाँच वटै जिल्लामा पत्रकार महाँसघ भवन निमार्णका लागी सरकारी तवरबाट आबश्यक बजेट बिनियोजनका लागि सम्बन्धित निकायलाई यो सम्मेलन आग्रह गर्दछ ।
सुचना बिभागबाट प्रदान गरिने प्रेस पास अब देखि सम्बन्धित निकायको जिल्ला कार्यालयबाटै बितरणको व्यवस्था गरिनु पर्ने, कर्णाली अंचलको पर्यटन विकासका लागि प्राकृतिक रुपमा मनोरम रारा लगाएतका ऐतिहाँसिक तथा साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकासका लागि विशेष पर्यटन गुरु योजना निर्माणका लागि नेपाल सरकारलाई यो सम्मेलन जोडदार माग गर्दछ ।
नेपालको सञ्चारको नीतिगत तहका निर्णायक निकायका प्रतिनिधि र कर्णालीका समग्र संचारकर्मीको उपस्थितीमा आयोजना भएको रारा सञ्चार सम्मेलन २०७१ को आयोजनाका लागि सहयोग गर्ने सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, न्यनतम पारिश्रमीक निर्धारण समिति, जिल्ला विकास समिति मुगु, डाँफे होटेल रारा, नेपाल पत्रकार महासंघका पाँच वटै जिल्लाका जिल्ला शाखा, सरकारी तथा गैर सरकारी संस्था लगाएत कार्यक्रममा सहभागी भई दिएकोमा प्रमुख अथिति, अथिति लगाएत सम्पुर्ण सहभागी प्रति आ
भार व्यक्त गर्दै कार्यक्रमको सफल व्यवस्थापन गर्ने मुगु शाखालाई धन्यवाद ज्ञापन समेत गरेको छ ।
जीबन सेजुवाल.......
मुगु न्युज डट्कम......
मुगु १० साउन,कर्तब्य ज्यानका सरकारी साक्षी लाई पुर्पक्षको लागी थुनामा राख्ने जिल्ला न्यायधिस हरि शर्मा पंगेनि उपाध्यको आदेश लाई पुनराबेदन अदालत जुम्लाले बदर गरेको छ ।
भिई गाबिस बडा नम्बर ४ निबासि लक्ष्मण शाहीका छोरा मोहन कुमार शाहीको आफनै कामका शिलशिलामा ०७० मंसिर २३ गते हुम्ला जिल्लाको श्रीनगर गासिको गल्बा गाड हुदै मुगुकौ नाथुर्ब गाबिस गुल्मा सिंचाई तर्पm अउदै गर्दा बाटोमा हत्या भएको भनि मृतकका बाबुले जाहेरी जिल्ला प्रहरी कार्यालय मुगुमा जाहेरी दर्ता गराई ०७० माघ १० मुगु जिल्ला भिई गाबिसको कर्णाली नदी गाडी खेल्न दहमा लास फेला परेको थियो ।
हुम्ला जिल्लाको श्रीनगर गाबिसमा रहेको प्रहरी चौकिका प्रहरी हवल्दार बल राम गिरी, प्रहरी जवान शितल भण्डारी, र हरी प्रशाद जोशि श्रीनगर गाबिसकै सिंग रोकाया,दिपक बुढा लाई र मृतक संगै हिडेका उनका साथि धन राज बुमि लाई पेट बोलिका लागी जिल्ला अदालतमा मुद्धा दर्ता भएको भएपनि जिल्ला न्यायधिस हरि शर्मा पंगेनिले ०७१ असार २१ गते प्रहरी जवान शितल भण्डारी हरि प्रशाद जोशि लाई १ लाख १५ हजार धौरौटीमा तारिखमा छोड्ने र प्रहरी हवल्दार गिरी र अरु दुई जना दिपक बुढा र सिंग रोकाया लाई समेत साधरण तारिखमा छोड्ने अर्का सरकारी साक्षि धन राज बुमि लाई भने पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएका थिए ।
सरकारी साक्षी रहेका बुमि, भण्डारी र गिरी जेठ २८ गते पुनराबेदन अदालत जुम्लामा आफुमाथि जिल्ला अदालत मुगुले गरेको आदेशका बिरुद्ध जेठ २८ गते निबेदन दर्ता गराए पछी असार ४ गते कामु मुख्य न्याधिस सुरेन्द्र बिर सिंह बस्नेत न्यायधिस अब्धुल अजिज मुसलमानको सुयुक्त ईजालसले जिल्ला न्याधिस हरि शर्मा पंगेनिले दिएको आदेश लाई बदर गरि साधरण तारेखमा राख्न आदेश भएको छ ।
सुमन मल्ल----------------
बैशाख ३ मुगु-------------
मुगुको ताल्च विमान स्थल कालो पत्रेका लागि सुरु भएको पहिलो चरणका काम अन्र्तगत धावन मार्गमा हाल्ने गिट्टी कुट्ने कामदारले दैनिक दुई सयसम्म ज्याला पाउने गरेका छन ।
जिल्लामा ज्यालाको दैनिक दर रेट ४ सय ४० रुपैयाँ रहे पनि ताल्च विमान स्थलमा घन मिटरको आधारमा गिट्टी कुटेको रकम दिने भने पछि दैनिक ज्याला दर दुई सय रुपैयाँ पर्न गएको हो । मलैं तीन दिन लगाएर गिट्टी कुटे ठेकेदारले एक घन मिटर भएको र छ सय रुपैयाँ पाउने भने पछि अनावश्यक दुख मात्र भयो । अन्यत्र काम गर्न गएको भए कम्तिमा तिन दिनको पन्ध्र सय कमाउन सकिन्थ्यो, कार्कीबाडा गाविस वडा नम्बर ५ कि हरिनी सुनारले बताईन । अहिले राम्रो दक्ष मिस्त्रीले एक दिनको ज्याला सात सय र अन्यले पाँच छ सय ज्याला पाउछन तर ताल्च विमान स्थलमा गिट्टी कुट्ने मजदुरलाई दैनिक ज्याला दर दुई सय मात्र पर्न गएको छ , कामदार मर्कामा परेका छन सोही वडाका युवा कविन्द्र सुनारले बताए ।
आफुसंग गिट्टी कुट्ने मेशीन भए पनि सवैले काम पाउन भनेर काम दिएको छु , अन्यत्र एक घन मिटर गिट्टीको तीन सय छ, यता मैले ६ सय प्रति घन मिटर दिएको छु त्यो भन्दा घाटा खाएर कसले दिन्छ , धावन मार्ग कालो पत्रे गर्ने कामको जिम्मा लिएको मृत सञ्जीवनी निर्माण कम्पनिका प्रतिनीधी राजु बर्तौलाले भने । उनले भने, हामीलाई २५ डाउन तल आकार भएको गिट्टी चाहिने हो तर यहाँ ५० डाउनसम्मको गिट्टी कुटेका छन कसरी बढि रकम दिने ? बर्तौलाका अनुसार एक घन मिटरमा तिस केजी चामल अट्ने ३० वटा जुटका बोरा भरि गिट्टी लाग्ने बताए ।
यसरी विमान स्थलमा गिट्टी कुट्ने मजदुरले एक दिनमा चार देखि १० बोरा गिट्टी मुश्किलले कुट्छन । एक घन मिटरमा चाहिने गिटी कुट्न तिन दिनको समय लाग्ने देखिन्छ । उनिहरुले दैनिक दश बोरा गिटी कुट्दा प्रति दिनको कमाई दुई सय हुन आउछ जुन सरकारी दर रेटको साठी प्रतिशत कम हो । विमान स्थलको ५ सय ७० मिटर लम्बाई र २० मिटर चौंडाईमा पहिले ढुंगा ग्राभेल तथा त्यस पछि गिट्टी हाल्ने काम तोकिएको साढे दुई महिनामा सम्पन्न गरिने छ भने त्यति वेलासम्म करिब पाम्च करोड खर्च हुने निर्माण कम्पनिको भनाई छ ।
मुगु न्युज,डटकमंंंं........
म आफै आफनो घर बाट महिला हिंसा गराउदैन भन्दै मुगु जिल्लाका राजनितिक दलका महिलाले १६ दिने महिला हिंसा अभियानको ११ दिनमा साझा प्रतिबद्घता जनाएकि छन ।
कर्णाली एकिकृत महिला बिकास मंच(केआईडब्लुएफ) मुगुले आयोजना गरेको जिल्ला स्थित राजनितिक दलका महिला नेतृ हरुसंग आयोजना गरेको १६ दिने महिला हिंसा बिरुद्घको अन्त्रकीर्या कार्यक्रममा जिल्ला स्थित १७ राजनितिक दलका २५ महिलाले महिला हिंसा न्युनिकरणका लागी आफनै घरबाट सुरुवात गर्ने साझा प्रतिबद्घता जनाएकि छन ।
प्रत्येक घरमा महिला हिंसाका घट्नामा महिला हरुबाटनै घट्ने भएकाले जिल्लाका सबै क्षेत्रमा हिंसाका घट्ना न्युनिकरणमा आफु र आ आफना दल लाई दबाब दिनुका साथै हिंसामा परेका महिलाको न्यायका लागी कुनै दल बिभेद नगरी जानु पर्ने नेपाली काँग्रेशको भातृय संगठन महिला संघका नेतृ जनकला मल्लले बताईन।
जिल्लाका महिला हरु बिशेष गरी प्रजनन स्वास्थ्य र मदिराका कारण पुरुष बाट पिडित भएकाले अब बन्ने संबिधानमा कर्णालीका महिलाका यि मुद्घा समेट्नका लागी आफनो पार्टी लाई दबाब दिनुका साथै सम्पुर्ण राजनितिक दलले गरेको कर्णालीका महिला बिरुद्घको भेदभाबका लागी सबै दलका महिलाले आ आफनो दललाई दबाब दिनका लागी सबै महिला एक जुट हुनु पर्ने अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य कर्ण शिला मल्लले बताईन ।
जीबन सेजुवाल
गमगढी ४ जेठ सरकारी कार्यलय बाट प्रबाह हुने सेवा
ग्रामिण क्षेत्रका सर्बसाधरण लाई पु¥याउने उदेश्यले
जिल्लाको ग्रामिण भेग सोरु कोटमा आईतबार देखी संचालन हुने एकिकृत घुम्ति शिबिर
अबोरोध गर्ने भन्दै नेकपा माओबादीले शुक्रबार शिबिरसंचालनका लागी जाने सरकारी
कर्मचारीका लागी लगीएको पाँच क्विन्टल चामल माओबादी कार्यकर्ताले लुटेका छन ।
जिल्लाका
बिभिन्न भागमा सरकारी कार्यलय बाट प्रबाह गरिने सेवा बितरणका लागी एकिकृत घुम्ति
शिबिर संचालन गर्नका लागी सबै राजनितिक दल हरुको सहमतिमा शिबिर संचालन भई सकेका
भएपनी आईतबार देखी सोरु भेगका सात गाबिसका सर्बसाधरण लाई सरकारी कार्यलय बाट
प्रबाह हुने सेवा प्रदान गर्नका लागी शिबिर संचालन गर्ने भनिएपनी नेकपा माओबादीका
कार्यकर्ताले अबरोध पु¥याउने चेतवानी दिदै शिबिरमा लगिएको पाँच क्विन्टल
चामल जिमा गाबिसको लुम्ला काँध बाट खच्चडमा ढुवानी गरी लिदै गरेको अबस्थाम लुटिएको
छ। भने नेकपा माओबादीका जिल्ला भरका कार्यकता शिबिर संचालनमा अबरोध पु¥याउन सोरुकोटमा पुगेका छन ।
घुम्ति
शिबिर संचालनका लागी प्रमुख जिल्ला अधिकारी हिरा लाल चौधरीको संयोजगत्वमा जिल्ला
प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक दिनेश भण्डारीको नेतृत्वमा ३२ सुरक्षकर्मी
सहित जिल्लाका सम्पूर्ण सरकारी कार्यलय हहरका प्रमुख सहित अन्य कर्मचारी त्यस
क्षेत्र तर्फ शुक्र बार बिहानै हिडेको भएपनी एक दिन अगाडीनै माओबादी कार्यकर्ताले
शिबिर संचालनमा गएका कर्मचारीको खाने चामल लुटेका हुन ।
यो भन्दा
अगाढी अन्य भेगमा सम्पन्न भएका शिबिरमा नेकपा माओबादीले फोटो सहितको मतदाता नामवली
संकलन कार्य शिबिरमा होस या अन्य कुनै पनी बेला लिन नपाउने भनी सर्बदलिय बैठकमा
कुरा उठाएपछी शिबिरमा फोटो सहितको मतदाता कार्य रोकि अन्य सबै सेवा प्रदान गरीएका
भएपनी यो पटक भने नेकपा माओबादीले सबै कार्यमा अबोरोध गर्ने जानकारी बाहीर आए पछी
पहिलो पटक घुम्ति शिबिरमा यत्रो संख्यामा सुरक्षा कर्मि लगिएको छ ।
जिल्लाका
चार भेग मध्य खत्याड, करान, भेगमा कुनै अबोरोध
बिनानै शिबिर सम्पन्न भई सकेका छन भने गम भेग सदरमुकाम नजिकको क्षेत्र भएकाले
शिबिर संचालन गरीएको छैन सदरमुकाम
देखी दुई दिन टाढाको सोरु भेगको सोरु
कोटमा आईतबार देखी संचालन हुने शिबिरमा सरकारी कार्यलय बाट हुने सम्पुर्ण सेवा
प्रबाह सहित फोटो नामवली कार्यको सेवा पनी हुने भएको छ । यता माओ बाद
िकार्यकर्ताले भने कुनै पनी हालतमा शिबिर संचालन गर्न नदीने बताउछन ।
जिबन सेजुवाल , मुगु ५
जिल्लाको ग्रामिण भेग सोरुकोटमा आइतबार देखि संचालन हुने भनिएको एकिकृत घुम्ती
शिविरमा नेकापा मायोवादीले अबरोध पुरायेपछी धनगडी बाट निरीक्षक ओ कमाण्डमा २२ जना स-शत्र प्रहरी नेपाली सेना को हेलिकोप्टरमा
शिविर संचालन हुने स्थान लाएइको छ /
आइतबार देझी सदरमुकाम
गमगढी देखि दुइ दिन टाढा त्यस भेगका सात
गा.बि.सका सर्बसाधारण लाइ लक्षित गरि
संचालन गरिने भनिएको एकिकृत घुम्ती शिविरमा गएका जिल्ला स्थित सरकारी कार्यालयका
कर्मचारी, सुरक्षाकर्मी लाइ सनिबार शिविर हुने स्थान जाने क्रममा रारा गा.वि.स.ओ
कचे गाउमा नेकापा मायोबादी का कार्यकर्ताले आबोरोध गरि ढुंगामुढा गरेपछि दुइदर्जन
सुरक्षाकर्मी घाइते भएका छन्
भने शिविरमा फोटो सहितको नामवली संकलन गर्न नपाइने
भन्दै आबोरोध गरेपच्ची शास्त्र प्रहरीको थप बल मगाइएको जिल्ला प्रहरी कार्यालयका
प्रमुख रणबहादुर रायेमझीले बतएका छन् .
ने.का.पा. मायोवादीले कुनै पनि हालत मा जिल्लाका सबै भेगमा
फोटो सहिद को नामवाली कार्यगर्न नदिने र अन्य सेवामा भने आबोरोध नगर्ने जिल्ला प्रसासन कर्यलायेमा भएको सर्बदलिए बैठकमा पर्तिबद्धता देख्येपानी
सोरुकोटमा आइतवार बाट संचालन हुने भनिएको शिविरमा सर्बसाधारण लाइ यो सेवा पनि दिने भानियेपच्ची यो सेवा बहीयेक अनन्य सेव्वा संचालन गर्न दिने र फोट
सहितको नामवाली] टोलि लाइ सदरमुकाममा फिर्ता
हुन भनेको एदी कुरा न माने आबोरोध हुने नेकापा मायोवादिले जनाएको छ .
मायोवादिले शिविरमा आबोरोध गर्ने भने पछी जिल्ला
प्रहरी निरीक्षक नेत्रितोमा ३१ जना
सुरक्षाकर्मी पठाएको भयेपानी आइतवार] विहान सम्म निबर्तमान सविंधान सभाका सदश्य नबराज
धामीको नेत्रितोमा रहेका मायोबादी का जिल्ला जिल्ला भरका कार्यकर्ताले जिल्ला बाटशिविरमा
गएका टोलि लाइ रारा गा.वि.स. कचेमा चारै तिर बाट घेरा हाली भिर बाट ढुंगा मुढा लाडेएपछि
सनिवार शिविरमा गएको टोलि भागाभागमा परेका थिए भने सुक्रवार शिविरका लागि लागिएको ५ कुइन्टल
चामल मायोवादी कार्यकर्ताले लुते पछी आइतवार थप २२ जनाको शास्त्र प्रहरीको टोलि
लाइ धनगडी बाट नेपाली सेना को हेलिकोप्टर मार्फत रारा गा.वि.सको गिलाहमा झरेपछि जिल्ला
बाट गएको टोलि शिविर संचालन हुने स्थान तर्फ हिडेको [रमुख जिल्ला अधिकारी हिरालाल
चौधरले जानकारी दिएका छन् /
'सन्तुलित केन्द्रीय समिति बनाउने तयारी भएको छ,' उनले भने । समितिमा मनोनित गर्दा जातीय, क्षेत्रीय विशेषतालाई पनि ध्यान दिइने उनले बताए । हेटौडा महाधिवेशनले एक सय ५१ सदस्य पूर्ण र आवश्यकता अनुसार वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो ।
महाधिवेशनले पुरानै ९८ जना केन्द्रीय समिति चयन गरेकाले अब ५३ नया अनुहार थपिनेछन् । त्यस्तै एक सय ४८ वैकल्पिक केन्द्रीय सदस्य थपेर २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने गृहकार्य भइरहेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
आयोजक समितिका अधिकांश नेता पूर्ण र वैकल्पिक सदस्यमा मनोनित हुनेछन् । करिब साढे तीन सय नेतामध्येबाट थप ५५ पूर्ण र एक सय ४८ वैकल्पिक केन्द्रीय सदस्य चयन गर्नुपर्ने भएकाले बिहीबार कुनै निर्णय भएन । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा राज्य समिति संयोजकहरुको छुट्टाछुट्टै बैठक बसे पनि टुंगोमा पुग्न सकेन । 'योग्यता र कार्यक्षमता भएका नेता छुट्ने छैनन्' महासचिब बोगटीले भने । केन्द्रीय सदस्य मनोनित गर्न महासचिबलगायत नेताहरुले गृहकार्य गरिरहेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठका आआफ्नै गुट छन् । तीनवटै गुटबाट मनोनित गर्नुपर्ने भएकाले विस्तारमा ढिलाइ भएको हो ।
'पार्टी प्रवेश गर्नेलाई स्वागत'
केन्द्रीय समिति बैठकले एमाओवादीमा प्रवेश गर्ने तयारीमा रहेका एमाले पोलिटब्युरो सदस्य रामचन्द्र झा, नेकपा- माओवादी पूर्वकेन्द्रीय सदस्य कृष्णध्वज खड्का, रेखा शर्मा र कुमार दाहाललाई योग्यता अनुसार जिम्मेवारी दिएर स्वागत गर्ने निर्णय गरेको छ । 'त्यसका लागि विशेष कार्यक्रम गर्ने कुरा भएको छ,' प्रवक्ता अग्नि सापकोटाले भने । उनले अन्य पक्षलाई पनि एकतावद्ध हुन बैठकले आग्रह गरेको पनि जानकारी दिए ।
इलाम, ८ चैत । पश्चिमी इलामको गजुरमुखीमा चोरी गरेर भाग्दै गरेका एक लुटेराको भाग्ने क्रममा लडेर ज्यान गएको छ । एक जना लुटेरालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।
गजुरमुखी–८ का प्रकाश पुलामीको घरमा चोरी गरी भाग्ने क्रममा इटहरी–५ का अभिषेक क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ पर्नेमा इटहरी–२ का सुमन तामाङ्ग रहेका छन् । उनलाई स्थानीयको सहयोगमा शसस्त्र प्रहरी वेश क्याम्प चिसोपानी पञ्चमी, प्रहरी चौकी, बा“झो र प्रहरी चौकी, गजुरमुखीको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीले लुटेराको साथबाट एक थान इटालियन पेस्तोल, चार राउण्ड गोली, नगद १० हजार ४५ रुपिया“, एक थान सुनको औंठी, दुई थान एनसेलको रिचार्जकार्ड बरामद गरेको छ ।
आदेशलाई पालना गरेर अब उहाँ तत्काल प्रधानमन्त्री निवासमा सर्नुपर्छ र प्रधानन्यायाधीश निवासलाई खाली गरिदिनुपर्छ: टीकाराम भट्टराई, उपाध्यक्ष नेपाल बार
काठमाडौं, चैत्र ६ - प्रधानन्यायाधीशकै हैसियतमा अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षता सम्हालेर सिंहदरबार छिरेको तीन दिनमै सर्वोच्च अदालतले खिलराज रेग्मीविरुद्ध परेको एक रिटमा सोमबार अन्तरिम आदेश जारी गर्दै उनलाई मन्त्रिपरिषद्मा हुञ्जेल प्रधानन्यायाधीश भन्न नपाइने आदेश दिएको छ ।
काठमाडौं, चैत्र ६ - प्रधानन्यायाधीशकै हैसियतमा अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षता सम्हालेर सिंहदरबार छिरेको तीन दिनमै सर्वोच्च अदालतले खिलराज रेग्मीविरुद्ध परेको एक रिटमा सोमबार अन्तरिम आदेश जारी गर्दै उनलाई मन्त्रिपरिषद्मा हुञ्जेल प्रधानन्यायाधीश भन्न नपाइने आदेश दिएको छ ।
न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासको आदेशअनुसार अब रेग्मीले आफ्नो पदमा कतै पनि प्रधानन्यायाधीश लेख्न पाउने छैनन् । एकै व्यक्ति कार्यपालिका र न्यायपालिका दुवैको प्रमुख हुँदा लोकतन्त्रको आधारस्तम्भ शक्ति पृथकीकरणको सिद्धान्तमा खलल पर्ने भन्दै रेग्मीलाई प्रधानन्यायाधीशबाट पदच्युत गरिपाऊँ भनी दायर भएको रिटमा लालको इजलासले यस्तो आदेश दिएको हो ।
स्वतन्त्र न्यायपालिकामा रेग्मीबाट कुनै प्रभाव नपरोस् भनेर यस्तो आदेश दिनुपरेको सर्वोच्चको निर्णयाधार -कुनै पनि फैसला वा आदेश दिनुपर्दा न्यायालयले समात्ने कारण) मा भनिएको छ ।
'नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ अनुसार मिति २०६९।११।३० गते जारी भएको बाधा अड्काउ फुकाउने आदेशअनुसार सम्माननीय प्रधानन्यायाधीश वर्तमान समयमा अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षको कार्यसम्पादन गरिरहनुभएको र अहिलेको परिस्थितिमा निजको प्रधानन्यायाधीशको हैसियतमा कार्य गर्ने कुनै भूमिका नहुने हुँदा' लामो खालको एकै वाक्यको उक्त आदेशमा भनिएको छ, 'कार्यकारिणीको अध्यक्षको हैसियतले कार्य गरिरहनुभएको निजबाट स्वतन्त्र न्यायपालिकाको कार्यक्षेत्रमा कुनै प्रतिकूल प्रभाव नपरोस् भन्ने उद्देश्यले निजले सो जिम्मेवारी सम्हालेसम्मका लागि निजलाई अन्तरिम चुनावी परिषद्को अध्यक्ष मात्रले परिचित हुन तत्कालका लागि अन्तरिम आदेश जारी गरिदिइएको छ ।'
सिंहदरबार छिरेपछि अदालतमा नआए पनि रेग्मीले आफूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष दुवै पदका हिसाबले आफूलाई प्रस्तुत गर्दै आएका थिए । उनी बालुवाटारस्थित प्रधानमन्त्री निवासमा समेत नसरी सूगै जोडिएको 'सम्माननीय प्रधानन्यायाधीशज्यूको निवास' भनी मूलद्वारमा लेखिएको भवनमा बस्दै आएका छन् । प्रधानन्यायाधीशबाट रेग्मीको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीको छाता संगठन नेपाल बारले सर्वोच्चको यो आदेशबाट आफ्नो आन्दोलनको माग उचित ठहर भएको जनाएको छ ।
'अन्तरिम आदेशले हाम्रो आधा माग पूरा भयो, रिटको टुंगो लाग्दा उनलाई पदच्युत गरेपछि बाँकी पूरा हुनेछ,' बारका उपाध्यक्ष टीकाराम भट्टराईले भने, 'स्वतन्त्र न्यायपालिकाको आदेशलाई पालना गरेर अब उहाँ तत्काल प्रधानमन्त्री निवासमा सर्नुपर्छ र प्रधानन्यायाधीश निवासलाई खाली गरिदिनुपर्छ ।'
रेग्मीले प्रधानन्यायाधीश पदबाट तत्काल राजीनामा दिनुपर्ने भन्दै बारले सोमबार देशभर विरोधसभा गरेको थियो । 'सर्वोच्चको यो आदेशले हाम्रो माग जायज र सामयिक थियो भन्ने प्रस्ट भएको छ,' बारका महासचिव सुनिल पोखरेलले भने, 'सर्वोच्चले पदच्युत गर्ने निर्णय गर्नुभन्दा पहिल्यै रेग्मीले राजीनामा दिनु बुद्धिमानी हुनेछ ।'
सिंहदरबार छिरेको दिनदेखि प्रधानन्यायाधीशको पद र भूमिका पूरै निष्त्रिmय भएकाले शक्ति पृथकीकरणको सिद्धान्तमा कतै खलल नपर्ने भन्दै रेग्मीले राजीनामा दिन आवश्यक नभएको शनिबार कान्तिपुरसँगको अन्तर्वार्तामा खुलाइसकेका छन् ।
बारले भने रेग्मीको राजीनामा हुनैपर्ने अडान नत्याग्ने बताएको छ । 'भोलि उहाँ सर्वोच्चमा र्फकेर आउूदा कुनै हालतमा पनि अदालत निष्पक्ष रहूदैन, सोमबारकै आदेशको पनि अर्थ हुँदैन,' पोखरेलले भने, 'त्यसो हुनाले राजीनामा आउनैपर्छ, नआए सर्वोच्चले नै पदच्युत गर्नुपर्छ ।'
रेग्मी कार्यपालिका प्रमुख भएकै दिन उनीविरुद्ध तीन रिट सर्वोच्चमा परेको थियो । त्यसमध्ये अधिवक्ता चन्द्रकान्त ज्ञवाली र ओमप्रकाश अर्यालले दायर गरेको रिटमा रेग्मीलाई प्रधानन्यायाधीशको हैसियतबाट पदच्युत गर्नुपर्ने माग गरिएको थियो ।
त्यसैमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । अब रिटको टुंगो नलागुञ्जेल रेग्मीले आफूलाई मन्त्रिपरिषद्को अध्यक्ष मात्रै भन्नु पर्नेछ ।
आज मिति २०६९ साल फाल्गुण महिनाको २७ गते आइतबार चतुर्शी तिथि आज महाशिवरात्रि तदनुसार १० मार्च २०१३ तपाइको आजको दिन कस्तो रहन्छ त?र राशिफल हेर्न तल क्लिक गर्नुस्....
३ चैत, कञ्चनपुर । भारतमा कामगरी घर र्फकने अधिकांश एचआइभी एड्सको उच्च जोखिममा रहेका छन् । जिल्ला एड्स समन्वय समिति कञ्चनपुरका अनुसार घरबाट धेरै समय भारतमा बसेर काम गर्ने व्यक्तिहरु र तिनका घरमा रहेका महिलामा बढी एड्सको सङ्क्रमण देखापरेको छ ।
भारतमा काम गरेर घर र्फकने १ सय ७५ पुरुष र घरमा रहेका तिनका १ सय ४८ महिलामा एड्सको सङ्क्रमण देखापरेको हो ।
एड्सको सङ्क्रमणमा परेका महिलाले जन्म दिएका ४६ बालबालिकासमेत एड्सबाट सङ्क्रमित रहेका छन् । यौन पेसामा लागेका छ जना महिला मात्रै एड्सको सङ्क्रमणमा रहेको जिल्ला एड्स समन्वय समितिका समन्वयकर्ता असोक पाण्डेयले बताउनुभयो ।
तीन महिनाको अवधिमा नयाँ दुईजना थप एड्स सङ्क्रमितको पहिचान भएको छ भने सबैभन्दा बढी ३० देखि ३९ वर्ष उमेरका पुरुष ८३ र महिला ५८ मा एड्सको सङ्क्रमण भएको पाइएको छ ।
चार वर्षदेखि पचास वर्षमाथिसम्मका व्यक्तिहरुमा एचआइभी एड्सबाट बढी प्रभावित भएको पाइएको समन्वयकर्ता पाण्डेयले बताउनुभयो ।
एचआइभी एड्सबाट सबैभन्दा बढी भीमदत्तनगरपालिकामा ६५ जना, सबैभन्दा कम शङ्करपुर र रामपुर विलासिपुर गाविसमा एक एकजना सङ्क्रमित रहेका छन् । रासस
धनकुटा, चैत्र ३ - धनकुटा बेलाहारा गाविस वडा नं ८ मुलघाटमा शुक्रबार राति भीषण आगलागी हँदा ६ वटा घरहरु जलेर नष्ट भएका छन् । आगलागीबाट पौने २ करोड बराबरको सम्पत्ति क्षति भएको छ ।
बलबहादुर श्रेष्ठको दुईवटा घर, थामबहादुर थापा, रेखा थापा, रितु थापा र तिलक खत्रिको घरमा आगलागी भएको हो ।
शसस्त्र प्रहरी वल धनकुटाका प्रहरी नावय उपरीक्षक कृष्ण ढकालका अनुसार राति करीव साढे १० बजे तिर बलबहादुर श्रेष्ठको घरबाट सुरु भएको थियो ।
आगो निभाउन धरान र दमकबाट दमकल ल्याएर मध्य राति मात्र नियन्त्रणमा ल्याइएको ग्यास सिलिन्डरहरुले आगो निभाउन ज्यादै कठिन परेको प्रहरी प्रमुख एस्पी सुर्यप्रसाद उपाध्यायले बताए ।
आगलागीबाट कुनै मानवयि क्षती नभए पनि आगलागी भएको घरहरुको लत्ता कपडा, गरगहना अन्न पात, भाँडाकुँडा सबै जलेर नस्ट भएका छन् । सेकुवाको आगोबाट आगलागी हुन सक्ने आशंका गरिएको छ ।
पेसावर : पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रका एक सैनिकले किशोरीसँग अवैध सम्बन्ध राखेको भन्दै उनलाई ढंगा प्रहार गरी मृत्युदण्ड दिइएको छ । २५ वर्षीय ती सैनिकलाई पाकिस्तानको आधिवासीबाहुल कुराम जिल्लाको जातीय परिषद्ले मृत्युदण्डको सजाय सुनाएको थियो ।
अनवार उद दिन नामका ती सैनिकले स्थानीय एक किशोरीसँग अवैध सम्बन्ध राखेको आरोप लगाइएको थियो । उनलाई बुधबार दण्डका लागि उपस्थित गराइएको थियो । उनलाई उपस्थित गराइएको सार्वजनिक स्थानमा ४० देखि ५० मानिस उपस्थित थिए । उनीहरूले ढुंगाले हानेर ती सैनिकको हत्या गरेका थिए ।
‘उनलाई सो स्थलमा उपस्थित गराएपछि त्यहाँ जम्मा भएका मानिसले ढुंगा हान्न थालेका थिए । मृत्यु नभइञ्जेलसम्म उनीमाथि ढुंगा प्रहार गरिएको थियो ।’ ‘ढुंगा प्रहारबाट रक्ताम्मे भइ लडेका ती युवकको रगत बगेरै एकछिनमा निधन भएको थियो,’ जातीय परिषद्का एक अधिकारीले नाम नबताउने सर्तमा भने ।
परिवारको सहमतिविना कुनै पनि महिला अथवा पुरुषले कुनै प्रकारको शारीरिक सम्बन्ध राखेको खण्डमा त्यसलाई पाकिस्तानका कतिपय स्थानमा अपराध मानिन्छ । पाकिस्तानको विशेषगरी उत्तरपश्चिमी क्षेत्रको समाज परम्परावादी एवं रुढीवादी छ । ती समाजमा यस्ता क्रियाकलापलाई अपराधका रूपमा लिइन्छ र सजायस्वरूप मृत्युदण्ड दिइन्छ ।
ढुंगा प्रहार गरी मृत्युदण्ड दिइएको क्षेत्रमा अफगानिस्तानका तालिवानी तथा कट्टरपन्थी मुस्लिम समुदायको बाहुल्य रहेको छ । सो क्षेत्रमा चरमपन्थी सञ्जाल अल–कायदाको पनि प्रभाव रहेको बताइन्छ । यस्तै प्रकृतिका आरोप अथवा परिवारको मान प्रतिष्ठामा आँच पुर्याएको आरोपमा पाकिस्तानमा बर्सेनि सयौँ मानिसलाई मृत्युदण्ड दिने गरिन्छ ।
ती युवकलाई सोही स्थानकी एक १८ वर्षीया किशोरीसँग यौन सम्बन्ध राखेको आरोप लगाइएको छ । ती किशोरीलाई पनि मृत्युदण्ड दिने अनुमान गरिएको छ । यस विषयमा स्थानीय सरकारले कुनै प्रतिक्रिया जनाएको छैन । किशोरीले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छिन् । आफूले ती सैनिकसँग कुनै प्रकारको शारीरिक सम्बन्ध नराखेको उनले दोहोर्याउँदै आएकी छन् । स्थानीय अधिकारीहरूले पनि ती किशोरीको भविष्यबारे केही बताएका छैनन् । उनीमाथि कस्तो कारबाही हुने भन्ने विषयमा केही दिनमै निर्णय हुने उनीहरूको कथन छ । अफगानिस्तानसँग सिमाना जोडिएका पाकिस्तानका सात जिल्लामा यस्ता कारबाही हुने गर्छ । (एएफपी)
‘उनलाई सो स्थलमा उपस्थित गराएपछि त्यहाँ जम्मा भएका मानिसले ढुंगा हान्न थालेका थिए । मृत्यु नभइञ्जेलसम्म उनीमाथि ढुंगा प्रहार गरिएको थियो ।’ ‘ढुंगा प्रहारबाट रक्ताम्मे भइ लडेका ती युवकको रगत बगेरै एकछिनमा निधन भएको थियो,’ जातीय परिषद्का एक अधिकारीले नाम नबताउने सर्तमा भने ।
परिवारको सहमतिविना कुनै पनि महिला अथवा पुरुषले कुनै प्रकारको शारीरिक सम्बन्ध राखेको खण्डमा त्यसलाई पाकिस्तानका कतिपय स्थानमा अपराध मानिन्छ । पाकिस्तानको विशेषगरी उत्तरपश्चिमी क्षेत्रको समाज परम्परावादी एवं रुढीवादी छ । ती समाजमा यस्ता क्रियाकलापलाई अपराधका रूपमा लिइन्छ र सजायस्वरूप मृत्युदण्ड दिइन्छ ।
ढुंगा प्रहार गरी मृत्युदण्ड दिइएको क्षेत्रमा अफगानिस्तानका तालिवानी तथा कट्टरपन्थी मुस्लिम समुदायको बाहुल्य रहेको छ । सो क्षेत्रमा चरमपन्थी सञ्जाल अल–कायदाको पनि प्रभाव रहेको बताइन्छ । यस्तै प्रकृतिका आरोप अथवा परिवारको मान प्रतिष्ठामा आँच पुर्याएको आरोपमा पाकिस्तानमा बर्सेनि सयौँ मानिसलाई मृत्युदण्ड दिने गरिन्छ ।
ती युवकलाई सोही स्थानकी एक १८ वर्षीया किशोरीसँग यौन सम्बन्ध राखेको आरोप लगाइएको छ । ती किशोरीलाई पनि मृत्युदण्ड दिने अनुमान गरिएको छ । यस विषयमा स्थानीय सरकारले कुनै प्रतिक्रिया जनाएको छैन । किशोरीले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छिन् । आफूले ती सैनिकसँग कुनै प्रकारको शारीरिक सम्बन्ध नराखेको उनले दोहोर्याउँदै आएकी छन् । स्थानीय अधिकारीहरूले पनि ती किशोरीको भविष्यबारे केही बताएका छैनन् । उनीमाथि कस्तो कारबाही हुने भन्ने विषयमा केही दिनमै निर्णय हुने उनीहरूको कथन छ । अफगानिस्तानसँग सिमाना जोडिएका पाकिस्तानका सात जिल्लामा यस्ता कारबाही हुने गर्छ । (एएफपी)
काठमाडौं, २ चैत । मलेसिया सरकाले आप्रवासी कामदारलाई लेभी तिर्नुपर्ने व्यवस्था गरेपछि रोजगारीमा रहेका कामदार थप सम्मस्यामा परेका छन् । करिब तीन वर्षपछि आप्रवासी कामदारमाथि लेबी लगाउने निर्णयले पारिश्रमिकको ठूलो हिस्सा काटिने भएपछि कामदार समस्यामा परेका हुन् ।
लामो समय पछि न्यूनतम पारिश्रमिक वृद्धिले उत्साहित भएका आप्रवासी कामदार पुन: लेभी लगाउने व्यवस्था पछि निरास बनेको व्यवसायीको भनाइ छ । अहिले आप्रवासी कामदारले वार्षिक ४ सय १० रिंगिटदेखि १८४० रिंगिटसम्म लेभी तिर्नुपर्ने उनीहरूको भनाइ छ । ‘मलेसिया सरकारले गरेको लेभी व्यवस्थाले विगतमा भन्दा कम पारिश्रमिक बच्छ’ मलेसियास्थित आल्मुनियम कम्पनीमा कार्यरत झापाका विनय गिरीले भने ‘यो व्यवस्थाले त्यहाँ कार्यरत ठूलो संख्यामा नेपाली कामदार अप्ठेरोमा परेका छन् ।’ उनका अनुसार कतिपय कम्पनीले विगतको पारिश्रमिकमै लेभी तिराउने र कार्यस्थलमा प्रयोग हुने सामानको समेत रकम काट्न थालेका छन् ।
यता रोजगार व्यवसायीले पनि नेपाली कामदारलाई पछिल्लो समय लेभीको व्यवस्थाले पिरोलेको वताउँछन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङको भनाई अनुसार कामदारले विगतमा लेभी तिर्न नपर्ने व्यवस्था गरे पनि अहिले भएको नयाँ व्यवस्थाका कारण नेपाली कामदार पनि पीडित बन्ने बताए । न्यूनतम पारिश्रमिक बढे पनि यो व्यवस्थाका कारण कामदारले खान, बस्न र लेभी तिर्नमै बढी खर्च भएपछि अपेक्षा अनुसार बचत गर्न नसक्ने उनको भनाइ छ । तर, सरकारले कूटनीतिक रूपमा यो व्यवस्थाको समाधान खोज्नुपर्ने उनले वताए ।
अहिले सो व्यवस्थाको विरोध जनाउँदै कामदार आन्दोलनमा लागेपछि त्यहाँको रोजगारीसमेत थप संकटमा परेको छ । कामदारले रोजगारदाता कम्पनी र सरकार विरोधी आन्दोलन चर्काउँदै गएपछि ठूलो संख्यामा नेपाली कामदारसमेत फिर्ता हुन थालेका छन् । व्यवसायीका अनुसार आन्दोलनकै कारण अहिले नेपाली कामदार असुरक्षितसमेत छन् । कतिपय कम्पनीमा झन्डै साता लामो आन्दोलनले कामकाज ठप्प भएको जनाइएको छ ।
कामदार अन्देलनले चर्को रूप लिएपछि कम्पनीहरूले कामदारलाई स्वदेश फर्काउन थालेको व्यवसायीको भनाइ छ । त्यहाँस्थित नेपाली दूतावासले कामदारलाई आन्दोलनमा नलाग्न आग्रह गरे पनि नेपाली म्यानपावर कम्पनीले तोकेको पारिश्रमिक नदिएको भन्दै कतिपय कम्पनीमा धर्ना र विरोध जनाउँदै आएको उनीहरूले बताएका छन् ।
२००९ अप्रिलदेखि कामदारको लेबी सोझै रोजगारदातासँग लिँदै आएकोमा उसले अब कामदारसँगै लिने गरी नीति उल्टाएको हो । १ जनवरीदेखि अक्टोबरसम्म लागू हुने गरी मलेसियाले सवाह, सरावाक र लेबुआन क्षेत्रमा ८ सय तथा अन्य क्षेत्रमा ९ सय रिंगिट तलब निर्धारण गरेको थियो । १९९२ देखि लागू हुँदै आएको लेबी नीतिअनुसार २००९ मार्चसम्म कामदारले नै तिरेका थिए । त्यसपछि नीतिमा परिमार्जन गरी रोजगारदाताले तिर्नुपर्ने बनाएको थियो । नयाँ लेबी नीतिअनुसार कामदारले आफ्नो तलबबाट तिर्नुपर्ने जनाइएको छ ।
मलेसियामा करिव ८ लाख नेपाली कामदार कार्यरत रहेको अनुमान छ । अहिलेको आन्दोलन वढ्दै गएमा रोजगारी नै असुरक्षित बन्ने भन्दै दूतावासले कामदारलाई संयमित हुन आग्रह गरेको हो । यता श्रम तथा रोजगार मन्त्रालयले पनि ठूलो संख्यामा नेपाली कामदार रहेको मलेसियामा चर्कंदै गरेको आन्दोलन र कामदारमाथि लगाइएको लेभी व्यवस्थाका विषयमा कूटनीतिक छलफल हुने जनाउँदै आएको छ ।
