मुगुमा पहिलो पटक निजि अस्पताल बाट सेवा संचालन

जीबन सेजुवाल
गमगढी १ असार, जिल्लाका २४ वटै गाबिसका सर्बसाधरण लाई मुस्किलले सेवा दिदै आएको सरकारी अस्पताल भएपनी सरकारी अस्पताल भन्दा बढी स्वास्थ्य सेवा सर्बसाधरण लाई उपलब्ध गराउन निजि अस्पतालले शनिबार बाट  आफनो सेवा संचालनमा ल्याएको छ ।
कुल लागत २० लाखमा जिल्लाका चार जना युवाहरु मिलेर संचालनमा ल्याएको पाँच सैया रारा अस्पतालको शनिबार औपचारीक उध्घाटन गरिे अस्पताल बाट सिटी स्क्यान, ईन्डोसकपि, एमआर आई र मेजर शल्यक्रिया बाहेकका अन्य सम्पूर्ण सेवा उपलब्ध गरिने भएको छ ।
  जिल्लाका लागी एक मात्र सरकारी अस्पतालले सेवा दिदै आएको भएपनी कहिले औषधि अभाबत कहिले डाक्टर र स्वास्थ्यकर्मि नहुदा सामन्य बिरामिले पनि उपचारका लागी ऋण गाडेर सुर्खेत, नेपालगंज जानुपर्ने बाध्यताले हैरान परेका जिल्लाबासीका लागी सदरमुकामै २४ घण्टा अस्पतालबाट प्रदान गरिने सेवा दिने अस्पतालका संस्थापक संयोजक पशुराम नेपालीले जानकारी दिएका छन ।
 जिल्ला अस्पतालमा काम गरिसकेका डाक्टर किशोर पयिारको नेतृत्वमा अन्य सात जना स्वास्थ्यकर्मिको टिमले सेवा दिनका लागी आबश्यक अन्य उपकरण औषधि बिक्रि केन्द्र लागाएत  सबै सेवा अस्पताल भित्रनै भएकाले बिरामि हरुले कुनै पनि अशुबिदा नभोग्नु पर्ने अस्पताल संचालक समितिले जनाएको छ भने सरकारी अस्पताल बाट प्रदान हुने निशुल्क स्वास्थ्य सेवाका साथै अस्पतालमै प्रशुति हुने महिलाले पाउने १५ सय पनि यो अस्पताल बाट प्रदान गरिने भएको छ भने ग्रामिण भेगका बासिन्दाका लागी पनी बेला बेला स्वास्थ्य शिबिर संचालन गरी सेवा दिने संयोक नेपालीले बताए

0 comments

बिचार लेख्नुहोस्..