रियलले बार्सिलोनाको अंक दुरी १० मा झार्यो


४ चैत, काठमाडौं । स्पेनिस ला लिग फुटबलमा डिफेण्डिङ च्याम्पियन रियल मड्रिडले लिग लिडर बार्सिलोनासँगको अंक दुरी १० मा झारेको छ ।
शनिबार राति भएको खेलमा रियलले मालरोकालाई ५–२ गोल अन्तरले पराजित गरेको छ । जितसँगै रियलको २८ खेलबाट ६१ अंक भएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७१ अंक छ र आजराति रायो भालकानोसँग खेल्दैछ ।
रियलको घरेलु मैदानमा भएको खेलमा मालरोकाले दुई पटक अग्रता लिएर पनि जोगाउन सकेन । छैटौं मिनेटमा गोल खाएको रियलका लागि १५ औं मिनेटमा हिगुइनले बराबरी गोल फर्काए । तर २१ औं मिनेटमा एल्फारोले फेरि मालरोकालाई अग्रता दिलाए ।
पहिलो हापमा २–१ ले पछि परेको रियल दोस्रो हापमा भने लयमा फर्कियो । ५२ औं मिनेटमा क्रिष्टियानो रोनोल्डोले गोल गर्दै २–२ को बरबरी गरे भने ५४ औं मिनेटमा लुका मोर्डिक, ५७ औं मिनेटमा हिगुइन र अन्तिम मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि रियल मड्रिड ५–२ गोल अन्तरले विजयी भयो

,

0 comments

बिचार लेख्नुहोस्..