डेल पोर्टोले विश्व नम्बर एक जोकोभिचलाई हराए
४ चैत, काठमाडौं । अर्जेन्टिनी हुवा मार्टिन डेल पोर्टोले विश्व नम्बर एक नोभाक जोकोभिचको २२ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएका छन् ।
इण्डियन्स वेल्स ओपन टेनिसको सेमिफाइनलमा डेल पोर्टोले जोकोभिचलाई हराएका हुन् । पहिलो सेट ४-६ ले गुमाएका डेल पोर्टोले उत्कृष्ट पुनरागमन गर्दै ६-४ र ६-४ ले दोस्रो र तेस्रो सेट जिते ।
जोकोभिचले अक्टोबरपछि पहिलो पटक हार व्यहोरेको हुन् । त्यसबेला उनी पेरिस मास्टर्स टेनिसमा अमेरिकी सम क्यूरीसँग पराजित भएका थिए ।
अब डेल पोर्टोले उपाधीका लागि पूर्व विश्व नम्बर एक स्पेनिस राफेल नाडालसँग खेल्नेछन् ।
0 comments
बिचार लेख्नुहोस्..