नवौँ सूर्य नेपाल गल्फ भोलिदेखि


४ चैत, काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०१२/१३ अन्तर्गत नवौँ सूर्य नेपाल एनपीजिए गल्फ प्रतियोगिता भोलिदेखि चैत ७ गतेसम्म सञ्चालन हुने भएको छ ।
काठमाडाँैको तिलगङ्गास्थित रोयल नेपाल गल्फ क्लबमा सञ्चालन हुने सो प्रतियोगितामा नेपालका १६ जना व्यावसायिक गल्फरको सहभागिता रहने नेपाल गल्फ सङ्घले जनाएको छ । प्रतियोगितामा सन् २०११/१२ मा सञ्चालन गरिएको प्रतियोगिताबाट छनोटमा पर्न सफल खेलाडी सहभागी छन् ।
प्रतियोगिताको सेमिफाइनल चरणसम्मका खेलहरू १८ होल र फाइनल चरणका खेल ३६ होलमा खेलाइने छ । प्रतियोगिताको पहिलो दिन आठ खेल खेलाइने छ । ती खेलबाट क्वार्टर फाइनल चरणमा प्रवेश गर्ने चार समूहको टुङ्गो लाग्नेछ ।
प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालकै शीर्ष स्थानमा रहेका गल्फर शिवराम श्रेष्ठले सिवी भण्डारीको सामना गर्ने छन् । त्यसैगरी धरानका मनि राईले राम थापासँग प्रतिष्पर्धा गर्ने छन् । अन्य चर्चित खेलाडीहरू सूर्य शर्माले रामकृष्ण श्रेष्ठसँग भिड्ने छन् भने रमेश नगरकोटीले यलम्बर सिंह अधिकारीसँग खेल्ने छन् ।
प्रतियोगिताको उपाधि विजेताले ५० हजार, उप-विजेताले ३० हजार, तेस्रो हुनेले २२ हजार र चौथो स्थान हात पार्नेले १८ हजार पुरस्कार प्राप्त गर्ने छन् । नेपाल व्यावसायिक गल्र्फस सङ्घको आयोजनामा हुन लागेको सो प्रतियोगिताको क्वार्टर फाइनल चरणमा पुग्ने चार समूहले जनही १० हजार पुरस्कार प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको कूल लागत २० लाख रहेको छ । रासस

,

0 comments

बिचार लेख्नुहोस्..