के छापियो बिहिवार दैनिक पत्रिकाहरुमा ?

आज मिति २०७० वैशाख २६ गते बिहीबार । राजधानीबाट प्रकाशित दैनिक पत्रिकाले विवादकाबीच लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाएर भएपनि सात बर्षपछि संवैधानिक निकायले पूर्णता पाएको खबर र डिभिजन ३ जितेर स्वदेश फर्केको नेपाली क्रिकेट टोलीलाई गरिएको स्वागत प्रमुखताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले आन्तरिक र बाह्य दवावले राष्ट्रपतिले कार्कीलाई अख्तियार प्रमुख बनाएको खबरलाई मुख्य बनाएको छ भने कार्कीले भ्रष्टचारीलाई छाडिन्न भनेको खबर अन्नपूर्ण पोष्टले पहिलो बनाएको छ ।
नागरिक दैनिकले नक्कली भारु तस्कर जमिमका सहयोगि समाएको खबर मुख्य पृष्ठमा छापेको छ, त्यस्तै डाक्टरले छोराको लिंग काटेर छोरी बनाएको खबर नयाँ पत्रिकाले छापेको छ ।
1
2
3
5
6
7

0 comments

बिचार लेख्नुहोस्..