अब फेसबुकमा साथी बन्न रक्सीको गिलास ‘चस’ गरे पुग्ने
फेसबुकमा साथी बनाउने मन छ ? त्यसो हो भने
अब साथी बनाउन मन लागेकालाई फ्रेण्ड रिक्वेस्ट पठाइरहनु पर्दैन । मात्र
सँगै बसेर मज्जाले बियर खाए पुग्छ । बियर पिउनुअघि बियरको गिलास चस गरे
पुग्छ । गिलास ठोक्किने बित्तिकै तपाइँ त्यो रंगिलो मित्रसँग फेसबुकमा साथी
बनिहाल्नुहुनेछ । हो ब्राजिलमा यस्तो बियर पिउने कप बड्डी कपको आविष्कार
भएको छ जसले सँगै बसेर सुरुमा कप ठोक्काएर बियर पिउने पियक्कडहरुलाई सिधै
फेसबुके साथी बनाइदिनेछ ।
बडवाइजर कम्पनीले बनाएको उक्त चमत्कारी
कपमा कम्प्यटर चिप्स राखिएको छ । कपको पिँधमा राखिएको उक्त सेन्सरको नाम
बम्प सेन्सर हो । त्यो सँगै क्यू आर कोड पनि राखिएको हुन्छ जसले बन्डवाइजर
एप्लिकेसनमा काम गर्छ र तपाइँको कपलाई कपधारीको फेसबुक अकाउण्टसँग
जोदिदिन्छ । जब यो कपमा बियर पिइरहेका हरुले एक अर्कामा कप जुधाउँछन् तब
उनीहरुको फेसबुक अकाउण्टमा एकअर्काको फ्रेण्ड रिक्वेस्ट आफै गैहाल्छ ।
पियक्कडहरुलाई बियरको मज्जा सँगै सामाजिक
संजालको माध्यमबाट पिउनेहरुको सर्कलमा रम्नका लागि यो फेसबुके कप निकै
उपयोगी हुने ठानिएको छ । स्मरण रहोस् यसअघि पनि खानपान सम्बन्धि विभिन्न
खाले एप्लिकेसन तथा उपकरण आएका थिए । ह्यापिल्याब्स कम्पनीहरुले बढि छिटो
खाएमा मोबाइल फोनमा तरंग पठाएर कम खान सन्देश दिने उपकरण बनाएको थियो भने
बेलायतमा एक कम्पनीले खानासँगै संगित सुन्न मिल्ने चम्चा बनाएको थियो ।
एजेन्सीको सहयोगमा
0 comments
बिचार लेख्नुहोस्..