डिभिजन थ्रीको विजेता नेपाली क्रिकेट टोलीको भव्य स्वागत, सरकार र एमाओवादीद्वारा खेलाडी सम्मानित
२५ वैशाख, काठमाण्डौं । आइसीसी वल्ड
क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जितेर नेपाल फर्किएको नेपाली क्रिकेट
टोलीको भव्य स्वागत गरिएको छ । डिभिजन थ्रीको उपाधि उचाल्दै डिभिजन टुमा
उक्लिएको नेपाली क्रिकेट टोलीलाई बर्मुडावाट बुधवार विहान त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए लगत्तै नेपाल क्रिकेट संघ क्यानका
पदाधिकारीहरू, समर्थक तथा सुभेच्छुकहरुले भव्य स्वागत गरेका थिए ।
नेपाली टोलीको स्वागतका लागि
पञ्चेवाजासहितको टोली विमानस्थल पुगेको थियो । यस्तै नेपाली क्रिकेटका
समर्थकहरु नेपाली राष्ट्रिय झण्डाका विमानस्थल पुगेका थिए । यस्तै नेपाली
क्रिकेट समर्थकहरुले क्रिकेट खेलाडीहरुलाई स्वागत गर्दै यो नेपाली शिर
उचाली संसारमा लम्किन्छ, रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जस्ता गीत
गाएका थिए । क्रिकेट खेलाडीहरुलाई स्वागत गर्न नेपाली क्रिकेट टोलीका
कप्तान पारस खड्काका हजुरवुवा समेत विमानस्थल पुग्नु भएको थियो ।
जित सवै नेपालीको : पारस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
पत्रकारहरुसंग कुराकानी गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले
आफूहरुले डिभिजन थ्रीमा पाएको सफलता सवै नेपालीको सफलता भएको वताउनुभयो ।
उहाँले भन्नुभयो,’हामीले सुरुवाती दुई खेल गुमाएपनि हतास नभई खेल्यौँ ।
सुधारिएको प्रदर्शन गर्दै अन्तत डिभिजन थ्रीको उपाधि समेत जित्न सफल भयौ ।
यो जित सवै नेपालीको जित हो ।’ खड्काले अहिले पाएको सफलतालार्इ निरन्तरता
दिनत आगामी दिनमा अझै कडा मेहेनत गर्नु पर्ने वताउनुभयो । उहाँले सवै
खेलाडीको मेहेनत र राम्रो टिम वर्ककै कारण खेल जित्न सफल भएको वताउनुभयो ।
यो पनि पढ्नुस्नेपाल विश्वकप क्रिकेटमा छनौट हुने खिलराजको दाबी
यसैवीच नेपाली
क्रिकेट टोलीको सम्ममानमा नगर परिक्रमा गराइएको छ । नेपाली क्रिकेट टोलीलाई
एयरपोर्टवाट सिधै गौशाला, रातोपुल, मैतिदेवी, डिल्लीबजार, पुतलीसडक,
भृकुटीमण्डव, सहिद गेट हुँदै राष्ट्रिय खेलकुद परिषदमा पुर्याएर सम्मान
गरिएको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदले बुधवार नै एक समारोहका वीच राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई सम्मान गरेको छ ।
क्रिकेट खेलाडीहरुलाई खेलकुद
मन्त्री रामकुमार श्रेष्ठ र राखेपका सदस्य सचिव युवराज लामाले सम्मान
गर्नुभएको हो । नेपालले अब डिभिजन टुमा विजेताको हैसियतमा उक्लिएको नेपाली
क्रिकेट टोलीले सन् २०१५ मा हुने आइसीसी विश्व क्रिकेटका लागि छनौट खेल
खेल्नेछ । डिभिजन टुमा नेपाल र युगान्डासहित १० देशले विश्वकप छनोटका लागि
खेल्ने छन् ।
0 comments
बिचार लेख्नुहोस्..