भोलिको उपत्यका बन्द फिर्ता
काठमाडौ, वैशाख २५ -
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्तिविरुद्ध
आन्दोलनरत् विद्यार्थी संगठनहरुले आह्वान गरेको बिहीबारको उपत्यका बन्द
कार्यक्रम फिर्ता लिएको छ ।
आमाको मुख हेर्ने दिन 'मातातिर्थ औंशी' परेकाले बन्द कार्यक्रम फिर्ता लिइएको तर आन्दोलनका सबे कार्यक्रमहरु यथावत रहेको नेविसंघका प्रवक्ता युपी लामिछानेले बताए । उनले उपत्यका बन्दको सट्टा वैशाख २९ गते नेपाल बन्द गरिने जानकारी दिए । लामिछानेले कक्षा १२ को परीक्षालाई असर नगर्नेगरी बन्द गरिने जानकारी दिए ।
विद्यार्थी संगठनहरुको बुधबार अपरान्ह बसेको बैठकले उक्त निर्णय गरेको लामिछानेले जानकारी दिए । यसैबीच प्रदर्शनीमार्गस्थित आर आर क्याम्पस अगाडिबाट विद्यार्थीहरुले विरोध जुलुस निकालेको छ । लामिछानेका अनुसार अब दैनिक क्याम्पसहरु अगाडि देशभर प्रदर्शन गरिनेछ ।

0 comments
बिचार लेख्नुहोस्..