बाल विवाह न्युनिकरण का विषयमा सार्वजनिक सुनुवाई
असार ६ , मुगु
जिल्लामा बाल संरक्षण, बाल विवाह, तथा महिला हिंसाका विषयमा विहिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सेभ द चिल्डेनको आर्थिक सहयोगमा किर्डाक नेपाल मुगुले जिल्लाका विभिन्न ६ वटा गाविसहरुमा सञ्चालन गरिरहेको समुदाय सहयोग कार्यक्रम अनर्तगत बाल संरक्षण सम्बन्धि कार्यक्रमको सार्वजनिक सुनुवाई आयोजना गरिएको हो । सार्वजनिक सुनुवाईमा अधिकाँश सहभागिहरुले जिल्लामा महिला हिंसा , वाल विवाह र वाल हिंसाका मुद्दामा सरकारवाला निकायले कानुन कार्यान्वयन गर्न नमान्दा तथा घटनालाई राजनितिकरण गरिदा यस्ता घटनामा वृद्धि भएको धारणा राखेका थिए ।
प्रश्नको जवाफमा जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुली, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मित्र बहादुर आचार्य र निमित्त स्थानीय विकास अधिकारी विर बहादुर रावलले घटनाको विस्तृत विवरण सहितको तथ्यांक लिखित रुपमा आफुहरुकहाँ आए मात्र कारवाहीको प्रक्रिया अघि बढने बताए । उनिहरुले सञ्चार माध्यममा आउने समाचार र समुदायमा सुनिने आवजकै आधारमा कुनै काम गर्न नसकिने धारणा राखे । समग्रमा आफु अनुकुल हुने खालका कामहरु सजिलै गर्न सक्ने र आफु प्रतिकुल हुने तर त्यसले नागरिकका अधिकार हनन भई अन्याय सहन गर्नु परे पनि आफुले केहि गर्न नसक्ने जस्ता जवाफ आउदा कार्यक्रममा सहभागि भएकाहरु समेत अन्यौलमा परेका थिए ।

0 comments
बिचार लेख्नुहोस्..