मुगुमा मतदाता संख्या पन्ध्र सय मात्र थपिए
मुगु न्युज डट कम
मुगु जिल्लामा फोटो सहितको मतदाता नामावलि दर्ता गर्नेको सुचि अहिलेसम्म पन्ध्र सय मात्र थपिएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
पहिलो पटक २०६४ सालमा भएको संविधान सभाको चुनावमा मुगुको मतदाता संख्या ३७ हजार रहेकोमा फोटो सहितको मतदाता नामावलीमा भने झण्डै १४ हजार मतदाताको संख्या घटेको छ ।२०६८ सालमा निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावलि संकलन गर्दा १९ हजार थियो भने अद्यावधिक गर्दा २१ हजार पुगेको थियो । अहिले जिल्ला भरिमा एकिकृत घुम्ति शिविर सञ्चालन गरि मतदाता नामावलि संकलन गरे पनि पन्ध्र सय मात्र थपिएको कार्यालयले जनाएको छ । कतिपय बसाई सराई गरि गईसकेका, कतिपय निर्वाचन र राजनितिक दल प्रतिको वितृष्णा बढेका कारणले पनि फोटो सहितको मतदाता नामावलिमा सहभागि नभएको हुन सक्ने कतिपय राजनितिक दलको भनाई छ । अर्को तर्फ विगतका निर्वाचनहरुमा नागरिकता नभए पनि तथा उमेर नपुगे पनि मतदाता बनाउने परम्पराका कारण पनि ५५ हजार जनसंख्या रहेको जिल्लामा ३७ हजार मतदाता देखिएको कतिपयको बुझाई छ ।
अव सदरमुकाम आसपासका पाँच गाविसमा पुगेर तथा जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावलि संकलन डेष्कबाट कार्यक्रम सञ्चालन गर्दा अहिले देखिएको मतदाता संख्यामा केहि थपिन सक्ने निर्वाचन कार्यालयको अनुमान छ । तर जिल्लामा गठित कार्यक्रम व्यवस्थापन समितिको निर्णय नहुँदासम्म सदरमुकाममा नामावलि संकलन गर्ने कार्य सञ्चालन हुने छैन ।

0 comments
बिचार लेख्नुहोस्..