सोरुका २ गाविसमा वैकल्पिक कक्षा सञ्चालन


असार ७ , मुगु
सोरु भेकका जिमा र फोतु गाविसमा विद्यालयमा भर्ना नभई विद्यालय बाहिर रहेका बालवालिकाहरुका लागि बैकल्पिक कक्षा सञ्चालन गरिएका छन ।
 युरोपियन युनियनको आर्थिक सहयोगमा किर्डाक नेपाल मुगुले सोरुका पााच वटा गाविसमा सञ्चालन गरिरहेको शिक्षामा पँहुच कार्यक्रम अन्र्तगत जिमा र फोतु गाविसमा गरि सातवटा बैकल्पिक कक्षा सञ्चालन गरिरहेको जनाएको छ । शुक्रवार जिल्ला परियोजना सल्लाहकार समिति तथा कार्यक्रमको समिक्षा बैठकमा उक्त कुराको जानकारी गराईएको हो । कालै , धैनकोट र भिई गाविसमा सवै बालबालिकाहरु विद्यालय भर्ना भई विद्यालय जाने र फोतु तथा जिमामा धेरै बालबालिका विद्यालय बाहिर रहेकाले बैकल्पिक कक्षा सञ्चालन गरिएको किर्डाक नेपाल मुगुले जनाएको छ । यो वर्ष बैकल्पिक कक्षाबाट जिमामा १५ जना मध्य ६ जना बालबालिका विद्यालय भर्ना हुन सफल भएका छन । कार्यक्रम अन्र्तगत किर्डाकले वाल विकास केन्द्रहरुमा पुर्वाधार विकास , शैक्षिक सामाग्री र तालिमको समेत सहयोग गरिरहेको छ भने वाल क्लब, युवा क्लब तथा गाउँ बाल संरक्षण समितिसंग सहकार्य गरि शैक्षिक विकासका लागि काम गरिरहेको छ ।
बैठकमा सहभागिहरुले जिल्लाको शैक्षिक विकासका लागि एकद्धार प्रणाली लागु गर्नु पर्ने , शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग गरिनु पर्ने तथा अनुगमन प्रणालीमा सुधार ल्याउनु पर्ने जस्ता सुझाव राखेका थिए ।

0 comments

बिचार लेख्नुहोस्..