दलित वालवालिकाहरु पढ्नबाट बञ्चित

मुगु न्युज डटकम,
मुगु २१ असार,

मुगु जिल्ला पिना गाउँ विकास समिति वडा नं. ४  मा पर्ने चुगा गाउँका ४ दर्जन भन्दा वढी वालवालिकाहरु आफ्नो पढ्न पाउने अधिकार वाट वन्चित भएका छन् ।

उक्त गाउमा स्थापना गरिएको बैकल्पिक विद्यालय २०६८ सालबाट बन्द भए पछि चुगा गाउका दलित बालबालिका शिक्षाको पहुँचबाट अलग्गिएका हुन । जिल्ला शिक्षा कार्यालय मुगुले वैकल्पिक विद्यालयको अबधी तिन वर्षमा सकिए पछि विकल्प नदिदा दलित समुदायका चार दर्जन बढि बालबालिकाहरु पढ्न पाउने अधिकारबाट बञ्चित भएका हुन । चुगा गाउँबाट अन्यत्र पढ्न जान समय धेरै लाग्ने, जंगलको बाटो र खोला तर्नु पर्ने हुँदा साना बालबालिकाहरुलाई विद्यालय पठाउन नसकिएको अभिभावकहरुको भनाईछ ।
      शिक्षा कार्यालयले सहयोग गर्न छोडेपछि समुदाय आफैले विद्यालय सञ्चालन गर्न सक्ने समेत अवस्था नरहेपछि अहिले जिल्ला शिक्षा कार्यालयसंग विद्यालयका लागि शिक्षक तथा अन्य सहयोगका लागि निवेदन समेत दिएका छन । जिर्ण बन्दै गएको विद्यालयको दुई कोठे भवनमा फर्निचर नभए पनि बालबालिकाहरु दिन भरि खुला चौरमा खेलेर दिन विताउने गरेका छन ।
       स्थानीयवासीहरुले विद्यालय स्थापना गरिदिन अनुरोध गर्दै निवेदन दिए पनि शिक्षा विभागले नयाँ विद्यालयका लागि अनुमति बन्द गरिसकेका कारण केहि गर्न नसकिने अवस्था रहेको जिल्ला शिक्षा अधिकारी मान बहादुर घिमिरेले बताए ।
     विगतका वर्षहरुमा विभागले प्रत्येक जिल्लामा मावि, निमावि र प्रावि विद्यालय स्थापना गर्न निश्चित कोटा दिदै आएको भए पनि सदरमुकाम नजिकको यो दलित वस्तिका बालबालिकाहरुका लागि कोही कसैको ध्यान पुग्न सकेको छैन । सरकारी निकायबाट विद्यालय स्थापना गर्ने सम्भावना त छैन तर कुनै गैर सरकारी संघ संस्था र कुनै निजी क्षेत्रले सहयोग गर्ने  थोरै आशा बोकेर बसेका छन चुगा गाउँका दलित समुदायहरु ।

0 comments

बिचार लेख्नुहोस्..