जिल्लामा एच.आई भि. परिक्षण केन्द्र नहुँदा समस्या

मुगु न्युज डट कम,
असार २१,
 जिल्ला अस्पताल मुगुमा एच. आई.भि. तथा यौन रोगको पहिचान गर्न परिक्षण तथा प्रयोगशाला नहुँदा समस्या भएको छ ।
जिल्लामा अहिलेसम्म एक जना एच.आई.संक्रमित भेटिए पनि आकस्मिक परामर्श सेवा तथा परिक्षण केन्द्र नहुँदा सम्भावित संक्रमितहरु पहिचान गर्न सकिएको छैन । विगतमा कर्णाली सामुदायिक विकास केन्द्र मुगुले युएन. डिपी को सहयोगमा यौन रोग तथा एच आई भि परिक्षणका लागि स्वच्छिक परामर्श केन्द्र( भिसिटी ) स्थापना गरिएको थियो । केन्द्रले कामका लागि भारत जाने प्रवासी कामदार र तिनीहरुका परिवारलाई यौन रोग तथा एच.आई. भि. सम्बन्धि परामर्श सेवा सञ्चालन गरेको थियो । परामर्श सेवासंगै परिक्षण गरि कुनै लक्षण देखिए उपचारका लागि नेपालगञ्ज, काठमाण्डौमा प्रेषण गर्ने गरिएको थियो । केन्द्रका साथी शिक्षकहरुले गाउँ गाउँमा यो रोगको संकेत देखिएका स्थानीयवासीलाई जिल्ला अस्पतालमा पठाए पनि उपचार तथा परामर्श समेत नपाएर फर्किने गरेका छन ।
   युएन डिपिको कार्यक्रमको अबधि सकिए पछि सरकारी क्षेत्रबाट  स्वच्छिक परामर्श तथा परिक्षण केन्द्र स्थापना हुन नसक्दा जिल्लामा एचआई.भि तथा यौन रोगको शंका लागे पनि समस्या भईरहेको छ ।
केहि महिना पछि जिल्ला स्वास्थ्य कार्यालय मुगुले यौन रोग तथा एचआई भि परिक्षण तथा परामर्श सेवा सुरु गर्ने जिल्ला स्वास्थ्य कार्यालय मुगुका प्रमुख वृष बहादुर शाहीले जानकारी दिए ।
 अहिले ताल्च विमानस्थल नजिक एक जना महिलालाई एच आईभिको संक्रमण भएको हुन सक्ने स्वास्थ्य कर्मिले आशंका गरे पनि जिल्लामा कसैले सहयो गरेका छैनन । आर्थिक अभावका कारण ति महिलाले उपचार गराउन पाएकि छैनन । लामो समय देखि उनको स परिवार भारतमा जिविका निर्वाह गरिरहेका थिए । अहिले पनि उनका श्रीमान अहिले पनि भारतमा नै रहेका छन । उनिबाट जन्मिएका दुईवटा बच्चामा समेत एचआई भिको संक्रमण भएको हुन सक्ने स्वास्थ्यकर्मिको अनुमान छ ।

0 comments

बिचार लेख्नुहोस्..