प्रअले तलब लिएर भागे पछि .............................
मुगु न्युज डटकम,
मुगु २१ असार,
निम्न माध्यामिक विद्यालय घट्टलेखका प्रधानाध्यापकले शिक्षकहरुको तलब लिएर भागे पछि शिक्षकहरु मर्कामा परेका छन ।
शिक्षकले पाउनु पर्ने चार महिनाको तलब बैंक खाताबाट प्रधानाध्यापक हरि बहादुर विकले झिकेर भागेपछि तिन जना शिक्षक र एक जना कार्यालय सहयोगिको पाउनु पर्ने दुई लाख पचास हजार सबै तलब भत्ता लिएर भागेको शिक्षकहरुले बताएकाछन ।
प्रअ विकले भाग्नु भन्दा पहिले शिक्षकलाई दुई लाख एक हजार पाँच सयको ०७१६४४२ नम्बरको चेक दिए पनि चेक लिएर बैंक जाँदा बैकमा रहेको विद्यालयको खाता नम्बर ४००१ मा जम्मा एक लाख १६ हजार मात्र मौज्दात देखिएपछि शिक्षक थप अन्यौंलमा परेका छन ।
तलब भत्तासंगै विद्यालयको लागि जाने दिवा खाजाको रकम समेत लिएको पाईएको छ । जिल्ला शिक्षा कार्यालयले प्रति विद्यार्थी अनुदान रकम बाहेक अरु सवै रकम विद्यालयको खातामा पठाई सकेको बताएको छ । यो संगै प्रअ विकले त्रि शक्ति स्टेशनरीलाई तिर्न पर्ने रकम तिरिसकेको विद्यालयका अन्य शिक्षकलाई बताए पनि ६० हजार नतिरेको पाईएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरक्षर भएका कारण पनि प्रअले अन्य शिक्षकलाई वेला वेला यस्तै समस्यामा पार्ने गरेको पाईएको छ । यो विद्यालयमा मात्र यस्तो नभएर जिल्लाका अन्य केहि विद्यालयमा पनि यस्तो समस्या देखिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..