जिल्ला स्वास्थ्यमा पचास जना करार कर्मचारीको अबधी समाप्त हुँदै
मुगु न्युज डट कम,
असार २०, गमगढी,
जिल्ला स्वास्थ्य कार्यालय मुगुले जिल्ला अस्पताल र जिल्ला भरिका स्वास्थ्य संस्थाहरुमा कार्यरत करार कर्मचारीको करार सम्झौता सकिएको जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय र अस्पतालमा स्थायी कर्मचारी, स्वास्थ्यकर्मि भए पनि काम नगरि तलब भत्ता मात्र खाने , त्यस्ता कर्मचारीलाई कार्वाही गर्न नसकिए पछि पचास जना जति कर्मचारीलाई करार सेवामा नियुक्त गरिएको थियो ।
अहेव, अनमि, भ्याक्सिनेटर , कार्यालय सहयोगि समेत गरेर पचास जना जति करार सेवामा कार्यरत थिए । आर्थिक वर्षको समाप्तिसंगै करार सेवा सम्झौता अबधी सकिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुका वरिष्ठ जन स्वास्थ्य अधिकृत वृष बहादुर शाहीले जानकारी दिए ।
नयाँ बजेट र कार्यक्रम नआउदासम्म केहि गर्न नसकिने र नयाँ जानकारी प्राप्त भए पछि सर्व पक्षिय सहमति अनुसार अगाडी बढ्ने शाहीले बताए । यद्यपी करार सेवामा कार्यरत सवै कर्मचारीहरुको अवधी सकिए पछि अब जिल्लामा रहेका प्रसुति गृहमा भने प्रसुति सेवा प्रवाह गर्न समस्या पर्ने भएको छ । जिल्ला अस्पताल बाहेकका स्वास्थ्य संस्थाहरु र प्रसुति गृहमा अनमि करार सेवामा कार्यरत हुँदा प्रसुति सेवा प्रदान गर्न केहि सहज भएको थियो ।
जिल्ला स्वास्थ्यमा कामै नगरि तलब भत्ता खाने स्वास्थ्यकर्मि र कर्मचारीलाई कार्वाही गर्न खोजे उनिहरुका आफन्त , नाता गोता र परिवारले समेत कार्यालय प्रमुखलाई धम्कि दिने गरिरहेका छन । जिल्ला अस्पतालमा काम नै नगर्ने तथा कार्यालय नजाने धेरै कार्यालय सहायकहरु समेत रहेका कार्यालयले जनाएको छ ।

0 comments
बिचार लेख्नुहोस्..