माओवादीको जनसभा स्थगित



मुगु न्युज डट कम
कार्तिक २० मुगु--------------
आगामी मंसिर चार गते हुने संविधान सभा निर्वाचन बहिष्कारमा उत्रेको नेकपा माओवादीले जिल्लाको पश्चिमी क्षेत्र खत्याड भेकमा आयोजना गरेको जन सभा स्थगित भएको जनाएको छ ।
 कार्तिक २१ गते विहिबार खत्याडको श्रीकोट गाविस स्थित माथीचौर भन्ने स्थानमा आयोजना गर्ने निर्वाचन बहिष्कार अभियान अन्र्तगतको जन सभा स्थगित गरेको छ । जिल्लामा निर्वाचन सफल बनाउन स्थानीय प्रशासनले नेपाल सरकारको निर्णय अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको व्यापक परिचालन गरेपछि चुनाव विरोधी गतिविधी सञ्चालन गर्न नसकिने भए पछि माओवादीले जन सभा स्थगित गरेको बुझिएको छ ।
 विहिबार हुने जन सभा गर्दा निर्वाचनमा भाग लिएका दलहरु मध्य एमाले, काँग्रेस र एमाओवादीका प्रचार अभियान पनि खत्ययाडमा नै केन्द्रित भएकाले हुनसक्ने झडप हुन नदिन जन सभा स्थगित गर्नु परेको नेकपा माओवादीका केन्द्रीय सदस्य मंगल बहादुर शाहीले बताए । उनले भने, खत्याडको सुकाढिक, कोटडाँडा लगायतका केहि ठाउँमा नेकपा एमालेले हाम्रा विरुद्ध षडयन्त्र गरेको पायौं जसले गर्दा हाम्रो कार्यक्रमलाई अबरुद्ध गर्न खोज्ने र त्यस पछि सरकारको सरक्षा निकायले हामीलाई नियन्त्रणमा लिने प्रपञ्च रचेको देखियो यसमा चुनावमा भाग लिएका सबै दल लागेका रहेछन । त्यसैले हामीले हाम्रो कार्यक्रम रोकेका हौ । स्रोतका अनुसार अति संवेदनशील मानिएको खत्याडमा सुरक्षाकर्मिको व्यापक परिचालन गरिए पछि माओवादीका चुनाव विरोधी गतिविधी हुन नसकेपछि माओवादी पछि हटेको हो ।

0 comments

बिचार लेख्नुहोस्..