माओवादीको आम हड्ताल निश्तेज पार्न स्थानीय प्रशासनको आग्रह


मुगु न्युज डट कम,
कार्तिक २२ मुगु-----------
 आगामी मंसिर  चार गते हुने संविधान सभाको निर्वाचन बहिष्कारमा उत्रेको नेकपा माओवादीले कार्तिक २५ गते देखि गर्ने भनेको आम हड्ताललाई निस्तेज बनाउन जिल्ला प्रशासन कार्यालय मुगुले जिल्ला स्थित उद्योगि, व्यापारी, होटल व्यवसायी लगायत सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
 विहिवार जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा भएको सर्व पक्षिय बैठकमा माओवादीको आम हड्तालले आसन्न संविधान सभाको निर्वाचनलाई प्रत्यक्ष असर पर्ने तथा बजार बन्दले उपभोक्ताको दैनिक जनजिवन अस्तव्यस्त हुने भएकाले आम हडताललाई निस्तेज पार्न सवैले आ आफ्नो तर्फबाट भुमिका निर्वाह गर्न आग्रह गरिएको छ । आम हड्ताललाई निस्तेज पार्न उद्योगि व्यापारीहरु, सर्व, साधारण तथा सरोकारवालाहरुको सुरक्षाका लागि भरपुर सुरक्षा प्रदान गर्न स्थानीय प्रशासन तयार रहेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताए ।
 आम हड्ताललाई निस्तेज गर्न होटेल पसल बन्द गर्दा माओवादीबाट मानसिक तथा भौतिक दबाव आउन सक्ने हुँदा त्यसलाई समेत मध्यनजर गर्न व्यवसायिले स्थानीय प्रशासनलाई अनुरोध गरेका छन । लामो समयको आम हड्ताल तथा बन्द हुँदा व्यवसायि आफैले प्रतिकार गर्ने र छोटो अबधीका लागि हुने बन्द आम हड्ताल र बन्दले व्यापारीहरु बन्दकर्ताको निगरानीमा पर्ने गरेको पनि व्यवसायिले गुनासो गरेका थिए ।
 आम हड्ताललाई निस्तेज गर्ने क्रममा कोही कसैलाई आम हड्ताल सफल बनाउन दवाव दिने, नारावाजी गर्ने प्रयास गर्नेलाई सुरक्षाकर्मिले पक्राउ गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..