देउडा मार्फत छाउपढी प्रर्था उन्मुलन अभियान

नृपेन्द्र बहादुर मल्ल , मुगु न्युज डट कम----- जिल्लाका २४ गाबिस मध्ये देबी देबताको प्रख्यात मानिने रारा गाबिसका महिला आफनो समुदायमा छाउपढी अन्मुलनका लागी देउडा गीत मार्फत गाँउघरमा जनचेतनाको अभियानमा जुटेका छन । देवी देबताकै कारण भनेर बाहिर सरेका महिला लाई पाँच दिन देखि सात दिन सम्म गोरु गोठमा बस्ने गरेका महिला अब गोठमा होईन बाहिर सरेका बेला सरसफाई र पोषिलो खानु पर्ने भन्दै देउडा गित मार्फत छाउपढी प्रथा अन्मुलनको अभियानमा जुटेका हुन । राज्य शवलिकरण कार्यक्रम ईएसपिको आर्थिक सहयोगमा हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र हिरिसडेक मुगु द्घारा संचालित छाउपढी तथा महिला हिंसा बिरुद्घका परम्परागत बिभेदकारी प्रथा बिरुद्घको अभियान जिल्लाका पाँच गाबिस रुगा,रारा, रोवा,पिना र कार्कीकाडा गाबिसमा लागु भएपछी रारा गाबिसका महिलाहरु आफनो गाबिसलाई छाउपढी प्रथा र अन्य महिला सम्बन्धिका प्रथा अन्मुलनका लागी जनचेतना जोगाउनका लागी देउडागीत मार्फत अभियानमा लागेका छन । गाबिसका १ सय १० घरधुरीले वडानम्बर ९ रुम गाउँमा रहेको गुरा बिजैं देबता लाई कुल देबताको रुपमा मान्ने भएकाले बाहिर सरेका महिला हरु छुए देबताले कुलनै नास गरिदीने भन्ने परम्परगत बिश्वासले गर्दा बाहीर सरेका महिला लाई गोरु हूल्ने गोठमा पशुको जस्तै गरी पाँच दिन देखि सात दिन सम्म राख्ने यहाका समुदाय गाबिसमा हिरिसडेकले यो अभियान संचालन गरेपछी महिला के पुरुषले समेत यो अभियानमा साथ दिएकाले अहिले गाबिसका नौ वटै वडाका महिला हरु बाहिर सरेका बेला सरसफाई गरी चुलो नछोएपनी घर भित्रको छेउमा बस्ने गरेका छन हामिले पुज्ने भगवति, लक्ष्मि,सरस्वती समेत बाहिर सर्ने भएकाले यिनीहरु लाई हामीले पुज्ने तर हामी बाहिर सर्दा यिनीहरुलाई पुजा गर्न नमिल्ने अन्ध बिस्वासमा नरुमिल्न समुदाय लाई आग्रह गरेका छौ आफनो अभियान सफल हुनेमा ढुक्क रहेको र जिल्लामै पहिलो पटक छाउपढी अन्मुलन गाबिस घोषण गर्ने छाउपढी निगरानी समुहकी अध्यक्ष डिल्लीसरा कार्की बताउछीन । छोटो अबधिका लागी भएपनि जिल्लाका पाँच गाबिसमा यो कार्यक्रम लागु भएपछी सबै भन्दा बढी छाउपढी प्रथाम बिश्वास मान्ने देबिदेबताका धामि झाँक्री नै सक्रिय भएकाले गाबिसमा यो क्रार्यक्रम संचालन गर्न सहजै भएको र केही गाबिसमात छाउपढी निगरानि समुहको संयोजकनै धामि बसेकाले अहिले यो प्रथा अन्मुलनका लागी सहज भएको र पहिला गोठमा सात दिन बस्ने हरु दुई तिन दिन भित्र घरमा पस्ने गरेका छन सबै भन्दा बढी छाउपढी प्रथा मान्ने रारा गाबिसमा ३० देखी ४० प्रतिशतले सफल भएको बताउछन हिमाली ग्रामिण युवासमाज बिकास केन्द्र हिरिसडेकका अध्याक्ष मिन रावल । छाउपढी प्रथाले जडो गाडेको शुदर पश्मि क्षेत्र पछीको कर्णाली अञ्चलका पाँचवटै जिल्लामा मध्य मुगुका २४ वटै गाबिसमा यो प्रथा र अन्य महिला हिंसा सम्बन्धिका घटनाले अकालमै कयौ महिलाले अकालमै ज्यान गुमाईकै अबस्थाम यो प्रथा मात्रै हटाउन सके महिला हिंसाको मुख्य जरो उखेलिने र छाउपढी प्रथाको अभियान मात्र नभई गाँउ घरमा मदिरा जुवातास लगाएतका अन्य बिसङ्गगति समेत हटाउन देउडा मार्फतनै अभियान संचालन गरेको रारा गाबिसका महिलाहरु बताउछन ।

0 comments

बिचार लेख्नुहोस्..