पाटीका झण्डाको गलत प्रयोग
मुगु न्युज डट कम,
कार्तिक २० मुगु ---------------------
जिल्लाका राजनीतिक दलहरुले आफ्नो पाटीको झण्डालाई गलत रुपमा प्रयोग गर्दै आएको पाईएको छ ।
विशेष गरेर पाटीमा योगदान पु¥याएका र महत्वपुर्ण पदमा रहेका नेताहरुको निधन हुँदा तिनीहरुको योगदानको सम्मान स्वरुप पाटीको झण्डा ओढाउने परम्परा रहे पनि मुगुमा सामान्य कार्यकर्ता र समर्थकहरुको निधन हुँदा समेत पाटीको झण्डा ओढाउने परम्पराले प्राथामिकता पाएको छ । यति मात्र नभएर कोहि जिल्ला स्तरिय नेताका घर परिवारका सदस्यको निधन हुँदा समेत पाटीको झण्डा ओढाउने गरिएको छ ।
सदरमुकाम गमगढी देखि आधा घण्टा तल रहेको त्रिवेणी घाटमा पुग्दा उत्तिसको रुखमा राखिएका पाटीका झण्डा हेर्ने हो भने मसान घाट मसान घाट नभएर राजनितीक दलको आम सभा गर्ने सार्वजनिक मञ्च जस्तो देखिन्छ । कुन नेता कार्यकर्ताको योगदान कति , कसको निधन भए पछि पाटीको झण्डा पाउने भन्ने निश्चित मापदण्ड पाटीसंग नहुँदा सम्मान पाउनेले सम्मान नपाएर अरुले अरुले पाउने गरेको राजनितिक कार्यकर्ताहरुको भनाई छ ।
पाटीको कार्य समितिमा बहाल अवस्थामा रहेका पदाधिकारीहरु, केन्द्रीय समितिका सदस्य तथा पाटीलाई विशेष योगदान पु¥याएका व्यक्तिहरुको निधन भए पछि मात्र झण्डाको सम्मान दिने निती रहेको नेपाली काँग्रेस मुगुका सह सचिव एवं पाटी प्रवक्ता खगेन्द्र बहादुर मल्लले बताए । उनले भने, यो विकृती छैन भनेर म स्वीकार गर्ने अवस्थामा छैन तर जो पायो त्यसलाई पाटीको झण्डा ओढाएर सम्मान दिनु राम्रो होईन ।
नेकपा एमाले मुगुका उपाध्यक्ष धर्म बहादुर शाहीले पाटीका संगठित सदस्य , कार्य समितिका पदाधिकारी सवैलाई पाटीको झण्डा ओढाएर सम्मान दिने पाटीको निती रहेको बताए । उनले भने कसलाई सम्मान दिने नदिने भन्ने भन्दा पनि पाटी सर्मथक र संगठित सदस्यहरुको निधन हुँदा पाटीको झण्डा ओढाएर सम्मान गर्दा राम्रो हुने तर्क गरे ।
0 comments
बिचार लेख्नुहोस्..