एक मतदान केन्द्रका लागि ११ जना कर्मचारी खटिने
मुगु न्युज डट कम,
कार्तिक १७ मुगु------
आगामी मंसिर चार गते हुने संविधान सभा निर्वाचनका लागि जिल्लाका ५६ वटा मतदान केन्द्रमा मतदाताको संख्या हेरि एक मतदान केन्द्रमा सात देखि ११ जनासम्म कर्मचारी खटाईने मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले जनाएको छ ।
जिल्लामा रहेका ५५ स्थायी र १ अस्थायी मतदान केन्द्र गरेर ५६ वटा मतदान केन्द्र रहेका छन । ५ सय देखि ९ सयसम्म मतदाता रहेका मतदान केन्द्रमा मतदान अधिकृत एक जना, सहायक मतदान केन्द्र अधिकृत एक जना, सहायक कर्मचारी तिन जना, कार्यालय सहयोगि २ जना र स्वयम सेवक चार जना गरि ११ जना खटाईने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंगेनीले जानकारी दिए । त्यस्तै तिन देखि पाँच सयसम्म मतदाता भएका मतदान केन्द्रमा मतदान केन्द्र अधिकृत एक, सहायक मतदान केन्द्र अधिकृत एक , सहायक कर्मचारी तिन, कार्यालय सहयोगि एक र स्वयम सेवक चार जना गरि दश जना कर्मचारी खटाईने छ ।
तिन सय भन्दा कम मतदाता भएका मतदान केन्द्रका लागि मतदान केन्द्र अधिकृत एक , सहायक मतदान केन्द्र अधिकृत एक, सहायक कर्मचारी २ , कार्यालय सहयोगि १ र स्वयम सेवक तिन जना गरि ८ जना कर्मचारि खटिने भएका छन । निर्वाचनमा खटिने कर्मचारीको नियुक्ती मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने छ भने स्वयम सेवकको नियुक्ति सम्बन्धित मतदान केन्द्रमा खटिने मतदान केन्द्र अधिकृतले गर्ने छन ।
सुरक्षाकर्मि बाहेक एक सय भन्दा बढि मतदान केन्द्र अधिकृत र सहायक अधिकृत , ७३ जना कार्यालय सहयोगि, एक सय पचास भन्दा बढि सहायक स्तरका कर्मचारी खटिने भएका छन । चुनावलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिएको छ ।
0 comments
बिचार लेख्नुहोस्..