राप्रपा नेपालको एजेन्डाअनुसार सरकार गठनः कमल थापा
२ चैत, काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान खिलराज रेग्मीको सरकार चार दलको घेराबाहिर बस्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
इलामबाट काठमाडौँ जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै थापाले विगतमा राप्रपा-नेपालले उठाएको कार्यसुची अनुसार स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि स्वतन्त्र व्यक्तिको अध्यक्षतामा सरकार गठन हुने पर्ने मागअनुसार नै अहिलेको सरकार गठन भएको दाबी गर्नुभयो । उहाँले मुलुकमा वर्तमान अराजक अवस्था चार दलको कारणले आएको धारणा राख्दै वर्तमान सरकारले सम्पूर्ण दलको सहयोग एवम् सुझावअनुसार कार्य गरेमा मात्र स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन सक्ने बताउनुभयो ।
एक प्रश्नको जवाफमा अध्यक्ष थापाले चार दलले सहमति गरेको लडाकु दर्जा, नागरिकता र सत्य निरुपण आयोगको सम्झौताको भत्र्सना गर्दै सबै दलबीचको सहमतिमा मात्र त्यो सम्झौता लागु हुनुपर्ने नत्र त्यो कागजको खोष्टा मात्र हुने उल्लेख गर्नुभयो । उहाँले आफ्नो पार्टी विगत सात वर्षमा राष्ट्र र जनताले भोग्नु परेको समस्याहरुको मुद्दालाई लिई जनतासमक्ष जाने अठोट पनि व्यक्त गर्नु भयो ।
0 comments
बिचार लेख्नुहोस्..