रारा किनारमा मोटर साईकल, निकुञ्ज कार्यालय मौन



मुगु न्युज डट कम------------
कार्तिक १६ मुगु-----------
रारा ताल वरीपोरी रहेको बाटो ताल किनार नजिक रहेकाले प्रदुषण बढ्न सक्ने हुँदा किनार देखि दुई सय मिटर टाढा बाटो बनाउनु पर्ने वातावरण विदको सुझाव आईरहँदा हिजो आज रारा ताल किनारमा नै मोटर साईकल गुड्न थालेका छन ।
 रारा राष्ट्रिय निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई पशु वस्तु, दाउरा घाँस गर्दा शुल्क लिएर निश्चित अबधीका लागि अनुमति दिने गरे पनि कार्यालय अगाढी ताल किनारमा नै मोटर साईकल गुड्दा समेत केही बोलेको छैन । जलवायु परिवर्तनका कारण नेपालका हिमाली तथा पर्वतीय क्षेत्रमा नराम्रो प्रभाव पर्दै गएको भन्दै कार्तिक १३ र १४ गते रारामा राष्ट्रिय जलवायु सम्मेलन सम्पन्न भएको थियो ।
 सम्मेलन चलिरहेका वेला देशका विभिन्न स्थानबाट आधा दर्जन मोटर साईकल सम्मेलन स्थल पुगेका थिए । निकुञ्ज भित्रको बाटो भएर हिड्दा हो हल्ला गर्न , सिटी बजाउन पाउने नियम छैन तर सम्मेलन सुरु हुनु भन्दा पहिले १२ गते साँझ हर्न बजाउदै ६ वटा मोटर साईकल निकुञ्ज कार्यालय अगाढी पुगेका थिए । ६ वटा मध्य तिनवटा शैनिक अधिकारिका थिए भने तीन वटा क्याम्पस पढ्ने रुपन्देहीका  विद्यार्थीका थिए । बाटो पनि असजिलो रहेछ , मोटर साईकल ल्याउन नपाईने थाहा पाएको भए हामी ताल्च विमान स्थलमा नै मोटर साईकल राखेर आउथ्यौं एक विद्यार्थीले भने ।
निकुञ्जमा मोटर साईकल ल्याउन पाईदैन । हामी यता छौ मोटर साईकल चढेर मान्छे आईहाल्छन के गर्ने रोक्न नै सकिदैन रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कार्यालय प्रमुख भोगेन्द्र रायमाझिले भने । कार्यालयले निकुञ्ज भित्र हो हल्ला गर्न नपाउने, गाडी मोटर साईकल ल्याउन नपाउने , पशु वस्तु चरि चराउ गर्न समेत अनुमति लिनु पर्ने सार्वजनिक सुचना गरेको भए पनि कतिपयले नमानेको रायमाझिले बताए । यसो त गमगढी देखि रारा आउन जान घोडा चढेर जाने मान्छेले पनि निकुञ्ज कार्यालयको अनुमति लिनु पर्ने व्यवस्था छ । सम्मेलनमा सहभागि हुन गएका मुगु जिल्लाका श्रीनगर कार्कीवाडा गाविसका सर्व साधारणले रारा जान घोडा लिएका थिए । रारा पुग्दा निकुञ्ज कार्यालयले अनुमतिका कुनै कुरा उठाएन तर राराबाट फकिर्दा सदरमुकाम गमगढी देखि एक घण्टा टाढा रहेको निकुञ्ज सुरक्षार्थ खटिएको लामाचौर पोष्टको सेनाले घोडा रोकेको थियो भने घोडा चढेर आएका सर्व साधरणलाई निकुञ्जको अनुमति पत्र ल्याउन पुन रारा स्थित निकुञ्ज कार्यालय तर्फ फर्काएको कार्कीबाडा गाविस माथीतुम गाउँका दामोदर रोकायले बताए । उनले भने, ठुला वडाले घोडा चढेर आउदा केही नबोल्ने ,रारा ताल किनारमा मोटर साईकल आएको सेना र निकुञ्ज कार्यालयले देख्दैन तर सर्व साधारणले घोडा चढेर आवत जावत गर्दा अनुमति खोज्छ ।

, , ,

0 comments

बिचार लेख्नुहोस्..