खोलामा खसेर बालिका वेपत्ता

पुष्पा शाही
श्रावण ३०
जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड भेकको श्रीकोट गाविसमा बुधवार काठको साँघुबाट खस्दा एक जना पन्ध्र वर्षिया बालिका बेपत्ता भएकि छन ।
श्रीकोट गाविस वडा नम्बर ९ निवासी मानविर थापाकि १५ बर्षीया बसु थापा गाविसको माथी चौर  र पैखु पानीको विचमा पर्ने स्थानमा खोलामा लगाएको काठको साँघु तर्ने क्रममा साँघुबाट खस्दा बेपत्ता भएको उनका आफन्तले जनाएका छन ।
 बुधवार विहान पिठो पिस्न घट्ट  गएकि थापा  साँघुबाट खोलामा खसि बेपत्ता भए पछि उनको खोजि कार्य जारी रहेको बताईएको छ । उनको खोजीका लागि प्रहरी चौकि श्रीकोट , माथी चौर , ईलाका प्रहरी चौकि रातापानी र प्रहरी चौकि सुकाढिकबाट प्रहरी खटिए पनि बुधवार साँझसम्म फेला पार्न नसकेकको र खोजि कार्यमा गएको प्रहरुको टोली समेत नफर्केको ईलाका प्रहरी चौकि रातापानीका हवल्दार क्षेत्रमणि केसीले जानकारी दिए ।
घटना स्थल सदरमुकाम देखि एक दिनको पैदल दुरीमा पुग्न सकिन्छ । थापा लोक प्रिय उच्च माध्यामिक विद्यालय गम्थामा कक्षा ९ मा अध्ययनरत छात्रा रहेको बताईएको छ ।

0 comments

बिचार लेख्नुहोस्..