भारतमा काम गरेर र्फकने एचआइभीको उच्च जोखिममा


३ चैत, कञ्चनपुर । भारतमा कामगरी घर र्फकने अधिकांश एचआइभी एड्सको उच्च जोखिममा रहेका छन् । जिल्ला एड्स समन्वय समिति कञ्चनपुरका अनुसार घरबाट धेरै समय भारतमा बसेर काम गर्ने व्यक्तिहरु र तिनका घरमा रहेका महिलामा बढी एड्सको सङ्क्रमण देखापरेको छ ।
भारतमा काम गरेर घर र्फकने १ सय ७५ पुरुष र घरमा रहेका तिनका १ सय ४८ महिलामा एड्सको सङ्क्रमण देखापरेको हो ।
एड्सको सङ्क्रमणमा परेका महिलाले जन्म दिएका ४६ बालबालिकासमेत एड्सबाट सङ्क्रमित रहेका छन् । यौन पेसामा लागेका छ जना महिला मात्रै एड्सको सङ्क्रमणमा रहेको जिल्ला एड्स समन्वय समितिका समन्वयकर्ता असोक पाण्डेयले बताउनुभयो ।
तीन महिनाको अवधिमा नयाँ दुईजना थप एड्स सङ्क्रमितको पहिचान भएको छ भने सबैभन्दा बढी ३० देखि ३९ वर्ष उमेरका पुरुष ८३ र महिला ५८ मा एड्सको सङ्क्रमण भएको पाइएको छ ।
चार वर्षदेखि पचास वर्षमाथिसम्मका व्यक्तिहरुमा एचआइभी एड्सबाट बढी प्रभावित भएको पाइएको समन्वयकर्ता पाण्डेयले बताउनुभयो ।
एचआइभी एड्सबाट सबैभन्दा बढी भीमदत्तनगरपालिकामा ६५ जना, सबैभन्दा कम शङ्करपुर र रामपुर विलासिपुर गाविसमा एक एकजना सङ्क्रमित रहेका छन् । रासस

, , ,

0 comments

बिचार लेख्नुहोस्..