नेपाली सेनाद्वारा वृक्षारोपण

नृपेन्द्र बहादुर मल्ल
मुगु १ असार
      रारा राष्टिय निकुञ्जमा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको दुर्गा भन्ज्याङ्ग गुल्म अन्र्तरगत सदरमुकाम गमगढीमा रहेको सुरक्षा सदरमुकाम टोलीले शनिबार सदरमुकामको सिरानमा अवस्थित डिमुरखाडा पाखामा वृक्षारोपण गरेको छ ।
             सदरमुकाम वरिपरीका डाँडा,पाखा हराभरा हुनु पर्नेमा दिन प्रतिदिन उजाड र नाङ्गगा हुदै जानथाले पछि सदरमुकामलाई हरित बनाउन वृक्षारोपणको आयोजना गरेको सेनाले बताएको छ ।
       रोपीएका विरुवाममा सल्ला,बकाइनु,उतिस,डाले घाँस प्रजातीका चार सय विरुवा रहेको उप सेनानी प्रिन्स खत्रीले बताउनु भयो । वृक्षारोपण कार्यक्रममा जिल्लामा कृयाशिल राजनैतिक दल,सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरुको पनि सहभागीता रहेको थिया

0 comments

बिचार लेख्नुहोस्..