मतदाता परिचय पत्र जिल्ला पुग्यो
मुगु न्युज डट कम,
कार्तिक २४ मुगु ----------
मुगुका २३ हजार ८ सय १८ मतदाताका परिचय पत्र जिल्ला पुगे पनि भौगोलिक विकटता, सुरक्षा संवेदनशीलता र समय अभावका कारण परिचय पत्र वितरणमा ठुलो चुनौती रहेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
निर्वाचन शिक्षा कार्यकर्ता , मतदाता शिक्षा कार्यकर्ता र स्थानीय समन्वय कर्ता सम्बन्धित गाविसका सचिव मार्फत मतदाता परिचय पत्र वितरण गर्नु पर्ने भए पनि स्वयम सेवक र निर्वाचन शिक्षा कार्यकर्ता गाउँमा नै रहेका र समय अभावका कारण सदरमुकाम बोलाउन नसकिने जिल्ला निर्वाचन अधिकारी बावुराम घिमिरेले बताए ।
परिचय पत्र आउन ढिलाई भएका कारण सदरमुकाम रहेको गम भेकमा परिचय पत्र वितरण गर्न सहज हुने र करान, सोरु र खत्याड भेकमा चुनौती हुने घिमिरेको भनाई छ । अब सुरक्षा निकाय , मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको बैठक वसेर मतदाता परिचय पत्र वितरणका लागि बैकल्पिक उपाय खोजिने कार्यालयले जनाएको छ । निर्वाचन अगाडी नै निर्वाचन आयोगले मतदाता परिचय पत्र घर घरमा पु¥याउने भने पनि मुगुमा भने निर्वाचन हुने दिनसम्म पनि मतदाताले परिचय पत्र पाउन नसक्ने अवस्था देखिएको छ । यसले गर्दा १५ हजार बढि मतदाताले परिचय पत्र नपाउने अवस्था देखिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..