चुनाव प्रचारमा हिडेका एमाले कार्यकर्ताको चिसोले मृत्यु


पुष्प शाही
कार्तिक २४ डोल्पा
 नेकपा एमालेको चुनावी प्रचार अभियानमा गएका डोल्पाको सहरतारा गाविसका एमाले कार्यकर्ता २५ वर्षीय  कमल बुढाको हिमपातमा परि चिसोले कठ्याँग्रिएर शनिवार राती मृत्यु भएको छ ।
उपल्लो डोल्पाको छार्का गाविसबाट चुनाव प्रचारमा धो गाविस तर्फ हिडेका एमाले डोलपाका संगठित सदस्य समेत रहेका बुढाको चिसोका कारण छार्का लेकमा  मृत्यु भएको मृतक बुढाका आफन्त तथा एमाले कार्यकर्ता नन्दसिंह बुढाले जानकारी दिए ।
मृतक बुढाको शव अहिलेसम्म नउठाएको तथा सवै चुनावी प्रचारमा गएकाले पनि उनको शव ल्याउन समस्या भईरहेको बताईएको छ । मृतक बुढाका आफन्तले शव घरमा ल्याईदिन एमालेसंग अनुरोध गरेका छन भने एमालेले बुढाको शवलाई सदरमुकाम दुनै तर्फ लिएर स सम्मान दाह संसकार गर्ने तयारी गरिरहेको बताईएको छ

0 comments

बिचार लेख्नुहोस्..