सदरमुकाम बाहिरका मत केन्द्रका निर्वाचन सामग्री बुझाईयो


मुगु न्युज डट कम,
कार्तिक २६ मुगु ----------------
 आगामी मंसिर चार गते हुने संविधान सभाको निर्वाचनका लागि सदरमुकाम आसपासका मतदान केन्द्र बाहेकका मतदान केन्द्रका लागि निर्वाचन सामग्री मंगलबार बुझाईएको छ ।
 मतदान केन्द्रका लागि मत पेटिका, मत पत्र, अस्थायी मतदाता परिचय पत्र लगायत ६८ प्रकारका मतदान सामग्री सम्बन्धित मतदान केन्द्रमा खटिने कर्मचारीलाई बुझाईएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ । साथै निर्वाचनमा खटिने कर्मचारीहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले नियुक्ती समेत दिएको छ ।
सदरमुकाम गमगढी समेत रहेको  गम भेकका डेढ दर्जन मतदान केन्द्र बाहेक सदरमुकाम बाहिरका चालिस मतदान केन्द्रका लागि मतदान समाग्री सहित बुधवार विहान देखि कर्मचारीहरु हिड्ने भएका छन । जिल्ला सदरमुकाम आसपासका श्रीनगर,कार्कीबाडा, पिना, रुगा र रोवा गाविसका मतदान केन्द्रका लागि कर्मचारीलाई कार्तिक २९ गते देखि कर्मचारी खटिने कार्यालयले जनाएको छ ।
 बुधबार पाँच गाविस रहेको करान भेक, सात गाविस रहेको सोरु र सात गाविस रहेको खत्याड भेकका लागि चार गते हुने संविधान सभा निर्वाचन गराउन मतदान टोली बुधवार विहान देखि हिड्ने भएको छ ।

0 comments

बिचार लेख्नुहोस्..