कृषि कार्यालयद्धारा कमसल गहुँको विउ वितरण


मुगु न्युज डट कम,
कार्तिक २६ मुगु -----------
 जिल्ला कृषि विकास कार्यालय मुगुले कृषकलाई वितरण गरिरहेको गहुँको विउ कमसल रहेको पाईएको छ ।
 कृषकलाई अनुदानमा वितरण गरिरहेको गहुँमा घुन लागेको भए पनि कार्यालयले विक्रि वितरण गरिरहेको छ । जिल्लामा पुगेको २६ क्वीन्टल मध्य केहि बोरामा रहेको विउमा घुन लागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामजी देवकोटाले बताए । उनले भने , विगतका वर्षहरुमा पनि उहि कम्पनिबाट विउ ल्याएको हो यो पटक भने बेईमानी गरेको छ हामीले पत्र लेखेर पठाईसकेका छौ ।
 पञ्चशक्ति विउ कम्पनि प्रा.लि. धनगढीबाट खरिद गरि ल्याईएको विउमा घुन लागेको भए पनि कार्यालयले  चुपचाप कृषकलाई वितरण गरिरहेको छ ।
धनगढी देखि प्रति केजी ५५ रुपैयाँ खरिद मुल्य हालेर गहुँको विऊ जिल्ला पुगे पनि धनगढी देखि मुगु पुग्न कति खर्च लाग्यो भन्ने विषयमा कार्यालयले केहि बोलेको छैन । खरिद मुल्य जति परेको छ उहि मुल्यमा कृषकलाई विऊ वितरण गरिएको र सरकारले ढुवानी अनुदान दिएको कार्यालयको भनाई छ । कार्यालयले कृषकलाई एक केजी देखि १० केजीसम्म गहुँको विऊ वितरण  गरिरहेको छ ।

0 comments

बिचार लेख्नुहोस्..