सदरमुकाम नजिक तिनवटा विष्फोट


मुगु न्युज डट कम,
कार्तिक २६ मुगु -------------------
 सदरमुकाम गमगढी आसपास सोमवार राती तिन वटा विष्फोट भएका छन । सदरमुकामसंग जोडिएको रुगा गाविसको नेटा थार्प रुगा आसपासमा सोमवार राती ९ बजे तिर संगसंगै तिन वटा विष्फोट भएका छन ।
 संविधान सभाको निर्वाचन मुखमा आईरहेको वेला सदरमुकाममा नै भएका विष्फोटले मतदातामा त्रास उत्पन्न भएको छ । विष्फोट कसले गराएको हो भन्ने कसैले जिम्मेवारी नलिए पनि विष्फोट लगैतै देखिएको राँके जुलुश प्रर्दशनले विष्फोट गराउने निर्वाचन बहिष्कारमा उत्रेको नेकपा माओवादी हुन सक्ने अनुमान गरिएको छ ।
सदरमुकाम बाहिर रातीको समयमा विष्फोट, राँके जुलुस, नारा लगाउने गरेको माओवादीले सदरमुकाममा कुनै पनि चुनाव विरोधी गतिविधी सञ्चालन गरेको थिएन । सदरमुकाम नजिमै सोमबार राती भएको विष्फोट कहाँ कसले गराएको भन्ने पुष्टि नभएको र बजार वासीले विष्फोटको आवाज सुनेको भन्ने हल्ला आएकोले यर्थात बुझ्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख पुष्कर केसीले बताए । सोमबार राती तिनवटा विष्फोट भएको भन्ने कुरा आफुलाई थाहा नभएको प्रहरी प्रमुख केसीले बताए ।

0 comments

बिचार लेख्नुहोस्..