सदरमुकाम बाहिर तिन स्थानमा सुरक्षा बेस क्याम्प
मुगु न्युज डट कम,
कार्तिक २५ मुगु ----------------
आगामी मंसिर चार गते हुने संविधान सभाको निर्वाचन सुरक्षाका लागि सदरमुकाम गमगढी बाहिर खत्याड, सोरु र करान भेक गरेर तिन स्थानमा सुरक्षा बेस क्याम्प स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
जिल्लाको पश्चिम क्षेत्रमा रहेको खत्याड भेकका लागि गम्था र श्रीकोटलाई सुरक्षा बेस क्याम्पको केन्द्र तोकिएको छ भने जिल्लाको पुर्वि क्षेत्र करानको पुलुमा केन्द्र कायम गरिएको छ । सोरु क्षेत्रका लागि सोरुकोटमा सुरक्षा केन्द्र कायम गरिएको छ ।
सोमबार नेपाल पत्रकार महासँग मुगु शाखाका पदाधिकारीहरुसंगको छलफलमा जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले मतदाताहरुमा त्रास रहे पनि सुरक्षा व्यवस्था सुदृढ पारिएको र कसैले पनि निर्वाचन विथोल्न नसक्ने बताए । उनले भने, हामीसंग नेपाली सेना, सशस्त्र प्रहरी , नेपाल प्रहरी र म्यादी प्रहरी पर्याप्त रहेकाले सुरक्षा अवस्था कमजोर छैन सबैले ढुक्क भएर निर्वाचनमा सहभागि हुँदा फरक पर्दैन ।
जिल्लाका चारवटा भेकमा सात गाविस रहेको खत्याड भेकलाई अन्य क्षेत्र भन्दा बढि संवेदनशिल मानिएको र सुरक्षाका सवै अंग परिचालन गरिएको प्रशासनले जनाएको छ । अहिले चुनाव बहिष्कारमा उत्रेको नेकपा माओवादी खत्याडमा केन्द्रित रहेको र छिमेकि जिल्ला बाजुरा , कालिकोट र जुम्लाका माओवादी पनि मुगु नै केन्द्रीत भएको जनाईएको छ । अहिले जिल्ला सदरमुकाम गमगढीमा नेकपा माओवादीका कोही कार्यकर्ता छैनन भने ग्रामीण क्षेत्रमा उनिहरु दिउसो जंगल तिर जाने र राती गाउँमा निर्वाचन विरोधी गतिविधी सञ्चालन गर्ने गरिरहहेका छन ।
प्रमुख जिल्ला अधिकारी गिरीले बाजुरा, जुम्ला र कालिकोटबाट पनि जिल्लाको खत्याड भेकमा माओवादी आएको जानकारी आएको बताए । निर्वाचनका वेला आवश्यक परे हवाई गस्ति समेत गरिने छ । निर्वाचन सम्बन्धि सुचना र जानकारी आदान प्रदान गर्न सुरक्षा निकाय र सुरक्षा निकायवीच निरन्तर समन्वय हुनु पर्ने आवश्यकता रहेको प्रजिअ गिरीले बताए ।
0 comments
बिचार लेख्नुहोस्..