जनसंख्या व्यवस्थापन सम्बन्धि अभिमुखिकरण सम्पन्न


मुगु न्युज डट कम,
कार्तिक २५ मुगु---------
 जिल्ला स्वास्थ्य कार्यालय मुगुको आयोजनामा सोमबार जनसंख्या व्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
जनसंख्या वृद्धिदर कम गर्ने कार्यालयले जिल्लाका विभिन्न बाह्रवटा माध्यामिक विद्यालयहरुमा साथी शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको कार्यक्रममा जानकारी गराईएको छ । विद्यालय क्षेत्रबाट नै किसोर किशोरीहरुले प्रजनन स्वास्थ्यका विषयमा खुलेर कुरा गर्न सकोस भनेर साथी शिक्षा कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
 चालु आर्थिक वर्षमा जिल्लाका बाह्रवटा माविमा साथी शिक्षा कार्यक्रम गरिएकोमा पुन पाँच वटा विद्यालयमा कार्यक्रम लागु गर्ने निर्णय गरिएको छ । अब सुकाढिक,श्रीकोट,कच्चे , नार्थपु र लुममा रहेका माध्यामिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुने भएको छ ।

0 comments

बिचार लेख्नुहोस्..