निर्वाचन आयोगका सवै तालीमहरु सम्पन्न
मुगु न्युज डट कम,
कार्तिक २४ मुगु---------
आगामी मंसिर चार गते हुने संविधानन सभा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगबाट हुने सवै प्रकारका तालीमहरु आईतवार देखि सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
आईतवार मतगणना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भए पछि निर्वाचनका सवै तालीम सम्पन्न गरिएका छन । मत गणनाका लागि चार जना मुख्य मत गणना अधिकारी, दश जना मत गणना अधिकारी, चौध जना सुपरभाईजर र अन्य गणक गरेर पचास जनालाई मत गणना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
निर्वाचनका लागि जिल्ला स्तरमा सञ्चालन हुने सवै प्रकारका तालीम , गोष्ठि सम्पन्न भए पछि जिल्ला भरिका ५६ वटा मतदान केन्द्रका लागि पठाउनु पर्ने सम्पुर्ण निर्वाचन सामाग्री तयारी अवस्थामा राखिएको जिल्ला निर्वाचन कार्यालय मुगुका जिल्ला निर्वाचन अधिकारी बावुराम घिमिरेले जानकारी दिए ।
सदरमुकाम देखि टाढा रहेका मतदान केन्द्रका लागि २७ गते देखि नै निर्वाचन टोली खटाईने कार्यालयले जनाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..