साना सिचाई आयोजनाको लाखौ रकम वर्षेनी दुरुपयोग
मुगु न्युज डट कम,,
कार्तिक २२ मुगु ---------------------
जिल्ला कृषि विकास कार्यालय मुगुद्धारा वर्षेनी सञ्चालन हुने साना सिचाई आयोजनाको लाखौं रकम दुरुपयोग हुने गरेको पाईएको छ ।
वर्षेनी कार्यालय मार्फत लाखौ रकम साना सिचाई आयोजनाका लागि आउने भए पनि स साना टुक्रे आयोजना छनौठ गरि ६० हजार देखि एक लाखसम्म रकम भुक्तानी दिने गरिएको छ । कतिपय आयोजना सम्पन्न गरिएको भनि कार्यालयमा प्राविधिक प्रतिवेदन आए पछि कार्यालयले भुक्तानी दिने गरिए पनि स्थलगत रुपमा योजना नभेटिएको कार्यालयका एक कर्मचारीले बताए । स्रोतका अनुसार कार्यालयका कर्मचारी, प्राविधिकहरुको मिलेमतोमा वर्षेनी एउटै योजनालाई फरक नाम राखेर रकम खर्च गर्ने गरिएको छ । त्यस्ता योजना प्राय गरि राजनितिक पहुँच भएका व्यक्तिहरुले लिने गरेका छन ।
विगतका वर्षमा के कति योजना बने बनेनन् भन्ने कुरा आफुलाई थाहा नभए पनि गत वर्ष सञ्चालन गरिएका नौ वटा साना सिचाई आयोजनाहरु राम्रो रहेका र काम नभएका आयोजनाको खाता समेत रोक्का गरिएको जिल्ला कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख रामजी देवकोटाले बताए । उनले भने , पहिले के भयो भन्ने कुरा होईन म आए देखि काम नै नगरेर योजना सम्पन्न भएको गलत प्रतिवेदन पेश गरि भुक्तानी भएको छैन ।
यो वर्ष पनि २८ लाख बराबरका साना सिंचाई आयोजना सञ्चालनका लागि रकम आएको तथा विभिन्न समुदायबाट ६१ वटा आवेदन समेत आईसकेको कार्यालयले जनाएको छ । आवेदन छनौठ गर्दा प्राविधिकको स्थलगत अध्ययन प्रतिवेदन , लाभान्वित घरधुरी, सिंचाई हुने जमिनको अवस्था, कृषि उपज उत्पादनको सम्भावना लगायतका तोकिएका मापदण्ड अनुसार छनौठ गरिने कार्यालयको दावी छ ।
0 comments
बिचार लेख्नुहोस्..