आर्थिक अभाव भएको भन्दै करार कर्मचारीलाई अवकास


मुगु न्युज डट कम,,,,
कार्तिक २२ मुगु ------------------
 जिल्ला अस्पताल मुगुमा जिल्ला अस्पताल विकास समितिले करार सेवामा नियुक्त गरेका कर्मचारीहरुलाई आर्थिक स्रोतले धान्न नसक्ने भन्दै अवकास दिने निर्णय गरिएको छ ।
 जिल्ला अस्पताल विकास समितिले विकास समितिको कोषबाट खर्च व्यहोर्ने गरि दर्जन भन्दा बढि कर्मचारी नियुक्त गरेको थियो । अस्पतालको आनतरिक आम्दानी न्युन रहेको र धेरै कर्मचारी धान्न नसकिने हुँदा तिन जना कर्मचारीको एक समिति बनाएर १६ जना करार सेवामा कार्यरत कर्मचारीहरुलाई अबकास दिने निर्णय गरिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । अस्पतालको आन्तरिक आम्दानीले कर्मचारीलाई तलब व्यहोर्न नसकिने भएपछि तिन जना कर्मचारीको समिति बनाएको तथा मासिक आम्दानीका आधारमा न्युन पारिश्रमिकमा काम गर्ने वा अवकास रोज्ने भन्ने दुईवटा विकल्प राख्दा १६ जनाले नै अवकास रोजेको जिल्ला स्वास्थ्य कार्यालय मुगुका प्रमुख रोशनलाल चौधरीले बताए ।
 जिल्ला स्वास्थ्य कार्यालय मुगुका सिनियर अहेव पशुराम नेपालीको संयोजकत्वमा गठन गरिएको तिन सदस्यीय टोलीले अनमि, अहेव , हेल्थ असिस्टेण्ट, ल्याब टेक्निसियन लगायतका १६ जना करार सेवामा कार्यरत कर्मचारीलाई अस्पताल विकास समितिको आन्तरिक आयले खर्च नपुग्ने र बाह्य आम्दानी समेत नभएकाले अवकास दिने निर्णय गरेको हो । १६ जना मध्य पाँच जना प्राविधिक कर्मचारीलाई अस्पतालको आन्तरिक स्रोतले खर्च व्यहोर्ने गरि करार सेवामा राख्ने विकल्प समेत राखिएको छ ।

0 comments

बिचार लेख्नुहोस्..