जिल्लाको नमुना आवासिय विद्यालय बन्दै
मुगु न्युज डट कम,,,,
कार्तिक २३ मुगु---------------
जिल्ला भरिमा प्राथामिक,निम्न माध्यामिक र माध्यामिक विद्यालय गरेर १ सय ३६ विद्यालय मध्य रुगा गाविसको वडा नम्बर ६,७ र ८ बाममा रहेको हिमोदयो निमावि जिल्लाकै पहिलो नमुना आवासिय विद्यालय बन्ने भएको छ ।२०२३ सालमा स्थापना भएको यो विद्यालयमा अहिले २ सय ६० जना विद्यार्थी अध्ययनरत छन । विद्यालयलाई सुविधा सम्पन्न आवासिय बनाउन यो वर्ष देखि सोह्र कोठा भएका दुई तले दुईवटा भवन निर्माण कार्य सुरु हुने भएको छ । एउटा सोह्र कोठाको छात्रावास र अर्को सोह्र कोठाको भवनसँगै विज्ञान प्रयोगशाला,छात्र छात्रा शौचालय र चमेना गृह समेत निर्माण हुने भएको छ ।
असल छिमेकि नेपाल मुगु सामुदायिक विकास परियोजनाले बाल केन्द्रित विद्यालय शिक्षा कार्यक्रम अन्र्तगत तिन वर्ष देखि यो विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । सन २०१५ सम्म सम्पन्न परियोजनाको लागत ३ करोड ८६ लाख रहेको छ । असल छिमेकिले तिन वर्ष देखि यो विद्यालयमा एक जना शिक्षक व्यवस्था गरिदिएको छ भने विद्यार्थीहरुलाई विद्यालय पोषाक, कापी, झोला, जुत्ता सहयोग गर्दै आएको छ । परियोजनाको लागि जिल्ला शिक्षा कार्यालयको विद्यालय भवन निर्माण मापदण्ड अनुसार प्राविधिक सर्वेक्षण भईसकेको परियोजनाले जनाएको छ । अबको दुई महिनामा निर्माण कार्य सुरु गरिने विद्यालयलाई माध्यामिक तहको पढाई सञ्चालन गर्नका लागि पहल भईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णविर बुढाले बताए ।
खानेपानी,शौचालय, खेल मैदान, घेरवार लगायतका मापदण्ड पुरा गर्न असल छिमेकि तयार रहे पछि जिल्ला विकास समिति मुगुको पाँचौं जिल्ला परिषदले पास गरे पछि विद्यालय निर्माण गर्ने स्वीकृती दिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यो विद्यालयलाई नमुना घोषणा गरिए जिल्लाका अन्य सरकारी विद्यालयको सुधारमा सिकाई हुने जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले बताए । शिक्षा नियमावली अनुसार विद्यालय भवन दुई तलाको बनाउन नपाउने नियम भए पनि शिक्षा विभागको पुर्व स्वीकृतीमा भुकम्पिय जोखिम रहित भवन निर्माण गर्न पाउने प्रावधान अनुसार विद्यालयका भवन निर्माण हुन लागेको कार्यालयको भनाई छ । असल छिमेकिले जिल्लाका २४ गाविस मध्य ११ गाविसका ३५ विद्यालयमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

0 comments
बिचार लेख्नुहोस्..