माँग्री गाविसका विद्यालयका लागि अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न


मुगु न्युज डट कम-
फल्गुण ५ मुगु----------
माँग्री गाविसमा रहेको बुद्ध उच्च माध्यामिक विद्यालय लगायतका गाविसमा रहेका अन्य विद्यालयहरुका पदाधिकारीहरु विच सोमवार अनुभव आदान प्रदान तथा एक दिने अन्तरक्रिया कार्य शाला  सम्पन्न भएको छ ।
कार्यशालामा लिडर र फिडर तालीम प्राप्त विद्यालयहरुले तालिमबाट सिकेका सिप ,ज्ञान र क्षमतालाई व्यवहारमा प्रयोग गर्ने र फागुन मसान्त सम्म सवै विद्यालयले विद्यालयको आचार सहिंता निर्माण गर्ने तथा चैत्र मसान्त भित्र विद्यालय सुधार आयोजना (एस .आई .पि.)निर्माण गरि सरोकारवाला निकायलाई उपलब्ध गराउने सहभागिले प्रतिबद्धता जनाएका छन ।
यो कार्यशाला भन्दा अगाडी फागुन २ गते देखि ४ गते सम्म माँग्री गाविसमा रहेका लिडर फिडर विद्यालयका विच गाविस स्तरमा विद्यालयहरुको स्वपहिचान तथा एसआईपी निर्माण सम्बन्धि तिन दिने कार्यशाला समेत सम्पन्न गरिएको थियो । उक्त कार्याशालामा लिडर विद्यालय , फिडर विद्यालय , विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ विद्यार्थी अभिभावक सहित ७ जना महिला र ३६ जना पुरुष गरेर४३ जना सहभागि भएको कार्यशालाका प्रशिक्षक तथा जिल्ला शिक्षा कार्यालय मुगुका स्रोत व्यक्ति नवराज गौतमले जानकारी दिए ।

0 comments

बिचार लेख्नुहोस्..