प्राविको भरमा माध्यामिक विद्यालय
मुगु न्युज डट कम--------------
भदौ २४ मुगु-------------
सदरमुकाम देखि तिन घण्टा टाढा रहेको रारा गाविस वडा नम्बर ८ र ९ मुर्मा गाउँमा पर्ने नेपाल राष्टिय माध्यामिक विद्यालय स्थापना भए यता देखि प्रथामिक तहमा रहेका चार जना शिक्षकको भरमा चलेको छ ।
२०६९ साल देखि माध्यामिक तहको पढाई सुरु गरेको यस विद्यालयमा भौंतिक संरचना पर्याप्त भए पनि व्यवस्थापन कमजोरीका कारण अहिले बन्द हुने अवस्थामा पुगेको छ । शिक्षकहरुबीचको आपसी द्धन्द्ध, समुदाय र व्यवस्थापन समितिको वेवास्ताका कारण विद्यालयमा अध्ययनरत १ सय ८० जना विद्यार्थीको भविश्य अन्यौलमा पर्न थालेको एक शिक्षकले बताए । विद्यालयका प्रधानाध्यापक विक्रमबहादुर शाही विद्यालय नआएर गमगढीमा नै बस्ने गरेको, आर्थिक अनियमितता गरेको भए पनि गाउँले र व्यवस्थापन समितिले केही गर्न नसकेको विद्यालयका शिक्षक देविसिंह रोकायाले बताए । आफुलाई विद्यालयको लेखा सहायकको जिम्मेवारी दिईए पनि प्रधाना ध्यापक शाहीले विद्यालयको प्रशासनिक काम गमगढी स्थित घरमा नै गर्न थाले पछि विद्यालयमा आउने छात्रवृत्ती, दिवा खाजा गाविसले दिएको रकम लगायतका अन्य रकमको कुनै विवरण आफुलाई थाहा नभएको रोकायाले बताए । हामी प्रावि तहमा ४ जना स्थायी दरबन्दिमा छौ ,एक जना राहत दरबन्दी र चार जना निजी स्रोतबाट शिक्षक छौ तर प्रधानाध्यापक आउदैनन, निजी स्रोतका चार जनालाई कसरी तलब दिने भन्ने चिन्तामा छौ रोकायाले भने ।
अघिल्लो वर्षको दशैमा निजी स्रोतका शिक्षकलाई तलब दिन नसके पछि हामी तीन जनाले आफ्नो एक एक महिनाको तलब उनिहरुलाई बाँडेर दियौं, अहिले विद्यालयको कुनै स्रोत छैन अब के गर्ने अर्का शिक्षक हंशजंग शाहले भने । शिक्षक पाल्ने समस्या त छंदै छ अव विद्यालय बन्द हुने अवस्थामा पुगिसक्यो शाहको भनाई थियो । प्रधानाध्यापक शाहीले विद्यालयको लाखौ रकम हिना मिना गर्नुका साथै हामीहरुको तलब समेत खाई दिएका छन शाहले भने । शाही बैशाखमा ६ दिन,जेठमा १० दिन, असारमा २२ दिन, मात्र विद्यालयमा हाजिर भएको देखिन्छ भने साउन देखि एक दिन पनि विद्यालय गएका छैनन । मलाई सन्चो पनि छैन, लेखा सहायकले अविश्वासिलो काम गरेको छ ,समुदायले पनि मनोवल गिराउने खालका काम गर्छन त्यसैले एक जनालाई मासिक छ हजार दिने गरेर सट्टामा राखेको छु शाहीले भने । मैलै आर्थिक अनियमितता गरेको छैन , दिवा खाजा ,छात्रवृत्ती लगायतको रकम निजी स्रोतका चार जना शिक्षकको तलबमा खर्च भएको छ । निजी स्रोतका शिक्षकका लागि गाविसले ९ लाख दिने भने पनि अहिलेसम्म ३ लाख मात्र दिएको छ । काम गर्दा गर्दै पनि जस पाईएन अब मैले अर्को विद्यालयमा सरुवा माग्ने सोच गरेको छु शाहीको भनाई थियो । माध्यामिक तहको पढाई सुरु गर्न अनुमति लिने वेला नै समुदायले आफ्नै स्रोतबाट सञ्चालन गर्छाै भनेर अनुमति लिन्छन पछि दरबन्दी चाहियो भन्छन , नयाँ सञ्चालनमा आउने माध्यामिक विद्यालयलाई शिक्षक दरबन्दि दिने नियम छैन , समुदाय आफैले सञ्चालन गर्नु पर्छ , जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सुर्यबहादुर खत्रिले भने । लामो समय देखि विद्यालय नगएको, आर्थिक हिना मिना गरेको तथा सट्टामा शिक्षक राखेको भन्ने विषयमा बुझेर मात्र भन्न सकिने खत्रिको भनाई छ ।
यसरी माध्यामिक तह सञ्चालनका लागि अनुमति लिएका सामुदायिक विद्यालयहरुको अवस्था मुर्मा गाउँको विद्यालय भन्दा फरक छैनन । अनुमति लिदा समुदायले आफै सञ्चालन गर्न सक्छौ भन्छन पछि अवस्था विग्रिन्छ हामीले के गर्ने शिक्षा कार्यालयको भनाई छ ।
0 comments
बिचार लेख्नुहोस्..